कौवा यस्तो पंक्षीहो यस्को बारेमा बिभिन्न जनश्रुति सुन्न पाईन्छ
नचिन्ने पनि बिरलै हुन्छ यो पंक्षी जहाँ पनि देखिन्छ ।
कौवा हाम्रो समाजमा सन्देश बाहकको रुपमा चिनिन्छ हेर्दा यो नराम्रो
कालो देखिन्छ । यदि यो नराम्रो चरा कुनै प्रकार को दुर्घटना नभए कौवाको जीवन २४०
बर्ष मानिन्छ ।
कौवालाई त हाम्रो देशमा तिहारको पहीलो दिनमा कौवा पूजा गर्ने चलनछ ।
* कौवा नथाकेर धेरै टाढा सम्म मीलौं उड़न सक्छ ।
* जहिले पनि बाक्लो रुखमा आफ्नो गुंड बनाउंछ ।
* इराकमा कौवालाई समातेर तांबाको पिंजरामा राखेर राम्ररी खना खुवाएर
राखिन्छ। त्यसपछि त्यसलाई रक्सी पिलाईन्छ ।
इराकमा मानिन्छ रक्सी पीएपछि झूमदै कौवाले सही भविष्यवाणी गर्छन रे ।
* यि मान्छेहरु उसको भाषा बुझेर आफ्नो भविष्यवाणिहरुको लेखा-जोखा बनाउंछन
।
* जुनदिन दिन कौवाको मृत्युहुन्छ त्यो दिन एकताबद्ध भएर उसको साथीहरु
धरै बेर सम्म काँ काँ कराएर त्यो भोजन पनि गर्दैन ।
कौवा दैनिक हाम्रो दैनिक जीवनमा अप्रत्यक्ष रूपले कतै न कतै जोडीएकोछ
। तैपनि हामी यस पंक्षीलाई तुच्छ मान्छौं । तैपनि श्राद्ध पक्षमा सर्वप्रथम खीरमा
चोपेर रोटी खुवाउने पनि चलनछ । चाड पर्बहरुमा खानेकुराहरु सबै भन्दा अघि कोवालाई
दिने चलनछ । कौवाको बारेमा धेरै उखान पनि छ जस्तै मान्छे बाठोछभने कौवा भन्दा बाठो
भन्ने चलनछ । कौवाको फुल चोर्ने । कौवा यस्तो पंक्षी हो कि उस्को गुँड भएको रुखमा
कोही मान्छेवा जनावर गएमा सारा कौवाहरु कराएर अत्याईदिन्छन् ।
पुरानो जमाना देखिनै एक परम्परा चल्दै आएकोछ कि यदि कसैको टाउकोमा
कौवा बस्यो भने त्यो आफ्नो नातेदारलाई झूठो पत्र लेख्छ कि उस्को मृत्यु भयो । यस
प्रकारको खबर सुनेर परिवारजन शोक गर्छन । त्यहि दिनमा अर्को पत्र लेख्छ खबर
निराधार हो कौवा
टाउकोमा बसेकोले यस्तो खबर दिएको हो भनेर ।
भनिन्छ कि यस प्रकारको खबर उड़ाउनाले उसमाथि आईपरेको विपत्ति टल्छ ।
कौवा जब हाम्रो नजिकै कुनै हरीयो रुखमा बसेर हामीतिर फर्केर करायो भने कुनै शुभ
सन्देश आउंछ भनेर बुझ्छौं जब घरको छतमा
कराउंछ, तब कुनै पाहुना आउंदैछ भनेर बुझ्छौं । तर कुनै सुकेको रुखमा करायो
भने अशुभ समाचार सुनिन्छ भन्ने चलनछ प्रायः सत्य सिबत भएको पाईन्छ । यसलाई
अन्धविश्वास मान्नेहरुको कमि त छैन ।
कौवाको अंण्डाको संख्याले पनि शुभाशुभको भविष्यवाणी गर्न सकिन्छ
भन्ने चलन पनि सुनिन्छ ।
यदि कौवा (मादा) एकै मात्रै अण्डा पारेमा, यसलाई
कारूण भनिन्छ । यसले राम्रो वर्षा र राम्रो फसल पैदावारको संकेत मान्नुपर्छरे । यसले
जनतामा प्रसन्नता हुन्छ किनकि समयमा बर्षा भयो खेतीपाती सप्र्यो भने स्वभाविक हो
खुशि छाउनु।
यदि दुई अंण्डा पारेमा, यसलाई अग्नि भनिन्छ ।
यस्तो अवस्थामा थोरै बर्षा हुन्छ । खेतोमा राखेको बीउ अंकुरित हुंदैन, प्रजा
पनि दुखी हुन्छन् ।
तीन अंण्डा पारेमा वायु भनिन्छ । योपनि शुभ संकेत मानिंदैन । फसललाई
पशु-पक्षी नष्ट गरिदिन्छन रे ।
कौले यदि चार वटा पारेमा, यसलाई इन्द्र भन्ने
चलन पनिछ। यसलाई अत्यंत शुभ मानिन्छ । यात्राहरुमा विचार, यात्रा गर्नु
भन्दा अघि कौंवालाई दही-चामलको भोग लगाउनाले यात्रा सफल हुन्छ भन्ने चलन छ ।
यदि कौ बायाँ तिरबाट आएर भोगको
ग्रहण गरेमा त यात्रा निर्विघ्न संपन्न हुन्छ भनिन्छ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment