Saturday, March 15, 2014

दर्शनमा विचारधाराहरु



दर्शनमा दुई विचारधाराहरुछन्
() आत्मवाद, जो आत्माको अस्तित्व मान्दछ ।
() अनात्मवाद, जो आत्माको अस्तित्व मान्दैन ।
एक तेश्रै विचारधारा नैरात्मवादको पनि छ, जो आत्म-अनात्मबाट पर नैरात्मालाई देवतालाई जस्तै मान्छ केहि दर्शनहरुमा आत्मवाद र अनात्मवादको समन्वय पनि पाईन्छ । यथा जैन दर्शनमा। आत्मवाद ब्राह्मणपम्परा या श्रौत दर्शन मानिन्छ; अनात्मवादको अंतर्गत चार्वाक लोकायत र श्रमणपरम्पराक बौद्ध दर्शनको समावेश हुन्छ चार्वाक दर्शनमा परमात्म तथा आत्म दुबै तत्वहरुको निषेधत्यो विशुद्ध भौतिकवादी दर्शन हो तर समन्वयार्थी भगवान बुद्धले भन्नुभएकोछ कि रूप, वेदना, संज्ञा, संस्कार विज्ञान यि पाँच स्कन्ध आत्मा होईन । पाश्चात्य दर्शनमा ह्यूमको स्थिति प्राय: यसै प्रकारकोछ । वहाँ कार्य-कारण-पद्धतिको प्रतिबन्र अन्तत: सब क्षणिक सम्वेदनाहरुको समन्वय नै अनुभवको आधार मानिएकोछ । आत्मा स्कन्हरुबाट भिन्न भएर पनि आत्माको सबै अङ्ग कसरी हुन्छ, सिद्ध गर्नमा बुद्ध र परवर्ती बौद्ध नैयायिकहरुले धेरै नै तर्क प्रस्तुत गरेकाछन् । बुद्ध धेरै प्रश्नहरुमा मौन हुनुभयो । उहाँका शिष्यहरुले त्यस मौनलाई धेरै प्रकारको अर्थ लगाए। थेरवादी नागसेनको अनुसार रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानको संघात मात्र आत्मा हो भनेकाछन् । उसका उपयोग प्रज्ञप्तिको लागि गरिन्छ । अन्यथा त्यो अवस्तु । आत्मा यद्यपि नित्य परिवर्तनशील स्कन्ध हो , अत: आत्मा यि स्कंधहरुको न्तानमात्र हअर्कोतिर केवल हेतु प्रत्ययबाट जनित धर्म ह, स्कन्, आयतन र धातु हों, आत्मा होईन। सर्वास्तिवादी बौद्ध सन्तानवादलाई मान्छन । उनक अनुसार आत्मा एक क्षण-क्षण-परिवर्ती वस्तु ह। विज्ञानवादी बौद्धहरुले आत्मालाई आत्मविज्ञान मानेका पनि छन्। उन अनुसार बुद्ध ले, एकातिर आत्माको चिर स्थिरता र अर्कोतिर त्यसको सर्वथा उच्छेद, यि दुई अतिरेकी स्थितिहरुबाट भिन्न मध्यको मार्ग मानियो। योगाचारिहरुको मतबाट आत्मा केवल विज्ञान ह। य आत्मविज्ञान विज्ञप्ति मात्रतालाई मानेर वेदान्तक स्थिति सम्म पुग्छ । पाश्चात्य दार्शनिकहरुमा अनात्मवादको धेरै तटस्थताबाट विचार भयो, किनकि दर्शन र धर्म वहाँ भिन्न वस्तुहरु थियो यद्यपि हेगेलको पछि कार्लमार्क्सले भौतिकवादी दृष्टिकोणबाट अनात्मवादको नयाँ व्याख्या प्रस्तुत गर्यो। परमात्म या अंशी आत्मतत्व क अस्तित्वलाई मानेर पनि जीवजगत्‌ क समस्याहरु समाधान प्राप्त हुन सक्छ भनेकाछन्

बौद्ध दर्शनको प्रमुख सिद्धान्त अनित्यवाद हो । प्रतीत्यसमुत्पाद त्यसको आधारशीला हो । प्रतीत्य समुत्पादको सिद्धान्त र अनित्यवादले बौद्ध दर्शनलाई अरु सबै धर्म र दर्शनको तुलनामा वैज्ञानिक र क्रान्तिकारी बनाएको छ भने यसको उपादेयतालाई प्रमाणित गर्न सकेको छ ।
अनित्यवाद
बुद्धले चुल सच्चक सुत्तमा भनेका छन् – ‘अग्निवेश ! म यस प्रकार शिष्यहरूलाई शिक्षा दिन्छु भिक्षुहरू ! रूप अनित्य छ, वेदना अनित्य छ, संज्ञा अनित्य छ, संस्कार अनित्य छ, विज्ञान अनित्य छ । सबै संस्कार (=गतिहरू) अनित्य छन् । सबै धर्म (=पदार्थ) अनात्म हो । अग्निवेश ! यसप्रकार म शिष्यहरूलाई शिक्षा दिन्छु ।
यसप्रकार बुद्धले आफ्नो धम्मोपदेशमा रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानलाई अनित्य (क्षण क्षणमा परिवर्तन भइरहने) भनेका छन् । विभिन्न तत्वहरूबाट निर्मित मनुष्य शरीर लगातार परिवर्तन भइरहेको छ, क्षण क्षणमा बदलिरहेको छ । यस शरीर नै रूप (भौतिक पदार्थ) हो । शैशवावस्था पछि यौवन आउँछ र त्यसपछि यौवन जान्छ र बुढापा आउँछ एवं जरा रोग आउँछ; बुढापा जान्छ र मरण आउँछ । त्यस्तै प्रियसँगको मिलनपछि ठाकठुक र झगडा भई अन्ततः दुःखको अनुभूति हुन्छ । बुद्धको विचारमा जरा मरणको कारण जाति (जन्म) हो । उत्पत्ति नै विनाशको प्रारम्भ हो ।
सबै वस्तु अनित्य छन्, नाशवान छन् । कुनै शाश्वत वा अपरिवर्तनशील छैन । कति पदार्थहरू तीव्र वेगमा परिवर्तन हुन्छन्, कति पदार्थहरू सुस्त गतिमा परिवर्तन हुन्छन् । कतिपय वस्तुहरूमा भइरहेको परिवर्तनको अनुभूति तत्क्षण हुँदैन, परन्तु परिवर्तन अपरिहार्य छ । विज्ञान वा चेतना रूप (भौतिक पदार्थ) भन्दा छिटो छिटो परिवर्तन हुन्छ । परिवर्तन नहुने वा नबदलिने कुनै पदार्थ वा चित्त छैन । बौद्ध दर्शनमा चित्त र पदार्थलाई नाम रूपभनिन्छ ।
यस अनित्य रूपसँग सम्बन्धित वेदना पनि अनित्य हुनु अस्वाभाविक होइन । किनकि वेदना रूपमाथि निर्भर छ । त्यस्तै वेदनामाथि निर्भर संज्ञा, संज्ञामाथि निर्भर संस्कार र संस्कारमाथि निर्भर विज्ञान (=चित्त) सबै अनित्य छन्, परिवर्तनशील छन् ।
सबै अनित्य छन्’ (सब्बं अनिच्चं) र सबै अनात्म छन्’ (सब्बं अनत्ता) जस्ता वाक्यहरूलाई बुद्धले  प्रयोग गरेर यसलाई अटल सिद्धान्त भनेका थिए ।
अनित्यलाई अरु स्पष्ट गर्दै परवर्ति आचार्यहरूले यसको दोस्रो नाम क्षणिकवाद राखेका थिए । उनीहरूले भनेका थिए जो सद् वस्तु हो, त्यो क्षणिक हो (यत् सत् तत् क्षणिक) । अर्को शब्दमा यस्तो भनिएको थियो कि जो क्षणिक होइन, त्यो सद् वस्तु होइन । त्यो मात्र कल्पना हुनसक्छ; मिथ्या हुनसक्छ ।
चार महाभूत (तत्व)
सबै पदार्थहरू अनित्य छन् । तर किन छन् ? माथि भनिसकेको छु कि जाति वा उत्पत्ति सँगै विनाश या मृत्यु प्रारम्भ हुन्छ । यसप्रकार बुद्धको विचारमा पदार्थको स्वरूपमा नै अनित्यताको गुण निहित छ । यसो भन्दा पदार्थको वनावट बारे पनि थाहा पाउनु राम्रो हुन्छ । बुद्धले चार महाभूत (तत्व)हरूबाट पदार्थ (=रूप) बनेको विचार व्यक्त गरेका थिए । ती तत्वहरू हुन् ः अग्नि, जल, पृथ्वी र वायु । चार्वाकको पनि यस्तै मत थियो, जुन ब्राह्मण धर्मका आचार्यहरूको मतभन्दा भिन्न हो । चार तत्वहरू आपसमा अन्तरविरोधी छन् । साथै वायुले गति ९ःयतष्यल० लाई बुझाउँछ । यसप्रकार अनित्यताको कारण भनेको अन्तरविरोध र गति हो भन्ने कुरा बौद्ध दर्शन अनुसार स्पष्ट छ ।
प्रतीत्यसमुत्पाद
प्रतीत्यसमुत्पाद भनेको इति इमस्मिं सति इदं होति, इमस्सुप्पादा इदं उप्पज्जतिअथवा यो भएपछि यो हुन्छ, यसको उत्पादबाट यो उत्पन्न हुन्छ भन्ने सिद्धान्त हो । सरल भाषामा प्रतीत्यसमुत्पाद बुद्ध धर्मको कारणकार्यको नियम हो । उनी भन्दथे यो भएपछि यो हुन्छ ।अथवा एउटाको अन्त्य भएपछि अर्कोको उत्पत्ति हुन्छ । प्रत्येक उत्पन्न पदार्थको कुनै हेतु (कारण) हुन्छ । बौद्ध दर्शनमा प्रत्ययलाई त्यही अर्थमा लिइँदैन जुन अन्य दार्शनिकहरूबाट प्रयुक्त हेतु वा कारणहरूद्वारा दिन्छ । प्रत्ययबाट उत्पादको अर्थ हो अन्त्यपछिको उत्पत्ति, एउटाको समाप्तिपछिको दोस्रोको उत्पत्ति । बुद्धको प्रत्यय यस्तो हेतु हो, जुन कुनै वस्तु वा घटना उत्पन्न हुनुभन्दा पहिले सधैं लुप्त हुने गर्छ । बुद्धका अनुसार एकको प्रतीत्य (अन्त्य) भए पछि दोस्रोको उत्पाद (उत्पत्ति) हुन्छ । कारणनष्ट भइसकेपछि कार्यको उत्पत्ति हुन्छ कारणविद्यमान रहेसम्म कार्यको उत्पत्ति हुँदैन ।
बुद्धले भनेका थिए – ‘भिक्षुहरू ! जसले प्रतीत्यसमुत्पादलाई बुझ्दछ, उसले धर्म (पदार्थ) लाई बुझ्दछ । जसले धर्मलाई बुझ्दछ उसले प्रतीत्यसमुत्पादलाई बुझ्दछ । जस्तै ः गाईको दूधबाट दही, दहीबाट मक्खन, मक्खनबाट घ्यू, घ्यूबाट माँड बन्छ । जुनबेला दूध हुन्छ, त्यसबेला न त्यसलाई दही भनिन्छ, न मक्खन, घ्यू, न घ्यूको मांड भनिन्छ ।यसप्रकार दूधरहेसम्म दहीबन्दैन, बरु दूधको प्रतीत्य (अन्त्य) सँगै दहीको उत्पत्ति हुन्छ ।
बौद्ध दर्शनमा प्रतीत्यसमुत्पादलाई अविछिन्न श्रृंखला होइन, विछिन्न (भंग) प्रवाहको रूपमा लिने गरिएको पाइन्छ । निरन्तर प्रज्वलित दीपक जस्तै शिखाको एउटा विन्दु जलेर नष्ट हुन्छ र तत्क्षण अर्को विन्दुमा सल्केर निरन्तर बलिरहन्छ । क्रमभंगता अनि फेरि निरन्तरता । बौद्ध दर्शनको सिद्धान्त हो भन्ने कुरा यहाँ स्पष्टै छ ।
बौद्ध दर्शनअनुसार उत्पत्तिको लागि हेतुको होइन, हेतुहरूको आवश्यकता हुन्छ । कुनै एक वस्तुको उत्पत्तिको लागि एउटै मात्र कारण रहेको देखिँदैन । अनेकौं हेतुहरू मिलेर एउटा कार्य उत्पन्न हुन्छ । यस सिद्धान्तलाई हेतु सामग्रीवाद भनिन्छ । जस्तै फल उत्पादन (कार्य)को लागि धेरैवटा हेतुहरू (कारणहरू) बिज, मल, जल, माटो, हावा, घाम, श्रम आदि हुनैपर्छ । यहाँ मात्रात्मक परिवर्तनद्वारा गुणात्मक परिवर्तन हुने नियमको व्याख्या देखिन्छ
प्रतीत्यसमुत्पादको सिद्धान्तलाई बुद्धले बाह्रवटा चरणमा अनुलोम र प्रतिलोम तरिकाबाट व्याख्या गरेर प्रस्तुत गरेका थिए, जसअनुसार अविद्याको कारण संस्कार हुन्छ, संस्कारको कारण विज्ञान हुन्छ ।विज्ञानको कारण नाम रूप हुन्छ । नामरूपको कारण छ आयतन हुन्छ । छ आयतनको कारण स्पर्श हुन्छ । स्पर्शको कारण वेदना हुन्छ । वेदनाको कारण भव हुन्छ । भवको कारण जाति (=जन्म) हुन्छ । जातिको कारण, जरा हुन्छ । जराको कारण मरण, शोक, रुने, दुःख, चित्त विकार र चित्त खेद उत्पन्न हुन्छ ।
यसलाई निम्नानुसार देखाउन सकिन्छ ।
अनात्मवाद
शाक्यमुनी बुद्धको समयभन्दा पहिले उपनिषद्का ऋषिहरूको समय थियो । प्रवाहण, उद्दालक, याज्ञवल्क्य जस्ता महान् ऋषिहरू परिवर्तनशील जगतभित्र नित्य, कूटस्थ, अविचलित र शाश्वत सूक्ष्म वस्तु रहन्छ भन्ने विचार राख्थे, जसलाई उनीहरूले आत्माको संज्ञा दिएका थिए । आज पर्यन्त आत्मवादको विचारले  गहिरो जरा गाडेको पाइन्छ भने त्यसबेला उनीहरूको कति घना प्रभाव थियो होला, सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै बुद्ध पछि आत्मवाद ब्रह्मवादका प्रतिपादक वेदान्तले सत्+चित्+आनन्द (सत्चितानन्द) को उद्घोष गरेको थियो, जुन बुद्धको अनित्य, अनात्म र दुःखको विपरित थियो । वेदान्तले नित्यलाई सत्, आत्मालाई चित् र दुःखको अभावलाई आनन्द भनेका हो । बुद्ध उपनिषद्मा प्रतिपादित सिद्धान्तहरूका प्रखर आलोचक थिए । ब्रह्म के हो, आत्मा के हो भन्ने प्रश्नको उत्तरमा याज्ञवल्क्यले भनेका थिए –‘नेति, नेति (थाहा छैन, थाहा छैन) । बुद्धले यसैलाई लक्षित गरेर भनेका थिए –‘जुन थाहा छैन, त्यसको अस्तित्वलाई मान्न सकिँदैन, त्यो काल्पनिक मात्र हो ।उनको प्रतीत्य समुत्पाद र अनित्यवादको स्वाभाविक र तार्किक निष्पति अनात्मवाद र अनिश्वरवाद थियो । उनी सबै वस्तुहरू अनित्य छन्, त्यसैले अनात्म हुन् भन्दथे ।
बुद्धले महानिदानसुत्तमा भिक्षु आनन्दसँगको वार्तालापमा आत्मालाई प्रज्ञप्त गर्ने (मान्ने) पुरुषले (१) मेरो सूक्ष्म रूप नै आत्मा हो, (२) मेरो अनन्त रूप नै आत्मा हो, (३) यो मेरो सूक्ष्म अरूप नै आत्मा हो, (४) यस अनन्त अरूप नै आत्मा हो भनेर आत्मालाई प्रज्ञप्त गर्दछ भन्दै त्यसलाईमदुगुयात दु धका दुगु भावय् यंकेगुथें जक खः (नभएकोलाई भएको भन्ने भावमा लिएको मात्र हो) भनेर खण्डन गरेका छन् ।
अलगद्दूपम सूत्तमा बुद्धले आत्मा र आत्मीयको नै सत्यतः (=स्थीरत) उपलब्ध हुँदा जुन यस दृष्टिस्थान त्यही लोक हो, त्यही आत्मा हो, म मरेर पनि नित्य अनन्त वर्षहरू त्यस्तै रहन्छु भन्नु के पूरै वाल धर्म (केटाकेटीहरूको जस्तो कुरा) मात्र होइन र भनेर धज्जी उदाएका थिए ।
सब्बासव सूत्तमा बुद्धले भनेका छन् अयोनिसोमनसिकार (=वेठीक तरिकाद्वारा मनमा धारण गर्ने) बाट निम्न छ वटा मिथ्या दृष्टिहरू (वाद) मध्येबाट कुनै एक दृष्टि उत्पन्न हुन्छ ः (१) मेरो आत्मा छ । यस प्रकारको दृष्टि सत्य र दृढ (सिद्धान्त) को रूपमा उत्पन्न हुन्छ । वा (२) मेरो (भित्र) आत्मा छैन । (३) आत्मालाई नै आत्मा सम्झन्छु । … (४) आत्मालाई नै अनात्मा सम्झन्छु । (५) अनात्मालाई नै आत्मा सम्झन्छु …… । अथवा उसको दृष्टि (=मत) यस्तो हुन्छ –‘जो यो मेरो आत्मा अनुभवकर्ता (वेदक) (तथा) अनुभव हुन योग्य हो र त्यहाँ त्यहाँ (आफ्नो) राम्रो, नराम्रो कर्महरूको विपाक (= परिणाम) लाई अनुभव गर्दछु, यस मेरो आत्मा नित्य = शाश्वत अपरिवर्तनशील हो, सदैव यस्तै रहनेछ
त्यस्तै अमनसिकरणीय धर्महरूलाई मनमा ग्रहण नगरेर तथा मनसिकरणीय धर्महरूलाई मनमा ग्रहण गरेर सत्काय दृष्टि (= कायाको भित्र एक नित्य आत्माको सत्तालाई मान्ने मत) जस्तो भ्रान्त धारणाबाट मुक्त हुन्छ भनिएको छ ।
बुद्धबाट आत्मवादको खण्डन
दीघ निकायको ब्रह्मजालसुत्तमा बुद्धले ६२ प्रकारका मतहरूको खण्डन गरेर त्यसलाई मिथ्यादृष्टिहरूको संज्ञा दिएका थिए । ती मतहरू निम्नलिखित छन् ।
१) १८ प्रकारका पूर्वान्तवाद पूर्वान्तलाई प्रारम्भ गरेर विभिन्न प्रकारका दृष्टिलाई प्रकट गर्ने मतहरूलाई १८ वटामा प्रस्तुत गरिएको पाइन्छ । जसलाई निम्नानुसार देखाउन सकिन्छ ।
क) शाश्वतवाद     चार प्रकार
ख) आंशिक शाश्वतवाद     चार प्रकार
ग) अन्तानन्तवाद     चार प्रकार
घ) अमराविक्षेपवाद     चार प्रकार
ङ) अधिच्चसमुप्पन्नवाद     दुईप्र्रकार
क) शाश्वतवाद शाश्वतवादले आत्मा र लोकलाई शाश्वत मान्छ । यस मतअनुसार आत्मा र लोक अपरिणामी, कूटस्थ (पर्वतको शिखरजस्तै स्थीर) र खम्बा जस्तै अचल छन् । यी सत्वहरू घुमिरहेका हुन्छन्, परिवर्तन भइरहेका हुन्छन्, च्युत भइरहेका हुन्छन्, उत्पन्न भइरहेका हुन्छन्, शाश्वतता भने रहिरहेका हुन्छन् । शाश्वतवाद पनि चार प्रकारका छन् ।
ख) आंशिक शाश्वतवाद आत्मा र लोकलाई केही शाश्वत र केही अशाश्वत भनेर प्रज्ञप्ति गर्ने आत्मवाद आंशिक शाश्वतवाद हो । यस मत अनुसार मनुष्यलाई उत्पन्न गर्ने ब्रह्मा, महाब्रह्मा आदि नित्य, ्रु, शाश्वत, अविपरिणाम धर्म भई सदैव उस्तै रहेका हुन्छन् र श्रृष्टि गरिएका हामीहरू चाहिँ अनित्य, अध्रु, अल्पायु र मरणशील रहेका छौं । त्यस्तै स्मृति नहराउने देवताहरू नित्य, शाश्वत र अविपरिणामी छन् र स्मृति लोप भएको कारणले हामीहरू अनित्य, अल्पायु तथा मरणशील छौं । यसप्रकार यस मतअनुसार आंशिक शाश्वत रहेका हुन्छन् र आंशिक अशाश्वत रहेका हुन्छन् ।
ग) अन्तानन्तवाद यस मत अनुसार लोकलाई अन्त (सीमित) र अनन्त (असीमित) मानिएको छ । यसका अनुयायीहरूले १) लोकलाई अन्त र परिछिन्न हो । २) यस लोक अनन्त छ, यसको अन्त छैन । ३) यस लोक तल र माथि अन्त छ र दायाँ र बायाँतर्फ अनन्त छ र ४) यस लोकको न अन्त छ न अनन्त छ भन्ने चार प्रकारका मतहरू राखेको पाइन्छ ।
घ) अमरानिक्षेपवाद अमरानिक्षेपवादीहरूले कुनै स्पष्ट मत प्रकट गर्दैनन् । उनीहरूले यस्तो पनि मेरो मत होइन, त्यस्तो पनि मेरो मत होइन, अन्य प्रकारको पनि मेरो मत होइन, होइन भन्ने पनि मेरो मत होइन, होइनको होइन भन्ने पनि मेरो मत होइन भन्ने गर्छन् । यी अमरानिक्षेपवादीहरू पनि चार प्रकारका छन् ।
ङ) अधिच्चसमुप्पन्नवाद अधिच्चसमुप्पन्नवाद संयोगवाद वा अकारणवाद हो । यस मत अनुसार आत्मा र लोकलाई अकारण वा त्यत्तिकै उत्पन्न भएको मानिन्छ ।
त्यस्तै बुद्धले ४४ प्रकारका अपरन्तानुदिट्टिवादको उल्लेख गरेर त्यसको खण्डन गरेका छन् । यस अन्तर्गत मरिसकेपछि संज्ञी (=होस हुने) आत्मा छन् भन्ने १६ प्रकारका मतहरू, मरिसकेपछि असंज्ञी (होस नहुने) आत्मा छन् भन्ने ८ प्रकारका मतहरू, मरिसकेपछि नैव संज्ञा (संज्ञा नभएको) नैव असंज्ञी (असंज्ञी नभएको) आत्मा हुन्छन् भन्ने ८ प्रकारका मतहरू, ७ प्रकारका उच्छेदवाद र ५ प्रकारका दृष्ट धर्म निर्वाणवाद आउँदछन् ।
उच्छेदवादले आत्मा चार महाभूतहरूले बनेको हो । आमाबुबाको संयोगले उत्पन्न भएको हो । त्यसकारण यस शरीर नष्ट भएपछि आत्मा पनि उछिन्न, विनष्ट र लुप्त हुन्छ । मरेपछि आत्मा हुँदैन भन्ने मान्छ ।
दृष्ट धर्म निर्वाणवाद अनुसार आत्माले पाँचवटा पंचकाम गुणमा लागेर सांसारिक भोग गर्छ र त्यसले वर्तमानकालमा नै परम निर्वाण प्राप्त गर्दछ ।
मज्झिम निकायमा आत्मवादको खण्डन
बुद्धले मज्झिम निकायमा संग्रहित सब्बासब सुत्त, अलगद्दूपम सुत्त, महातण्हासंखय सुत्त, चुलसच्चक सुत्त, पंचत्तय सुत्त आदिमा आत्मवादको खण्डन र अनात्मवादको मण्डन गरेका छन् ।
परवर्ति आचार्यहरूबाट आत्मवादको खण्डनः
बुद्ध पछिका बौद्ध आचार्यहरूले पनि आत्मवादको खण्डन गरेको पाइन्छ । यसमा आचार्य तिष्यले कथावत्थुमा गरेको आत्मवादको खण्डन उल्लेख्य छ । आचार्य नागसेन, अश्वघोष (इश्वी पहिलो शताब्दी), धर्मकीर्ति, नागार्जुन, शांतिदेव आदिले पनि आत्मवादको खण्डन गरेर बौद्ध दर्शनको श्रीबृद्धि गरेको पाइन्छ । गौतम बुद्ध र बुद्ध धर्मका दुईवटा खम्बाहरू अनात्मवाद र अनित्यवाद हो भन्ने कुरा माथि उल्लेखित विवरणबाट स्पष्ट हुन्छ । साथै बुद्धलाई आत्मवादी उपनिषदको प्रचारक र विष्णुको अवतार भनेर नथाक्ने ब्राह्मणवादी धर्मको प्रचार पनि निराधार भएको प्रमाणित हुन्छ ।

No comments:

Post a Comment