बुद्धले के अस्वीकार गर्नुभयो ?
!
जुन कालमा
तथागत बुद्ध आफ्नो देश
कपीलवस्तुमा हुनुहुन्थ्यो आफ्नो उपदेश दिँदै हुनुहुन्थ्यो, त्यसबेला केहि
विचारहरुले मान्छेहरुलाई छ्यापिराखेको थियो ।
बुद्धले मानव जातिको कल्याणमा बाधक विचारहरुलाई अस्वीकार गर्नुभयो ति हुन-
१. म को हुँ, के हुँ कहाँबाट आएको हुँ ? आदि
निराधार कल्पनामा
आधारित विचारहरुलाई
बेकार हो भन्नुभयो ।
२. उहाँले आत्माको अनधिकृत मतलाई स्वाकार्नुभएन । वहाँले भन्नुभयो, “आत्मालाई शरीर, वेदना, संज्ञा, संस्कार, विज्ञान आदि केहि होईन ।
३. धार्मिक
उपदेशकहरु
द्वारा प्रतिपादित सबै
उच्छेदवादी मतहरुलाई
उहाँले
बहिष्कार गर्नुभयो ।
४. उहाँले नास्तिकहरुको मतहरुको निन्दा गर्नुभयो ।
५. विश्व
विकासको
आरम्भको ज्ञान विदित छ यि सिद्धात उहाँले मान्नुभएन ।
६. “ईश्वरले मान्छेको निर्माण गरेको भन्ने सिद्धान्तलाई खण्डन गर्नुभयो ।
७. उहाँले आत्माको अस्तित्वलाई अस्वीकार गर्नुभयो ।
बुद्धले के परिवर्तित गर्नुभयो !
१. कार्य-कारणको महान नियमलाई प्रतीत्यसमुत्पादको रूपमा स्विकार गर्नुभयो ।
२. उहाँले जीवनको निराशावादी भाग्यवादी दृष्टिकोणको खण्डन गर्नुभयो । उहाँले यस
मूर्खतापूर्ण दृष्टिकोण को पनि खण्डन गर्नुभयो कि किसी ईश्वरले पहिलैबाट निश्चित गरे कि मान्छे र संसारको साथ के घटीछ हुने वालाछ ।
३. उहाँले यस सिद्धान्तलाई अस्वीकार गर्नुभयो कि पूर्व जन्महरुमा गरिएको कर्म वर्तमान कार्यहरुलाई कमजोर या निष्क्रिय बनाउने सामर्थ्य राख्छ । कर्मको यस निराशावादी भाग्यवादी दृष्टिकोणको उहाँले त्याग गर्नुभयो । उहाँले पुरानो कर्म-वादको स्थानमा एक धेरै वैज्ञानिक कर्म-सिद्धान्तको स्थापना गर्नुभयो ।
४. आत्माको एक शरीरबाट निस्केर अर्को शरीरमा जाने कुराको स्थानमा उहाँले संसरण-रहित
पुनर्जन्म लाई
स्विकार गर्नुभयो ।
५. उहाँले मोक्ष (आत्मा को मुक्ति) को स्थानमा निर्वाणको सिद्धान्तको स्थापना गर्नुभयो ।
बुद्धले के स्विकार गर्नुभयो !
१. बुद्धले मान्नुभयो कि मन सबै चीजहरको केन्द्र
बिन्दु हो
तथा मन सबै
प्रवृत्तिहरुको
पूर्वगामी हो ।.
मन प्रवृत्तिहरमा अधिकार राख्छ, त्यसलाई
उत्पन्न गर्छ ।
यदि मनलाई
वशमा गरीयोभने
सबै
प्रवृत्तिहरु
वश मा हुन जान्छ ।
मन सबै प्रवृत्तिहरुको प्रधान र अगुवा हो । अतः सर्वप्रथम मनलाई सुसंस्कृत गर्नमा ध्यान दिनुछ ।
२. मन
नै
सबै असल र खराबहरुको
मूल स्रोत हो, जुन हाम्रो भित्र जन्मिन्छ र
जस्को हामी
शिकार हुनपर्छ ।
३. सबै असलहरु सबै खराबहरु मनको नै उपज हो ।
४. यदि
कोहि खराब
मनबाट केहि
बोल्छ या गर्छ भने दुःख त्यस्को पछि पछि त्यसरी नै जान्छ जसरी
गाड़ी तान्ने गोरुको पछि
पछि गाडीको चक्का । यसैले चित्तलाई निर्मल बनाई राख्नु नै धम्म को सार हो ।
५. सबै खराब कर्महरुबाट टाढा रहनु, बुद्धको शिक्षाहरुको महत्वपूर्ण भाग हो ।
६. बुद्धको वास्तविक धम्म
धार्मिक-ग्रन्थहरुमा छैन बरु धम्म सिद्धान्तहरु पालन गर्नुमा छ ।
वेद, मानव समाज र मानवता
:
वेद मंत्रहरु / स्तोत्रहरु / ऋचाहरु / स्तुतिहरुको संग्रह हों । यि ऋचाहरुलाई पाठ गर्नेहरुलाई ऋषि भनिन्छ यि मन्त्र इंद्र, वरुण, अग्नि, सोम, ईशान, प्रजापति, ब्रह्मा, महद्धि, यम तथा अन्य देवताहरुको आह्वान (प्रार्थनाहरु) मात्र हो ।
आह्वान (प्रार्थनाहरु) केवल शत्रुहरुको विरुद्ध सहायता
प्राप्त गर्न, उपहार स्वरूप धन
प्राप्त गर्न
तथा भक्तहरुबाट
भोजन, मासु र मदिराको भेंट स्विकार गर्नको लागि हो ।
वेदहरुमा
दर्शनको
मात्रा धेरै छैन ।
तत्कालीन अघमर्षण, प्रजापति परमेष्ठी, वृहस्पति, अनिल, दीर्घतमा, नारायण, हिरण्यगर्भ तथा
विश्वकर्मा नामक
ऋषिहरुले
दार्शनिक ढ़ङ्गको
निराधार परिकल्पनाहरु दिए । यि
वैदिक ऋषिहरु / दार्शनिकहरुको मुख्य विचारणीय
बिन्दु थिए
– संसारको उत्पत्ति कसरी भयो ? भिन्न-भिन्न वस्तुहरुको उत्पत्ति कसरी भयो? त्यस्को
एकता र अस्तित्व किन छ? कस्ले उत्पत्ति गर्यो र कस्ले व्यवस्था गर्यो ? यो संसार कोबाट उत्पन्न भयो ? र फेरि
केमा विलीन हुन्छ ?
बुद्धलाई वेद मन्त्रोहरुमा त्यस्तो केहि देखिएन
जो मानवको
नैतिक उत्थानमा सहायक होस । बुद्धको दृष्टिमा वेद मरुभूमि जस्तै व्यर्थ छ। त्यसैले
बुद्धले
वेद मन्त्रोहरुलाई बहिष्कार गर्नुभयो र त्यसलाई यसकारण योग्य लागेन कि त्यसबाट केहि सीख्न या ग्रहण गरिएला ।
यसै प्रकार बुद्धलाई वैदिक ऋषिहरुको दर्शनमा पनि कुनै सार देखिएन । ऋषि सत्यको खोजमा थिए तर ति सत्य सम्म पुग्न सकेनन् । तिनका
सिद्धान्त केवल मनोकल्पनालाई उड़ाउने थियो, जुन न तर्क र न ह यथार्थमा आधारित थियो । दर्शनको क्षेत्रमा उनको योगदानले कुनैपनि सामाजिक मूल्यको उत्पत्ति गरेन । त्यसैले बुद्धले वैदिक ऋषिहरुको दर्शनलाई बेकार
जानेर
अस्वीकार गर्नुभयो ।
अतः बुद्धको दृष्टिमा वेद मानव समाज र
मानवताको लागि
मरुभूमि जस्तै
बेकार हों । यस प्रकार
शाक्यमुनी बुद्ध वेदको विरोधी भएकोले विष्णुको अवतार भन्नु मिथ्या हो । वहाँले
वेदमा कुनै वैज्ञानिकता देख्नुभएन बरु मानव मानवमा तल माथि पारेको देख्नुभयो ।
भवतु सब्ब मङ्गलम् ।
नमो बुद्धाय ।
सन्दर्भ सामग्रि लाला बौद्धको लेखबाट
No comments:
Post a Comment