हामीले वा मैले बुझ्दै आएको शव्द
सम्बेदनाको अर्थ कसैको घरमा कोहि मृत्यु भयो भने दुःख व्यक्त गरिने शव्द हो
सम्बेदना । वास्तवमा २५सय बर्ष अगाडी वेदना सम्बेदना शव्द फरक अर्थ लाग्थ्यो ।
बुद्धकालिन अवस्थामा वेदना अनुभूतिलाई भनिन्थ्यो । वेदना सुखद पनि हुन्छ र दुखद
पनि । त्यसबेलाको भाषामा सुखद अनुभूतिलाई सुखवेदना र दुःख अनुभूतिलाई दुखवेदना र
असुखद अदुखदलाई, असुख अदुख वेदना भनिन्थ्यो । तर आजभोली वेदना
शव्द केवल दुखद अनुभूतिको अर्थमा वेदनामा सिमित भएको पाईन्छ । त्यसैले वेदना
शव्दको ठाउँमा सम्बेदना शव्दको प्रयोग सुरु भएको पाईन्छ ।
विपश्यना साधनाको सन्दर्भमा सुखद वेदना ,दुखद
वेदना, हाम्रो शरीरमा विविध
गतिविधीहरु भैरहन्छ जुन सुखद र दुखद हुन्छ । अर्को सुक्ष्म र स्थुल हुन्छ । स्थुल
वेदनालाई हामी अनुभूति गर्न सक्छौ तर सुक्ष्मलाई हामी अनुभूति गर्न सक्दैनौ ।
वातावरणमा समय समयमा बिभिन्न प्रकारको हावा चलिरहन्छ कहिले पूर्व दिशाबाट कहिले
दक्षिण दिशाबाट । कहिले तातो कहिले शितल त कहिले धूलोयुक्त कहिले धुलो बिहिन कहिले
सुगन्धित कहिले सुगन्ध बिहिन कहिले शान्त त कहिले भयम्कर हावाले उत्पात मच्चाउँछ
तर स्थीर रहँदैन केहि समय पछि मन्थर हुन्छ यो त सबैले थाहा पाउँदै आएको कुरा हो ।
उदाहरणको लागि कोहि प्रिय व्यक्तिको मृत्युमा परिवारजन दुखि भएर रुन थाल्छ रुँदा
रुँदा बेहोसै हुन्छ वा उस्को पनि मृत्यु हुन्छ । जस्तै मुमताजको मृत्युमा शाहजहाँ
भन्ने राजा शोक विव्हल भएर रुँदा रुदा मृत्यु भएको थियो रे । एक दिन रुन्छ दुई दिन
रुन्छ रुँदा रुँदा वा निदाउँछ वा बेहोसै हुन्छ फेरि जाग्छ फेरि सम्झेर रुन थाल्छ ।
यो सबै अनाहक हुन्छ जब प्रज्ञाले मूल्याङ्कन गर्छ । सज्ञाले मूल्याङ्कन गरे आफ्नो
प्रियको दुखद निधन भयो त मन पोल्यो मनमा अशान्त भयो अनि रुने सहारा लियो । अनि
देख्नेहरु भन्छ कति प्रेम गर्दो रहेछ । जब कोहि रोएन तब खास खुस हुन्छ कस्तो
निर्दयि रहेछ आफ्नो घनिष्ठको मृत्युमा पनि रोएन मायाँ नै गर्दैन रैछ । रुने कति
दिन रुने के रोएर कोहि फर्केकोछ ?
कुनै बस स्टेशनमा वा हवाई स्टेशनमा वा
होटलमा यात्रुहरु आउँछन जान्छन् सबैजना स्थायी रुपले रहन्नन केहि दिन रहन्छन
त्यसपछि फर्कन्छन । त्यस आउने जानेक्रममा बिभिन्न प्रकारका मान्छेहर हुन्छन अग्लो
होँचो मो टो दुब्लो त कोहि शान्त स्वभावको कोहि झगरालु स्वभावको तथा कवहि सुन्दर
सुन्दरी त कोहि कुरुप पनि हुन्छन त्यस्ल् स्थल कुनै प्रभावित हुँदैन । मान्छे
आउँछन जान्छन थरि थरिका । त्यस्तै हाम्रो शरीरमा बिभिन्न प्रकारको सम्बेदनाहरु
आईरहन्छ र गैरहन्छ । कुनै सम्वेदना केहि वेर सम्म रहन्छ केहि तुरुन्त आउँछ तुरुन्त
जान्छ स्थायी सम्म कोहि कुनै वेदना रहँदैन तर हामी त्यसबाट हामी प्रभावित भैरहन्छौ
प्रतिकृया गरिरहन्छौ । मन पर्ने खालको भएमा रागको प्रतिकृया गर्छौ मन नपर्ने खालको
भएमा व्देषको प्रतिकृया गर्छौ जुन स्वफूर्त भैरहेको हुन्छ । यस्तो किन हुन्छ त
किनकि हाम्रो भित्रको सज्ञाले त्यस्को मूल्यान्कन गर्छ र गलत मूल्यान्कन गर्छ
केहिलाई सुखद केहिलाई दुखद । सुखद भयो अथवा कुनै घटना शरीरको प्रतिकर भए फेरि फेरि
होस भन्ने चाहना हुन्छ । अप्रितिकर भए फेरि फेरि नहोस भन्ने हुन्छ तत्काल भएको
अप्रतिकर घटनालाई व्देष सिर्जना हुन्छ । उदाहरणको लागि लामखुट्टेको डसाई बेहोसी
अवस्थामा पनि अप्रितिकर हुन्छ र हातले पंतिकृया गरिहाल्छ । यहि सज्ञाकोन्कन
स्थानलाई प्रज्ञाले लियो भने गलत मूल्यान हुँदैन अनि सबै सम्बेदनाको मूल्यान्कनको
सहि मूल्यान्कन हुन थाल्छ जुन अनुभूतिहरुको स्तरमा तिनकै गुण धर्म स्वभावलाई जानेर
ज्ञानपूर्वक हुन्छ । तब राग व्देषको प्रतिकृया हुन बन्द हुन्छ ।अर्थात प्रज्ञा
व्दारा राग र व्देषलाई मध्यम स्थानमा राख्यो भने दुखद र सुखदलाई केहि मान्दैन कनकि
सबै स्थायी छैन हुँदैन भनेर बुझ्दछ । त जुन अनित्य छ जुन अनात्म छ प्रकृति अनुसार
छ त्यस प्रति गरिएको राग या व्देषको प्रतिकृया
दुःखद नै हो । प्रज्ञाको यहि मूल्यान्कन सत्य मूल्यान्कन हो । यहि त
विपश्यना हो यहि त चित्त विशवधनी धर्म गङ्गा हो ।
हाम्रो मन पनि त्यस्तै हो । तरिका तरिकाको
बिभिन्न प्रकारको भावनाहरु बगिरहन्छ । एकान्त छ आफ्नो अगि पछि वरिपरि देखिने वस्तु
केहि कोहि छैन तर मनको स्टेशन वा धर्मशालामा आउने र जानेक्रम त जारी नै छ नि ।
क्षण क्षणमा हाम्रो शरीरले प्रतिकृया गरिरहन्छ तर सज्ञाले मूल्याङ्कन गरे प्रतिकर
र अप्रितिकरको गलत मूल्यान गरेर राग र व्देष सिर्जना गरिदिन्छ । तर त्यहि विचार
घटनालाई प्रज्ञाले काम गर्न थाले सही मूल्याङ्कन गरेर अनित्य सम्झेर वास्ता गर्दैन
र कल्याण हुन्छ । यसैमा सकारात्मक र नकारात्मक सोँच हुन जान्छ । नकारात्मक भयो
अप्रतिकर भयो व्देष उत्पन्न हुन्छ जस्ले क्रोध सिर्जना हुनसक्छ । रागले प्रभावित
गर्यो भनेपनि मन लोभ वा वासनाले ग्रस्त हुनसक्छ । उदाहरणको लागि कुनै सुन्दर फुल
देख्दा वा कुनै सुन्दर पुरुष महिलाले दख्दा वा कुनै सुन्दरी महिला पुरुषले
देख्दाको अवस्थालाई दुई किसिमले सज्ञा व्दारा वा प्रज्ञा व्दारा मूल्यान्कन हुन्छ
। सज्ञाले मूल्याङ्कन गरे राग वा व्देषले ग्रस्त हुन्छ । प्रज्ञाबाट प्रभावित भए
कल्याण हुन्छ ।
मान्छेको शरीरका अङ्गहरु यसै मूल्याङ्कन
व्दारा नै चलायमान हुन्छ । यहि हो सम्बेदना केहि नकेहि भैरहने केहि न केहि भैरहने
प्रतिकृया।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment