भगवान बुद्ध वैशालीमा बस्नुभएको थियो जहाँ आम्रपाली वेश्या थिईन । बुद्धको समयमा यस देशमा सुन्दरीको चर्चाको बिषय थियो कि कुनै पनि मान्छेले उनि सित बिहे गर्न अनुमती थिएन । किन कि अनावश्यक इर्ष्या सिर्जना गरिएकोथियो । त्यसताका त्यस्तो वेश्याबृत्ती गर्नेलाई नगरबधु भनिन्थ्यो जो शहरको जस्को पनि श्रीमती हुन सक्थ्यो । तिनि सामान्य वेश्या पनि होईन सबैले आदरगर्नुपर्ने थिइन जो पायो त्यो तिनिसित सम्पर्क गर्न सकथिनन केवल धनी मान्छेहरु मात्रै वा राजा राजकुमारहरु र उच्च घरानाका मात्रै जान सक्थ्यो ।
आम्रपाली अती नै सुन्दरी महिला थिइन् । एकदिन उनले एक युवा भिक्षुलाई बाटोमा आईरहेको देखिन् ।तिनिले कसैलाज्ञई त्यस्तो प्रेम गरेकि थिईनन् तिनिसित ठूलै राजा महाराजाहरुको सम्बन्ध थियो वा धनी व्यक्तित्वहरु तर तिनि तुरुन्तै ति युवा देखेर मख्खै भइद्द र एकतर्पी प्रेम थालिन । बदद्ध भिक्षु सित केहि थिएन केवल माँगेर काम चलिरहेकोथियो । उनले त्यस युवा भिक्षुको बाटो रोकेर भनिन् "आज मेरो मेरो भोजन स्विकार गर्नुहोस" । अरु भिक्षुहरु पनि आईरहेको थियो किनकि भगवान बुद्ध जता जाँदै हुनुहुन्थ्यो । अरु भिक्षुले त यो विश्वासै गर्न सकेन कि क्रोध इर्ष्या ले भरिएको मानिसको गुण त हो तिनिहरुले देख्यो कि युवा भिक्षु आम्रपाली कहाँ पस्यो ।
आम्रपालीले भनिन् कि ३ दिन पछि बर्षावास सुरु हुँदैछ ।
बौद्ध भिक्षुहरु त्यतिबेला कतै निस्कनुहुँदैन किनकि त्यतिबेला बर्षात पनि भैरहेको हुन्छ तिनिहरु एकै ठाउँमा चार महिना बस्नुपर्छ । नियमानुसार ८ महिना मात्रै यता उति हिंडन सक्छन् ति भिक्षुहरु बढीमा ३ दिन एक ठाउँमा रहन सक्छन् । यो एउटा मानसिक रुपले आफैलाई हेर्नुपर्छ बढीमा चार दिन मात्रै बस्न सक्छ। उदाहरणको लागि पहिलो दिन नयाँ घरमा सुत्न मिल्दैन दोस्रो दिन अलिकति मात्रै तेस्रो दिन अरु अलिकति चदथो दिन राम्रै सुत्न सक्छ । यसकारण कि यदि तिमी बौद्ध भिक्षु हौ तिमीले छोड्नुपर्छ ।
आम्रपालीले भनिन्- अब३दिन पछि बर्षावास सुरुहुँदैछ - म मेरो घरमा चार महिना बस्न निमन्त्रणा गर्दछु । युवा भिक्षुले भन्यो कि म मेरो गुरु सित सोध्छु वहाँको आज्ञा भएमा अवश्य आउँछु । आम्रपालीले भनिन् म तपाईको प्रतिक्षामा हुनेछु । अरु मान्छेहरु यो देखेर रिसाएका थिए । एक दिन त अचम्मै भयो । भगवानले स्विकृति दिनुभयो त्यस युवकलाई । सयौंजनाले त्यस युवकलाई त्यहाँ जान रोक्नुपर्छ भने किन कि तिनि असल आईमाई होईन वेश्या हुन खराब चरित्र कि हुन् । त्यस्तो खराब चरित्रको आईमाईको घरमा चार महिना एउटा युवा भिक्षुले बिताउने ।
भगवानलेले भन्नुभयो तिमीहरु चुपलागेर बस । उसलाई आउन देउ पहिला उस्ले त्यहाँ बस्दैन जब सम्म मैले अनुमती दिंदिन । युवा भिक्षु आएर भगवानको पाउ छोएर डण्डवट गर्यो र आम्रपालीले गरेको अनुरोध सबै सुनायो । कि तिनि नामी वेश्या आम्रपाली हुन् रे तिनिले मलाई चाह महिना उस्को घरमा बस्न आमन्त्रण गरेकोछ के मैले अनुमती पाउँछु भगवान ?
भगवानले त्यस युवा भिक्षुको अनुहार हेर्नुभयो र भन्नुभयो तिमी त्यहाँ बस्न सक्छौ ।
भगवानले त्यस युवा भिक्षुको अनुहार हेर्नुभयो र भन्नुभयो तिमी त्यहाँ बस्न सक्छौ । त्यहाँ मौनता छायो अचम्मै भयो तर ठूलो क्रोध इर्ष्याले भरिएको थियो । तिनिहरुले त विश्वासै गरेका थिएनन कि त्यस वेश्याको घरमा यति धेरै दिन बस्न दिनुहुनेछ । युवा भिक्षु ३दिन पछि आम्रपाली कहाँ बस्न गए शहर भरि हल्ला फेलियो चर्चा चल्यो । जतासुकै त्यहि चर्चा कि एउटा बदद्ध भिक्षु सुन्दरी वेश्या आम्रपाली कहाँ चार महिना बस्ने यो कस्ती अचम्म । चेवा चर्चा भयो त्यस युवा भिक्षुको । चार महिना पछि युवा भिक्षु आएर बुद्धलाई डण्डवट गर्यो । त्यसै गरेर आम्रपालीले पनि बुद्धको पाउ छोएर डण्डवट गरिन् र भनिन् भगवान मैले वहाँलाई आफूतिर आकर्षण गर् हरेक प्रयत्न गरें मेरो हार भयो बरु मलाई हजूरको शिक्षामा दिक्षित गर्नुभयो । वास्तविक सुख र आनन्द त भगवानको पाउमाछ । भगवान म सित भएका सबै सम्पत्ति भिक्षुसंघलाई समर्पण गर्न चाहन्छु । मसित एक बगैचा छ जहाँ दश हजार भिक्षुहरु एक साथ बर्षा वास बस्न सक्नुहुन्छ । भगवानले भिक्षु संघलाई सम्बोधन गरेर सोध्नु भयो के यो ठीक छ कि छैन ? यदि ध्यान गहीरो छ, यदि जागरण सफा छ बाधा गर्ने कुरा केहि छैन तब सबै कुरा ठीक छ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment