भगवान बुद्धको पालामा विशाखा आफ्ना सबै सन्तान प्रति उतिकै प्रेम थियो । तर एउटी नातिनी प्रति भने विशेष प्रेम थियो । त्यसैले उनलाई भिक्षुसंघको सेवा टहल गर्ने काम सुम्पेकि थिईन । एक दिन त्यहि नातिनी अचानक र्मत्य भयो । श्रोतापन्न अवस्थामा पुगिसकेकि भ्एपनि आफ्नी प्यारी नातिनीको बिछोडले विशाखाको निकै शोक मग्न तथा दुखि भईन । आफ्नो दुखको सन्ताप सहन नसकि एक दिन उनी भिजेको केश सहित मध्यान्न समयमै भगवान कहाँ गईन । भगवान समक्ष आफ्नी नातिनीको र्मत्युको कारण निकै सन्ताप भएको कुरा बिन्ती गरिन ।
अनि भगवानले विशाखालाई सोध्नुभयो विशाखा, के तिमी यस श्रावस्तमिा जति मानिसहरु छन उति पुत्रहरु नाती नातिनीहरु चाहान्छौ ?
विशाखाले जवाफ दिईन चाहन्छु भगवान ।
यस श्रावस्तीमा दिनका दिन कति मान्छे मर्छन ?
भगवान नमर्ने त कुनै दिन हुँदैन ।
विशाखा, त्यसो भए तिमी हरेक दिन यस्तै भिजेको कपाल र भिजेको लुगा लगाउँछौ छ ?
विशाखाले कुरा बुझीन । जति बढी प्ररेम हुन्छ उति नै बढी शोक र दुःख हुन्छ किन भने मृत्यु ध्रुव सत्य हो ।
अनि भगवानले विशाखालाई फेरि सम्झाउनु भयो जस्लाई जति प्रेम हुन्छ उस्लाई उति नै दुःख हुन्छ । जस्लाई प्रेम५ैन उस्लाई दुःख पनि छैन शोक पनि छैन र उनि शोक सन्तापबाट टाढा हुन्छ ।
प्रेमले गर्दा शोक उत्पन्न हुन्छ । प्रेमले गर्दा भय उत्पन्न हुन्छ । प्रेमबा६ मुक्त हुनेलाई शोक हुँदैन भने भय कहााबाट हुन्छ ?
प्ररेमले गर्दा नै यव् लोकमा मानिसहरुलाई शोक, विलाप आदि अनेक रुपमा दूःख हुन्छन् । प्रेम नभए ति केहि हुँदैन ।
जस्को यो लोकमा कसै सित प्रेम हुँदैन, उनिहरु सोह िकारणले शोक रहित भई सुखि रहन्छन । त्यसैले राग रुपी रजबाट मुक्त भई वीत शोकी हुन चाहनेले यो लोकमा कसैसित प्रेम नगर्नु ।
भगवानको उपदेश विशाखालाई ठूलो सान्त्वना प्राप्तभयो ।
तसर्थ धम्मपदमा यसरी गाथा भनिएकोछ ।
तस्मा पियम् न कयिराथ पिया पायो हि पापको ।
गन्था तेसम् न विज्जन्ति, येसम् नत्थि पियाप्पियम् ।।
धम्मपद २११
अर्थः यस कारण कसैलाई प्रिय नबनाउ किनकि प्रियको वियोगले दुःख हुन्छ।
जस्को कोहि प्रिय अप्रिय हुँदैन यस्को केहि बन्धन हुँदैन ।
पियतो जायति सोको,पियतो जायति भयम् ।
पियतो विप्पमुत्तस्स, नत्थि सोको कुतो भयम् ।।
धम्मपद २११
अर्थः प्रिय वस्तुले शोक उत्पन्न हुन्छ, प्रियबाट भय उत्पन्न हुन्छ । प्रियको बन्धनबाट मुक्त व्यक्तिलाई शोक हुँदैन अनि भय कहाँबाट हुन्छ ।
वास्तव मै यस सन्सारमा मान्छेले जे प्रति प्रेममा आशक्त भयो त्यस्को बिछोडमा उ उति नै शोक सन्तप्त र दुखि हुन्छ । धनमा लिप्त मान्छे अलिकति पनि धनबाट मुक्त हुन सक्दैन । जुन वस्तुमा मान्छे बढी लिप्तहुन्छ उ बिना दुखि भैरहन्छ । तसर्थ भगवान बुद्धले देखाउनु भएको धर्म मानिसलाई पूर्ण रुपमा दुःख मुक्त हुने शिक्षा हो ।
सन्दर्भ सामग्रिः भगवान बुद्ध र देव ब्रम्हाहरु तथा धम्मपद ।
No comments:
Post a Comment