अनित्यता बौद्ध धर्मको एक
महत्वपूर्ण ईकाई हो । भगवान बुद्धले खोजेरथाहा पाउनुभयो कि सबै कुरा अनित्य छ। र
प्रत्येक वस्तु केहि अरु नै हुने प्रक्रियामा छ । नश्वरताको यो बोध हामी आफ्नै
जीवनमा पनि देखिन्छ । हामी सबै परिवर्तज तिर भागिरहेका छौं । उदाहरणका लागि म आफै
तपाई आफै प्रमाणका रुपमा छौं बीस त के १० बर्ष पहला जे थियो आझ फरक छ । मान्छेको शारिरीक मात्रै
होईन हाम्रो विचार पनि परिवर्तन भैरहेको छ । प्रकृतिमा पनि परवर्तन सरल तरिकाले
हेर्न सकिन्छ , कोपीला हेर्दा हेर्दै फ़ूल बन्छ , फ़ूल ओइलाउँछ , र यहाँ सम्म कि आकाश गंगा पनि परिवर्तन भैरहन्छ ।
एक सूफ़ी कथा छ- फरीदुद्दीन अत्तारले लेखेको । यस्मा अनित्यताको बोध
हामीलाई जीवनमा गराउन सक्छ ।
अत्तारले आफ्नो गुरुबाट जे सिके त्यस्को अभ्यास गर्दै गरे | अनि उस्लाई मन लाग्इ कि अब हज गरुँ’ | जब हजको लागि निस्क्यो त
टाढा गाह्रो यात्रा थियो । महिनौ लाग्ने हिंडदा हिडदै एक गाँउँमा पुग्यो थाकेको थियो, भोक पनि निक्कै लागेको | अनजान बाटो थियो | उस्ले एक जना सित भन्यो
कि ‘मलाई यहाँ बस्ने ठाउँ कहाँ पाईएला ?’ उस्ले जवाब दियो- ‘यहाँ शाक़िर नामको एक जना छन, तिमी उस्को घर जाउ । उ त्यस ठाउँको सबै भन्दा धनी हो र धेरै दयालु छन् |त्यसो त यस ठाउँमा सबै भन्दा ठूलो साहु हमदाद छन् तर
हमदादको ठाउँमा तिमी शाक़िर कै घर जाउ | उ शाकीरको घर गयो| शाक़िरको अर्थ हुन्छ – जो धन्यवाद गरिरहन्छ | जब उकहाँ पुग्यो त जस्तो उसको बारेमा सुनेको थियो, बिल्कुल त्यस्तै नै निस्क्यो | शाक़िरले उस्लाई घरमा बस्न दियो | भोजन दियो, सुत्ने ठाउँ पनि दियो | शाक़िरको श्रीमती तथा बच्चाहरुले उस्को सेवा गर्यो |दुई दिन बस्यो उ तेस्रो, उ हिंडन थाल्यो तब उस्ले खाने कुराहरु र पानी
पनि दियो |
हिंडदा हिंडने त्यस दरवेशले भन्यो
कि ‘शाक़िर! तिमी कति असल छौ | तिमी कति धनी रहेछौ, तिमीले मलाई यति सबै दियौ कि तिमीलाई यसबारेमा अलिकता
पनि सोंच्नु परेन जबकि तिमीले मलाई चिन्दा पनि चिन्दैनौ |
शाक़िरले आफ्नो घर तिर हेरेर भन्यो कि ‘गुज़रीन्छ |’ दरवेश पूरै बाटो भरी
सोंच्दै गर्यो । उस्का अभिवाहकहरुले भनेका कि आत्तुरीमा कुनै निरणाय नगर्नु र जब कसैबाट
कुरा सुनेपछि त्यस्को गहराईमा जाने गर | उ बिभिन्न कुरा सोंच्दा
सोंच्दा पुग्यो, हज गर्यो, त्यहि बस्यो | एक बर्ष पछि फर्कयो | उस्को चित्तमा यो विचार थियो कि एक पटक शाक़िर सित भेटर
जाउँ | तब जब उ शाकीरकव घर निर पुग्यो उस्ले देख्यो कि शाक़िरको
घर नै थिएन | मान्छेहरुले भन्यो कि अब उ हमदादको घरमा नोकर छ |उनिहरुले भन्यो कि बाढ़ी आएको थियोर घर सबै बगाएर लग्यो
गरीब भयो | त्यसकारण गरीब भएर नोकरी गर्नु पर्यो गएर भेट |
दरवेश अचम्म भयो हैरान भयो
यति असल मान्छेलाई यस्तो दुःख मा ! अनि उ हमदादो घर गयो र जब शाक़िर सित भेट्यो देख्यो उसको शरीरमा च्यातीएको लुगा, श्रीमती बच्चाहरु पनि दुखि | दरवेशले भन्यो कि ‘ बड़ो दुख लाग्यो तिमी
जस्तो असल मान्छे प्रति यस्तो आपत?’ शाक़िरले गम्भीर स्वरमा
भन्यो कि-‘ यो
पनि गुज्रिन्छ ’ | हमदाद पनि असल मान्छे नै थियो , उसनले पनि दरवेशलाई बस्ने ठाउँ दियो | केहि दिन बस्यो | अनि जब दरवेश जान लाग्यो
बाटोमा खान खानेकुरा राखिदियो शाकीरले जति त होईन | २-४ बर्ष बित्यो तर दरवेश ले शाक़िरको सम्झना
गरिरहन्थ्यो । फेरि मक्का जान मन लाग्यो | अनि त्यहि बाटो भएर गयो, अनि हमदादको घर गयो | जब त्यहाँ पुग्यो थहा
भयो कि हमदाद त मरि सक्यो र उस्ले आफ्नो सबै सम्पत्ती शाक़िरलाई दियो किन कि उस्को
कुनै सन्तान थिएन |
शाक़िर फेरि धनी भयो |उसको शरीरमा रेशमी लुगा, श्रीमती र
बच्चाहरुको राम्रो लुगाहरु | छोरीहरु धनी घरमा बिहे भैसकेको थियो । दरवेश भित्र गयो रभन्यो कि ‘अरे वाह शाक़िर! यति राम्रो........ भगवानले तिमीलाई
धेरै दया गरेछ |’ शाक़िरले पनि गंभीर
स्वरमा भन्यो- ‘यो पनि गुज़्रिन्छ |’
केहि दिन बसेर मक्का गयो |यस पटक मक्का नजिक
लगभग २ बर्ष बस्यो | जब फर्क्यो तब मनमा
साथी सिभ भेट्न मन लाग्यो | त्यहाँ पुगे पछि थाहा
भयो कि शाक़िर मरि सक्यो | फकीरले अरु सित सोध्यो-
‘उस्को चिहान कहाँ छ ? म उस्को चिहानमा गएर नमाज़ पढ़्छु | कामना गर्छु आफ्नो साथीको लागि । शाक़िरको चिहान देखाई
दियो | जब चिहानको नजिक पुग्यो दरवेश त्यस चिहानमा केहि लेखेको बोर्ड थियो,- ‘यो पनि गुज्रिन्छ|’ पढ़ेर दरवेश खुबै रोयो, भन्थ्यो उस्ले-‘ यो पनि गुज्रिन्छ’, अब यस्को गहीरो अर्थ र अरु के हुन सक्छ? दरवेशले खुब कामना गरे |
आफ्नो डेरा तिर गयो र केहि
बर्ष बित्यो| फेरि केहि बर्ष पछि मक्का जान लागेको उस्लाई मनमा लाग्यो
कि जिंदगी को एक हज अरु गर्न सक्छु | अब हिंडन त सक्तिन तर
ऊँटको सवारी पाईयो त्यसैमा बसेर गयो | टोमा शाक़िर को गाँउ
आउनु थयो उस्को मन मानेन शाकीरको भिहानमा एक फूल त चढाउँ र कामना गरुँ | त्यहाँ पुग्यो त शाकीरको चिहान नै थिएन | मान्छेहरु सित सोध्यो
चिहान के भयो तब भन्यो कि आँधी
तूफान आएको थियो, कहीं भुईं भास्सीयो सबै
तहस नहस भयो | थाहै भएन चिता कता
पर्यो |दरवेश बयो पनि धेरै बर्ष पछि आएको थियो |सबै बदलि सकेको थियो, जहाँ उस्को चिहान थियो, त्यहाँ मान्छेको घर बनेको थियो खोजेर पनि भेटीएन |
आज दरवेशलाई शाक़िरको यो वचन राम्ररी बुझ्यो कि ‘यो पनि गुज्रिन्छ’ उस्को त चिहान पनि
गुज्रियो,
थाहै छैन कहाँ गयो कता छ ।
हामीले आफ्नो वरिपरि देख्छौं घर मै देख्छौं बिस्तारै बिस्तारै सबै
परिवर्तन भैसकेको छ प्राणी होस वा वस्तु आँखाले देखेको सबै परिवर्तन मानिसको भावना
पनि परिवर्तन भएको उदाहरण त बुद्धको समयमा खुँखार डाँका अंगुली माल पनि परिवर्तन
भएर भिक्षु भएको थियो । यहि अनित्यको बारेमा भगवान बुद्धले अन्तिम समय सम्म
सिकाउनुभयो । वास्तवमा हेर्ने र बुझ्ने हो भने धर्म यहि होईन त अर्थात प्रकृतिको
स्वाव नै परिवर्तन हुने ।
भवतु सब्ब मङ्गलम ।
No comments:
Post a Comment