भगवान् बुद्धलाई
प्राचीन सन्दर्भहरुमा
ध्यानशील तथा न र एकान्त प्रेमी
भनिएकोछ । वहाँको दया र
बुद्धिस्वातंत्र्य विश्वविदित छ । वहाँ अंधश्रद्धाको कट्टर
विरोधी हुनुहुन्थ्यो र प्रत्यात्मवेदनीय सत्यको उपदेश
गर्नुहुन्थ्यो । वहाँको देशनामा
जातिवाद र कर्मकांडको स्थान थिएन ।
विद्या र आचरणले सम्पन्न
पुरुषलाई नै वहाँले सच्चा ब्राह्मण मान्नुहुन्थ्यो
। वहाँको देशना समाजको सबै वर्गहरुको
लागि ग्राह्य थियो र
बौद्धिकता, नैतिकता एवं आध्यात्मिकताको
प्रगतिमा एक विशिष्ट नया चरण थियो ।
बुद्ध देशना
भगवान् बुद्धको मूल
देशना के थियो, यसमा प्रचुर विवाद छ
भन्छन् विव्दानहरु ।
बौद्धहरुमा कालान्तरमा
बिभिन्न संप्रदायहरुको जन्म र
विकास भयो र ति सबै
आफूलाई बुद्ध सित
अनुप्राणित मान्छन । बुद्धवचन पनि विभिन्न
संप्रदायहरमा समान रूपले
संरक्षित देखिदैन र जति वहाँको
नामले
संरक्षित छ, विभिन्न भाषाहरु र
संप्रदायहरुमा, हीनयान ( थेरवार ) र
महायानमा, ति सबैलाई
बुद्धप्रोक्त कुनैपनि
इतिहासकार मान्न सक्तैन । स्पष्ट नै
बुद्धवचनको संग्रह र संरक्षणमा बिभिन्न
परिवर्तन र परिवर्धन अवश्य स्विकार
गर्नुपर्छ र त्यस्को
निष्पन्न रूपलाई एक
दीर्घकालीन विकासको परिणाम मान्नुको
अतिरिक्त ऐतिहासिक आलोचनाको समक्ष
र युक्तियुक्त विकल्प छैन ।
महायानिहरुले यस समस्याको
समाधानको लागि एक र दुई या
तीन धर्मचक्रप्रवर्तनहरुको
कल्पना गरे र अर्कोतिर
"विनयभेदान् देशनाभेद:" यस
सिद्धान्तको
कल्पना गरे । अर्थात् भगवान् बुद्धले स्वयम्
उपायकौशल्यबाट बिभिन्न प्रकारको धर्म
देशना गर्नुभयो । अधिकान्श
आधुनिक विद्वान् पालि त्रिपिटकको अन्तर्गत
विनय र सुत्त पिटकहरुमा संगृहीत सिद्धांतहरुको मूल
बुद्धदेशना मानन्छन् । केहि
विद्वान् सर्वास्तिवाद अथवा
महायानको सारांशलाई मूल
देशना स्विकार गर्न
चाहन्छन् । अन्य विद्वान् मूल
ग्रंथहरुको ऐतिहासिक विश्लेषणबाट
प्रारंभिक र उत्तरकालीन सिद्धांतहरुमा
अधिकाधिक विवेक गर्न चाहन्छन, जस्को विपरीत केहि अन्य
विद्वान् यस प्रकारको विवेकको
प्रयासलाई प्राय: असम्भव मान्छन
। मतभेद भएर पनि बिभिन्न
सांप्रदायिक र ऐतिहासिक परिवर्तनहरुको पछि मूल
देशनाको खोज नितान्त आवश्यक छ
किनकि यस मूल
संलग्नतामा नै आध्यात्मिक प्रामाणिकता
निर्भर छ ।
भगवान् बुद्धले
प्रचलित मागधी (पाली) भाषामा उपदेश
दिनुभयो र सबैलाई
यस्को अनुमति दिनुभयो कि ति उपदेशहरुलाई
आआफ्नो बोलीमा सम्झना राखोस । यस्तो
स्थितिमा बौद्ध दर्शन को प्रादेशिक
प्रसारको साथ यो
अनिवार्य थियो कि बुद्धवचनको
क्रमश: अनेक संग्रह प्रस्तुत होस। यसमा केवल
पालिको संग्रह नै अब
पूर्ण छ । अन्य संग्रहहरुको
केहि अंश मूलमा एवं केहि अनुवादहरुमा
नै पाईन्छ । यस
प्रकार पालि त्रिपिटिकको महत्व
निर्विवाद छ । यस्को
प्राचीनता पनि असंदिग्ध छ
किनकि ई.पू. प्रथम शताब्दीमा यस्को सुदूर सिंहलमा
लिपिबद्ध गरीएको थियो । तथापि यो स्विकार गर्नु
गाह्रो छ कि पाली मागधी
हो, साथै ही
अभिधर्म पिटकको बुद्धोत्तरकालीनता
आधुनिक विद्वानहरुमा
प्राय: निर्विवाद छ । विनय एवं सुत्त पिटकहरुमा प्राचीन र अर्वाचीन अंशहरको भेद
सर्वदा उपेक्षणीय छ । उदाहरणको
लागि विनयमा
प्रातिमोक्ष प्राचीन छ, संगीति
विवरण अपेक्षाकृत अर्वाचीन, सुत्तपिटकमा
सुत्तनिपातको अट्टक र पारायण वग्ग
प्राचीन छ, दीर्घको महापदान सुत्त अपेक्षाकृत अर्वाचीन छ। यो
कल्पना गर्नु उपयुक्त हवला कि भगवान्
बुद्ध ले गम्भीर
आध्यात्मिक सत्य तिर सरल, व्यावहारिक
र मार्मिक रीतिबाट
परिस्थितिको अनुकूल संकेत गर्नुभयो
र यि
सांकेतिक उक्तिहरुको संग्रह, व्याख्या, परिभाषा, वर्गीकरण
आदि द्वारा बिभिन्न सांप्रदायिक सिद्धान्तहरुको विकास भयो ।
बुद्धको युगमा अनेक
श्रमण परिव्राजक संसारलाई एक
दु:खमय चक्र मान्थे । यस
दृष्टिबाट बुद्ध सहमत हुनुहुन्थ्यो
र अनित्य संसारको द्वण्द्वात्मक
दु:खबाट युक्त भएर
आत्यंतिक शांतिलाई वहाँले स्वयम्
आफ्नो पर्येषणाको
लक्ष्य बनानुभयो । ध्यान द्वारा वहाँले
धर्मरूप परम सत्यको
साक्षात्कार अथवा सम्बोधि
प्राप्ति गर्नुभयो । यह पारमार्थिक धर्म तर्कको अगोचर
थियो र त्यस्को
दुई रूप निर्दिष्ट छ -
प्रतीत्यसमुत्पाद र निर्वाण।
प्रतीत्यसमुत्पादमा दु:ख प्रपंचको
परतंत्रता संकेतित छ र निर्वाणमा परम
शांति। अनित्य र परतंत्र नाग रूप (चित्त र शरीर)लाई आत्मस्वरूप सम्झना नै मूल
अविद्या हो र त्यहिबाट
तृष्णा एवं कर्म द्वारा संसारचक्र
अनवरत गतिशील रहन्छ । यस्को
विपरीत शील अथवा सत्कर्म, वैराग्य, एवं
प्रज्ञा संसारको हेतुपरम्पराको
निराकरण द्वारा निर्वाण तिर लैजान्छ ।
प्रज्ञा साक्षात्कारात्मक हुन्छ । चार
आर्य सत्यहरुमा मूलत: यही सन्देश
प्रतिपादित छ ।
एकातिर
भगवान् बुद्धले कर्मतत्वलाई मनोवैज्ञानिक विश्लेषण द्वारा
चित्तप्रसूत भनेर यो
प्रदर्शित गरिदिनुभयो कि
संसारवृक्षको बीउ मन नै हो -
"मनोपुब्बंगमा धंम्मा मनोसेट्ठा मनोमया" र अर्कोतिर मनको
अनित्यता र परतन्त्रता द्वारा त्यस्को
अनात्मता र हेयताको वहाँले स्पष्ट प्रतिपादन गरिदिनुभयो।
संसार चित्तमा प्रतिष्ठित छ र चित्त दु:ख, अनित्य
एवं अनात्मको लक्षणहरुबाट
परिगृहीत। मूलत: चित्तमा नैरात्म्य
बोध द्वारा चित्तोपशम नै
निर्वाण हो ।
प्रथम आर्य सत्यको
मीमांसा गर्दै बौद्धहरुले
त्रिविधदु:खताको प्रतिपादन
गरेकवछ - दु:ख
दु:खता जुन संवेदनात्मक स्थूल दु:ख हो, परिणाम
दु:खता जुन कि सुखको अन्यथाभावबाट
व्यक्त हुन्छ, एवं
संस्कारदु:खता जुन संस्कारहरुको संचलनात्मकता हो। यस संस्कारदु:खताको कारण नै
"सर्वं दु:खम्" यस
लक्षणको कतै पनि
व्यभिचार हुँदैंन । दु:खको
सूक्ष्म एवं विराट् रूपको
सम्यग्बोध आध्यात्मिक संवेदनशीलताको
विकसितहुँदा नै सम्भव हुन्छ ।
बौद्धहरु अनुसार
दु:ख सत्यको साक्षात्कार हुँदा
पृथग्जनको स्थिति छूटेर
आर्यत्वको उन्मेष
हुन्छ ।
द्वितीय आर्य सत्य प्रतीत्यसमुत्पादनै हो । प्रतीत्यसमुत्पादको अनेक
प्राचीन र नवीन व्याख्याहरु छ । केहि व्याख्याकारहरुले
प्रतीत्यसमुत्पादको मम कार्य-कारण-भावको बोध
एवं त्यस्को आध्यात्मिक
क्षेत्रमा प्रयोग भनेकोछ
। अविद्या-संस्कार-विज्ञान-नाम-रूप-षडायतन-स्पर्श-वेदना, तृष्णा, उपादान, भव, जाति, जरा, मरण यि
द्वादश निदानहरु अथवा कारणहरुको परम्परा
प्रतीत्यसमुत्पाद हो । एक
अन्य व्याख्या अनुसार प्रतीत्यसमुत्पाद शाश्वत र उच्छेद सदृश परस्पर
विरुद्ध अन्तको वर्जन
गर्ने मध्यम प्रतिपद् हो । यस
मध्यम प्रतिपद्को अर्थ
एकातिरर जगतको
प्रवाहरूपता गरिएकोछ र अर्कोतिर सबै वस्तुहरुलाई
अ-योन्यापेक्षता अथवा स्वभावशून्यता भनिएकोछ ।
स्पष्ट नै, यि र अन्य अनेक व्याख्याहरुमा एक
मूल अविश्लिष्ट भावको विविध
विकास देखिन्छ।
तृतीय आर्य सत्य दु:खनिरोध हो ।
यहाँ यो
प्रश्न स्वाभाविक छ कि
के निर्वाणको एक
अभावमात्र हो ? केहि
सौत्रांतिकहरुलाई छोड़ेर अन्य
बौद्ध संप्रदायहरुमा निर्वाणलाई भाव
रूप स्विकार
गरिएकोछैन । स्थविरवादी निर्वाणलाई
भावरूप मान्छन, । वैभाषिक
धर्मस्वभाव रूप, योगाचार तथा स्वरूप, र माध्यमिक
चतुष्कोटि विनिर्मुक्त शून्य स्वरूप। यति निस्सन्देह छ कि
निर्वाणमा दु:ख, क्लेश
कर्म र अविद्याको अभाव छ । निर्वाण परम शान्त र
परम अर्थ हो, असंस्कृत, निर्विकार र
अनिर्वचनीय छ । आध्यात्मिक
साधनामा जसै जसै चित्त शुद्ध, प्रभास्वर
र शान्त हुन्छ
त्यसै त्यसै त्यो निर्वाणको
अभिमुख हुन्छ । यस
साधनानिरत चित्तसंततिको अंतिम
अवस्था अथवा लक्ष्यप्राप्ति को
पूर्वावस्थाहरु अथवा सन्तति सम्बंन्ध स्थापित गर्न
सक्नु सम्भव
प्रतीत हुँदैन । यस
कठिनाईलाई टाढा गर्नको लागि अनेक उपायहरुको
आविष्कार गरिएकोथियो, तथा
वैभाषिकहरु द्वारा
"प्राप्ति" र "अप्राप्ति" नामको
विशिष्ट धर्महरुको कल्पना। वस्तुत: अन्तिम
अवस्थामा अनिर्वचनीयता
को आश्रमको
अतिरिक्त अरु कुनै उपाय
छैन ।
बौद्ध दर्शनमा आत्माको स्थानमा पांच
स्कंधहरुको अनित्य संघात स्विकार
गरिन्छ। पाँच स्कंध
- रूप, विज्ञान, वेदना, संज्ञा
एवं संस्कार हुन। स्कन्ध सन्ततिको पूर्वापद सम्बन्ध
प्रतीत्य समुत्पाद अथवा हेतु प्रत्ययको अधीनमाछ ।
अनुभवको घटक यि अनेक र
अनित्य तत्वमा कुनैपनि यस्तो स्थिर र समान तत्व छैन
जस्लाई आत्मा मान्न सकीयोस । यस्तो
स्थितिमा कर्ता र भोक्ताको बिना नै कर्म र भोगको सत्ता
मान्नुपर्छ । अथवा यो
भन्नुपर्छ कि कर्म र भोगमा नै कर्तृत्व र भोक्तृत्वलाई
प्रतिभासित अथवा अध्यास्त मान्नुपर्छ
। स्मृति एवं प्रत्यभिज्ञानलाई बुझाउनको
लागि यस
दर्शनमा केवल संस्कार अथवा वासनालाई पर्याप्त बुझीयो
। यस
प्रकारको नैरात्म्यलाई स्विकार गर्दा
निर्वाण अनुभवको अभावको
अतिरिक्त हुनै के सक्छ ? सांख्य, योग र
वेदांतमा चित्तनिरोध हुँदा आत्मा
स्वरूप प्रतिष्ठित हुन्छ, अर्थात्
अज्ञानको निवृत्ति हुनाले आत्म
ज्ञान प्राप्ति हुन्छ । प्रश्न यो छ कि
अनात्मवादी बौद्ध दर्शनमा
अज्ञान अथवा चित्तको निवृत्तिमा के शेष रहन्छ ? निर्वाण
प्राप्त कस्लाई हुन्छ ? यस्को एक उत्तर
यो हो कि सर्वं दु:खम्लाई मान्नुमार
निश्शेषतालाई नै श्रेयसी मान्नुपर्छ, यद्यपि
यसबाट असंतुष्ट भएर
वात्सीपुत्रीय योगाचार संप्रदायों मा
"पुद्गल" अथवा "आलय विज्ञान" को नामबाट एक
आत्मवत् तत्वको कल्पना गरीयो । बुद्धले स्वयम्
अनात्म तत्वहरको अनात्मत्व बनाउनुभएकोथियो न कि
आत्माको अनस्तित्व। वहाँले
यो भन्नुभएन कि आत्मा छँदैछैन । भगवानले
त केवल यो भन्नुभयो कि
रूप, विज्ञान, आदि
स्कंध आत्मा होईन । भगवान बुद्धले
संयुत्तनिकायमा स्पष्ट सोध्नाले
पनि आत्माको
प्रतिषेध गरेन, र न
तथागतको मृत्युको अनन्तर
अभाव भनियो । यो
स्मरणीय छ कि आत्माको अनन्त र
अपरिच्छिन्न हुनाले वहाँले अस्तित्वको पनि
ख्यापन गर्नुभएन किनकि साधारण अनुभवमा
"अस्ति" र "नास्ति" पद
परिच्छिन्न गोचरमा नै सार्थक हुन्छ । यसै
दृष्टिले आत्मा र निर्वाणमार
बुद्धको गंभीर अभिप्राय लाई
शाश्वत र उच्छेदबाट पर एक अतर्क्य माध्यमिक प्रतिपद् मान्नुपर्छ। यही वहाँकोके
आर्य मौन बाट राम्रैसित समंजस
हुनसक्छ।
चतुरआर्यसत्य या निरोधगामिनी प्रतिपद् प्राय:
आर्य अष्टांगिक मार्गको
अभिन्न प्रतिपादित छ। अष्टांगिक मार्गको अंग हों -
सम्यक् दृष्टि, .सम्मा
सकप्प (संकल्प), सम्मा वचन (वाक्),सम्म कम्म (कर्मां), .सम्मा आजीव, .व्यायाम, .सम्मा स्मृति र .सम्मा समाधि।
वस्तुत: यो अष्टक बोधपाक्षिक धर्महरको
संग्रह विशेष हो । प्राय:
३७ बोधिपाक्षिक
धर्म उल्लेखित छ । प्रकारांतरबाट शील, समाधि
र प्रज्ञा, यि तीनमा
आध्यात्मिक साधन संगृहीत हुन्छ ।
बुद्धघोषले "विसुद्धिमग्गो"मा यसै क्रमको आश्रय
लिएकाछन् । यो
स्मरणीय छ कि जुन क्रमले दु:ख
उत्पन्न हुन्छ उस्को विपरीत क्रमबाट
त्यो आपातत: निरुद्ध हुन्छ । दु:खको
कारणपरंपरा हो अविद्या: - क्लेश-कर्म जस्मा
उत्तरोत्तर स्थूल छ । दु:ख
निवृत्तिको परम्परामा पहिला शील
द्वारा कर्मको विशोधन हुन्छ,अनि समाधि अथवा भावना द्वारा
क्लेशप्रहाण, र अनि
प्रज्ञा अथवा साक्षात्कारको
द्वारा अविद्याको अपाकरण। यो अवधेय
हो कि शीलाभ्यासको पूर्व नै
सम्यग्दृष्टि आवश्यक छ ।
सम्यग्दृष्टि स्वयम् परोक्षज्ञानरूपा हो
तैपनि साधनको
दिग्दर्शिका हो । शील र समाधि दुबै नै संयमको रूप हों - स्थूल र सूक्ष्म, पहिलै कर्म
को परिष्कार हुन्छ , दोश्रोबाट क्लेशहरको तनूकरण। शीलमा सफलता
समाधिलाई सरल बनाउँछ, समाधिमा सफलता
शीललाई पूर्णता
प्रदान गर्छ । समाधिमा पूर्णता
हुनाले सम्यग्दृष्टिको स्थान प्रज्ञाले लिन्छ।
पटिसंभिदामग्ग
अनुसार शील चेतना हो, शील चेतसिक हो, शील
संवर हो, शील अव्यतिक्रम हो।
उपासकहरको लागि पांच-शील उपदिष्ट छ, अनुपसंपन्न
श्रामणेर हरको लागि दशशील विहित छ, उपसंपन्न
भिक्षुको लागि प्रातिमोक्ष संवर आदि
प्रज्ञप्त छ । पंचशीलमा
अहिंसा, अस्तेय, सत्य, अव्यभिचार
र मद्यानुपसेवन संगृहीत छ । यो
स्मरणीयछ कि पंचशील पंच विरतियहरको रूपमा
अभिहित छ, यथा प्राणातिपातबाट विरति, अदत्तादानबाट विरति इत्यादि। सिगालोवाद सुत्तंत आदि
मा उपासक धर्मको र धेरै
विस्तृत विवरण उपलब्ध हुन्छ ।
प्रव्रज्या प्राप्त गरेर
भिक्षु श्रामणेर भनिन्छ
र उस्लाई एक
उपाध्याय एवं आचार्यको
निश्रयमा बस्नुपर्छ । उस्को
लागि शीलमा १० विरतिहरु या
वर्जनाहरु संगृहीत छ - प्राणघातबाट, चोरीबाट, अब्रह्मचर्यबाट, झूठोबाट, मदिरा र नशालु वस्तुबाट , विकाल-भोजनबाट, नाच, गान सगीत, र
तमाशा हेर्नबाट, माला, वासनायुक्त गन्ध, विलेपन
र अलंकरणबाट, ऊँचो शैय्या र
बहुमूल्य शैय्याबाट, र सुन चाँदी
ग्रहण गर्नबाट । पिण्डपात, चीवर, शयनासन, ग्लान
प्रत्यय भेषज्य भिक्षुको चार
निश्रय भनिन्छ । यिनमा
क्रमश: अतिरिक्त लाभको
अनुमति भिक्षुजीवन र संघको
समृद्धिमा प्रगति सूचित गर्छ ।
भिक्षु जीवन र संगठनको नियम
विनयपिटकमा संगृहीत छ । यिनको
पनि एक विकास अनुमेय छ ।
प्रारंभिक अवस्थामा भिक्षुहरुको एकांत
जीवनमा अत्यधिक जोर थियो । पछि
क्रमश: आवासिक जीवन पल्लवित भयो । चातुर्दिश संघ प्राय: तीन योजन भन्दा अनधिक
सीमाको अनेक स्थानीय संघारामहरुमा
विभक्त थियो जस्मा गणतंत्रको
प्रणालीबाट कार्यनिर्वाह हुन्थ्यो
। एकत्रित भिक्षुसमूहमा
ऐकमत्य, उद्वाहिका, शलाकाग्रहण, अथवा
बहुमतबाट निश्चयमा
पुगिन्थ्यो ।
भिक्षु उपोसथको लागि
प्रतिपक्ष एकत्र हुन्थ्यो र त्यस अवसरमा
प्रातिमोक्षको पाठ
गरिन्थ्यो । प्रातिमोक्षको आठ
विभाग छ - पाराजिक, संघावशेष, अनियत, नैसर्गिक
पातायंतिक, पातयंतिक प्रतिदेशनीय, शैक्ष
एवं अधिकरण शमथ। यिनको अन्तर्गत
नियमहरको संख्या सबै
संप्रदायहरुमा समान छैन । तैपनि यो
संख्याभेद मुख्यत: शैक्ष धर्महरुको
परिगणनमा छ । शेष
वर्गहरमा संख्या प्राय: समान छ र
प्राचीन "दियट्ठसिक्खापदसत" को उल्लेखबाट समंजस छ ।
प्रत्येक वर्गको पाठ पछि सबैसित तीन पटक
सोधिन्थ्यो "के तपाईहरु यि दोषहरुबाट शुद्ध
हुनुहुन्छ ?" अपराधी भिक्षु आफ्नो
व्यतिक्रमको आदेशना
गर्थे र उस्मा उचित
प्रायश्चित्त अथवा दण्डको
व्यवस्था गरिन्थ्यो । वर्षावासको
आफ्नो नियम थियो र उन्को अनन्तर
प्रवारणा नामको पर्व हुन्थ्यो
।
संगीतिहरु र
निकाय
बौद्ध परम्परा
अनुसार परिनिर्वाणको अनन्तर नै
राजगृहमा प्रथम संगीति भएकोथियो र यस अवसरमा विनय
र धर्मको संग्रह
गरिएकोथियो। यस
संगीतिको ऐतिहासिकतामा
इतिहासकारहरुमा प्रसस्त विवाद
रह्यो तैपनि यस विषयको खोजको
वर्तमान अवस्थालाई यस संगीतिको
ऐतिहासिकता अनुकूल भन्नुपर्छ, यद्यपि यो शका हुन्छ कि यस अवसरमा कुन
कुन सन्दर्भ
संगृहीत भयो । दोस्रो संगीति परिनिर्वाण एकसय वर्ष
पछि वैशालीमा भयो जबकि
महावंस अनुसार मगध को राजा
कालाशोक थियो। यस समय
सद्धर्म अवंन्तीबाट
वैशाली र मथुराबाट कौशांबी सम्म फैलिएको
थियो । संगीति वैशालीका
भिक्षुहरु द्वारा प्रचारित १०वस्तुहरुको
निर्णयकोलागि भएकोथियो । यि १० वस्तुहरु - शृंगि-लवण-कल्प, द्वि
अंगुल-कल्प, ग्रामांतरकल्प, आवास-कल्प, अनुमत-कल्प, आचीर्ण-कलप, अमंथित-कल्प, जलोगीपान-कल्प, अदशक-कल्प, जातरूप-रजत-कल्प।
यि कल्पहरुलाई
वज्जिपुत्तक भिक्षु विहित मान्थे र उन्लर्
आयुष्मान् यशको विरोधको
तिरस्कार गरे । यसमा यशको
प्रयत्नले वैशालीमा ७०० पूर्वी र पश्चिमी
भिक्षुहरुको संगीति भयो
जस्मा दशै वस्तुहरुलाई
विनयविरुद्ध ठहराईयो । दीपवंस अनुसार
वज्जिपुत्तकहरुले यस निर्णयलाई स्विकार नगरि
स्थविर अर्हंतहरु बिना
एक अन्य "महासंगीति" भयो, यद्यपि
यो स्मरणीय छकि यस प्रकार को विवरण
कुनै विनयमा
उपलब्ध छैन । कदाचित् दोस्रो
संगीतिको अनन्तर कुनै समय
महासांघिकहरको विकास एवं संघभेदको
प्रादुर्भाव मान्नुपर्छ ।
दोस्रो
संगीतिबाट अशोक
सम्मको अन्तरालमा १८ विभिन्न बौद्ध संप्रदायहरको
आविर्भाव भनिएकोछ । यि
संप्रदायहरुको आविर्भावको क्रम सांप्रदायिक परम्पराहरुमा भिन्न
भिन्न रूपले दिएकोछ । उदाहरणको
लागि दीपवंस अनुसार पहिला
महासांधिक पृथक् भयो । त्यस्को कालान्तरमा
एकब्बोहारिक र गोकुलिक, गोकुलिकहरुबाट
पञ्जत्तिवादी, बाहुलिक र चेतियवादी। अर्कोतिर थेरवादिहरुबाट
महिंसासक र वज्जिपुत्तक निस्कयो ।
वज्जिपुत्तकहरुबाट धम्मुत्तरिय, भद्दयातिक, छन्नगरिक, एवं
संमितीय, तथा महिंसासकहरुबाट धम्मगुत्तिक, एवं
सब्बत्थिवादी, सब्बत्थिवादियहरुबाट
कस्सपिक, त्यसबाट
संकंतिक, र संकंतिकहरुबाट
सुत्तवादी। यो विवरण थेरवादियहरको
दृष्टिबाट हो । अर्कोतिर
सर्वास्तिवादिहरुको दृष्टि वसुमित्रको
समचभेदोपरचनचक्रमा संगृहीत छ । यस्को
अनुसार महासांधिक तीन शाखाहरमा
विभक्त भयो । एकव्यावहारिक, लोकोत्तरवादी
एवं कौक्कुलिक। पछि त्यसबाट बहुश्रुतीय र
प्रज्ञप्तिवादिहरुको आविर्भाव भयो, तथा
बुद्धाब्दको दोस्रोरे शतक समाप्त हुँदा
त्यसबाट चैत्यशैल, अपरशैल
र उत्तरशैल शाखाहरु निस्क्यो । अर्कोतिर
स्थविरवादी सर्वास्तिवादी अथवा हेतुवादी, तथा
मूलस्थविरवादी निकायहरुमा
विभक्त भयो । मूल स्थविर नै हैमवत भनियो । पछि
सर्वास्तिवादिहरुबाट वात्सीपुत्रीय, महीशासक, काश्यपीय, एवं सौत्रांतिकहरुको
आविर्भाव भयो । वात्सीपुत्रीयहरमा
धर्मोत्तरीय, भद्रयाणीय, सम्मतीय, एवं
षण्णगरिक निकाय उत्पन्न भयो, तथा
महीशासकहरुबाट धर्मगुप्तहरको
आविर्भाव भयो । यि र अन्य
सूचिहरु हेर्दा यति निश्चित हुन्छ कि केहि
प्रमुख नैकायिक धाराहरु दोस्रो
बुद्धाब्द शतीमा प्रकट भयो । यिनमा
महासांधिकहरु अनुसार बुद्ध र बोधिसत्वहरको जन्म
सर्वथा लोकोत्तर हुन्छ ।
बुद्धको स्वभाव र सबै धर्म
लोकोत्तर छ । त्यसको
लोकवत् प्रतीयमान व्यवहार केवल लोकानुवर्तन छ । तिनको
रूपकाय, आयु र प्रभाव अमित छ । तिनको
शरीर अनास्त्रव धर्महरुबाट
निर्मित छ । ति
शाश्वत समाधिमा स्थित रहन्छ र त्यस्को शब्द
केवल प्रतीत हुन्छ । महासांधिक
प्रकृतिभास्वर चित्तलाई
असंस्कृत धर्म मान्थे । त्रिपिटकको
अतिरिक्त तिनमा संयुक्त पिटक र धारणीपिटक पनि विदित
थियो । यो
प्राय: स्वीकार गरिन्छ कि महासांधिक धाराले
महायानको आविर्भावमा विशेष
भाग ग्रहण गर्यो । महासांधिकहरको आग्रह एकातिर बुद्ध
र बोधिसत्वको अलौकिकतामा
थियो, अर्कोतिर अर्हतहरको परिहाणीयतामा । तिनको एक
शाखाको नाम नै
लोकोत्तरवादी थियो र यिनको एक
प्रमुख ग्रंथ "महावस्तु" सुविदित
महासांधिक, वात्सीपुत्रीय, सर्वस्तिवादी
एवं स्थविरवादी, यि चार
प्रमुखतम निकाय थियो । युवान् च्वांगले
यिनको विहार बामियाँमा
पाईएकोथियो र तारानाथले उतिनको पाल
युगमा सत्ता सूचित
गरेकवछ । आँध्रदेशमा
महासांधिकहरको विशेष विकास भयो ।
अमरावती र नागार्जुनीकोण्ड को
अभिलेखहरुमा तिनको "चैत्यक",
"पूर्वशैलीय", "अपरशैलीय"
आदि निकायहरको नाम पाईन्छ
। महासांघिकहरुको यि
प्रभेदोहरुलाई बुद्धघोषले पनि
"अंधक" अथवा अंध्रक
भनेकोछ ।
परम्परा अनुसार कथावत्थुको रचना मोग्गलिपुत्त तिस्सले
अशोककालीन तृतीय बौद्ध संगीतिको अवसरमा
गरेकाथिए । सिंहली
परम्परा आफूलाई मूल र
प्रामाणिक स्थविरवादको परम्परा
मान्छ जस्लाई अशोकको
प्रयत्नले सिंहल सम्म पुगाएर
प्रतिष्ठित गरे । यस परम्परा अनुसार
अशोकले आफ्नो समयमा संघको दुरावस्था
देखेर मोग्गलिपुत्त तिस्सको प्रमुखतामा
पाटलिपुत्रमा एक संगीति को आयोजन
गर्यो जस्मा
स्थविरवाद (विभज्यवाद)को
स्थापना भयो तथा अन्य विरोधी मतहरको खण्डन गरियो । संघबाट ति
भिक्षुहरको पनि निष्कासन भयो
जस्को दृष्टि एवं शीत अशुद्ध थियो । यस प्रकार अशोकको
प्रयत्नहरुबाट संघ पुन: शुद्ध एवं
समग्र भयो । परम्परा
अनुसार अशोकले धर्मप्रचारको
लागि बिभिन्न विहार, एवं
स्तूप बनाउन लगाए । साथै मोग्गलिपुत्तको
नेतृत्वमा संघ ले
बिभिन्न दिशाहरुमा धर्मको
प्रचारको लागि विशेष
व्यक्तिहरुलाई पठाए । कश्मीर गंधारको
लागि मज्झंतिक पठाईयो , महिषमंडलको
लागि महादेव, वनवासीको
लागि रक्खित, अपरान्तको
लागि योनक धम्मरक्खित, महारट्ठको
लागि महाधम्मरक्खित, यवनहरुमा
महारक्खित, हिमवत्प्रदेशमा
मज्झिम, काश्यपगोत्र, मूलदेव, सहदेव
र दुंदुभिस्सर, सुवण्णभूमिमा सोण र
उत्तर, ताम्रपर्णीमा
महेंद्र, "इठ्ठिय", उत्तिय, संबल र
भद्दसाल। यो उल्लेखनीय छ कि साँची
र सोनारीको स्तूपहरुबाट प्राप्त अभिलेखहरुमा
"सत्पुरुष मौद्गलीपुत्र", हैमवत
दुंदुभिस्वर, सत्पुरुष मध्यम, एवं "सर्वहैमवताचार्य
काश्यपगोत्र" को नाम पाईन्छ
जसबाट यस साहित्यिक परम्पराको
समर्थन हुन्छ । अर्कोतिर अशोकले
आफ्नो अभिलेखहरुमा तृतीय
संगीतिको स्पष्ट उल्लेख
देखिदैन । अशोक जुन धर्मको
प्रचारको उल्लेख गर्छ
उसलाई बौद्ध दर्शन मान्नु पनि सरल छैन । अशोकको धर्म
आपातत: सबै धर्महरुको सार लाग्छ
। यस कारण इतिहासकारहरुको यो
प्रापित उक्तिको अशोकको
प्रयत्नहरुबाट मगधको एक स्थानीय धर्म विश्व धर्म बन्यो
भन्ने देखिन्छ । बुद्ध दर्शनको प्रसार मूलत: स्वयं संघ को
प्रयत्नहरको परिणाम थियो, यद्यपि
यस प्रक्रियामा
एकाधिक महान् शासकहरुले उचित योगदान दियो।
राष्ट्रको मूल धर्म शासकहरुको अनुसार हुने रहेछ भन्ने ससारकाशासकहरुलाई हेरेर
बुझ्न सकिन्छ । नेपालमा गैर बौद्धहरुले शासन गर्न थाले देखि बौद्ध धर्मलाई नष्ट
गर्न लागेको ईतिहाँसले देखाएकोछ जस्को कारणले देशमा अशान्ति र कलहले जडा गाडेकोछ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment