केहो
यो आर्यआष्टाङ्गिक मार्ग भनेको ? शाक्यमुनी
बुद्धले पञ्चभद्दीयलाई प्रथम उपदेश दिएर धर्मचक्र प्रवर्तन गर्दा चतुरर्याय सत्यको
मार्ग सत्यको बारेमा दिनुभएको विस्तृत हो ।यो मार्गको अवलम्बन गर्दा मानिसले सुख
उपभोग गर्नपाउंछ । जसरी डाक्टरले लेखिदिएको औषधी लिएर खाएमा रोग निको हुन्छ ।
यस मार्गलाई तिन भागमा बिभाजन गरिएकोछ शील,समाधि र प्रज्ञा ।
शीलमा तीन अङ्ग ,समाधिमा तीन अङ्ग र प्रज्ञामा दुई गरेर आठ अङ्ग भनिएकोछ । शीलबाट समाधि र समाधि
बाट प्रज्ञा विकसित हुन्छ ।
शील अन्तरगत तीन अङ्गहरुः वास्तवमा साधारण देखि असाधारण मानिसले
शील सदाचारको पालन गर्न पंचशीलको पालन गरेमा निम्न तिन कर्म पूरा हुन्छ ।
१) प्राणी
हिंसा नगर्ने शिक्षा पद ,२,झुठो नबोल्ने
शिक्षा ३, चोरी नगर्ने वा अरुले नदिई न लिने शिक्षा पद,४, मदिरापान नगर्ने शिक्षा पद र ५, व्यभिचार नगर्ने शिक्षा पद ।
-१) सम्मा वाचा
-सम्यक वचनः
-२) सम्यक कर्मः
-३) सम्मा आजिव-सम्यक आजिविका
-१) सम्यक वचनःविशेष गरि अरुको हित हुने गरि मैत्रिपूर्वक
गरिने कुरा मात्र गर्नु र आफ्नो र अरुको पनि अहित नहुने गरि नबोल्नु । सम्यक वचनमा
झूठो कुरा बोल्नुलाई वर्जित गरिएको छ ।
आफुले बोलेको शव्द यस्तो निस्कोस कि अरुलाईलाई शितलता
मिलोस र सत्य बोध होस अनि परिवारमा सुख शान्ति छाओस । यसैलाई सम्यक वचन भनिन्छ । यस्मा
पनि नगर्ने चार वाचिक कर्म छन् । झुठ बोल्नु ,चुक्ली गर्नु
,कठोर वचन बोल्नु,अनावश्यक कुरा गर्नु । यि असम्यक
वचन हुन् .
-२) सम्यक कर्मःशरीरबाट गरिने शुर्द्धकर्मलाई सम्यक कर्म
भनिन्छ । शरीरले ठीक कर्म नगरिंदा अरुलाई र आफैलाई हानी हुन पुग्छ । शरीरबाट गरिने कर्म लोकहितकारी होस् । शरीरबाट
चार अकुशल कर्मबाट टाढीन'पर्छ । प्राणी हिंसा,कुटपीट,चोरी वा अरुलेले नदिई नलिनु ,परस्त्रि प्रति
व्यभिचार खराब विचार गर्नु वा असंयमी र मादक पदार्थ सेवन । यी कर्म मानिसबाट प्रायः
सचेत नभई अचेत हुंदा अकुशल कर्म हुन जान्छ । क्षणीक मनोरन्जन वा क्षणीक आनन्द प्राप्तीको
लागि आफ्नै शरीरलाई लाभ नभई हानी हुने कर्म गर्दछन् ।
३) सम्यक आजिविकाःपरिवारको भरण पोषण गर्दा पाप रहित कर्म अर्थात आफ्नो जिविकोपार्जनको लागि अरुलाई हानि
नोक्सानी नपुगाई आफुमा आश्रतिहरुको भरणपोषण गर्नु ।१ मादकपदार्थ वा लागुपदार्थको
व्यापार ,२ प्राणी हिंसा गरि मासुको व्यापार र मानिसको व्यापार,३जनताको सेवा कार्यमा लागेकाले प्रलोभनमा परि अनैतिक शुल्क लिनु
४,हिंसा हुने गरि हात हतियार शस्त्रको व्यापार गर्नु ,अर्काको सम्पत्तीमा आक्रमण गरि
लिनु,चोर्नु,ठग्नु अर्थात यि व्यवसाय बाहेक
अन्य र असल व्यापार गर्नु हो तर आज भोली विशेष गरि यसैमा बढी फाईदा हुने हुंदा यसैको
व्यापार व्यवसाय गर्दछन्। ।
समाधि अर्न्तर्गत तीन अङ्गहरुः
क) सम्यक
व्यायामः-ख) सम्यक स्मृतिः
सम्यक समाधिः-४० सम्यक व्यायामः ठिक कुरामा ठिक सित प्रयत्न गर्नु अर्थात कुशल कर्ममामा
ध्यान दिनु हो ।यस अन्तरगत
चार कुरामा प्रयत्नशील हुनुपर्छ यो मानसिक व्यायाम हो । मानसिक व्यायामले मान्छेलाई
असल कर्मतिर बल पुगाउंछ ।अकुशल भावना त्यागि कुशल
भावना उत्पन्न गर्नु,अकुशल भावनालाई उत्पन्न हुन नदिनु ।कुशल भावनालाई फेरी उत्पन्न गर्नु ।उत्पन्न
भई नसकेको कुशल भावनालाई उत्पन्न गर्न प्रयत्न गर्नु । अर्थात अरु प्रति सकारात्मक
भावनाको विकास गर्नु तर आज भोली ठिक विपरित भई रहेकोछ । यो सरल छैन तर यस्कै अभ्यास
गर्नु सम्यक व्यायाम हो ।
५) सम्यक स्मृतिःराग,व्देष बिहीन आलम्बन भएको घटनामा एकाग्र चित्त भई ठिक तरिकाले जान्नु वा अनुभव
गर्नु सम्यक स्मृति हो । यस्मा चार
तरिकाले स्मृति राख्न सकिन्छ ।
क) कायानुपश्यना-
काय( शरीर )लाई यथाभुत हेर्नु जे शरीरबाट हुन्छ त्यसलाई सचेत भएर हेर विचार
गर्नु -ख) वेदनानुपश्यना -सम्बेदनालाई
यथाभुत हेर्नु अर्थात जे भैरहेकोछ त्यस्लाई यथाभुत महसुस गर्नु ।आंखा चिम्लेर एक छिन
आफ्नो शरीरमा जे भैरहेकोछ त्यसलाई महसुस गरौं शरीरमा कतै न कतै केहि न केहि परिस्थिति
भैरहेको हुन्छ । जस्तै- टाउको चिलाउनु,सुलसुल
हुनु चिसो हुनु तातो हुनु पट्याइ लाग्नु -ग)त्तानुपश्यना -चित्तलाई यथाधुत हेर्नु चित्तमा के भैरहेको छ चित्त अथावा मनले के सोंचि रहेकोछ
चित्त या त भूतकालमा हुन्छ या भविष्यमा हुन्छ । भूतमा भएमा बिगतमा भएका कार्यको समीक्षा
गर्न थाल्छ या पछुताउंछ रीसाउंछ या आनन्दित हुन्छ । भविष्यको बारेमा चित्त गएमा बिभिन्न
योजना बनाउंछ । यसो गर्छु उसो गर्छु यसो भन्छु उसो भन्छु -घ)
धर्मानुपश्यना-स्वभाव धर्मलाई यथाभुत हेर्नु आफुबाट
अरुको निम्ति संधै असल सोंच्नु धर्मानुपश्यना हो जस्तै जस्तै सबैको जय होस सबैको मङ्गल
होस,सबै सुखि होउन्,सबै रोग र शोक बिहिन
होउन । राज्य सत्ता संचालक अर्थात सरकारले जनताको हितको निमित्त सम्यक स्मृति राख्न
नसकिएमा राज्य संचालन गर्नु योग्यता ठहर्दैन ।
६)सम्यक समाधिःराग,व्देष बिहीन
आलम्बन भएको घटनामा एकाग्र चित्त भई ठिक तरिकाले मनलाई वशमा लिनु वा नियन्त्रण गर्नु
सम्यक समाधि हो । उदाहरणको लागि कुनै स्वादिष्ट वस्तु खाईयो अहा कस्तो स्वादिष्ट अरु
खान पाए हुन्थ्यो फेरि खान पाए हुन्थ्यो भनेर चित्त बनाउनु राग हो । अर्को उदाहरणमा
कुनै राम्रो परिस्थिति भयो मानो कुनै पद प्राप्ती भयो र हषिर्त भएर पदमै आसिन भैरहने
चाहना हुनु राग हो । सुखद परिस्थितिमा गदगदे नहुने दुःखद परिस्थितिमा पछुताएर दुखि
नहुने परिस्थिति बनाउनु सम्यक समाधी हो । शील सदाचार ठिक भएमा समाधि ठिक हुन्छ अन्यथा
यो सफल हुन सक्दैन । संधै झुठ बोल्न वा हिंसा गर्नेको समाधी राम्रो हुन सक्तैन ।
समाधिलाई अर्कै वर्गले अर्कै अर्थ लगाउंछ जस्तै जल समाधि थल
समाधि अर्थात समाधि धेरै प्रकारका छन् । समथ भावना र विपश्यना भावना मूख्यतः दुई प्रकारको
समाधि उल्लेख्यछ । निवरण ध्यानलाई समथ ध्यान र नामरुपको अनित्यता,दुःख,अनात्मा र अशुभ आदिलाई
प्रज्ञा दृष्टिले देख्नु वा नामरुपको उत्पत्ति र विनाशलाई विपश्यना ध्यान भनिन्छ ।
विपश्यनाको अर्थ आफैले आफैलाई विशेष गरि हेर्नु नै विपश्यना भनिएकोछ । यसै बाट सम्पूर्ण
क्लेशलाई नष्ट गरि जरा जन्म व्याधि र मरणको बन्धनबाट मुक्त रहेको निर्वाण समेतको साक्षत्कार
गर्न सकिन्छ । यसैलाई सम्यक समाधि भनिएकोछ । संसारमा सबै वस्तु,जिव र परिस्थिति अनित्य छ सबै परिवर्तनशील छ । पल पल परिवर्तन भैरहन्छ। जस्तै
मानिस वा कुनै प्राणीको जन्म हुन्छ विस्तारको क्रम बढदै जान्छ हेर्दा हेर्दै परिवर्तन
हुंदै जान्छ , दुधे वालक खेल्न रुन थाल्छ हांस्न थाल्छ,बामे सर्छ,हिंडन थाल्छ । एवम् प्रकारले युवा हुन्छ प्रौढ
हुन्छ बृद्ध हुन्छ र मृत्यु हुन्छ ।
प्रज्ञा अन्तरगत दुईइ अङ्गहरुछन्
-क) सम्यक दृष्टिः
-ख) सम्यक संकल्प
७) सम्यक दृष्टिःअनावश्यक दृष्टि विचारलाई त्यागि यथार्थ ज्ञान हुनु देखिएको वस्तुलाई यथार्थ
रुपमा देख्नु जान्नु ,परमार्थ सत्यको कर्म गरेपछि त्यसको फल प्राप्ती
हुन्छ भन्ने कुरालाई मनन् गर्नु माथिका चार्य आर्यसत्यको ज्ञान हुनुलाई नै सम्यक दृष्टि
भनिएकोछ ।
८) सम्यक संकल्पःअसल,लोकहितकारी विचार र धारण लिनु त्यस रुपले चिन्तन
मनन गर्नु सम्यक संकल्प हो । यस्ले अनावश्यक विचार वा नकारात्मक विचारलाई रोकिदिन्छ वा
विस्थापित गरिदिन्छ । मैत्री चित्त अर्थात अरुको संधै भलो चिताउन चाहे जुनसुकै प्राणी
किन नहोस,करुणा सबै प्रति दया गर्नु,मुदिता
अर्थात अरुको खुसिमा खुसि अरुको दुःखमा दुखि हुने र उपेक्षायुक्त विचार र संकल्प भरेर
हामीलाई निर्वाण तिर उन्मुख गर्राईदिन्छ । यहि नै सम्यक संकल्प भनिएकोछ । यहीनै आर्य आष्टाङ्गकि मार्ग
हो । यो मार्गको अनुशरण गर्नाले मान्छे अवश्य दुःखबाट मुक्त हुन्छ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment