भगवान बुद्धको समयमा कोशल राज्यको ठूलो
महत्व थियो । यस राज्यका राजा प्रसेनजित अत्यन्त शक्तिशाली राजा थिए । अग्रमहिषी
रानी मल्लिका थिईन् । यिनि श्रावस्तिका एक साधारण मालाकारकि छोरी थिईन । तिनि
हरेकदिन दिउँसोको खाजाको लागि तीनवटा रोटी फूलको टोकरीमा राखी उद्यानमा फूल टिप्न
जान्थिन । १६ बर्षकि भएको बेला एक दिन उद्यान तर्फ गईरहँदा भगवान बुद्धलाई
भिक्षुसँघ सहित भिक्षाटनको लागि जाँदै गरेको देखिन । बुद्धलाई देखेर अपार श्रद्धा
जाग्यो र आफूले ल्याएको रोटी र फूल बुद्धलाई दान गिन । बुद्धले ति रोटी एक ठाउँमा
बसेर खानुभयो । यसरी श्रद्धा र प्रितिले गदगद् भएकि मल्लिकालाई त्यहाँबाट घोडाबाट
उद्यान तर्फ जान लागेको राजा प्रसेनजितले देखे । मल्लिका सुन्दरी थिईन प्रफुल्ल
अनुहार देखेर राजा प्रभावित भयो र उनलाई घोडामा राखेर लगेर दरबारमा विधिवत
अग्रमहिषि बनाएकाथिए । मल्लिकाले प्रसन्न चित्तले बुद्धलाई दान गरेको फल तुरुन्तै
फल प्राप्त गरिन । राजा प्रसेनजितले मल्लिकालाई साह्रै मायाँ गर्थ्यो । म्ल्लिकाले
पनि मनको कुरा निर्भिक भएर राजालाई भन्ने गर्थिन । एक दिन राजाले मल्ल्लिकालाई आफूलाई
कतिको प्रेम गर्दि रहिछ भनेर प्रश्न गर्यो मल्लिका, तिमीलाई आफू भन्दा
प्यारो अरु कवहि छ? मल्लिकाले
तुरुन्त जवाफ फर्काईन महाराज यो सद्दसारमा आफू भन्दा प्यारो कोहि छैन । उनले पनि
राजालाई त्यस्तै प्रश्न गरिन राजाले पनि त्यस्तै जवाफ दियो ।
यो शाश्वत सत्यहो हो कि वास्तवमा हरेकले
आफूलाई भन्दा बढी कसैलाई प्रेम गर्दैन । अरुलाई प्रेम गर्छु भन्नु पनि आफ्नै सुखको
लागि हो । आफूले प्रेम गरेको व्यक्तिले आफ्नो ईच्छा अनुसार काम गरेन भने त्यो सारा
प्रेम क्षणभरमै विलाएर जान्छ । आमा बुवाले बच्चालाई प्रेम गर्नु पनि त्यहि हो आफ्नो
मनको सुखको लागि प्रेम गर्छ । राजा प्रसेनजित मल्लिकाकव जवाफ सुनेर बुद्धकहाँ गयो
र उनिहरको आपसि कुरा सबै बुद्धलाई सुनाए । भगवानले पनि त्यस कुराको समर्थन
गर्नुभयो । वास्तवमा सबै दिशातिर चित्त फैलाई हेरेतापनि आफूभन्दा प्रियतर कवहि
पाईनेछन । जसरी एकलाई आफू प्यारो लाग्छ उस्तै अरुलाई आफू नै प्यारो लाग्छ भन्ने
बुझि आफ्नो हित चाहनेले अर्कालाई पनि आफू समान सम्झि हिँसा र पिडा नगर्नू ।
भगवानको वाणी सुनेर राजा सन्तसष्ट भयो ।
मल्लिकाले एक पटक राजा प्रसेनजितलाई
जीवनको एक ठूलो दुर्घटनाबाट बचाएर उपकार गरेकि थिईन । उनिले राजालाई मात्रै होईन
अनेक निरीह प्राणहरुको ज्यान बचाएर सबैको आशिर्वाद प्राप्त गरेकिथिईन । राजा
प्रसेनजित भगवान बुद्ध प्रति श्रद्धा राख्ने भएतापनि धर्मको अभ्यास पाको भैसकेको
थिएन । राजाले क्षणिक सुकको लागि निरीह जनतालाई दुख दिन पछि पर्दैन थ्यो । उनि साह्रै
कामातु व्यक्त थिए । दरबारमा आफ्नै रानीहरु भएतापनि अन्यु सुन्दर महिलाहरु देख्ना
साथ कामवासनाले उत्तेजित भैहाल्थे । एक पटक एकजनाको सुन्दरी श्रीमती देखेर कामातुर
भयो र लोग्ने चाहिँलाई मार्ने षडयन्त्र गर्यो तर त्यस्को ज्यान त बच्यो राजाको
कामवासना देखेर छटपटीयो । राजाले पनि भयानक सपना देखेर आत्तिन्छ र ठूलो आवाज सुन्छ
। त्यो सपना विचार गर्न ब्राम्हणहरलाई बवलाएर सोध्छ तिनिहरुले आफ्नो स्वार्थ
पूर्ति गर्न राजालाई ज्यानको खतराछ त्यो खतराबाट मुक्त हुन एक ठूलो यज्ञ गर्नुपर्छ
भन्ने सल्लाह दिए । राजाले सल्लाह मानेर थुप्रै पशहरुलाई वली दिन जम्मा गरे ।
भयभित पशुहर चिच्याउन कराउन थालेको थियो । मल्लिकाले यस्तो आवाज सुनेर राजा मृत्युको
भयले अक्रान्त भएको बुझि ति सबै प्राणीहरु प्रति करुणाभाव राखि यस्तो सल्लाह दिइन्
। महाराज! कुनै प्राणीलाई मारेर कुनै प्राणीको जीवन बचेको कुरा तपाईले कहिल्यै
देख्नु भएकोछ ? ति मूर्ख ब्राह्मणहरको कुरा सुनेर किन यतिका
प्राणीहरुलाई दुःख दिनुहुन्छ? मनुष्यका
शास्ता सर्वज्ञ बुद्ध बिहारमा बस्नुभएकोछ । वहाँ सित सोधेर त्यस अनुसार गर्दा
राम्रो हुन्छ । राजाले रानीको कुरा स्विकार गरेर भगवान बुद्ध समक्ष गएर बिन्ति गरे
। भगवानले राजाको सपनाको कुरा सुनेर ज्यानमा कुनै खतरा नभएको भन्नुभयो । भगवानको
कुरा सुनेर राजाको मनमा भय बिस्तारै हटेर गयो । अनि वलि दिन बाँधेर राखेका
प्राणीहरुलाई मुक्त गरिदिए । मल्लिकादेवीको कारणले ठुलो दुश्कर्मबाट बच्यो र अन्य
प्राणीहरुको पनि प्राण बच्यो ।
अकशुल कर्मले मानिसलाई असर पार्छ । जबसम्म
सद्धर्मको मार्ग फल प्राप्त हुँदैन तब
सम्म कुनैपनि व्यक्ति अपायतर्फ लाग्ने अकुशलकर्मबाट सुरक्षा प्राप्त हुँदैन ।
उस्ले जतिसुकै पुण्यकर्म गरेतापनि परिस्थितिअनुकुल हुनासाथ अकुशल चित्तले आफ्नो
शक्ति देखाईहाल्छ । एक दिन राजाको दरवारमा महारानी मल्लिकादेवीकव जीवनमा यस्तै एक
घटना भयो जस्ले गर्दा उन्को मृत्युपछि नर्क तर्फ गईन ।
उक दिन महरानी मल्लिकादेवी स्नानागारमा
नुहाईरहेकि थिईन नग्न भएर । खुट्टा धुन अगाडी निहुरिँदा दरबारमा पाली राखेको ठूलो
एक कुकूरले देखेर अचानक पछाडीबाट कामभोऊ गर्न थाल्यो तर मल्लिका देवी प्रतिकृया
नगरेर यौन स्पर्शको रस स्वादन गरेरिरहिन । सँयोगवस राजा प्रसेनजितले झ्यालबाट त्यो
दृष्य देखे र अचम्म माने । कस्ति कुलाँगार्नी रहिछे ककुकूर सित पो सम्भोग गराई
भनेर क्रोधित भयो । रानी नुहाईसकेर कवठामा आईन । राजाले रिसाएर रानीलाई गाली गर्यो
चण्डाल्नी तैले कुकूरसित सँसर्ग गरिस् ?
रानीले पनि तूरुन्त आफूलाई बचाउन झूठो
बोलिन अहँ होईन महाराज ! मैले त्यस्तो केहि गरेकोछैन ।राजाले भन्यो अझै
होईन भन्छेस मेरो आँखा झुठो भयो देखेको ? आफ्नो गर्तिलाई लुकाउन झूठो बोल्दै भनिन यो कोठा
यस्तै छ हजूर यहाँ बाट हेर्दा त्यहाँ फरक दृष्य देखिन्छ । नपत्याए हजूर यता
जानुहोस मैले यहाँ बाट हेर्छु । राजाले त्यसै गरे नुहाउने कोठामा गएर फर्क्यो ।
रानीले भनिन महाराज तपाईले त्यहाँ बाख्रि सित कामभोग गर्नुभयो होईन ? राजाले भन्यो अहँ
होईन मैले त्यस्तो केहि गरेकोछैन । मल्लिकाले भनिन् तपाईले भनेर म पत्याउँछु मैले
आफैले देखेकि हुँ । राजा भ्रममा पर्यो र सोँच्यो होला त्यस्तै दृष्य देखिन्छ ।
रानीको कुरा विश्वास गरेर चुप लाग्यो । तर मल्लिकालाई आफूले गरेको दुष्कर्मले
पश्चातापमा परिन । उनको मनमा बारम्बार चिन्ता हुन थाल्यो राजा मूर्ख भएकोले मैले
सजिलै छक्याएँ राजालाई झूठ बोलेर दोषारोपण गरेँ । अहो मैले ठूलो अपराध गरेँ ।
यस्तै चिन्तै चिन्ताले मरिन र नरकमा उत्पन्न भईन र सातदिनसम्म महाताप दुःख भोगिन ।
यस प्रकार कुशल कर्म र अकुशल कर्मको फल
भोग गर्नुपर्ने कुरा बुद्ध दर्शनमा अध्ययन गर्न पाईन्छ ।
भवतु सब्ब मङ्गङ्लम् !
सन्दर्भ सामग्रिः भगवान बुद्ध र देव ब्रम्हाहरुः
बोधिबज्र बज्राचार्य
No comments:
Post a Comment