१.बौद्ध शिक्षा र कलियुग
ज भन्दा लगभग २६०० वर्ष अघि लुम्बिनी नेपालमा
जन्मनु भई करिब ५० वर्ष असंख्य प्रवचनहरु दिनु भएका शाक्यमुनीले आफ्नो जीवनको
अन्तिम ८ वर्ष चाँहि बुद्ध शिक्षाको सर्वोत्तम र वास्तविकता आधारित शिक्षा सद्र्धमपुण्डरीक
सुत्रको बारेमा प्रवचन दिनुभएको थियो । जसबाट धेरै व्यक्तिहरुलाई उद्धार गर्नुभई
सकारात्मक बाटोमा डो¥याउनु भएको थियो ।
शाक्यमुनी बुद्धले लोटस सुत्रका धेरै
ग्रन्थहरुमा उल्लेख गरिए बमोजिम आफ्नो मृत्युको लगभग २००० वर्ष पछि डरलाग्दो
कलियुग आउने र त्यस समय विश्वमा अराजकता,लडाई,प्राकृतिक प्रकोपका साथै मानिसको
मानसिकता अशुद्ध भई बुद्ध शिक्षाका
माध्यमबाट मानवलाई उद्धार गर्ने शक्ति गुमाउने सम्भावना हुने बताउनु भयो । त्यस
समयमा संसारमा युद्ध हुने,
मानिसहरु बीच
पिडा दुःख र उत्पीडन हुनेछन् भनि भविष्यवाणी गर्नु भएको थियो ।
त्यसो भए के कलियुगमा जन्मेका व्यक्तिहरुको
उद्धारै नहुने होकि भन्ने सन्दर्भमा लोट्स सुत्रमा उल्लेख गरिए बमोजिम मानवलाई
बचाउन एक उच्चकोटिको बोधिसत्व प्रकट हुनेछन् जसले विभिन्न बाधा र कठिनाईहरु
आईपरेता पनि सामना गर्न सक्ने क्षमतायुक्त लोटश सुत्र भित्र लुिकएको र अहिलेसम्म
कसैले उपदेशित नगरेको सत्यतामा आधारित मुख्य सारतत्व रहेको “नाम् म्योहो रेङ्गे क्यो” पाठ गरेमा र यसलाई फैलाएमा यस कलियुगमा
मानिसहरुलाई दुःख र समस्याबाट मुक्त गराई सबलाई उद्धार गर्न सक्नेछ भनि भविष्यवाणी
गर्नु भएको थियो । यसरी भविष्यको कुरालाई समेत उजागर गर्नु भई ८० वर्षको उमेरमा
शाक्यमुनीको जीवन पुरा भएको थियो ।
२) निचिरेन दाईस्योनिनको जन्म
शाक्यमुनी बुद्धको मृत्युको २००० वर्ष भन्दा
पछि १२२२ फेब्रुअरी १६ मा जापानको चिवा प्रिफेक्चर समुद्धि छेउको माछाको व्यवसाय
गर्ने गाउँमा जन्म भएको थियो । उहाँको बाल्यकालको नाम जेन निचीमारो भनि नामाकरण
हुन थाले ।
दाईस्योनिनको बुवा एकदम राम्रो व्यक्तित्वका
धनी व्यक्ति थिए । गाउँमा हुने समस्याहरु समाधान गर्न सधै अघि सर्ने प्रवृत्तिका
भएकोले सबैबाट आदरभाव गरिएका व्यक्ति थिए, भने आमाको नाम उमेगिकु र माझीको रुपमा काम गर्दथिन । उनीहरु एक गरीबी
जीवन बिताइरहेका थिए । माझी पेशालाई प्राचिन भारतमा सबैभन्दा तल्लो जातको काम
भनिन्थ्यो र सो जातका मानिस मासु बेच्ने पेशामा संलग्न हुनुपर्दथ्यो जसलाई
सेन्दारा भनिन्थ्यो । निचिरेन दाईस्योनिन सेन्दाराको नाम सहित सेन्देराको एक
सन्तानको रुपमा जन्म भएको थियो ।
यो कुरालाई हेर्दा जस्तो सुकै वर्गका व्यक्ति
भएतापनि उस्मा निहित भएका राम्रो व्यवहार तथा गुणका आधारमा विना भेदभाव बुद्धत्व
प्राप्त गर्न सकिने करुणामयी कृपा उसमा समाहित हुन्छ भन्ने कुरा हो ।
३) गृहत्याग(सन्यास) ・अभ्यास
सन् १२३३ मा १२ वर्षको बेलामा जेननिचीमारो आफु
जन्मेको स्थानबाट नजिक सेइच्योपहाड मा रहेको सेइच्यो मन्दिरमा प्रवेश गरी
दोउजेन्बोओको शिष्य भएर बुद्ध शिक्षामा प्रवेश गरी चार वर्षपछि १२३७ मा १६ वर्षको
उमेरमा आधिकारीक पुजारी बन्न गृहत्याग गरेरै जेस्यो बोउरेनच्यो भनि नाम परिवर्तन
गरियो ।
शाक्यमुनीको भविष्यवाणी अनुसार त्यस समय
संसारमा युद्ध, कलह,र विभिन्न समस्या उत्पन्न हुने अनुमान पनि गर्नु भएको थियो । एउटै
शाक्यमुनीको बुद्ध शिक्षामा पनि नेनबुचु, जेन, सिन्गोन, रियु, तेन्दाई आदी धर्ममा विभाजित भई वास्तविक
विश्वास गर्न लायकको बुद्ध शिक्षा पहिचान गर्न गाहे भएको परिस्थिति थियो ।
यस्तो विभिन्न शिक्षा छरिएर रहेको परिस्थितिमा
रेन्च्योउसीले, सत्यमा आधारित बुद्ध शिक्षा केबल एउटा
मात्र रहेको विचार गर्नु भई सत्य शिक्षाको अनुसन्धान÷अध्ययन गर्नुभई सम्पूर्ण मानवजातीलाई
दुःख र पिडाबाट बचाउन सहयोग गर्नको लागि ठूलो प्रार्थना एवं प्रयास गर्नु भएको
थियो ।
रेन्च्योउसीले आफ्नो लक्ष्य हासिल गर्न गृह
त्याग गरेपछिका वर्षहरुमा एक्लै अभ्यासको यात्रा गरेका थिए । जापानभर भ्रमण गरी
रेन्च्योउसीले प्रत्येक धर्मको अध्ययन गरी अन्तमा बुद्ध शिक्षालाई विश्वास गरी
यसलाई प्रचार प्रसार गर्न थाल्नुभयो ।
४) बुद्ध शिक्षाको घोषणा
१२५३ मार्च २८ का दिन रेन्च्योउसीले आफ्नो
अभ्यासको अध्ययन यात्रा पुरा गरेर फर्केपछि सेईच्योउ पहाड・खासागा
जंगलको टुप्पोमा चढेर बिहानको झिसमिसे समयमा उभिएर पहिलो पटक “नाम् म्योहो रेङ्गे क्यो” को स्तोत्रलाई भित्री मन देखि
प्रार्थना गरेर, एउटा सत्य शिक्षाको घोषणा गरेका थिए ।
त्यसपछि स्वयंले आफ्नो नाम पनि परिवर्तन गरी निचिरेन भनि नामाकरण गर्नुभयो । जुन
बेला उहाँ ३२ वर्षको हुनुहुन्थ्यो ।
यसरी आफ्नो अध्ययन पुरा गरी पहाडबाट तल झरेपछि
निचिरेन दाईस्योनिनले आफ्नो अभिभावकलाई लगातार बुद्ध शिक्षाको जानकारी दिनु भई
पहिलो विश्वासी अनुयायी बनाउनु भएको थियो ।
त्यसको एक महिनापछि अप्रिल महिनाको २८ तारिखका
दिन निचिरेन दाईस्योनिनले सेइच्यो मन्दिर आसपासका व्यक्तिहरु जम्मा गरी बुद्ध
शिक्षाका बारेमा उपदेशना दिई आफुलाई लोट्स सुत्रको अभ्यासकर्ता निचिरेन भनी चिनारी
गरी त्यस उपरान्त यस संसारमा लोटस सुत्रको उपदेशना दिन शुरु गर्नु भयो ।
त्यस उपदेशना अन्तर्गत निचिरेन महागुरु
दाईस्योनिनले ग्रन्थ सुत्रको आधारलाई बलियो बनाई त्यही समयमा क्रियाशिल भईरहेका
नेनबुचु र जेनस्यु समूहले शाक्यमुनीको शिक्षालाई अपहेलना गरी आघात पु¥याईरहेकोले, यदि त्यस प्रकारको प्रवृत्तिलाई
विश्वास गरेमा दुःखले पछ्याई नरकमा जाने कुरा बताउनु भयो ।
लोट्ससुत्र नै वास्तविक बुद्ध शिक्षा भएकाले सो
सुत्रलाई उजागर गर्नुहुनुका साथै लोट्स सुत्र संग गहिरो सम्बन्ध भएको स्तोत्र “नाम् म्योहो रेङ्गे क्यो” लाई पाठ गर्न जोड दिनु भएको थियो ।
यसप्रकारले भविष्यलाई मध्यनजर गरी सम्पूर्ण
जनताको हितलाई ध्यानमा राखी उठाईएको कुरा सुन्दै गरेका व्यक्तिहरु जो पहिले
नेनबुचु र जेनस्युलाई आँखा चिम्ली विश्वास गर्दै आइरहेकाहरुका लागि ठूलो धक्का हुन
पुग्यो । तसर्थ भयभित भएका नेनबुचुका कट्टरपन्थी मुखिया तोउज्योउ खागेनोबु बाट
निचिरेन महागुरु र उहाँको शिक्षालाई सखाप पार्न प्रयत्न गर्न थाले ।
तर निचिरेन महागुरुले यसप्रकारले परिआउने विभिन्न
आपतहरुसंग सामना गर्दै जाने अठोट लिई जनताको उद्धार गर्ने हितमा लागि पर्नुभएकोले
उहाँमाथि सदैब शाक्यमुनीको स्नेहीभाव रही त्यस समय गरिएको आक्रमणबाट बच्न सफल
हुनुभयो ।
त्यस पश्चात, दाईस्योनिनले जापान देशलाई बचाउनको लागि आफ्नो घर छाडेर त्यतिबेलाका
राजनीतिको केन्द्र विन्दु मानिने शहर खामाकुरामा
गएर आफ्नो शिक्षा फैलाउने निधो गर्नुभई आफ्नो घर त्यागी खामाकुरा तिर
जानुभएको थियो ।
५) सहि शिक्षाको माध्यमबाट देश र सरकारलाई
सत्मार्गमा डोहो¥याउने नितिगत लेख
निचिरेन दाईस्योनिन खामाकुरा पुग्नुभई
माचुबागाया भन्ने ठाउँमा सानो कुटी बनाई खामाकुरा शहरमा फैलिएको समय नसुहाउदो
सम्पूर्ण धर्मलाई पन्छ्याई सत्य बुद्ध शिक्षा शुरु गर्नु भयो । त्यस समयको सामाजिक
अवस्था भन्नुपर्दा निरन्तर प्राकृतिक प्रकोप, भुकम्प, महामारी, अनिकाल आदी विपत्ती व्याप्त भई मानिसहरुले धेरै कष्ट भोगिरहेका थिए ।
निचिरेन दाईस्योनिनले यस्तो स्थितिलाई हेर्नुभई अगष्ट १२५७ मा ठूलो भुकम्प उत्पन्न
हुने कुरा देशलाई सहिमार्गमा डोे¥याउन
सार्वजनिक लेख मार्फत जानकारी गर्नु भयो ।
यस्तो घट्ना घट्नुको मुलकारण त्यस समयका
सार्वभौम शासकलाई विश्वास गर्ने मानिसहरु
सत्य बुद्ध शिक्षाको विरोध गर्दै समय नसुहाउदो धर्मको विश्वास गरेकोले गर्दा भएको
हो । यदि गलत धर्म त्यागेर सत्य बुद्ध शिक्षा अँगालेर परिवर्तन नगरेमा देशमा
गृहयुद्ध र अन्य देशबाट आक्रमण हुनेछ भनी २ वटा ठूला समस्याका बारेमा चेतावनी दिनुभयो ।
पक्कैपनि यस राष्ट्रलाई सावधानी गराउने लेखमा
प्राणीहरुलाई बचाउनको लागि दृढता तथा दाईस्योनिनको निष्कपट भावना रहेको एक पुस्तकमा उल्लेख गरिएको
थियो ।
१२६० जुलाई १६मा राष्ट्रलाई सावधानी गराउन
लेखिएको लेखको माध्यमबाट कार्यान्वयन भई त्यस समयको आधिकारीक व्यक्ति होउज्योउतोकी
योरी समक्ष पेश गरिएको थियो । त्यस समय दाईस्योनिन ३९ वर्ष हुनु भई जीवनमै देशको लागि पहिलो एक
ठुलो साकाबुकु (बुद्ध शिक्षामा विश्वास गर्ने व्यक्तिहरु उत्पादन) गर्नु भएको थियो
।
६) बुद्ध शिक्षा प्रचार कठिनाई
यो महत्वपूर्ण साकाबुकुको लागि गलत धर्मको
विश्वास गर्दा राजनैतिक प्रशासकका मान्छेहरुले धेरै सजायहरु भोगेर त्यसको सामना
गर्नुपरेका थिए ।
सबै भन्दा पहिलो सत्य शिक्षा प्रचार गरी
राष्ट्रमा शान्ती छाउने लेख प्रस्तुत गरेको लगभग १ महिना पछि १२६० अगष्ट २७ को रात
बाकुफु सैनिकको जेष्ट र नेनबुचुको विश्वासीकर्ताहरुको दलबाट कुटीमा आक्रमण गरेका
थिए । तर निचिरेन दाईस्योनिन चिबा शहरकोे अनुयायीहरु तोकीज्योओनिनलाई आफ्नो
सुरक्षाको जिम्मेवारी सुम्पीई यस अप्रिय घटनाबाट बच्न सफल हुनुभयो । यस घटनालाई
माचुबागाया घटना भनेर भनिन्छ ।
माचुबागाया अप्रिय घटनाबाट बच्नु भएका
दाईस्योनिन अर्को वर्ष १२६१ म खामाकुरामा फर्केर पहिलेको बुद्ध शिक्षालाई फैलाउन
कडा परिश्रम गरी उपदेशनालाई निरन्तरता दिईरहनुभयो ।
निचिरेन दाईस्योनिन बच्नु भएकोमा नेनबुचुका
अनुयायीहरु चकित थिए । कुटी आक्रमणबाट असफल भएका उनीहरु गोप्य रुपमा दाईस्योनिन
लाई सजाय दिलाउनको लागि बाकुफुलाई अपिल गरेका थिए ।
सिक्केन होउज्योउ नागादोकीको आफ्नो बुबा
सिगेदोकी नेन्बुचु धर्मको विश्वासिलो भक्त थियो, निचिरेन दाईस्योनिनको शिक्षासंग असन्तोष र घृणा भएकोले नेनबुचुका
विश्वासीहरुलाई अपिल गरेर सोही वर्षको मे १२ तारिखका दिन कुनै गल्ति नभएको निचिरेनलाई
इजुको इतोउ भन्ने ठाउँमा निर्वासित गरिएको थियो । यसलाई इजुरुजाई र पछि
सादोरुजाईको सजाए दिई २ पटक देशबाट ठुलो कठिनाई दिई निर्वासित गरिएको भनि
दाईस्योनिनको बारेमा धेरै लेखहरु प्रकाशित गरिएको थियो ।
खामाकुरामा निचिरेन दाईस्योनिनको इजुरुजाई
निर्वासन भएको थियो । दाईस्योनिनलाई दुःख दिने लिडर होउज्याउ नागादोकी र सिगेतोकी
लगायत सवै लिडरहरु विरामी भएर ओछ्यानमा परेको थियो । सिगेतोकी को मृत्यु भयो, जुन बुद्ध शिक्षालाई अवज्ञा र विद्रोह
गरेकोले भोग्नु परेका दण्ड हो भन्ने स्पष्ट रुपमा प्रमाणित हुन आउँछ ।
१२६३ फरबरीमा यस बुद्ध शिक्षाको प्रचारक
दाईस्योनिनलाई निर्वासन गरिएको १ वर्ष ९ महिनाको अन्तरालपछि क्षमा गरियो ।
यसरी माफी पाएको दाईस्योनिन १२ वर्ष अवधि सम्म
टाढा रहेको आफ्नो जन्मस्थानमा फर्कनु भयो । तर त्यसलबेला त्यस क्षेत्रमा धर्म
परिवर्तन भैसकेको थियो । दाईस्योनिनले प्रतिपादित गर्नु भएको बुद्ध धर्मसँग घृणा
एवं अषन्तोष भएका नेनबुचु धर्मको विश्वासी लगाएत त्यस ठाउँका मूखिया तोउज्योउ
खागेनोबुले ठुलो महत्वकांक्षीको भावनाका साथ दाईस्योनिन लाई सजाय दिनलाई मौका
हेरिरहेका थिए ।
१२६४ नोभेम्बर ११ का दिन दाईस्योनिन ज्यूले १०
जना जतिको सदस्यता शुल्क लिएर विश्वासी कुदोउ योसिताको निवास जादै गर्दाखैरी
बीचैमा कोमाचुबारामा अचानक तोउज्योउ खागेनोबुको सेनाहरुले आक्रमण गरेका थिए ।
युद्धको अन्तमा खागेनोबुको शिष्य खागामी सिनोबोउ र कुदोउ योसिताकाको मृत्यु भयो ।
निचिरेन दाईस्योनिनको आफ्नो निधारमा समेत चोट लागेको थियो । यसलाई कोमाचुबाराको
विपत्ति भनिन्छ ।
बौद्ध धर्म अनुसार सबैभन्दा ठूलो पाप पाँच महाँ
पापहरु मध्ये एक “बुद्धको पवित्र शरीरबाट रगत बगाउनु”
एक
पाप हो भने झै निचिरेन दाईस्योनिन ज्यूको पवित्र शरीरमा चोट लगाएको तोउज्योउ
खागेनोबुको, त्यस घटना पछि अचानक मृत्यु भएको थियो
।
१२६८ मा तोउज्योउ निचिरेन दाईस्योनिन दोश्रो
पटक खामाकुरा जानुभयो । तर यो वर्ष मंगोलियाबाट जापान लाई धम्की सहितको नियन्त्रण
गर्ने गरी लेखिएको चेतावनी पत्र खामाकुरामा आयो । जुन कुरा लाई ८ वर्ष अगाडि
राष्ट्रलाई सावधानी गराउने लेखमा चेतावनी गरिए बमोजिम बाहिरको देशबाट आक्रमण हुने
कुरा अन्तत वास्तविकतामा परिणत भएकोले दाईस्योनिन ज्यूको भनाईप्रति संवेदनशील भई
विचार गर्न शुरु गर्न थाले ।
७. सत्य बुद्ध शिक्षाको उत्पत्ति
१२१७ मा राष्ट्रव्यापी रुपमा खडेरी फैलियो र
सैनिक शासकले रिस्यु धर्मको पुजारी जोगोराकुजी र्योखानमा वर्षाको लागि प्रस्तावित
प्रार्थना आदेश दिए । दाईस्योनिनले र्योखानको नाममा पत्र पठाएर वर्षा नहुनको कारण
गलत र सही धर्म छुट्याउन नसक्नाले हो भन्नु भयो । आखिर यो र्योखानकोउको लागि हार
थियो ।
यद्यपी प्रार्थना गरेपनि पानी पार्न असफल भएका
र्योखानकोउले सम्पूर्ण धर्मका एकजुट भई सैनिक शासकलाई आधार बनाएर दाईस्योनिनलाई
मार्ने योजना बनाउन थाले ।
दाईस्योनिनलाई न्यायधिशले कार्यालयमा बोलाएर
अनुसन्धान ग¥यो । तर त्यसको ठीक विपरीत बुद्ध
शिक्षा सही हो की अरु धर्म को शिक्षा सही हो भन्ने छुटयाउनको लागि सैनिक शासकले
शाही महलको सार्वजनिक ठाउँमा बसेर निर्णय गर्नु भनेर आदेश गरेका थिए ।
तर त्यसको विपरित सिक्केन हेइजाएमोन ले
सेप्टेम्वर १२ तारिखका दिन हजारौ सेनाहरु पठाएर माचुबागायाको कुटीमा आक्रोसित भएर
आक्रमण गर्न आए । त्यस परिस्थितिलाई विचार गरी निचिरेन दाईस्योनिनले हेइजाएमोनइको
अवस्थालाई हेरी मलाई गुमाउनु भनेको देशको मुख्य खम्बा ढलाउनु हो भनेर तर्क गरेपछि
पंक्तिबद्ध बसेका सिपाहीहरुको अनुहारको रङ्ग उडेको थियो ।
दाईस्योनिनलाई ठूलो अपराधी जस्तै गरी पक्राउ
गरी कुनै गल्ती नभएतापनि त्यतिकै सादो भन्ने ठाउँमा निर्वासित गर्नु भन्ने आदेश
अनुसार लिएर गए र मध्यरात भएपछि गोप्य रुपमा जेलमा राख्न थाले । त्यसपछि
दाईस्योनिनलाई मृत्यु दण्ड दिनका लागि ¥यूनोकोउ भन्ने ठाउँमा लिएर गएँ । कुनै गल्ती नभएको निर्दोष व्यक्ति
दाईस्योनिनलाई राष्ट्रले सफाई दिने कुनै मौका नदिई दाईस्योनिनलाई गोप्य रुपमा
मृत्युदण्डको घोषणा गरेका थिए ।
मृत्युदण्डको समय नजिकिदै जाँदा घाँटीमा तरवार
राखी मृत्युदण्ड दिन लागेको दाईस्योनिनलाई तरबारले घाँटी काट्न लागेको बेलामा
अकस्मात समुद्रतिरबाट चन्द्रमाको जस्तो चमत्कार उत्पन्न भएर उत्तर पश्चिम दिशा
हुँदै प्रकाश ज्योतिले पारगरी प्राणदण्ड दिने व्यक्ति लगाएत केहि सेनाहरु आँखा
नदेख्ने भई ढल्न थाले, भने केही सेनाहरु घोडा सहित भागे
। यसलाई ¥यूनोकोउ विपत्ति भनिन्छ ।
यसरी निचिरेन दाईस्योनिन विभिन्न बाधा र
समस्याहरु आईपरेतापनि त्यसको सामना गर्दै
सत्य बुद्ध शिक्षा रहेको “नाम् म्योहो रेङ्गे क्यो” को महिमा फैलाउदै आउनु भयो । त्यस
स्वरुपलाई लोट्स सुत्रमा गरिएको भविष्यवाणी झै कलियुगको समयमा उत्पत्ति हुने
विशिष्ट बोधिसत्वको गतिविधिहरु अनुरुपकै थियो । यस ¥यूनोकोउको घटनासम्म आईपुग्दा अवश्य पनि दाईस्योनिन एक विशिष्ट
बोधिसत्वको स्वरुप लिएर आउनु भएको मान्न सकिनछ । उहाँले एक विशिष्ट बोधिसत्वको
रुपमा आफ्नो पहिचान दिनुभयो ।
अर्थात शाक्यमुनी बुद्धको शक्ति पाएर पनि बचाउन
नसक्ने अवस्थाको खराव संसार कलियुगमा पनि सबैको उद्धार गर्दै आउनु भएको विशिष्ट
बोद्धिसत्व निचिरेन दाईस्योनिनको वास्तविक बुद्ध शिक्षा भन्दा पनि मुल आधार एवं
श्रोत भएको बुद्ध हुनुपर्छ । किनभने उहाँद्धारा प्रतिपादित “नाम् म्योहो रेङ्गे क्यो” मा बुद्ध शिक्षाको मुल सारतत्व
समाविष्ट रहेकोले यो सबैभन्दा सर्वोत्कृष्ट शिक्षाको स्तोत्र रहेको छ । कलियुगमा
निचिरेन दाईस्योनिनको शिक्षालाई विश्वास गरी “नाम् म्योहो रेङ्गे क्यो” पाठ गरेमा र उहाँको शिक्षालाई लागु गरेमा शाक्यमुनी बुद्धले देखाउनु
भएको वास्तविक मार्ग पछ्याएको सरह हुनेछ ।
यो परिवर्तनशिल स्वरुपलाई उजागर गरी वास्तविक
बुद्धको स्वरुपलाई दर्शाउने कुरालाई सत्य बुद्ध शिक्षाको उत्पति भएको मानिन्छ
।
८. सादो रुजाई (निर्वासन)
¥यूनोकोउ मृत्युदण्ड घोषणा गरेको
निचिरेन दाईस्योनिनलाई सर्वप्रथम सजाए सुनाए बमोजिम सादोमा निर्वासन गर्ने निधो
भएको थियो । त्यसै अनुरुप १२७१ अक्टोबर १० तारिखको दिन सानो डुंगा चढाई सादोतिर
प्रस्थान गरिएको थियो । त्यसवेला विश्वव्यापी रुपमै कठोर प्रतिकुल मौसमले
निरन्तरता लिई रहेको थियो । अझ जाडो याम नजिकिएको उत्तरी सागर सादोको चिसोपना
अकल्पनीय थियो । तिव्र चिसो रहेको सादोमा दाईस्योनिनलाई राखिएको सानो निवासमा
मरेको व्यक्ति फाल्ने ठाउँलाई चुखाहारा भनिन्थ्यो सो निवासको छत पुरा नभएको, पर्खालहरु भत्केको, साथै खानेकुरा, लगाउने कुरा पनि सोचेको जस्तो उपलव्ध
नभएर ज्यान जोगाउन हम्मे भईरहेको थियो ।
तर पनि यस्तो कठिनाई तथा गंभिर स्थितिमा पनि
निचिरेन दाईस्योनिनको तेजस्वी शरीर एवं उहाँको मनोवललाई तोड्न सकेको थिएन ।
अर्को वर्ष १२७२ फरबरीमा दाईस्योनिनले
भविष्यवाणी अनुरुप आफ्नै देशभित्र गृहयुद्ध भई राष्ट्रको नाममा लेखिएको सावधानीको
लेख वास्तविकतामा परिणत भयो । साथै १२७४ मा मंगोलियाका दुतले पटक पटक सैनिक
शासकलाई धम्की दिईरहेको थियो भने अर्को तर्फ सुर्य र शुक्र ग्रह दुवै एक साथ
देखिएको रहस्यमय एवंम् अनौठो घटना हुन थाल्यो ।
यी घटनाहरुबाट सैनिक शासकले दाईस्योनिन्ले
पहिले वहाँले गर्नुभएको भविष्यवाणीले मेल खाएको देखेर वहाँलाई खामाकुरामा ल्याउने
निर्णय ग¥यो । यसरी निचिरेन दाईस्योनिन्लाई १२७४
फरबरी १४ तारिखमा २० वर्ष जतिको अवधिपछि सादो निर्वासनबाट मुक्ति दिन थाले ।
९. जीवनमा सफलता
खामाकुरामा फर्केपछि निचिरेन दाईस्योनिनले
दोश्रोपटक हेइजाएमोनइसंग भेट गर्नुभयो । हेइजाएमोनइले दाईस्योनिनलाई एकदमै
आदरभावका साथ स्वागत गरी पहिले भन्दा सकारात्मक परिवर्तन भई भविष्यमा मंगोलियाबाट
हुन सक्ने आक्रमणको संभावना सम्बन्धी प्रश्नहरु सोध्न थाले ।
त्यस सन्दर्भमा दाईस्योनिनले यस वर्षमै
मंगोलबाट आक्रमण गर्ने कुरा निश्चित छ, त्यसैले सकेसम्म चाँडै समय अनुकुलको धर्मलाई त्यागेर सत्य बुद्ध
शिक्षालाई सम्मानपूर्वक अपनाउनु पर्छ भनी, हेइजाएमोनइलाई शाकाबुकु गरे ।
त्यसैगरी सैनिक शासकले पनि जतिसक्दो छिटो गलत
शिक्षा र सिद्धान्तमा रहेको नेनबुचु, सिनगोन आदी धर्मलार्ई त्यागी संग सगै निचिरेन दाईस्योनिनको शिक्षालाई
लागु गरी देशमा शान्ति र सुरक्षाको लागि प्रार्थना गरौ भन्ने विचार गर्न थाले ।
अहिले सम्म सत्य धर्ममा विश्वास नगरेका सैनिक
शासक परिस्थितिले गर्दा दाईस्योनिनको शिक्षालाई विश्वास गर्ने भए । दाईस्योनिन पनि
सकेसम्म खामाकुरामा रहेर सैनिक शासकहरुलाई शाकाबुकु गरी सत्य शिक्षा फैलाउन चाहे
पनि फेरी पहिलेको जस्तै कुरा दोहोरिएर आउने सोचेर १२७४ मे २० तारिखका दिन
खामाकुरालाई छाडेर मिनोवु मन्दिरमा प्रस्थान गर्नु भयो ।
मिनोबुको मन्दिरमा प्रवेश गर्नु भएका निचिरेन
दाईस्योनिनले भविष्यको लागि अनुयायीहरु बनाउदै ठाउँ, ठाउँमा विश्वासीला अनुयायीहरुलाई शाकाबुकु गर्न थाल्नु भयो । यसको
लागि पनि उहाँले धेरै बाधा अड्चन सामना गर्नु भएको थिए ।
त्यसमध्येमा १२७९ फुजीनेचुबाराको विपत्ति सबै
भन्दा ठुलो विपत्ति थियो । जसमा २० जना विश्वासीकर्ता गिरप्तार गरियो, पछि खामीसिरोरा ३ जनालाई मृत्युदण्ड
दिइयो ।
निचिरेन दाईस्योनिनले त्यस शिक्षालाइ विश्वास
गरेका व्यक्तिहरुलाई कठिनाईमा परी जीवन
गुमाउनु परेकोमा दुःख महशुश गरी उनीहरुको आत्माले बोधिसत्व प्राप्त गर्न सकोस भनि
सोही वर्षको अक्टोबर १२ तारिखका दिन होनमोनखाइदान दाईगोहोन्जन स्थापना गनुभयो ।
१०. स्वर्गारोहण
सन १२८१ साल पुग्दा धेरै ठुल्ठुला समस्याहरु
भोग्दै आउनु भएका निचिरेन दाईस्योनिन लगभग ३० वर्ष जीवन मरण बीचको संघर्ष बिताउदै
आउनु भएकाले उहाँकोे शरीर क्रमश कमजोर हुँदै जान थाल्यो ।
१२८२ सेप्टेम्बरमा दाईस्योनिनलाई अनुयायीहरुको
अनुरोधमा हिताचीको तातोपानी(हर्ट स्प्रीङ्ग) मा उपचारको लागि मिनाबुसानमा लग्नु
भयो ।
तर त्यस समय सम्म उहाँको सम्पूर्ण इच्छाहरु
पुरा भएको र अन्तिम अवस्था नजिकिदै गरेकोले दाईस्योनिन मिनोबु शहर प्रस्थान गरी
आफ्ना धेरै अनुयायीहरु मध्ये सबैभन्दा विश्वासीसिलो अनुयायी निक्को स्योनिनलाई
छानी आफ्नो बुद्ध शिक्षा विस्तारको लागि मिनोबुको जिम्मेवारी हस्तान्तरण गर्नुभयो
।
यसरी दाईस्योनिनले आफ्नो अनुयायीलाई मिनोबुको
जिम्मेवारीपत्र हस्तान्तरण गरी मिनोबु
छाडेर तोउक्योउ इकेगामीको विश्वासी अनुयायी इकेगामी मुनेनाखाको निवासमा बास बस्न
थाल्नु भयो ।
हिताची प्रस्थान गर्ने बेलामा दुई तीन दिन आराम
गर्नु भएता पनि उहाँकोे शारिर झन झन कमजोर हुँदै जान थाल्यो ।
अक्टोबर १३ तारिखमा बिहान सबेरै मिनोबु
जिम्मेवारीपत्र सँग मिलाएर ईकेगामी जिम्मेवारी समेत दुवै पत्र निक्को स्योनिनलाई
हस्तान्तरण गरी निक्को स्योनिनलाई
उत्तराधिकारीको रुपमा स्थापित गनु भयो ।
यसरी सोही दिन अर्थात अक्टोबर १३ तारिखका बिहान
८ बजे निचिरेन दाईस्योनिनको स्वर्गारोहण भयो । उहाँ त्यसबेला ६१ वर्षको
हुनुहुन्थ्यो र मृत्युको समयमा पृथ्वी नै कम्पयमान हुनुको साथै बगैचामा बेमौशमी साकुराको फुल फुलेको थियो रे
भनिन्छ ।
११. निचिरेन शोशु
निचिरेन दाईस्योनिनको शिक्षा अहिले सम्म
निरन्तर अभ्यास हुदै आईरहेको छ । दाईस्योनिनको दोश्रो उत्तराधिकारीको रुपमा निक्को
स्योनिन एक पल्ट मिनोबुसानमा जानु भई सन १२८९को वसन्त ऋृतुको समयमा होनमोखाइदानको
दाईगोहोन्जन एवं सम्पुर्ण पवित्र बहुमुल्य समान सहित जापानको सबैभन्दा अग्लो पवित्र
पर्वत फुजि हिमालको फेदमा सार्नु भयो ।
सन १२९० अक्टोबर महिनामा सम्पूर्ण व्यक्तिहरुको
विश्वास रहेको केन्द्रिय स्थल सोउहोन्जान,फुजिताइसेकी मन्दिरको निर्माण गर्नु भयो ।
त्यसपछि निकोस्योनिनले धेरै अनुयायीहरु
मध्येबाट निचिमोकु स्योनिनलाई छान्नु भई तेश्रो उत्तराधिकारीको रुपमा उहाँलाई
आफ्नो शिक्षा हस्तान्तरण गर्नुभयोे । निचिमोकु स्योनिनले चौथो उत्तराधिकारीको
रुपमा निचिदो स्योनिन छान्नु भई आफ्नो शिक्षा हस्तान्तरण गर्नुभयोे र ७५० वर्षपछि
निचिरेन दाईस्योनिनको सत्य बुद्ध शिक्षा ६८औं पुस्ता निचिग्यो स्योनिन हुदै, कुनै परिवर्तन नभई अहिलेको अवस्थासम्म
आईपुग्न सकेको छ । सो शिक्षा नै अहिले हामीहरुले विश्वास गर्दै आएको निचिरेन शोशु
हो ।
No comments:
Post a Comment