Saturday, December 21, 2013

कसरी बच्ने कामवासना सित:विपश्यना एक वैज्ञानिक मार्ग हो ।


 एक वैज्ञानिक मार्ग हो ।
कामवासना मानव मनको सबै भन्दा ठूलो दुर्बलता हो । जुन तीन तृष्णाहरको कारण त्यो भवनेत्री मां बाँधिरहन्छ । त्यस्मा कामतृष्णा प्रथम हो , प्रमुख हो । माता पिताको काम संभोगबाट मानव को उत्पत्ति हुन्छ । अतः अंतर्मनको गहराइहरु सम्म कामभोगको प्रभाव छाइरहन्छ । यस्को अतिरिक्त अनेक जन्महरुको संचित स्वयं आफ्नो काम संस्कार पनि साथ चल्छ नै । अतः मुक्ति को पथमा हिंडने व्यक्तिको लागि काम भोगको संस्कारहरुबाट छुटकारा पाउनु साह्रै कठिन हुन्छ । विपश्यना गर्न नआए त असंभव नै हुन्छ ।
काम वासनाहरुबाट छुटकारा पाएर कोहि व्यक्ति ब्रह्मचर्यको जीवन जिउन चाहन्छ तर पटक पटक मनमा वासनाको आँधी  उठ्छ र उस्लाई व्याकुल बनाउँछ । कहीं ब्रह्मचर्य भंङ्ग नहोस यसैले उ कठोरतापूर्वक वासनाहरुलाई दमन गर्छ र परिणामतः आफ्नो भित्र तनावको गाँठो बाँध्छ दमन द्वारा वासनाहरुबाट मुक्ति पाईंदैन ।भित्र भित्रै वासना उम्लिन्छ कुत्कुत्याईरहन्छ र मनलाई मायाँ गरिरहन्छ । या दमन द्वारा ब्रह्मचर्य पाल्ने वाला कोहि विश्वामित्र जस्तो साधक मेनका जस्ति अप्सराको रूप माधुरीमा चिप्लिन्छ त आत्मग्लानि, आत्मक्षोभ र आत्मगर्हाबाट भरिन्छ । यसो हुनाले अपराधको ग्रथिहरु बांधि बांधि आफ्नो व्याकुलतालाई अरु बढ़ाउँछ  

काम वासनाको दमन एक अंत हो , जो साँच्चै रोग निवारणको सही उपाय हवईन । तर त्यसलाई  खुल्ला छूट दिनु यस्तो अर्को अंत हो जो कि रोग निवारणको ठाउँ रोग संवर्धन कै काम गर्छ ।
जब कोहि व्यक्ति बुद्ध बन्छ तब तृष्णाको सबै बंधनहरुलाई भग्न गरेर विकार विमुक्तिको ऐश्वर्यको जीवन जिउँछ । यसैले उ भगवान कहलाउने अधिकारी हुन्छ । यस्तो व्यक्ति काम तृष्णा, भव तृष्णा र विभव तृष्णा , यि तीनैबाट छुटकारा पाउँछ र जुन विपश्यना विद्या ( भगवान बुद्धको ध्यानको विधि ) द्वारा यो मुक्त अवस्था प्राप्त गरे , उस्लाई नै करुण चित्तबाट मानिसहरुलाई बाँड्छ ।
विपश्यना साधनाको विधि न विकारहरको दमनको लागि हो र न त्यसलाई खुला छूट दिनको लागि हो । विपश्यना विधि यि दुबै अतिहरुको बीचको मध्यम मंगल मार्ग हो जो जागेर विकार लाई साक्षी भावले हेर्न सिकाउंछ जस्ले कि अतंर्मनको गहिराइहरुमा दबेको काम विकारहरुलाई पनि जड़ैबाट उखेल्ने काम शुरूहुन्छ कुशल विपश्यी साधक समय पाएर यस विधिमा पारंगत हुन्छ र कामविकारहरुको सर्वथा उन्मूलन गर्छ । र सहज भावले ब्रह्मयर्चको पालन गर्नथाल्छ । यस्को अभ्यासमा समय लाग्छ ।कवहि एकै शिविरबाट पाक्छ त कोहिलाई धेरै शिविरबाट धेरै परिश्रम , पुरूषार्थ , पराक्रम गर्नुपर्छ । तर यो पराक्रम शरीरको दण्ड होईन, मानस दमनको होईन , बरु मनोविकारहरुलाई तटस्थ भावले हेर्न सक्ने क्षमता प्राप्त गर्छ जोकि प्रारम्भमा बड़ो कठिन लाग्छ तर लगन र निष्ठाबाट अभ्यास गर्दै साधक देख्छ कि बिस्तारै बिस्तारै उस्को मनमा वासनाको बँधाई कम हुँदै गइरहेकोछ ।दमन नगर्नाले कुनै तनाव पनि बढीरहेकोछैन र समय पाएर सबै कामविकारहरुबाट मुक्त भएर ब्रह्मचर्यको जीवन जिउन सरलभयो । यो सबै कसरी हुन्छ यो पूर्ण रुपमा बैज्ञानिक पद्दतिहो यसलाई राम्ररी बुझौं ।
पुरुषको लागि नारीको र नारीको लागिको पुरुषको रूप, शब्द, गंध, रस र स्पर्शबाट बढ़ेर अन्य कुनै लोभ आलंबन हुँदैन । यो पांचै आलंबन आंखा, कान, नाक, जीभ्रो र छालाको इंद्रियहरुमा आघात गर्छ अथवा यस्को स्मरण र कल्पना चिन्तनको रूपमा मनको इन्द्रियमा आघात गर्छ र तब मात्रै वासना को विकार जाग्ने काम सुरुहुन्छ । पहिलो पाँचै इन्द्रिया शरीरमा स्थापितै छ । छैठौं मनको इन्द्रिय पनि शरीरको सीमाको भित्रै नै हुन्छ । अतः विपश्यना साधनाको अभ्यास साढ़े तीन हात को काया (शरीर )को भित्रनै गरिन्छ बाहिर होईन । कामतृष्णा जहां जाग्छ, त्यहिं त्यसलाई जड़बाट उखेल्न सकिन्छ, अन्यत्र होईन । साढ़े तीन हातको कायामा इन्द्रिय सीमाक्षेत्रको भित्र यस्को उत्पत्ति हुन्छ , यहींनिवास र संवर्धन हुन्छ । अतः विपश्यना द्वारा यहिं यस्को उन्मूलन गर्नसकिन्छ हेर्नु यो छकि बाहिरको आलम्बनले आफ्नो भित्र के खट पट शुरू गर्यो । आंखा कान, नाक, जीभ्रो र छालामा रूप , शब्द गन्ध, रस र स्पर्षको सम्पर्क हुनेबित्तिकै अर्थात प्रथम आघात लाग्ने बित्तिकै अत्यन्त सूक्ष्म स्तरमार तत्संबंधित इंद्रिय ढोकामा र अनि सारा शरीरमा प्रकंपन हुन्छ फस्स पच्चया वेदना स्पर्श हुने बित्तकै संवेदना हुन्छ । जस्तै  काँसको भाँडा छूँदा त्यस्मा झंकारको तरंङ्ग उठ्छ यस प्रथम आघातको तुरुन्तै मानसको त्यो भाग जस्लाई संज्ञा भनिनन्छ या बुद्धि भनुं त्यो आफ्नो पूर्व अनुभव र सम्झनाको आधारमा यस आलम्बनलाई चिन्दछ् ‘‘ यो पुरुष अथवा नारीको रूप , शब्द, गंध आदि हो । र अनि त्यस्को मूल्यांकन गर्दो रैछ ओह धेरै सुन्दर छ धेरै मधुर छ । यस्तो गर्नाले शरीरमा हुने यो तरंङ्गहरु प्रिय प्रतीत हुनथाल्छ र मानस त्यसप्रति राग रंजित भएर त्यसमा डूब्न थाल्छ । वेदना पच्चया तण्हा सम्वेदना बाटै ( काम ) तृष्णा हुन्छ । यहींबाट वासनाको दौर शुरू हुन्छ । पटक पटक रूप, शब्द गंध आदि संबन्धित इन्द्रियहरुबाट ठक्कर खान्छ , पटक पटक प्रिय मूल्यांकन हुन्छ पटक पटक प्रतिक्रिया स्वरूप वासनाको संस्कार बन्छ । यों क्षण प्रतिक्षण एक पछि एक एक वासनाको संस्कार बन्दै बन्दै ढुङ्गाकँ धर्को जस्तै गहीरो हुन्छ जब रूप, ब्द, गंध, रस आदि बाहिर आलम्बन प्रत्यक्षतः आँखा, कान नाक आदि इन्द्रिय द्वारबाट सम्पर्क गर्न बन्द गर्छ तब छैठौं  इन्द्रियको ढोका खोलिन्छ , अब मनको इन्द्रियमा पूर्व अनुभूत रूप, शब्द, गंध आदि को आंम्बन कल्पना र चिन्तनको रूपमा ठक्करखान थाल्छ, अनि त्यहि क्रम चल्छ । आघातबाट प्रकम्पनको हुनु , अनि प्रिय मूल्यांकन, अनि संम्वेदना, अनि प्रतिक्रिया स्वरूप वासनाको संस्कारहरुको उत्पत्ति । क्षण प्रतिक्षण चिन्तनको आंम्बन चित्तधाराबाट ठक्कर खाईरहन्छ र क्षण प्रतिक्षण वासनाको संस्कार उत्पन्न हुन्छ । यो क्रम जति समय चल्छ , वासना उति बलवान हुन्छ । मनमा उम्रेको यो तीव्र वासना वाणी र शरीरमा प्रकट हुनकोलागि प्रोत्साहित गर्छ । सारा को सारा चित्त वासनाको प्रवाहमा आमूल चूल डूब्छ । वासनामा डूबेंको व्यक्तिको सति अर्थात स्मृति ( यहां स्मृतिको अर्थ सम्झनाहोईन । ) अर्थात जागरूकता बनिरहन्छ वासना व्यथित व्यक्ति स्मृतिमान रहन्छ अर्थात सजग रहन्छ । तर सजग रहन्छ केवल रूप, शब्द, गंध, रस, स्पर्श अथवा चिंतनको आलम्बन को प्रति नै । यि छमध्य कुनै न कुनै आलम्बनमा त्यस्को ध्यान लागेकोछ । यही आलम्बनको ध्यान वासनालाई उद्दीप्त गर्छ । अतः स्मृति रहँदै यसलाई सम्यक स्मृति अर्थात सही स्मृति भनिंदैन । मिथ्या स्मृति भनिन्छ, सति मुट्ठा भनिन्छ यि छ आलंबम्नहरुबाट कुनैपनि तत्संबंधित न्द्रिय द्वारको सम्पर्कमा आयोभने स्वानुभवको काम शुरू हुन्छ । संपर्क हुनेबित्तिकै तरंङ्ग रूपी वेदनालाई हुनु, संज्ञा द्वारा मूल्यांकन गर्नु, संवेदनाको प्रिय लाग्नु र प्रिय सम्वेदनाको रसास्वादन गर्दै वासनाको संस्कारको प्रतिक्रियाको आंरम्भ हुनु यो सबै स्वानुभूतिको क्षेत्र हो । अतः सत्यको क्षेत्र हो ।यस प्रति सजग रहे त स्मृति सम्यक हो। केवल मात्र आलम्बनको प्रति सजग रहे आलम्बनको स्पर्शको पनि निरीक्षण गर्न नसके, त्यस्को अगाडीको स्वानुभूतिहरु त टाढा हुन्छ, तो स्मृति मिथ्या नै भयो, किनकि गहीरो अनुभूति वाला क्षेत्र भुलेकोछ ।
स्मृति अर्थात जारूकता जब सम्पजज्जबाट जोडिन्छ तब सम्यक हुनपाउँछ । साधक आताप सम्जनानो सतिमा हुन जान्छ । यसैलाई विपश्यना भनिन्छ । यसैलाई सतिपठ्टान भनिन्छ अर्थात सतिको सम्यक रूपले स्वानुभूतिजन्य सत्यमा प्रतिष्ठापित हुनु । विपश्यी साधक यही गर्छ त्यो सत्यदर्शी हुन्छ आत्मदर्शी हुन्छ। आत्मदर्शीको माने जस्को कहिल्यै स्वयं अनुभव गरेकेछैन यस्तो सुनेको, पढ़ेको दार्शनिक मान्यताभएको कल्पित आत्माको दर्शन गर्नेहोईन । यहां आत्मदर्शनको अर्थ हो स्वदर्शन । अनुभूतिहरको स्तरमा आफ्नो बारेंमा जुन जुन क्षण जो जो सत्य प्रकट हुन्छ त्यसैलाई नै साक्षीभावबाट हेर्नु सत्यदर्शन हो , स्वदर्शन हो । आत्मदर्शन हो । मुक्तिको सरल उपाय हो । कुनै कल्पनाको ध्यान मनलाई केहिसमयको लागि राम्रो होला तर विकार विमुक्त गर्न सक्तैन । कोरा बौद्धिक अथवा भक्ति भावावेशमूलक मान्यताहरुकोघेरा बाहिर निस्केर साधक अनुभूतिको स्तरमा यथार्थको भूमिमा पाउराख्छ । जो सत्य हो त्यसलाई केवल मानेरहोईन त्यसलाई जान्दछ जनाति र प्रज्ञापूर्वक जान्छ पजानाति । साक्षीभावबाट तटस्थ भाव ले बिना राग को, बिना द्वेश को बिना मोह को यथाभूतः जस्तो छ त्यस्तो, त्यसको सत्य स्वभाव मां, यथार्थलाई जान्दछ । मात्र जान्दछ । कुनै प्रतिक्रिया गर्दैन, न त्यसलाई टाढा गर्ने कि न त्यसलाई रोक्न । केवल दर्शन, केवल ज्ञान यही हो पजानाति ।
बाहिरको आंलंबन चाहे जेहोस , आफ्नो भित्र कामवासना जागे बाहिको आलम्बनलाई गौण मानेर आफ्नो भित्रको अनुभूतिजन्य सच्चाईलाई जान्ने का अभ्यास साधक शुरू गर्छ । सन्तं वा अज्झत्तं कामच्छन्दं- जब भीत्र कामतृष्णा छ भने अत्थि मं अज्डद्यझत्तं कामच्छन्दोति पजानाति - मेरो भीत्र कामवासना अर्थात कामतृष्णा छ यो प्रज्ञापूर्वक जान्दछ प्रज्ञापूर्वक यस मानेमा कि यो अनित्य स्वभाववालाहो अनंतकाल सम्म बनिरहने होईन । स समझदारीको साथ तटस्थभाव बनाइराख्छ । त्यसलाई टाढा गर्न पनि कोशिश गर्दैन, अन्यथा दमनको एक अंततिर झुक्दछ । र न त्यसलाई वाणी र शरीरमा प्रकट हुन छूट दिन्छ अन्यथा आगोमा घ्यू हाल्नेहरु अरुतिर झुक्छ ।  त्यसको अनित्य स्वभावलाई बुझेर केवल जान्दछ पजानाति । किनकि अब त्यसलाई बढ़ावा पाउँदैन, स सत्यलाई पनि साक्षीभावले प्रज्ञापूर्वक जान्दछ असंन्तं वाअज्झत्तं कामच्छन्दं - होईन भित्र कामछंद त , नत्थि में अज्झत्तं कामच्छन्देति पजानाति - मेरो भित्र कामछंद  छैन , स सत्यलाई प्रज्ञा पूर्वक तटस्थभावले जान्दछ र किनकि विपश्यना गरिरहेकोभए त सतिमुट्ठा भएन , सतिपट्ठानको अभ्सायी हो अर्थात, आफ्नो भित्र नामरूप अर्थात चित्त र शरीरको प्रंपचलाई प्रज्ञापूर्व अनुभूति को स्तरमा जान्ने काम गरिरहेकोछ । यसैलाई सतिको साथ सम्पजञ्ञलाई जोड़नुन भनिन्छ । शरीर चित्तको प्रपंच वेदनाहरुको रूपमा प्रकट हुन्छ । साधक मानसमा जागेको संम्वेदनाहरुलाई तटस्थभावले हेर्दछ । यि सम्वेदनांहरु अन्तंर्मन सित जोडिरहन्छ अतः मनको उदीरणा शुरूहुन्छ । यि पूर्व संचित अनुत्पन्न कामवासनाहरुको उत्पाद शुरू हुन्छ यथा च अनुप्पन्नस्स कामच्छन्दस्स उप्पादो होति तत्च पजानाति । र उदीर्ण भउको यस चिरसंचित कामवासनालाई पनि साक्षीभावले संवेदनाहरुको स्तरमा हेरिरहन्छ त ति पुरानो संस्कारहरुको परत माथि परत उत्रिंदै त्यस्को निर्जरा हुँदैजान्छ , त्यसको क्षय हुँदै जान्छ । यथाच उप्पन्नस्स कामच्छन्दस्स पहानं होततिञ्च पजानाति - यसरी उदीरणा र निर्जरा हुँदै हुँदै प्रहाण क्षय हुँदै हुँदै  एक समय यस्तो आउँछ, जब कि अंतर्मनको गहराई सम्मको कामतृष्णाको सारा संस्कार उखडिन्छ त्यसको नाम लेख सम्म रहँदैन । अब कुनै कामवासना जाग्दैन । न कुनै वर्तमान को आलम्बन को कारण र न कुनै पुरानो संग्रहबाट । यथा च पहीनस्स काच्छन्दस्स आयतिं अनुप्पादो होति तञ्च पजानाति । साधक परम मुक्त अवस्था सम्म पुग्दछ ।
जो परिश्रम गर्छ , उहि यस मुक्त अवस्था सम्म पुग्छ । कुनैपनि जातिको होस, वर्णको होस, रंग रूप का होस , देश विदेशको होस, बोली भाषा जो होस मुक्त हुन्छ । जस्ले गर्दैन उस्लाई लाभ कसरी हुन्छ । कोहि कोहि यसकारण गर्दैन कि यो त हाम्रो पंरपरागत दार्शनिक मान्यताको अनुकूल होईन मैले किन गरु । कोहि कोहि यसकारण कारण गर्दैन कि यो हाम्रो मान्यता कति महान छ । यस गर्व गुमानमा नै संतुष्टि गर्छ । मान्यताहरुमा अल्झिएकाहरु विपश्यना गर्न सक्तैन , यसले लाभान्वित हुन सक्तैनन । गरोस तब न लाभान्वित हुन्छ ।प्यासोले पानी पिएन भने यस्को तीर्खा कसरी मेटीन्छ ।
 भवतु सब्ब मङ्गलम

No comments:

Post a Comment