आयुर्वेद हिन्दूहरूको ग्रन्थ हो। यो वेदको एक हाँगा हो।
हाम्रा
ऋषिमहषिर्हरूले विविध भौगोलिक परिस्थिति, जलवायु, रहनसहन, खानपान आदिको सूक्ष्म अध्ययन चिन्तन मनन गरी विभिन्न वातावरण -उष्ण, शमशीतोष्ण, शीतप्रदेश)मा हुने
वनस्पतिहरूको अध्ययन एवं वैज्ञानिक विश्लेषण गरी प्राणी मात्रको कल्याणका लागि आयुर्वेद शास्त्रको रचना गर्नुभएको हो।
यो विश्वको
प्राचीनतम चिकित्सापद्धति हो। वैदिक कालमा यो चिकित्सा पूर्ण विकसित भइसकेको कुरा वेदहरूको अध्ययनबाट बुझ्न सकिन्छ। 'खेल' नामक राजाकी रानी विस्पलाको
खुट्टा युद्धमा काटियो। आश्विनीकुमारले रातभरिमा नै फलामको खुट्टा लगाई उनलाई हिँड्न डुल्न सक्ने बनाइदिनुभयो भन्ने कथा ऋग्वेदमा उल्लेख छ। त्यस्तै रामायण, महाभारत, बौद्ध साहित्य, अग्निपुराण, पद्मपुराण आदिमा पनि यस्ता
अनेकौं कथाहरूको उल्लेख भएको पाइन्छ।
आयु र वेद शब्दको
योगले आयुर्वेद शब्द बन्छ। शरीर, इन्दि्रय, सत्व -मन) र आत्माको संयोगलाई
आयु भनिन्छ। वेद शब्द सत्तार्थक, ज्ञानार्थक, विचारार्थक र प्राप्त्यर्थक
विद धातुबाट प्रत्ययको योगले बन्दछ। यसप्रकार आयुर्वेद शब्दको अर्थ हुन्छ आयुको वेद। जुन शास्त्रको अध्ययन गर्नाले आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक
स्वस्थता प्राप्तिको विषयमा ज्ञान
हुन्छ, त्यसलाई आयुर्वेद शास्त्र भनिन्छ।
यस शास्त्रमा
हितकर, अहितकर, सुखकर, दुःखकर आयुको लक्षण, आयुको प्रमाण, हितकर अहितकर आहारविहारको वर्णन भएको छ। अतः धर्म, अर्थ र सुखको साधन प्राप्त गर्ने
चाहाना राख्ने मानिसहरूले आयुर्वेद उपदेशको पालना गर्नुपर्छ-
"आयु कामयमानेन धर्मार्थसुखसाधनम्।
आयुर्वेदोपदेशेषु
विधेयः परमादर ः।।" अष्टाङ्गहृदय, सू १
स्वस्थ मानिसको
स्वास्थ्यको रक्षा गर्नु र रोगी मानिसको रोगको निवारण गर्नु आयुर्वेदको मुख्य प्रयोजन हो। यो चिकित्सापद्धति मुख्यतः त्रिदोष -वात, पित्र, कफ) र त्रिगुणमा
-सत्व, रज, तम) आधारित छ। त्रिगुण र त्रिदोष समान अवस्थामा रहँदासम्म मानिस मानसिक र शारीरिक रूपमा स्वस्थ रहन्छ। जब त्रिदोष दूषित -न्यूनाधिक) अवस्थामा रहन्छन् त्यतिबेला
मानिस शारीरिक रूपमा अस्वस्थ हुन्छ।
त्रिगुण दूषित भएमा मानिस मानसिक रूपमा अस्वस्थ हुन्छ। शारीरिक र मानसिक रोगहरूको निवारणका लागि हाम्रा ऋषि महषिर्हरूले शल्य तन्त्र, शालाक्यतन्त्र, कायचिकित्सा, भूतविद्या, कौमाराभृत्य, अगदतन्त्र, रसायन र वाजीकरण नामबाट प्रसिद्ध अष्टाङ्ग आयुर्वेदको रचना
गरेका छन्।
आयुर्वेदका उक्त प्रत्येक अङ्गहरूको
सङ्क्षिप्त परिचय निम्नानुसार छ-
१. शल्य तन्त्र-
शारीरिक र मानसिक कष्टको कारणलाई शल्य भनिन्छ। अर्थात् प्राणी मात्रको शरीरमा काठ, ढुङ्गा, फलाम आदिबाट भएको व्रण, दृष्ट व्रण र गर्भरूप शल्यको निवारणका लागि यन्त्र, क्षार र अग्निको उपयोगद्वारा उपचार गरिने उपायहरूको उपदेश शल्यतन्त्रमा गरिएको छ।
२.शालाक्यतन्त्र-
घाँटीभन्दा माथिका अङ्ग जस्तै नाक, कान, आँखा, मुख, घाँटी र शिर आदिमा हुने रोगहरूलाई निको पार्ने तन्त्रलाई
शालाक्य तन्त्र भनिन्छ।
३.कायचिकित्सा-
कायको अर्थ जठराग्नि हो। त्यसको दोष मन्दाग्नि आदिका कारण उत्पन्न हुने सर्वाङ्गत ज्वर, रक्तपित्त, शोष, उन्माद, अपस्मार, कृष्ठ, प्रमेह, अतिसार आदि शारीरिक मानसिक रोगहरूको निदान र चिकित्साको वर्णन जुन अङ्गमा भएको हुन्छ त्यसलाई कायचिकित्सा भनिन्छ।
४. भूतविद्या- देव, असुर, गन्धर्व, यक्ष, पितृ -मृतात्मा), पिशाच, नाग आदि अदृश्य शक्तिहरूले अनेक रोग उत्पन्न गरी प्राणीहरूलाई
शारीरिक र मानसिक कष्ट दिन्छन्। त्यसबाट छुटकारा पाउन शान्तिकर्म, बलि, उपवास, होम आदि उपायहरूको उपदेश दिने तन्त्रलाई भूतविद्या भनिन्छ।
५.
कौमारभृत्य-शुक्र र शोणितको शुद्धता, तिनका दोष एवं निवारणको उपाय, गर्भाधान, गर्भरक्षा, गर्भिणी, सूतिका एवं शिशुको परिचर्या, प्रसवपछि सूतिकाको आरोग्यको रक्षण, बालकको पोषण, स्तन्यपान आदि बालकको स्वास्थ्यरक्षामा सहायक उपायहरूको वर्णन तथा बालग्रहादिको कारण बालकहरूलाई हुने रोगहरूको शानितो उपायबारे उपदेश दिने तन्त्रलाई
कौमारभृत्यतन्त्र भनिन्छ।
६. अगदतन्त्र-
सर्प, कीट, लूता-माकुरा), विच्छी, मुसा आदि जीवहरूको दंशबाट उत्पन्न
विष, स्वाभाविक, संयोगज र गर विषको
लक्षण, त्यसको निवारण गर्ने विधिको
उपदेश दिने तन्त्रलाई अगदतन्त्र भनिन्छ।
७. रसायनतन्त्र-
जुन आहार-विहार एवं औषधिको सेवनबाट प्रशस्त मात्रामा रस-रक्तादि धातुहरूको वृद्धि हुन्छ। दीर्घ जीवन, स्मरणशक्ति, धारणाशक्ति, सुस्वास्थ्य, शारीरिक पुष्टि, इन्दि्रय शक्ति, बलवृद्धि र वाक्शक्ति आदिको प्राप्ति हुन्छ। त्यस्ता रसायनहरूको उपदेश दिने तन्त्रलाई रसायनतन्त्र भनिन्छ।
८. वाजीकरण- रज, शुक्र एवं मैथुनसम्बन्धी विकारहरूको लक्षण र त्यसको उपचारबारे जुन तन्त्रमा वर्णन गरिन्छ त्यसलाई वाजीकरण
तन्त्र भनिन्छ।
यसप्रकार त्रिदोष
र त्रिगुणमा आधारित अष्टाङ्ग आयुर्वेद चिकित्सा पद्धतिले प्राचीनकालदेखि मानिसहरूलाई शारीरिक र मानसिक सुस्वास्थ्य प्रदान गर्दै आएको छ। यस शास्त्रमा स्वास्थ्यरक्षा, रोगपरीक्षण -निदान) उपचार र त्यसका लागि आवश्यक औषधि निर्माणको समेत उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिणपूर्व एसियामा करिब ६५ प्रतिशत
मानिसहरूले आयुर्वेद चिकित्सा पद्धतिको
प्रयोग गरिरहेका छ्न। अमेरिका जस्तो विकसित देशमा पनि ३३ प्रतिशत मानिस कुनै न कुनै रूपमा आयुर्वेदिक एवं अन्य परम्परागत चिकित्सापद्धतिबाट स्वास्थ्यलाभ लिने गर्दछन्।
यो चिकित्सा
सर्वसुलभ एवं निरापद भएकोले नेपाल, भारत, श्रीलङ्का, इण्डोनेसिया, थाइलैण्ड, मलेसिया, अपि|mका, कोलम्बिया आदि देशहरूमा परम्परागत चिकित्साको उपयोग प्राचीनकालदेखि हुँदै आएको छ।चीनले परम्परागत चिकित्साको विकास गरी त्यसलाई आधुनिक चिकित्साको मुख्य
धारासँग जोडेर स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय थपेको छ। श्रीलङ्कामा 'इण्डिजिनियस मेडिसिन'को स्वतन्त्र
मन्त्रालय नै छ। भारत सरकारले आयुर्वेद मन्त्रालय राख्ने निर्णय गरेको छ। अमेरिका, हल्याण्ड, बि्रटेन, जर्मनी, जापान, रुस आदि देशहरूमा आयुर्वेद चिकित्सा अति लोकपि्रय भइरहेको छ।
अमेरिकामा आयुर्वेदको अनुसन्धानात्मक अध्ययनको व्यवस्था भइरहेको
छ।आयुर्वेदको प्रथम चिन्तन-मनन भएको
देश नेपालमा युगौंदेखि मानिसहरू आयुर्वेदीय चिकित्साबाट स्वास्थ्यलाभ गर्दै आइरहेका छन्। यो चिकित्सा नेपालको मौलिक चिकित्सा पद्धति हो।
आयुर्वेद र यसको परिभाषा
आयुरस्मिन् विद्यते अनेन वा आयुर्विन्दतीत्यायुर्वेद:। (च.सू. १/१३)
अर्थात् जसद्वारा आयुर्वेदको ज्ञान
प्राप्त हुन्छ त्यसलाई आयुर्वेद भनिन्छ।
तदायुर्वेद यतीत्यायुर्वेद:। (चरक संहिता सूत्र. 30/23)
अर्थात् जो आयुको ज्ञान गराउँछ त्यसलाई
आयुर्वेद भनिन्छ ।
’भावप्रकाश’ को टीकाकार पनि ’आयुर्वेद’ शब्दको यस प्रकार विशदीकरण गर्छन:
अनेन पुरुषो यस्माद् आयुर्विन्दति वेत्ति च ।
तस्मान्मुनिवरेरेष 'आयुर्वेद' इति स्मृतः ॥
हिताहितं सुखं दुःखं आयुस्तस्य हिताहितम् ।
मानं च तच्च यत्रोक्तं आयुर्वेदः स उच्यते ॥ च.सू.३.४१॥
अर्थात् हितायु, अहितायु, सुखायु एवं दुःखायु; यस प्रकार चतुर्विध
जो आयु छ त्यस आयुको हित तथा अहित अर्थात् पथ्य र अपथ्य आयुको
प्रमाण एवं उत्यस आयुको स्वरूप जस्मा भनिएको होस, त्यो आर्युवेद भनिन्छद्छ ।
आयुर्वेदको पर्यायवाचक शब्द :
आयुर्वेद, शाखा, विद्या, सूत्र, ज्ञान, शास्त्र, लक्षण, तंत्र (सन्दर्भ:
च. सू. ३०/३१)
आयुर्वेदको प्रयोजन :
प्रयोजनं चास्य स्वस्थस्य स्वास्थ्यरक्षणमातुरस्य
विकारप्रशमनं च।
"यस आयुर्वेदको प्रयोजन स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु
र रोगी व्यक्तिको रोगलाई निवारण गर्नुहो ।"
यस संदर्भमा आयुर्वेदको प्रयोजन सिद्ध
गर्दै भनिएकोछ-
आयुः कामयमानेन धमार्थ सुखसाधनम् ।
आयुर्वेदोपदेशेषु विधेयः परमादरः ॥ (अ० सं० सू०-१/२)
आयु
आयुर्वेदको अर्थ प्राचीन आचार्यहरको
व्याख्या र यस्मा आएको 'आयु' र 'वेद' यि दुई शब्दको अर्थ अनुसार साह्रै व्यापक देखिन्छ । आयुर्वेद अनुसार आयु चार प्रकारको हुन्छ- हितायुः, अहितायुः, सुखायुः, दुःखायु । महर्षि चरक को अनुसार- इन्द्रिय, शरीर, मन र आत्माको संयोगलाई
आयु भनिन्छ । धारि, जीवित, नित्यग, अनुबंध र
चेतना-शक्तिको हुनु यि आयुको पर्याय हों
भनिएकोछ ।
शरीरेन्दि्रयसत्वात्मसंयोगो धारि जीवितम् ।
नित्यगश्चानुबन्धश्च पर्प्यायैरायुरुच्यते ।। (च०सू० १/४२)
प्राचीन ऋषि मनीषियहरुले आयुर्वेदलाई ‘शाश्वत’ भनेकाछन र आफ्नो यस कथनको समर्थनमा तीन अकाट्य युक्तिहरु दिएकोछ-
सोयेऽमायुर्वेद: शाश्वतो निर्दिश्यते,
अनादित्वात्, स्वभावसंसिद्धलक्षणत्वात्, भावस्वभाव नित्यत्वाच्च। (चरक संहिता सूत्र, 30/26)
अर्थात् यो आयुर्वेद अनादि हुनाले, आफ्नो लक्षणको स्वभावत: सिद्ध हुनाले, र भावको स्वभावको नित्य हुनाले शाश्वत यानी अनादि अनन्त छ
भनिएकोछ ।
आरोग्य तथा रोग :
धर्मार्थकाममोक्षाणाम् आरोग्यं मूलमुत्तमम् ।
रोगास्तस्यापहर्तारः श्रेयसो जीवितस्य च ॥ -चरकसंहिता सूत्रस्थानम् - १.१४
धर्म, अर्थ, काम र मोक्षको मूल (जड़) उत्तम आरोग्य नै हो । अर्थात् यि
चारैको प्राप्ति हामीलाई आरोग्यको बिना
सम्भव छैन ।
कविकुलगुरु कालिदासले पनि यहि विचारलाई
प्रकट गर्नको लागि भनेकाछन कि
शरीरमाद्यं खलुधर्मसाधनम्
अर्थात् धर्मको सिद्धिमा सर्वप्रथम, सर्वप्रमुख साधन (स्वस्थ) शरीर नै हो। अर्थात् केहि पनि
गर्नु छ भने त पहिला स्वस्थ शरीरको आवश्यकता पर्छ ।
रोगको कारण :
धी धृति स्मृति विभ्रष्ट: कर्मयत् कुरुत्ऽशुभम्।
प्रज्ञापराधं तं विद्यातं सर्वदोष प्रकोपणम्।। (चरक संहिता शरीर. 1/102)
अर्थात् धी (बुद्धि), धृति (धैर्य) र स्मृति (स्मरण शक्ति)को भ्रष्ट हुनाले मनुष्य जब अशुभ कर्म गर्छ तब सबै शारीरिक र मानसिक
दोष प्रकुपित हुन्छ । यि अकुशल कर्महरुलाई 'प्रज्ञापराध' भनिन्छ। जो प्रज्ञापराध गर्छ
उसको शरीर र स्वास्थ्यको हानि हुन्छ र उ रोगग्रस्त भैहाल्छ ।
वैद्य :
नात्मार्थं नाऽपि कामार्थं अतभूत दयां प्रतिः ।
वतर्ते यश्चिकित्सायां स सर्वमति वर्तते ।। (च० चि० १/४/५८)
जो अर्थ तथा कामनाको लागि हवईन, वरु भूतदया अर्थात् प्राणिमात्रमा दयाको दृष्टिले चिकित्सामा प्रवृत्त हुन्छ, त्यो सबैमार विजय प्राप्त गर्छ ।
अर्थात् जो वैद्य धन या कुनै विशिष्ट
कामनालाई ध्यानमा न राखेर, केवल प्राणिमात्र
(रोगी)को प्रति दया-भाव राखेर नै कार्य गर्छ, त्यहि वैद्य सर्वश्रेष्ठ चिकित्सक हुन्छ ।
वैद्यको गुण :
तत्त्वाधिगतशास्त्रार्थो दृष्टकर्मा स्वयंकृती।
लघुहस्तः शुचिः शूरः सज्जोपस्करभेषजः।। १९
प्रत्युत्पन्नमतिर्धीमान् व्यवसायी विशारदः।
सत्यधर्मपरो यश्च स भिषक् पाद उच्यते।। २० (सुश्रुतसंहिता)
ठीक प्रकारले शास्त्र पढ़ेको, ठीक प्रकारले शास्त्रको अर्थ बुझेको, छेदन स्नेहन आदि कर्महरुलाई देख्यो एवं स्वयं गरेको, छेदन आदि शस्त्र-कर्महरुमा
दक्ष हातभएको, बाहिर एवं भित्रबाट पवित्र (रज-तम रहित), शूर (विषाद रहित) , अग्रोपहरणीय अध्यायमा वर्णित साज-सामान सहित, प्रत्युत्पन्नमति (उत्तम प्रतिभा-सूझ भउको), बुद्धिमान, व्यवसायी (उत्साहसम्पन्न), विशारद (पण्डित), सत्यनिष्ट, धर्मपरायण हुनु - यि सबै वैद्यको लक्षण हो।
भेषजको गुण :
प्रशस्तदेशसंभूतं प्रशस्तेऽहनि चोद्धृतम् ।
युक्तमात्रं मनस्कान्तं गन्धवर्णरसान्वितम् ।। २२
दोषध्नमग्लानिकरमविकारि विपर्यये ।
समीक्ष्य दत्तं काले च भेषजं पाद उच्यते ।। २३ (सुश्रुतसंहिता)
उत्तम देशमा उत्पन्न, प्रशस्त दिनमा उखाडेको, युक्तप्रमाण (युक्त मात्रामा), मनलाई प्रिय, गन्ध वर्ण रसले युक्त, दोषहरुलाई नष्ट गर्ने, ग्लानि न उत्पन्न गर्ने, विपरीत पर्दा पनि
स्वल्प विकार उत्पन्न गर्ने या विकार न गर्ने, देशकाल आदिको विवेचना गरेर रोगीलाई समयमा दिएको औषधी गुणकारी
हुन्छ ।
आयुर्वेद मतानुसार स्वास्थ्य
समदोषः समाग्निश्च समधातु मलःक्रियाः।
प्रसन्नात्मेन्द्रियमनः स्वस्थइतिअभिधीयते॥ -- (सुश्रुत संहिता सूत्रस्थान १५/१०)
An
individual/person who is in a state of equilibrium of body’s;
(१) दोष (humors),
(२) अग्नि (digestive fire),
(३) धातु (tissues),
(४) मलःक्रिया (Physiological functions of excretions etc.) and whose
Aatma (soul), Indriya (senses) and Mana (Mind); all are happy, is considered as
a Healthy individual.
This definition
of Health closely resembles to that given by World Health Organization (WHO).
Thus Ayurveda has said thousands of years ago what WHO (World Health
Organization) admits today.
Ayurveda has
emphasized all parameters like; anatomical, physiological, mental and spiritual
well being. Means Ayurveda says the person is healthy who’s body, mind and soul
are in normal state and all physiological actions are proper, not the person
who is physically healthy but mentally and spiritually not in proper state.
चरक भन्छन, ‘‘मन, आत्मा र शरीर यस्ता तीन स्तम्भ छन जस्मा न केवल मानव जातिको
बरु विश्वको अस्तित्व अडेकोछ।’’
सत्त्वमात्मा शरीरं च भयमेतत्भिदण्डवत।"
लोकस्तिष्ठित संयोगात्तत्र सर्वं प्रतिष्ठितम्।।" -चरक
सू. अ. 7/46
(स्वस्थ) शरीरको तीन स्तम्भ :
त्रयः उपस्तम्भाः । आहारः स्वप्नो ब्रह्मचर्यं च सति
।"
शरीररुपी घरलाई को धारण गर्ने तीन स्तम्भ
छन्: आहार, निद्रा र ब्रह्मचर्य (गृहस्थाश्रममा सम्यक् कामभोग) ।
सुखको निंद्रा
सुखं शेते सत्यवक्ता सुखं शेते मितव्ययी ।
हितभुक् मितभुक् चैव तथैव विजितेन्द्रिय: ।।
सत्य बोल्ने, मर्यादित व्यय गर्ने, हितकारक पदार्थ आवश्यक प्रमाणमा खाने, तथा जस्ले इन्द्रियहरु माथि विजय पाएकोछ , उ आराम पुर्बक निद्रामा सुत्छ।
शरीर र मन :
शरीरं हि सत्त्वमनुविधीयते सत्त्वं च शरीरम्॥ (च.शा.४/३६)
रोगोत्पत्तिमा शरीर र मनको पारस्परिक
सम्बन्धलाई स्थापित गर्दै भनिएकोछ कि जस्तो मन हुन्छ त्यस्तो शरीर तथा जस्तो शरीर
हुन्छ त्यस्तो मन ।
यस शरीरमा पंच इन्द्रिय एवं पंच
कर्मेन्द्रियहरुलाई कार्यरत गर्ने मनको पनि तीन प्रकृतिहरु हुन्छ—सात्विक, राजस र तामस। यस्मा सात्विक श्रेष्ठ छ
र राजस एवं तामस विकारयुक्त मानिन्छ । यसैले अष्टांग हृदयमा भनिएकोछ-
रजसः तमस्यः दौच दोषो उदादद्दो
आहार :
प्राणः प्राण भूतानाम् अन्नः। (अर्थात् प्राणिहरुमा प्राण आहार नै हुन्छ।)
तर आरोग्यको प्राप्तिको लागि व्यक्तिलाई
प्रतिदिन हितकारी अर्थात सम्यक आहार लिनु नितान्त आवाश्यक छ। साथै दिनचर्या पनि नियमित
हुनुपर्छ जो व्यक्ति समस्त क्रियाहरुलाई विचारपूर्वक गर्छ, इन्द्रियहरुको विषयमा लिप्त हुँदैन, जहिलेपनि अरुलाई
नै दिने भावना राख्छ, दानशील हुन्छ, सबैमा समान भाव राख्छ, सत्यवादी र क्षमावान तथा आफ्नो पूज्य व्यक्तिहरुको वचनहरु पालन गर्छ, उ प्रायः रोगहरुबाट
टाढा हुन सक्छ । यसै सन्दर्भमा भनिएकोछ ।
नित्यम् हिताहार विहार सेवी, समीक्ष्यकारी विषयेष्वशक्त।
दाता समःसत्यपराक्षमावान् आप्तोप सेवी च भवन्त रोगः।।
व्यक्तिको प्रकृति अनुसार आहार पनि
सात्विक, राजस र तामस तीन प्रकारको निर्दिष्ट गरिएकोछ । जो व्यक्ति जुन
प्रकारको हुन्छ उ तदनुरूप आहार ग्रहण गर्छ ।
यस सन्दर्भ मां गीता मा भनिएकोछ ।
युक्ताहारविहारस्य युक्त चेष्टस्य कर्मसु।
युक्त स्वपनावबोधस्य योगो भवति दुःख हाः।।
आयुर्वेदमा यो पनि भनिएको छ-
When diet is wrong medicine is of no
use. When diet is correct medicine is of no need.
रस :
अल्पमात्रोपयोगित्वादरुचेरप्रसंगतः।
क्षिप्रमारोग्यदायित्वादौषधेभ्योऽ:धिको रसः।।
रस आफ्नो तीन मौलिक विशेषताहरुको कारण
चिकित्सा सर्वोत्तम छ ।
(1) अल्पमात्रा प्रयोग,
(2) स्वादमा रुचिपूर्णता र
(3) शीघ्राति शीघ्र रोगनाशक।
स्पष्ट छ कि कुनै औषधीको भनेको एकसय दुइ
छटांक सम्मको मात्रामा दिइयो जब कहीं लाभ हुन्छ, परन्तु रस औषधि एक-दुइ रत्तीको मात्रा बाट पूरा लाभ हुन्छ । चूर्ण, चटनी अवहेल आदि अन्य सबै औषधी लाभ पाउनको लागि धेरै मात्रामा
खानुपर्छ। केवल रसमा नै यो अद्वितीय विशेषता छ कि त्यो अल्पमात्रामा पूरा प्रभाव
गर्छ ।
अनुपानको लाभ
अनुपानं हितं युक्तं तर्पयत्याशु मानवम्।
सुख पचति चाहारमायुषे च बलाय च।। (च सू 27/326)
रोग-परीक्षा :
चरक संहिताको कर्ता महर्षि अग्निवेशको
सहाध्यायी महर्षि भेड़ले भनेकाछन्-
रोगाक्रान्तशरीस्य स्थानान्यष्टौ परीक्षयेत्।
नाड़ीं जिह्वां मलं मूत्रं त्वचं दन्तनखस्वरात्।। (भेड़ संहिता)
यहाँ स्वर परीक्षाको तात्पर्य सबै प्रकारको
यथा-नासा वाणी, फुस्फुस, हृदय, अन्त्र आदिमा स्वतः उत्पन्न गरीएको ध्वनिहरुसित छ । स्वर नाकबाट
निस्केको हावालाई पनि भनिन्छ । यदि त्यो शीतल छ भने रोगीको स्थिति संकटापन्न हुन्छ
यदि स्वाभाविक उष्ण छ भने त निराकार हुन्छ । दाहिने-बायाँ स्वरको प्रभावमा पनि अध्ययन अपेक्षित छ ।
यस्को अतिरिक्त चरकमा, सुश्रुतमा र सबै आर्ष संहिताहरुमा ठाउँह-ठाउँ हृद्ग्रह, हृदत्स र हृद्द्रव
आदि शब्द प्राप्त हुन्छ जो वस्तुतः हृदय अथवा
नाड़ी-परीक्षा द्वारा नै जान्न सकिन्छ । चरक संहिताको परम्पराको प्रवर्त्तक महर्षि भारद्वाजले त स्पष्ट भनेकाछन-
दर्शनस्पर्शनप्रश्नैः परीक्षेताथ रोगिणम्।
रोगांश्च साध्यान्निश्चत्य ततो भैषज्यमाचरेत्।।
दर्शनान्नेत्रजिह्वादेः स्पर्शनान्नाड़िकादितः
प्रश्नाहूतादिवचनैः रोगाणां कारणादिभिः।। (नाड़ीज्ञान तरंगिणी)
('आहूतादिवचनैः' को स्थानमार 'द्दूतादिबचनैः' पाठान्तर पनि पाईन्छ जो महत्त्वपूर्ण छ।)
मधुमेह या डायबिटीज मेलीटस :
मधुमेग रोगको बारेमा सदियौं देखिनै
मान्छेहरुलाई जानकारी थियो। आयुर्वेदमा यस्को विवरण ‘मधुमेह’ या ‘गुलीयो पिशाब’ को नामले पाईन्छ।
आयुर्वेदिक चिकित्सकहरुलाई यसको ज्ञान ३००० वर्ष पहि देखि नै थियो । यस क्षेत्रको आयुर्वेदिक चिकित्सकहरु-सुश्रुत एवं चरक- ले यस रोगको बारेमा एवं यस्को प्रकारहरुमा भनेको
छ-
स्थूल प्रमेही बलवानहि एक: कृक्षरतथेव परिदुर्वलक्ष्य।
संवृहणंतम कृशस्य कार्यम् संशोधन दोष बलाधिकस्य।।
हरीतकी (हरड)
हरीतकीलाई वैद्यहरुले चिकित्सा साहित्यमा
अत्यधिक सम्मान दिंदै त्यसलाई अमृतोपम औषधि भनेकोछ ।
जस्को आमा घरमा छैन उस्को आमा हरीतकी हो।
आमा त कहिले कहिले कुपित पनि हुन्छ, तर उदर स्थिति अर्थात् खाएको हरड़ कहिले पनि कुपित (अपकारी) हुँदैन ।
पैदल हिंडनु :
मंद गतिमा एकसय पाईला हिडने शतपावलीको सन्दर्भमा
शास्त्र भन्छ -
भुक्त्वा शतपदं गच्छेत्।
अर्थात् भोजन पछि एकसय पाईला हिंडनुपर्छ ।
यस विषयमा आयुर्वेदमा यो श्लोक दिएकोछ -
भुक्त्वोपविशत:स्थौल्यं शयानस्य रू जस्थता। आयुश्चक्र
माणस्य मृत्युर्धावितधावत:।।
अर्थात् भोजन गरेपछि एकैठाउँमा बस्नाले
स्थुलहुन्छ । जो व्यक्ति भोजन पछि हिंडछ उस्को आयु मां वृद्धि हुन्छ र जो
भाग दौड़ गर्छ उस्को मृत्यु समीप आउँछ ।
प्राणको अर्थ एवं महत्त्व
पंच तत्त्वहरुमा एक प्रमुख तत्त्व वायु हाम्रो
शरीरलाई जीवित राख्छ र वात को रूपमा शरीरको तीन दोषहरुमा एक दोष हो, जो श्वासको रूपमा हाम्रो प्राण हो।
पित्तः पंगुः कफः पंगुः पंगवो मलधातवः।
वायुना यत्र नीयन्ते तत्र गच्छन्ति मेघवत्।।
पवनस्तेषु बलवान् विभागकरणान्मतः।
रजोगुणमयः सूक्ष्मः शीतो रूक्षो लघुश्चलः।। (शांर्गधरसंहिताः 5.25-26)
पित्त, कफ, देहको अन्य धातुहरु तथा मल-यि सब पंगु हों, अर्थात् यि सबै शरीरमा एक स्थानबाट
अर्को स्थान सम्म स्वयं जान सक्तैन । यस्लाई हावा नै हो जहाँ-तहाँ लैजान्छ, जस्तै आकाशमा हावा बादलहरु यता उता लैजान्छ । अतएव यि तीनै दोषहरु-वात, पित्त एवं कफमा वात (वायु) नै बलवान् छ; किनकि त्यो सबै धातु, मल आदिको विभाग गर्नेवाला
र रजोगुण बाट युक्त सूक्ष्म, अर्थात् समस्त
शरीरको सूक्ष्म छिद्रहरुमा प्रवेश गर्नेवाला, शीतवीर्य, सुखो, हल्का र चंचल छ।
No comments:
Post a Comment