Wednesday, September 9, 2020

बुद्ध र बुद्ध दर्शन ( भाग १)

 


बुद्धको जन्म र युग

प्रचलित सिंहली परम्परा अनुसार भगवान् बुद्धको परिनिर्वाण ई.पू. ५४४ मानिनएकोछ । यसै मान्यता  अनुसार मई१९५६मा निर्वाणबाट २५०० बर्षको पूर्ति स्विकार गरिएछ । अर्कोतिर, बुद्ध बिंबिसार र अजातशत्रुको समकालीन थिए एवं उनको परिनिर्वाणबाट २१८ बर्ष पछि अशोकको राज्याभिषेक भयो । यो तथ्य परिनिर्वाणलाई ई.पू. पाँचौ शताब्दीको प्रथम पादमा राखिन्छ इतिहासकार प्राय: यहि मतलाई स्विकार गरेको पाईन्छ ।
बुद्धको युग गहन विचारमंथनको युग थियो जब कि नाना ब्राह्मण र श्रमण आफ्नो विभिन्न मतहरु को प्रतिपादन गर्थे र बुद्धको खोज एवं उपदेशको सम्बन्ध यिन प्रचलित विचारधाराहरुबाट स्थापित गर्ने प्रयत्न इतिहासकारकोलागि स्वाभाविक हो । एक मत अनुसार जुन विचारधारा उपनिषदहरुमा उपलब्ध हुन्छ त्यसैको एक विकास बौद्ध दर्शनमा हेर्नुपर्छ । तर यो स्मरणीय छकि त्यस युगमा "ब्राह्मण" र "श्रमण" को पार्थक्स्य र्निविवाद देखिन्छ, यहाँ सम्म कि पतंजलिले "येषां च विरोध: शाश्वतिक: यस पाणिनीय सूत्रको व्याख्याको प्रसंगमा "अहिनकुलम्" को समान "ब्राह्मण श्रमणम्" को उदाहरण दिएको पाईन्छ । अत: पूर्वोक्त मत अनुसार बौद्ध दर्शनको मूललाई ब्राह्मण विचारधारा को अतंर्गत तर श्रमणबाह्य मान्न पर्छ भन्छन, जो प्रामाणविरुद्ध छ, अथवा श्रमण विचारधारालाई नै वैदिक ब्राह्मण विचारधाराको साथ मूल संलग्न मान्नुपर्छ, जो कि कम से कम जैन धर्मको अवैदिकताको अब निर्विवाद हुने कारण अस्वीकार्य छ । एक स्वतंत्र क्षत्रिय परंपराको उद्भावना असिद्ध छ। यो सत्य हो कि उपनिषदहरुमा, गीतामा, र बौद्ध एवं जैन आगमहरुमा अनेक क्षत्रिय शासक दार्शनिक चर्चामा भाग ग्रहण गर्छन तर उनको मत नाना छ एवं त्यसलाई वैदिक धर्मको अंतर्भूत अथवा श्रमण धर्मको अंतर्भूत गर्न सकिन्छ । अत:यस्तो लाग्छ कि यद्यपि महाश्रमण भगवान् बुद्धलाई मूलत: श्रमण समुदाय एवं परंपराको अंतर्गत मान्नपर्छ तथापि यो स्विकार गर्नमा कुनै दोष छैन कि केहि दिशाहरुमा उनको प्रतिपादन र उपनिषदहरुमा प्रवृत्तिसाम्यबाट तिनमा वैदिक प्रभाव सूचित हुन्छ ।

वैदिक धर्म मूलत: प्रवृत्तिमार्गी ियो, श्रमण संप्रदाय निवृत्तिमार्गी। निवृत्तिको प्राधान्य संसारवादको अभ्युपगममा आश्रित थियो। पक्षांतरमा प्राचीन वैदक धर्ममा संसारवाद अविदित थियो। उपनिषदहरुमा ज्ञानचर्चाको साथ केहि स्थलहरुमा संसारवाद आभासितस कारण य प्राय: प्रतिपादित गरिएकोछ कि उपनिषदहरुको यि स्थलहरुबाट नै निवृत्तिपरक धाराहरको उद्गम मान्नुपर्छ । अर्थात् सांख्य र योग, जैन और बौद्ध दर्शन सबैको मूल उत्स उपनिषदहरमा नै  कहीं न कहीं खोज्नुपर्छ स धारणाको पछि यो विश्वास छ कि बुद्ध भन्दा पूर्वतर युगको अथवा प्रतिनिधि चिंतन उपनिषदहरुमा संगृहीत। वस्तुत: यस प्रकारको ऐतिहासिक परिस्थितिहरुमा अनुपलब्धिबाट अभाव सिद्ध हुँदैन अत: यस्तो "आर्ग्युमेण्टम् एक्स सिलेन्शियो"लाई हेत्वाभास नै मान्नुपर्छ अर्कोतिर, जैन र बौद्ध सबै आफ्नो वैदिक श्रृण मान्नु स्थानमा आफ्नो आफ्नो आगम स्वातंत्रय नै घोषित गर्छ । पुरातात्विकहरुले सिद्ध गरिदिएकोछ कि  आर्य वैदिक परम्पराको पूर्व र अतिरिक्त एक सभ्यताको परम्परा ई.पू. तृतीय र द्वितीय सहस्त्राब्दिहरुमा भारतमा विदित थियो अतएव विभिन्न श्रमण परंपराहरुको अवैदिक अथवा आर्येतरीय मूल अब असंभव लाग्दैनस संभाव्यताको कारण यि परंपराहरको मूलको अवैदिकता आपातत: तत्तद आगमसिद्धयसको प्रमाणत: निराकरणको भार प्रतिवादीमा स्थिर हुन्छ

 

बुद्धको जीवनी

शाक्यमुनी बुद्धको जीवनको विषयमा प्रामाणिक सामग्री विरलस प्रसंगमा उपलब्ध अधिकांश वृत्तांत एवं कथानक परिवर्ती एवं भक्तिप्रधान रचनाहरुछन प्राचीनतम सामग्रीमा पालि त्रिपिटक को केहि स्थलहरमा उपलब्ध बुद्धको पर्येषणा, म्बोधि, धर्मचक्रप्रवर्तन एवं महापरिनिर्वाणको अल्प विवरण उल्लेख्य। य स्मरणीय कि दीधनिकायको महापदानसुत्तंतबाट सिद्ध हुन्छ कि यसै अवस्थामा बौद्धगणको आग्रह भगवान् बुद्धको जीवनचरितको  विस्तृत ऐतिहासिक संग्रहमा नभएर त्यस एक "धर्मता" अथवा सब बुद्धहरुको लागि एक अनिवार्य र नियत क्रमलाई प्रदर्शित गर्न सक्नुमा थियो स कारण गौतम बुद्धको जीवनी साहित्यमा ऐतिहासिक स्मृति बुद्धत्वको आदर्श बाट प्रेरित कल्पनाप्रतानहरुबाट त्यस्तै नै आच्छन्न भयो जसरी चातुर्मास्यमा अरण्यपथ। बुद्धको जीवनीको आधुनिक विवरण प्राय: पालिको निदानकथा अथवा संस्कृतको महावस्तु, ललितविस्तर एवं अश्वघोष कृत बुद्धचरितमा आधारित हुन्छ तर यि विवरणहरुको ऐतिहासिकता त्यहि सम्म स्विकार गर्न सकिन्छ जहाँ सम्म उन्को लागि प्राचीनतर समर्थन उपलब्ध छ भनिएकवछ । य उल्लेख्य छ कि एक नवीन मत अनुसार मूल विनयमा बुद्धको जीवनी र विनयको नियम,दुबै एक  संश्लिष्ट विवरणको अंग थियो । यि मत सर्वथा प्रमाणित नभए पनि संभाव्य

ई.पू. ६२४ लगभग शाक्यहरुको राजधानी कपिलवस्तुको नजिक लुंबिनी वनमा भगवान् बुद्धको जन्म प्रसिद्ध। वर्तमान नेपाल माछ । यहाँ प्राप्त अशोकको रुम्मिनदेई स्तंभलेखबाट ज्ञात हुन्छ "हिद बुधे जाते ति।" सुत्तनिपातमा शाक्यहरुलाई हिमालयको नजिक कोशलमा बस्ने गौतम गोत्र क क्षत्रिय  भनिएकोछ कोशलराजको अधीनमा भएपनि जनपद स्वयं एक गणराज्य थियो । कदाचित् गणको पारिषद् अथवा प्रमुख राजशब्दोपजीवी हुन्थे स प्रकारको "राजा" शुद्धोदन बुद्धको बुवा एवं महामाया उनको आमा भनेर प्रसिद्ध। जन्मको पाँच दिन राजकुमार बालकलाई "सिद्धार्थ" नाम दिईयो र जन्मसप्ताहमा महामायाकोिवगत हुनुको कारण उनक पालन पोषण उनको सानिआमा विमाता महाप्रजापती गौतमी द्वारा भयो । बुद्धको शैशवको विषय म प्राचीन सूचना अत्यंत अल्प राजकुमार सिद्धार्थको बत्तीस महापुरुषलक्षणहरुलाई देखेर असित ऋषिले उनक बुद्धत्वको भविष्यवाणी गरेकाथिए, यस्को अनेक वर्णन पाईन्छ यस्तै नै भनिएको छ कि एक दिन जामुनाको छाँयामा उन्लाई सहज रूपमा प्रथम ध्यान प्राप्ति भएकोथियो अर्कोतिर ललित-विस्तार आदि ग्रंथहरमा उनक शैशवको चमत्कारपूर्ण वर्णन प्राप्त । ललितविस्त अनुसार जब सिद्धार्थलाई देवायतन लगीयो देवप्रतिमाहरुले स्वयं उठेर उन्लाई प्रणाम गर्यो, उनक शरीरमा सब स्वर्णाभरण मलिन प्रतीत हुन्थ्यो, लिपिशिक्षक आचार्य विश्वामित्रलाई उन्ले ६४ लिपिहरुको नाम लिएर र गणक महामात्र अर्जुनलाई परमाणु-रज: प्रवेशानुगत गणनाको विवरण ले अपठ्यारोमा पारेकाथिए, र नाना शिल्प, अस्त्रविद्या, एवं कलाहरमा सहज-निष्णात सिद्धार्थको दंडपाणिको छोरी गोपा अर्थात यशोधरा सित परिणय सम्पन्न भयो । पालि तथ्याक अनुसार सिद्धार्थको पत्नी सुप्रबुद्धको छोरी पनि देखिन्छ उन्को नाम "भद्दकच्चना" भद्रकात्यायनी, यशोधरा, बिंबा, अथवा बिंबासुंदरी थियो भनिएकोछ । विनयमा उनलाई केवल राहुलमाता भनिएकोछ बुद्धचरितमा यशोधरा नाम दिईएकोछ । सिद्धार्थको प्रव्रजित हने भविष्यवाणीबाट भयभीत भएर शुद्धोदनले उनकोलागि तीन विशिष्ट प्रासाद बनाउन लगाएकाथिए - ग्रैष्मिक, वार्षिक, एवं हैमंतिक। यिनलाई रम्य, सुरम्य र शुभको संज्ञा पनि दिईयो जुन दृष्य आज पनि कपीलवस्तु तिलौराकोछमा जाँदा देखिन्छ । यि प्रासादहरुमा सिद्धार्थलाई व्याधि र जरा मरणबाट टाढा एक कृत्रिम, नित्य मनोरम लोकमाियो जहाँ संगीत, यौवन र सौंदर्यको अक्षत साम्राज्य थियो तर देवताहरुको प्रेणाले सिद्धार्थले उद्यानयात्रामा व्याधि, जरा मरण र परिव्राजकको दर्शन भयो र उनक चित्तमा प्रव्रज्याको संकल्प दृढ भयो । निश्चित कि सिद्धार्थको मनमा संवेग संसारको अनिवार्य दु:ख मा विचार गर्न उत्पन्न भयो

। निदानकथा अनुसार यसैमा समय उन्ले पुत्रजन्मको संवाद सुनर नवजातलाई राहुल नाम भनियो यसैमा अवसरमा प्रासादतिर जाँदै सिद्धार्थको शोभाले मोहित भएर कृशा गौतमीले उन्को प्रशंसामा एक प्रसिद्ध गाथा भनिन जस्मा निर्वृत्त (प्रशांत) शब्द आउँछ । सिद्धार्थलाई यस गाथामा गुरुवाक्यको समान गंभीर आध्यात्मिक संकेत प्राप्त भयो :

निब्बुता नून सा माता निब्बुतो नून सो पिता।
निब्बुता नून सा नारी यस्सायमीदिसो पती ति।।

निशीथको अंधकारमा सुतेकि पत्नी र छोरालाई छोड़ेर सिद्धार्थ कंथक घोडामा सवार भएर नगरबाट र कुटुंबजीवनबाट निष्क्रांत भएत्यस समय सिद्धार्थको उमेर २९ वर्ष थियो

निदानकथा अनुसार रात भरीमा शाक्य, कोलिय र मल्ल (राम ग्राम) यि तीन राज्यहरु पार गरेर सिद्धार्थ ३० योजन (१ योजनमा ४कोष हुन्छ  )को दूरीमा अनोमा नाम नदी किनारमा पुग्छ त्यहि  उन्ले प्रव्रज्याको उपयुक्त वेश धारण गरे र छंदक ( सेवक  )लाई विदा गरेर स्वयम् आफ्नो अनुत्तर शान्ति को पर्येषणा तिर अग्रसर भए। आर्य पर्येषणाको प्रसंगमा सिद्धार्थ अनेक तपस्विहरु सित विशेषत: आलार (आराड़) कालाम एवं उद्रक (रुद्रक) सित भेटे। ललितविस्तारमा अराड कालामको स्थान वैशाली भनिएकोछ जबकि अश्वघोषको बुद्धिचरितमा विंन्ध्य कोष्ठवासी भनिएकोछ । पालि निकायहरुबाट विदित हुन्छ कि कालामले बोधिसत्वलाई "आर्किचन्यायतन" नाम को "अल्प समापत्ति" सिकाए । अश्वघोष ले कालामको सिद्धांतहरुलाई सांख्यबाट सादृश्य प्रदर्शित भनेकोछ । ललितविस्तरमा रुद्रकको आश्रम राजगृहको नजिक भनिएकोछ । रुद्रक के "नैवसंज्ञानासंज्ञायतन" क उपदेशबाट पनि बोधिसत्व असंतुष्ट नै रहे । राजगृहमा उन्को मगधराज बिंबिसार सित भेट हुन्छ सुत्तनिपातको पब्बज्जसुत्त, ललितविस्तर र बुद्धचरितमा वर्णनछ । गयामा बोधिसत्वले विचार गरे कि जसरी गीलो भिजेको दाउराले आगो उत्पन्न हुँनसक्तैन, त्यस्तै नै भोगहरुमा भवको पेटमा ज्ञानको प्राप्ति हुन सक्तैन । अतएव उरुविल्वको नजिक सेनापति ग्राममा नैरंजनाको किनार रमणीय प्रदेशमा उन्ले कठोर तपश्चर्या (प्रधान)को निश्चय गरे तर अंततोगत्वा उन्ले तपलाई व्यर्थ ठानेर छोडिदिए यसमा उन्को साथ कौंडिन्य आदि पंचवर्गीय परिव्राजकहरुले उन्लाई तपोभ्रष्ट निश्चित गरे छोडिदिए । बोधिसत्वले अब शैशवमा  अनुभूत ध्यानाभ्यासको स्मरण गरेर ध्यान द्वारा ज्ञानप्राप्तिको यत्न  गरे स ध्यानकालमा उन्लाई मार सेनाको सामना गर्नुपर्यो, प्राचीन ग्रंथहरुमा उल्लखित। स्पष्ट नै मार घर्षणलाई काम र मृत्युमा विजयको प्रतीकात्मक विवरण बुझ्नुपर्छ । आर्य पर्येषणाकोैठौ बर्ष पूरा हुँदा वैशाख पूर्णिमामा बोधिसत्वलेम्बोधि(स्वयम् बोध ) प्राप्त भयो । रात्रिको प्रथम याममा उन्ले पूर्वजन्महरुको स्मृति रूपी प्रथम विद्या, द्वितीय याममा दिव्य चक्षु र तृतीय याममा प्रतीत्यसमुत्पादको ज्ञान प्राप्त गरे । एक मत अनुसार सर्वधर्माभिसमय रूप सर्वाकारक प्रज्ञा अथवा सम्बोधि को उदय भयो

म्बोधिको अनन्तर बुद्धको प्रथम वचनहरको विषयमा बुद्धघोष द्वारा समर्थित "अनेक जाति संसार संघाविस्सं पुनप्पुनं" आदि गाथाहरु विशेषत: उल्लेखनीय। संम्बोधिको म्भीरताको कारण शाक्यमुनी बुद्ध क मनमाहाँको उपदेश प्रति उदासीनता स्वाभाविक ियो । संसारी जीव त्यसम्भीर सत्यलाई कसरी बुझ्न सक्लाुन अत्यंत सूक्ष्म र अतर्क्य? शाक्यमुनी बुद्धको यस अनभिरुचिमा ब्रह्मालेहाँसित धर्मचक्र-प्रवर्तनको अनुरोध गरे जसमा दु:खमग्न संसारिहरुलाई हेर्दै शाक्यमुनी  बुद्धले त्यसलाई विकासको विभिन्न अवस्थामा पाउनुभयो

सारनाथको ऋषिपत्तन मृगदानमा भगवान् बुद्धले पंचवर्गीय भिक्षुहरुलाई उपदेश दिनुभएर धर्मचक्रप्रवर्तन गर्नुभयो स प्रथम उपदेशमा दुई अंतको परिवर्जन र मध्यमा प्रतिपदाको आश्रयणीयता भन्नुभयो यि पंचवर्गीयहरुको अनन्तर श्रेष्ठिपुत्र यश र उस्कोम्बंन्धी एवं मित्र सद्धर्ममा दीक्षित भए स प्रकार बुद्धको अतिरिक्त ६० अरु अरहन्त त्यस समयियो जस्लाई बुद्धले बिभिन्न दिशाहरुमा प्रचारार्थ पठमाउनुभयो वहाँ स्वयम् उरुवेलाको सेनानिगम तर जानुभयो । मार्गमा ३० भद्रवर्गीय कुमारहरुलाई उपदेश दिनुहुँदै उरुवेलामाहाँले तीन जटिल काश्यपहरुलाईहाँको एक सहस्त्र अनुयायिहरुको साथ चमत्कार र उपदेश द्वारा धर्ममािक्षित गर्नुभयो यसपछि राजगृह गएर वहाँले मगधराज बिंबिसारलाई धर्मकझ उपदेश दिनुभयो । बिंबिसारले वेणुवन नामक उद्यान भिक्षुसंघलाई उपहारमा दिनुभयो । राजगृहमै संजय नामको परिव्राजकका दुई शिष्य कोलित र उपतिष्य सद्धर्ममा दीक्षित भएर मौद्गल्यायन र सारिपुत्रको नाम ले प्रसिद्ध भए
उपदेश दिँदै भगवान् बुद्धले प्रति वर्ष जहाँ वर्षावास व्यतीत गर्नुभयो ति स्थानहरको सूची बौद्ध परम्परामा रक्षितस प्रकार - पहिलो वर्षावास वाराणसीमा, दोश्रो-चौथ राजगृहमा, पाँच वैशालीमा, ैठौ मंकुल गिरिमा, सात तावतिंरा (त्रयस्तिंश) लोकमा, आठ सुंसुमार गिरिको नजिक भर्ग प्रदेशमा, नवौँ कौशांबीमा, दस पारिलेय्यक वनमा, ग्याह्रौ नालाग्राममा, बाह्रौ वेरंजमा, तेह्रौ चालियगिरिमा, चौधौ श्रावस्तीमा, पंन्ध्रौ कपिलवस्तुमा, सोह्रौ आलवीमा, सत्र राजगृहमा, अठार चालियगिरिमा, उन्नाईसौ राजगृहमा, यस्को अनन्तर श्रावस्तीमा स प्रकार अस्सी वर्षके उमेर सम्म बुद्ध धर्मको प्रचार गर्दै भारतको उत्तर प्रदेश र बिहारको जनपदहरमा घूम्दै गर्नुभयो । श्रावस्ती मा वहाँको सर्वाधिक निवास २५ वास भयो त्यस पछि राजगृह, वैशाली र कपिलवस्तुमा

कोशलमा राजा प्रसेनजित् र रानी मल्लिका बुद्धमा श्रद्धालु थिए श्रेष्ठियहरुमा कोटिपति अनाथपिण्डक र विशाखा उपासक बने र उहाँले श्रावस्तीमा संघलाई क्रमश: जेतवन विहार र पूर्वाराम मृगारमातृ प्रासाद दान गरे । अग्निक भारद्वाज, पुष्कर सादी आदि कोसलको अनेक ब्राह्मणहरले पनि बौद्ध दर्शन स्विकार गरे । शाक्यगण पहिला बुद्धको थिएन तर फेरि भगवान बुद्धको चमत्कार देखेर रुचि परिवर्तित भयो । यद्यपि बुद्ध स्वयम् वैशालीको गणराज्यको विशेष प्रशंसक हुनुहुन्थ्यो, तथापि त्यहाँ निर्ग्रंथहरुको धेरै प्रभावको कारण सद्धर्मको प्रचार संकुचित रह्यो । मगधमा बिंबिसारको अनुकूलता कदाचित् सद्धर्मको प्रसारमा विशेष सहायक थियो किनकि यो विदित हुन्थ्यो कि यहाँको अनेक श्रेष्ठी र गृहपति बौद्ध उपासक भए । य उल्लेख्य छ कि महाप्रजापति गौतमी र आनन्को सिफारीसले भगवान् बुद्धले महिलाहरुलाई पनि संघमा स्थान दिनुभयो।

प्रसिद्ध महापरिनिर्वाण सूत्रमा परवर्ती परिवर्तनहरु भएपनि बुद्धको अंतिम पदयात्राको मार्मिक विवरण देखिन्छ भगवान बुद्ध त्यस समय राजगृहमा हुनुहुन्थ्यो जब मगधराज अजातशत्रु वृजि जनपदमा आक्रमण गर्न चाहन्थ्यो । राजगृहबाट भगवान बुद्ध पाटलि ग्राम हुँदै गंगा पार गरेर वैशाली पुग्नुभयो जहाँ प्रसिद्ध गणिका आम्रपालीले वहाँको भिक्षुसंघको साथ भोजन गराईन स समय परिनिर्वाणको तीन माहिना बाँकि थियो । वेलुवग्राममा भगवान्को वर्षावास व्यतीत गर्नुभयो  । यहाँनिर भगवान साह्रै कमजोर हुनुभयो र आनन्लाई शंका भयो कि संघलाई नभनि कतै भगवानको परिनिर्वाण न हो। बुद्धले भन्नुभयो भिक्षुसंघ मसित के चाहन्छ ? मैंले धर्मको निश्शेष उपदेश गरेकोछु.... मेरो यो इच्छा छैनकि ैले संघको नेतृत्व गरिरहुँ... अब  अस्सी वर्ष क वृद्ध हूँ.... तिमीलाई चाहिन्छ "अत्तुदीपा विहरथ अत्तसरणा अनंजसरणा धम्मदीपा धम्मसरणा अनञ्जसरणा"। वैशालीबाट भगवान् भंडग्राम र भोगनगर हुँदै पावा पुग्नुभयो त्यहाँ चुंद कम्मारपुत्तको आतिथ्य ग्रहणमा "सूकर मद्दव" खानाले भगवानलाई यंत्रणामय रक्तातिसार उत्पन्न भयो रुग्णावस्थामा नै वहाँले कुशीनगर तिर प्रस्थान गर्नुभयो र हिरण्यवती नदी पार गरेर भगवान शालवनमाुई शालरुखको बिचमा कोल्टे पर्नभयो । सुभद्र परिव्राजकलाई वहाँले उपदेश दिनुभयो र भिक्षुहरु सित भन्नुभयो कि उहाँको अनन्तर धर्म नै संघको शास्ता हुनेछ । स्यानो तिनो शिक्षापदहरुमा परिवर्तन गर्न अनुमति पनि भगवानले संघलाईिनुभयो र छन्न भिक्षुमा ब्रह्मदण्ड विधान बनाउनुभयो । पालि परम्पराको अनुसार भगवान्को अंतिम शब्द थियो "वयधम्मा संखारा अप्पमादेन संपादेथाति।"

परम्परा अनुसार बुद्ध प्रात: शरीर परिकर्मको अनन्तर भिक्षाचर्याको समय सम्म एकांत आसनमा बस्नु हुन्थ्यो। भिक्षाचर्या कहिले काहि एक्लै, हिले भिक्षुसंघको साथमा गर्नुहुन्थ्यो । श्रद्धालुहरुको निमन्त्रणमा तिनिहरुकोमा भोजन गरेर एवं उपदेश दिनुहुन्थ्यो फर्कदा भिक्षुहरुलाई उपदेश दिनुहुन्थ्यो र फेरि मुहूर्त भरी विश्राम गरेर दर्शनार्थिहरुलाई उपदेश गर्नुहुन्थ्यो । साँझ स्नान ध्यान क अनन्तर भिक्षुहरुको समस्याहरु समाधान गर्नुहुन्थ्यो, रातीको समय मध्यम याममा देवताहरुको प्रश्नोंको उत्तर दिनुहुन्थ्यो र रातीको अंतिम याममा केहि चंक्रमण र केहि विश्राम गरेरर बुद्ध चक्षुबाट लोकावलोकन गर्नुहुन्थ्यो

भगवान् बुद्धलाई प्राचीन संदन्दर्भहरुमा ध्यानशील तथा न र एकांतको प्रेमी भनिएकोछ वहाँको दया र बुद्धिस्वातंत्य विश्वविदितवहाँ अंधश्रद्धाको कट्टर विरोधी हुनुहुन्थ्यो र प्रत्यात्मवेदनीय सत्यको उपदेश गर्नुहुन्थ्यो वहाँको देशनामा जातिवाद र कर्मकाण्को स्थान हुन्थिएन

भवतु सब्ब मङ्गलम् ।

 सक्षिप्त भाग १ समाप्त

 

Top of Form

Bottom of Form

 

No comments:

Post a Comment