एक दिन भिक्षाटनको समयमा शुभ
माणवक ब्राम्हण नभएको बेलामा भगवान बुद्ध शुभको घरमा भिक्षाटन गर्न जानु भयो । त्यहां
पालि राखेको कुकुर -तोदेय(
मानिसको जन्मको नाम)ले भगवानलाई
देख्ने बित्तिकै नजिक गर्इ भगवान प्रति शत्रुताको व्यवहार गरि घुमि घुमि भुकि रह्यो । त्यस
अवस्थामा भगवानले भन्नुभयो ( तोद्देय तिमिले मनुष्य जीवनमा म तथागतलाई गौतम गौतम भनि
क्षुद्र वचन प्र्रहार गरेका थियौ । अहिले कुकूर भएर जन्म लिंदा पनि
मलाई भुकि रहेकाछौ । तिमी अब धेरै समय नबित्दै अवीचि नरकमा पुग्नेछौ । यहांनेर विचार
गर्नु पर्ने कुरा के छ भने तोदेय पुर्वजन्ममा साधारण व्यक्ति थिएनन् यी त राजगुरु पण्डित धनपती हो
तैपनि पृथकजन भन्दाखेरी कसैको पनि गति स्थिर छैन । पृथग्जन रुपमा मरे भने-१) मनुष्य भएर पनि जन्म
लिन्छ -२) देवता भएर पनि जन्मिनेछ
-३) तिरश्चीन भएर पनि जन्मीनेछ -४) नरकमा पनि पतन हुनेछ -५)
प्रेत भएर पनि जन्मिनेछ । यि पांचवटा गतिहरु मध्यमा कुनै एकमा जन्मिनु
पर्ने निश्चित हुन्छ भनेर बौद्धग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ । तर्सथ तोदेय ब्राम्हण
मरेर उस्को अकुशल कर्मानुसार कुकुर भएर जन्मिनु परेको हो ।
भगवान बुद्ध शुभ ब्राम्हणको घरमा भिक्षाटनको
लागि जानुहंदा निजका पिता तोदेय यद्यपी त्यो कुकुरको नाम थिएन शुभका पिता तोदेय मरि
सकेको थियो । कुकुरले सोंच्यो यो गौतमले मेरो बिषयमा जानिसक्यो भनेर दुःखी र खिन्न
भएर त्यो कुकुर भान्सा घरको चुलोको बीच खरानीमा टाउको निहुराएर सुति रह्यो घरका मानिसले
उचालेर ल्याई उत्तम पवित्र बिछौनामा सुताउंदा पनि त्यो सुत्न मानेन । शुभ माणवक बाहिर
बाट फर्केर आउंदा कुकुरको अवस्था देखेर सोध्योे । त्यस कुकुरलाई शुभले धेरै मायां गथ्र्यो
। घरका मानिसले बुद्ध आउंदाको सबै कुरा बताए । त्यस बेला शुभ ब्राम्हणलाई बुद्ध प्रति
रीस उठ्यो । " मेरो बुवा ब्रम्हलोकमा पुगिसकेकोछ तोदेय त्यो
कुकुर भएर जन्मन सक्तैन तै पनि गौतमले मेरो बुवालाई कुकूर भएर जन्मेकोछ भनेर जाने
-" यो गौतमलाई मैले झुठो आरोप लगाएर बेज्जत गरिदिन्छु । यति
भनेर भगवान बुद्ध कहां गयो । शुभले भगवान बुद्धलाई सोध्यो(ए श्रमण गौतम † आफ्नो बाबुलाई कुकुर भएर जन्मेको भनेको सांचो हो
-
भगवानले भन्नुभयो ( सत्य हो † विश्वास नभए घर फर्केर पानी नमिसाएको क्षीर
-खीर) जावला त्यो कुकुरलाई पेटभरी ख्वाउ ,श्रेष्ठतम ओछ्यानमा सुताउ । अर्धन्रि्रामा पुग्दा त्रि्रो बुवाले तिमीलाई नबताई
लुकाएर गाडेर राखेको सम्पत्तीको बारेमा त्यो संग सोध त्यसबेला सबै बताई दिनेछ । तब
तिमिले त्यो कुकूर आफ्नै बुवानै थियो भनेर जान्नेछौ ।
शुभ ब्राम्हणले त्यसै गरे ।
कुकूरले सो
कुरा जाने पछि आंसु झारेर भुक्दै धन सम्पत्ती गाडेको ठाउँ खुट्टाले खोस्रेर देखायो । त्यो ठाउं खनेर हेर्दा बुवाले
लुकाएर राखेको धन सम्पत्ती सबै भेटीयो । शुभ ब्राम्हण बुद्धप्रति ठूलो श्रद्धा राखी
प्रशन्न भयो । श्रमण गौतमले जन्म जन्मको ढाकीएको सुक्ष्म प्रतिसन्धिलाई समेत जान्न
सक्नुहुने रहेछ । बुद्ध र्सबज्ञ हुनुहुंदो रहेछ भनेर खुसि भएको थियो ।।
भवतु सब्ब मङ्गलम्
भवतु सब्ब मङ्गलम्
No comments:
Post a Comment