एक
शहरमा कुनै महान व्यक्तीको स्वागतको तयारीमा शहरवासीहरु धुमधाम सित काममा जुटेका
थिए । स्वागत व्दारहरु बन्दै छ नाला नालीहरु सफा हुंदैछ ध्वजा पटाकाहरु टांगिंदैछ
। युवा युवतीहरु लुगा तथा गहनामा सजिएकाछन् । एकजना नव आगन्तुकले सोधे के यहां
कोही महान पाहुना आउंदैछन धुम धामका साथ सबैजना लागि परेकाछन नि? अनि अरुले भने ए के
तपाई परदेशी हो कि क्या हो तपाईंलाई थाहा रहेनछ यहां भगवान दिपंकर आफ्नो भिक्षु
संघको साथमा आउंदै हुनुहुन्छ उहांलाई कुनै गाह्रो नहोस भनेर यो व्यवस्था हुंदैछ ।
अनि आगन्तुकले भन्यो अरे कोहि भगवान बुद्ध
पनि भएको छ र ? उसको मन रोमान्चित भयो अहा बुद्ध ! उनि अरु कोहि नभएर
तपस्वी सुमेध थिए ऋद्धीबलले सम्पन्न । आकाशमा उड्न सक्ने जहां भन्यो एकैछिनमा
पुग्न सक्ने तपस्वि । उस्ले भन्यो मैले
केहि गर्न सक्छुकि ? मैले त यो कामलाई चुट्कीमै सक्छु तर
शरीरको के अर्थ भनेर सरसफाईमा जुटे भगवान आई पुग्ने बेला भयो नाली सफाई गर्न अझै
बांकिछ लौ न के गर्ने होला भनेर हत्तपत्त हीलोमा घोप्टो परेर नाली सम्म पारीदिए ।
भगवान दिपंकर आईपुग्नुभयो वहांले तापस सुमेधलाई घोप्टो परेको देखेर चेतोपरियांणको
सिद्धीबाट आफ्नो चित्तबाट जानकारी पाएर मुस्कुराउनुभयो । त्रिकालज्ञ भगवानले
तपस्वीको भूतकाल हेर्नुभयो । यिनी त भविष्यका शाक्यमुनी बुद्ध हुन् आफ्नो शरीरलाई
यसै गरि हरेक जन्ममा प्राणी कल्याणमा समर्पण गर्नुभयो ।
भगवान दिपंकरले शहरवासीलाई उपदेश दिइरहनुभएको
बखत तापस सुमेधले प्रश्न गरे - भगवान के म पनि बुद्ध हुन सक्छु ? भगवान दिपंकरले
भन्नुभयो कि हे तापस तपाई अवश्य बुद्ध हुनुहुनेछ भविष्यमा तपाई
शाक्य कूलबाट गौतम बुद्ध शाक्यमुनी बुद्धको नामले प्रख्यात हुनुहुनेछ । तापस
सुमेधले सोधे त्यसको पूरा लक्षण के होला ? भगवान दिपंकरले
भन्नुभयो - बुद्ध
हुनेहरुको पूर्व लक्षण जसले बर्तमानमा प्राणीको हितार्थ आफ्नो शरीरको कष्टको
वास्ता नगरि प्रयोग गरि बोधिसत्व चर्या गर्दछन् ।
आफ्नो शरीरलाई परवाह नगरि अरुको खुशिको
लागि प्रयोग गर्छन ति बर्तमानका बोधिसत्वहुन् ।
No comments:
Post a Comment