जीवनकुमार शाक्य
बुद्ध शासनकालमा कोशल राज्य (हाल भारतको उत्तर प्रदेश) श्रावस्तीमा अंगुलीमाल भन्ने खुंखार डांकु थियो । उस्को नामले
मात्र पनि गाउंवासीहरु शहरवासीहरु थर थर कांप्थे । उस्ले थुप्रै व्यक्तिहरुको निशस्त्र
व्यक्तिहरुलाई हत्या गरेर आतंक मच्चाएको थियो । कुनै पनि व्यक्ति जतिसुकै खराब भए पनि
असल शिक्षा पाएमा सुधार हुन सक्छ र जस्तोसुकै असल भए पनि गलत शिक्षाले कुमार्गमा जान
सक्छ भन्ने कुरा यस पाठमा शिक्षा प्राप्त गर्न सकिन्छ । यस पाठमा ज्योतिष वाणी पनि
सत्य हुन्छ र कार्मिक सम्बन्ध अनुसार प्रतिफल प्राप्त हुन्छ भन्ने शिक्षा लिन सकिन्छ
।
कोशल नरेश प्रशेनजितको राजगुरु अन्तकको पुत्रको जन्म हुंदा शस्त्रको
भण्डारमा एउटा अचम्मको बिजुली चम्केको जस्ता उज्यालो छरिएको थियो । राजगुरुको पुत्र
जन्म भए पछि ज्योतिषलाई बालकको भविष्य बारेमा जानकारी लिंदा उ भयंकर डांकु हुने योग
देखिन्छ । केहि भएपनि सुधार होलाकि भन्ने आसाले बालकको नाम अहिंसक राखिन्छ । राजालाई
चाकरी गर्न राजगुरुले बच्चालाई मार्नु पर्ने विचारको प्रस्ताव राख्छ ।
तर राजा प्रशेनजितले बुद्ध शिक्षा पाएको हुंदा अबोध बालकलाई
बिना कुनै अपराध मार्नु हुंदैन भनेर उच्च असल शिक्षा पाएमा सुधार हुनसक्छ भनेर अध्ययनको
लागि असल विव्दान गुरुहरुको व्यवस्था गरिन्छ ।बालकको बुद्धि तिक्ष्ण,शुशिल कर्मठ,आज्ञाकारी,स्मरण शक्ति
भएकोले कम समयमानै उ प्राथमिक चरणको शिक्षा हांसिल गर्दछ । उच्च शिक्षाको लागि अहिंसकले
तक्षशिलामा उच्च शिक्षाको लागि जाने आकांक्षा राख्छ । यस बखत मातृ स्नेह प्रकट भएकोछ
। अंहिंसकको आमा मन्ताणी ब्राम्हणीले आफुबाट टाढा पठाउन चाहंदैन । राजगुरु अन्तकले
उच्च शिक्षा हांसिल गरे पछि विचारमा शुद्धि भएर वास्तविक अहिंसकनै हुन्छ कि भन्ने आसाले
छोरालाई उच्च शिक्षाको निम्ति तक्षशिलामा पठाउने चाहना राजा समक्ष प्रस्तुत गर्दछ ।
राजा प्रसेनजितले स्विकृति दिन्छ राजकोषबाटै सबै खर्च व्यहोर्ने गरि तक्षशिला पठाईन्छ
।
तक्षशिलामा पुगेपछि गुरुकुलका पूराना विद्यार्थी शिष्यहरुसित
चांडै घुलमिल हुन्छ । उ आज्ञाकारी तृक्ष्ण बुद्धि भएको स्मरण शक्ति भएको हरेक शिक्षामा
पारंगत हुंदै जान्छ । जुनसुकै प्रश्नको सरल उत्तर दिएर
पूराना विद्यार्थीहरुलाई उछिन्छ ।
यसैले
आचार्य र आचार्य श्रीमतीको अंहिंसक प्रिय शिष्य हुन्छ । अन्य शिष्यहरुलाई इर्ष्याको
बिषय बन्छ । कसैले पनि उस्लालाई हरेक पक्षमा हराउन सक्तैन । त्यसैले बिभिन्न षडयन्त्र
गरेर अंहिसकलाई तक्षशिला गुरुकुल बाट बाहिर पठाउनको लागि आचार्यलाई गुरुमासित अनुचित
सम्बन्ध छ भनेर सबैले झुठ्ठा कुरा लगाउंछ । असत्य कुरा पनि बहुमतले भने पछि सत्य जस्तै
हुन जाने हुंदो रहेछ भनेर यस पाठमा देखिन्छ ।
आचार्यले सांच्चै पनि हरेकपल शिष्य अंहिंसक आफ्नो ।श्रीमतीको
साथमा देखेर भ्रमित हुन्छ । आचार्यलाई क्रोध हुन्छ बुद्धिमत्ता तरिकाले आफ्नो श्रीमती
सित अनुचित सम्बन्ध राख्नेलाई मृत्युको सजाए दिनुपर्छ भन्ने सोंचेर यज्ञको लागि एक
हजार मान्छेको औंलाहरु आवश्यक भएको र गुरु दक्षिणाको रुपमा दिनुपर्छ भन्ने माग राख्छ
। गुरुको गलत दक्षिणा मांगलाई आज्ञाकारी शिष्य अहिंसकले पुरा गर्न शस्त्रअस्त्र लिएर
जंङ्गल प्रवेष गर्छ । आउने जानेहरुको हत्या गरेर औंलाको माला लगाएको हुन्छ ।
उपद्रवी डाँकु अंगुलिमालले
आफ्नो नजिक आउनेलाई मारेर औंला काटेर माला लगाउने गर्थ्यो त्यसैले त्यसको नाम
अंगुलीमाल भएको थियो । यस्को वास्तविक नाम अहिंसक थियो । गूरुको आज्ञा अनुसार उ
जङ्गल पसेर मान्छे मार्दै औंला काटेर माला लगाउंथ्यो । बुद्धको ध्यान दृष्टिबाट
आज कस्को कल्याण गर्ने भनेर हेर्दा अंगुलीमाललाई देख्छन् ।
एक दिनः
अंगुलीमालः अलि बहुलाएको जस्तै
हा ! हा ! हा ! अब औलाको
लागि एउटै मान्छे भए पुग्छ अब गुरुको दक्षिणा प्रतिज्ञा पूरा हुन्छ । मेरो यो तरवार
शक्तिशाली छ यस्को अगाडी कोही बांचेको छैन । अब मेरो अगाडी जो आउंछ उस्कोर् इहलिला
अन्त्य हुन्छ ।भन्दै कराउंदै उफ्रंदैथियो ।
टाढाबाट निडर भएर बुद्ध आउन लागेको देखेर
श्रमण !! निडर भएर मेरो सामु आउंदैछ ।
अलि अचम्म
मान्दै कस्ता कस्तालाई खत्तम गरें । श्रमण
तर! तर! किन मेरो मन अलि कमजोर भए जस्तो लाग्यो
- यस्तो त कहिल्यै भएन उस्को मनमा यस्तो कुरा
खेल्यो ।
आओस श्रमण अहं मैले यस्लाई पनि बांकि राख्दीन
आज यस्को अन्तिम दिन रहेछ ।
बुद्ध
समिप आई पुग्न लाग्दा अंगुलीमाल ले कड्केर बोल्छ- ए श्रमण
! पर्ख! पर्ख!
तर बुद्ध
उस्को कुरा नसुनेरै अघि बढछ । पर्खि ए श्रमण! अरे!अरे -कस्तो अट्टेढी ! अंगुलिमाल बुद्धलाई समात्न दगुर्छ ।
अंगुलीमालको पाईला अघि सर्दैन पछि पछि हुन्छ । गजब
छ बा कस्तो कस्तो दगुर्ने मृगलाई समातें ,कस्तो दगुर्ने रथ घोडालाई समातें
तर,तर, यो श्रमणलाई
किन समात्न सकिन ।
बुद्ध -म
पर्खिएकोछु आबुसो!म स्थिर छु । तिमी दौडिरहेकाछौ , तिमी अस्थीर छौ ।
अंगुलिमालः- श्रमण!
तिमी हिंडिरहेका छौ तर भन्छौ स्थिरछु । मैले पर्खिंदा पनि भन्छौ अस्थिर छौ ।
कसरी
म अस्थिर भएं तिमी स्थिर भयौ? बुद्ध
भन्नुहुन्छ-हे अंगुलीमाल! ।म समस्त प्राणीहरु प्रति प्रेम गर्नाले म स्थिरछु
।
अंगुलिमालःयस्तो कुरा बुझीन । म सित डराएर भागि रहेका छौ र भन्छौ
पर्खि रहेकोछु?
बुद्धः- तिमी प्राणीहरु प्रति दया नगर्नाले अस्थीर छौ ।अनि तिमी असंयमी हुनाले अस्थिर छौ । तथागतको
उपदेश सुनेर भन्छः उपदेश सुन्न फुर्सद
छैन तिम्रो मृत्युको समय आयो । भन तिम्रो अन्तिम इच्छा के छ? बुद्धः के तिमिले मेरो इच्छा पूरा गरि दिन्छौ ? अंगुलीमालः हो हरेक मर्नेहरुको मैले अन्तिम इच्छा पूरा
गर्छु भन्छ।बुद्धः त्यसो भए मलाई उ
!त्यो रुखको हांगा काटेर देउ!अंगुलीमालले तरवारले एकै झट्कामा
रुखको हांगा कोटेर दिन्छ ।बुद्ध ले भन्नुहुन्छ अब यस्लाई त्यसैमा
जस्ताको तस्तै जोडिदेउ ।
अंगुलीमालः कस्तो असम्भव कुरा गछौं श्रमण!बुद्धः जस्ले जोड्न सक्तैन उस्लाई तोड्ने अधिकार कस्ले दियो - ध्वस्त गर्नेले निर्माण पनि गर्न सक्नुपर्छ ।-भगवान
बुद्धको कुरा सुनेर अलि कति सोंच्न बाध्य भयो ।
अनि सोंच्यो यो
कतै शाक्यपुत्र
सिर्द्धार्थ गौतम त होईन । उस्को ज्ञान चक्षु
खुल्न थाल्यो ।बुद्धः- अहिंसक! तिमीले ध्यान दिएर सुन ।
मैले यथार्थ बुझी दुश्चिरित्रादी कर्मले रहित बसेकाले स्थीर
भनेको हुं । तिमी अहिले सत्य असत्यलाई नबुझि अन्धविश्वासमा परेर प्राणीहरुको हिंसा
गर्नाले मृत्यु पर्यन्त सजिलै सित पतन हुने भएकोले दैाडी रहेकाछौ भनेकोहुं ।
अंगुलीमाल मुसुक्क हांसेर सोंच्न थाल्छ ।
आहा! यो त साह्रै राम्रो कुराहो ।यस्तो महान कुरा
त बुद्ध बाहेक अरु कसैले भन्न सक्तैन । अवश्य मलाई उद्दार गर्न यो जङ्गलमा आउनु भएको
होला । तिमी को हा श्रमण ? - यहां किन आएको -
बुद्धः - मुसुक्क
हांसेर - अहिंसक! मलाई यो लोकमा तथागत भन्छन् अनि बुद्ध पनि भन्छन् ।अंगुलिमालः - घांटीमा पहिरेको औंलाको माला भुइंमा फालेर दगुरेर भगवानलाई डण्डवत गरेर भन्छःहे शास्ता! तपाईंको
उपदेश ग्रहण गर्ने मौका पाएर म जागें ।म
बाटो बिराएको बटुवालाई बाटो देखाई दिनुभयो ।यी हतियार त्यागेर
हजुरलाई वन्दना गर्दछु
।आज देखि यि पाप कर्मलाई त्याग्छु । भगवान मलाई क्षमा गरि दिनुहोस ।मलाई शरणमा लिनुहोस
।करुणामयी
भगवानले भन्नुभयोःहे!अंगुलीमाल! आफुले गरेको अकुशल कर्मलाई त्यागेर कुशल कर्म
गर्छ त्यो व्यक्ति बादलबाट मुक्त चन्द्रमा जस्तै प्रकाशमान हुन्छ आउ भिक्षु!-भनेर भगवानले करुणा पुर्वक आफ्नो शरणमा लिनुभयो
र प्रवज्या गरी दिनुभयो ।
अंगुलिमालः - भगवान! अब म कहां जाउं -मैले t श्रावस्तीवासीहरु धेरैलाई मारि सकें
म कहां जाने ? म त्यहां कसरी जाने -
बुद्धः- आबुसो! कोहीं नभएकोलाई म कहां आउ ।
अंगुलिमालः भगवान! आज देखि म बुद्धको शरणमा आएं , धर्मको शरणमा आएं संघको शरणमा आएं
।
बुद्धको वचनले अंगुलीमाल शरणमा पर्छ । अंगुलीमाल केश मुण्डन
गरेर चिवर बस्त्र धारण गरेर प्रवज्जित हुन्छ । शस्त्र अस्त्र व्दारा नहार्ने खुंखार
हत्यारा बुद्धको एउटा वचनले परास्त हुन्छ । शस्त्र अस्त्रले पराजित गर्न नसकेको लाई
कस्तो वचनले दमन गर्न सकेको होला भनेर राजा अचम्म हुन्छ । उ भिक्षु हुन्छ ।अंगुलिमाल
प्रवज्जित भएर भिक्षु भएपछि गाउंलेहरु निशस्त्रलाई ढुङ्गा हानेर प्रतिशोधले मारि
दिन्छ । मृत्युको बदला मृत्युको रुपमा सजाए दिन्छन् । एउटा हिंसक व्यक्तिले अरहत्व
प्राप्त गर्दछ ।
भवतु
सब्ब मङ्गलम् । भवतु सब्ब मङ्गलम् । भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment