Saturday, October 13, 2012

चुम्बकीय उपचार प्राकृतिक चमत्कार ( जीवनकुमार शाक्य) D.Mag.



चुम्बकीय चिकित्सा पद्दतिलाई हेर्नेहो भने हाम्रो देशमा झारफुकेहरुले प्रयोग गरेको पाईन्छ । चुम्बकमा फलामलाई आफुतिर तान्ने शक्ती हुन्छ भनेर सबैलाई थाहानै छ र चुम्बकले उत्तरी ध्रुब र दक्षिणी ध्रुब छुट्याउंछ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । हाम्रो शरीरको रगतमा लौहतत्व हुने कुरा पनि सर्बिबिदितैछ । शरीरका लौहतत्व निस्कृय हुनाले बिभिन्न रोगहरु उत्पन्न हुन्छ भन्ने सिद्धान्छ त्यसैले चुम्बकलाई शरीरमा स्पर्ष गरेर रगतमा भएको लौहतत्वलाई सकृय गराएर उपचार गरीने पद्दती नै  एक चिकित्सा पद्धति हो। यस्को दुई पद्धतिहरु प्रचलित छन्- साधारण बिधी तथा स्थानीय बिधी ।
दायाँ बायाँ हात्केला र खुट्टाको पैतलामा लगाउने साधारण बिधी हो ।
को अनुसार उत्तरी ध्रुव तथा दक्षिणी ध्रुको चुम्बकहरु निर्धारित चुम्बकीय गौज शक्तिको उत्तरी ध्रुब र दक्षिणी ध्रुबको एक जोड़ा िएर शरीरको विद्युतीय सहसम्न्धको आधारमा सामान्यतया उत्तरी ध्रुवको चुम्बकको प्रयोग शरीरको दायाँ भागमा, गाडिगमा र उत्तरी भागमा गरीन्छ, जबकि दक्षिणी ध्रुवको चुम्बकको प्रयोग शरीरको बायाँ भागमा, पीठ्यूमा तथा तल्लो भाग भागमा स्पर्ष गरीन्छ साधारण तरीकामा पेटको माथिल्लो भागकव लागि हत्केलामा र पेट नाईटो भन्दा तल्लो भागको लागि पैतलामा स्पर्ष गरीन्छ ।
स्थानीय उपचारको लागि रोग लागेको स्थानमै स्पर्ष गरीन्छ । यो एक अटल नियम चुम्बक लगाउने बिधि पश्चिमपट्टी फर्केर लगाउनुपर्छ,  स्थानि प्रयोगको अवस्थामा रोग संक्रमण, पिडा, सूजन आदिमा धेरै ध्यान दिईन्छ राम्रो परिणाम हासिल गर्नको लागि जब रोग अथवा उसक प्रसार शरीरको माथिल्लो भाग अर्थात्‌ नाईटो देखि माथि भए चुम्बकलाई हत्केलामा लगाईन्छ, जबकि शरीरको तल्लो भागमा अर्थात्‌ नाईटो भन्दा तल भएको रोगहरुको लागि चुम्बकलाई पैतलामा
स्थानि प्रयोग
मा चुम्बकहरुलाई त्यस स्थानमा लगाईन्छ, जहाँ रोगले पिडा भएकोछ, स्तै- घुँडा खुट्टा, नाक , आँखा पिठ्युं यसमा रोगको तीव्रता तथा रूपको अनुसार एक, ुई र यहाँ सम्म तीन चुम्बकहरुको प्रयोग पनि गर्न सकिन्छ तर आँखा नाक कानको लागि स्यानो सेरामिक चुम्बक लगाईन्छ ।
जस्तै घुँडा तथा घाँटीमा बेस्सरी दुखेकोछ भनेुबै चुम्बकहरु अलग-अलग घुँडामा तथा तेश्रो चुम्बकलाई घाँटीमा दुखेको स्थानमा लगाउन सकिन्छ तर टाउको दुखेको छभने टाउकोमा शक्तिशाली चुम्बक लगाउनुहुंदैन सेरामिक चुम्बक लगाउनुपर्छ । सम्बेदनशील स्थानमा शक्तीशाली चुम्बक लगाउनुहुंदैन । जस्तै छाती कन्चट तालुमा ।
चुम्बक चिकित्साक लाभ
चुम्बकीय चिकित्साको लागि साधारणतया ३ किसीमको चुम्बकहरु आवश्यक पर्छ १ शक्तीशाली चुम्बक जो कम्तिमा २५०० गौज शक्तिको हुन्छ जो १५ बर्षको माथिको लागि प्रयोग गरीन्छ । २ मझौला चुम्बक जो १५०० गौज शक्तिको हुन्छ १५ बर्ष भन्दा तल ५ बर्षका बालक बालिकाको लागि प्रयोग गरीन्छ । चुम्बकको उपचार बिशेषगरी पक्षघात रोग तथा यौन सम्बन्धी रोगको लागि प्रभावकारी साबित भएकोछ । चुम्बकको प्रयोग बहान खाना खानु भन्दा अघि नास्ता पछि प्रयोग गर्नु लचभकारी हुन्छ । चुम्बकले शरीरमा भएको रगतलाई चुम्बकत्व भएर रक्तसंचार मा सुधार हुन्छ सुरुमा कम्तिमा १० मिनेट समयसम्म चुम्बक लगातार शरीरमा स्पर्ष गर्नु पर्छ।
उदाहरणको लागिः
 १ शरीरको दाहिने भागमा पक्षघात भएकोछ भने पश्चीमपट्टी फर्केर काठको कुरसीमा बस्ने पैतलामा काठके पटरा हुनुपर्छ । उत्तरी ध्रुबको चुम्बक दायाँ हत्केलामा र दक्षिणी ध्रुबको चुम्बक दाहिने खुट्टाको पैतलामा कम्तिमा १० मिनेट र बढीमा ३० मिनेट सम्म लगाउनुपर्छ ।
२ घुँडा दुखेकोमा घुडामा दायाँ बायाँ लगाउनु पर्छ ।
 उत्तरी ध्रुबको चुम्बकले ईन्फेक्ट्ठन हटाउने र पिडा निको गर्छ तथा दक्षिणी ध्रुबको चुम्बकले शरीरमा शक्ती प्रदान गर्छ । चुम्बकीय शक्तीको कारणले थकावट र दुर्बलता हटाउंछ,जस्ले रोगीले शीघ्र स्वास्थ्य लाभ गर्छ र शरीरको प्रत्येक अंङ्गकोिड़ा र सूजन पनि हटाउंछ चुम्बकीय शक्ति औलोकिक छ भनेमा पनि अत्युक्ति हुंदैन किनकि विद्युतको शक्तिभन्दा पनि शक्तीशाली हुन्छ । विद्युतीय शक्ती कुचालकमा कुनै असर पर्दैन तर चुम्बको शक्ती कुचालकमा पनि असर गर्छ । छालाको संक्रामक रोगको चिकित्सामा जुन चुम्बकको उपयोग भएकोछ, त्यस्को सफाई गर्नुपर्छतरपातलो कपडा माथिबाट प्रयोग भएकोछभने चुम्बकको सफाई आवश्यक पर्दैन ।
पायल्स रोगमा पनि अति लाभकारी हुन्छ । उत्तरी ध्रुबको शक्तीशाली चुम्बक गुददारमा सपर्ष गरेर दैनिक कम्तीमा २ पटक १५।१५ मिनेट लगाउनाले एक हप्ता भित्रै निर्मूल हुन्छ ।
चुम्बकीय पानी र चुम्बकीय तेल
चुम्बक नियमित प्रयोग गरे जस्तै चुम्बकीय पानी दैनिक पिउनु नित्तान्त आवश्यकछ । चुम्बकीय पानी बनाउन शक्तिशाली दुई ध्रुबको चुम्बक माथि दुई भाडामा २४ घण्टा राख्ने । यस प्रकार चुम्बकीय् पानी तयार हुन्छ । दिनको चार पटक सम्म ५० मिली पानी पिउनाले रक्त संचारमा सुधार खाना पाचन हुने भोक लाग्ने अनिद्रा हट्ने हुन्छ । यौन सम्बन्धी रोगको लागि उत्तरी ध्रुबको पानीले सफाई गर्ने दाँत दुखेकोमा वा किरा लागेकोमा उत्तरी ध्रुवको पानी प्रयोग गर्ने ।
 दुखाईको ठाउंमा तेल मालिस गर्न तेलालाई १५दिन चुम्बकीय बनाएमा दुखाई आराम गर्न प्रभावकारी हुन्छ । चुम्बकीय पानी दक्षिणी ध्रुब र उत्तरी ध्रुबको मीसाएर पिएमा सम्भोग शक्तिलाई उर्जा प्रदान गर्छ । चुम्बकीय दुध पनि तयार गर्न सकिन्छ । दुधलाई २।३ घण्टा अघि दुबै चुम्बक माथि छुट्टा छुट्टै राखेर पछि मिसाएर पिउनाले स्फुर्ति प्रदान गर्छ ।
योनी चिलाएमा वा कुनै खटीरा भएमा उत्तरी ध्रुबको पानीले सफाई गरेमा लाभ हुन्छ ।
 चुम्बकों को छनोट र स्थिति
काठको कुर्सीमात्रै प्रयोग गर्ने । चुम्बकको स्थिति स प्रकार हुनुपर्छकि उत्तरी ध्रुवको उत्तर दिशा तर्फ तथा दक्षिणी ध्रुव दक्षिण दिशा तर्फ हुनुपर्छ यसले चुम्बकको क्षेत्र पृथ्वीको चुम्बकीय क्षेत्रको समानान्तर हुनुपर्छ र चुम्बक धेरै प्रभावशाली बन्दछ  चुम्बक लगाउंदा रोगीको अनुहार पश्चिम तिर फर्केको हुनुपर्छ, जस्ले उस्को शरीरको दाहिन भाग उत्तर तर्फ बायां भाग दक्षिण तिर हुन्छ
चुम्बक प्रयोगमा सचेतता
चुम्बक प्रयोगको समय
चुम्बकको प्रयोग गर्न बिहान र साँझ उपयुक्त हुन्छ । चुम्बक दायाँको लागि र माथिल्लोभागको लागि मा उत्तरी र बाँया तथा तल्लो भागको लागि दक्षिणी ने हुनु आवश्यकछ चुम्बक प्रयोग गर्ने बित्तिकै २ घण्टा सम्म नुहाउनु हुंदैन एक घण्टा सम्म खाना खानु हुंदैन दिनभरी काम गरेर साँझ थकाई हुन्छ अतः ५० मिली चुम्बकीय पानी २५०० गौज शक्तीको चुम्बक १५ मिनेट प्रयोग गर्नु लाभकारी हुन्छ ।  ढाड दुख्नेको लागि चुम्बकीय बेल्ट पनि पाईन्छ ।
  • केहि सचेत हुनुपर्नेकुराहरु
. चुम्बकको प्रयोग गर्दा चीसो पेय पदार्थ पटक्कै प्रयोग नगर्ने
 भोजन गर्ने बित्तिकै २ घण्टा सम्म चुम्बकीय उपचार नगर्ने यदि भोजन गर्ने बित्तिकै उपचार लिएमा बान्ता हुने र अन्य सम्स्या हुन सक्छ भोजन पछि पनि तुरुन्त लगाउनु हुंदैन खानाको पाचन कार्यमा बाधा हुनाले समस्या हुन्छ
. गर्भवती महिलाले शक्तिशाली चुम्बक प्रयोग नगर्ने, किनकि कहिले काहिं गर्भपात हुनसक्छ। आवश्यकता भएमा मझौला  र सेरामिक अल्प शक्तिको चुम्बक प्रयोग गर्न सकिन्छ,तर गर्भाशय भन्दा टाढा राख्नुपर्छ
बच्चाहरुलाई चुम्बकीय पानी ठूलो मान्छेलाई जस्तै ५० मिली नदिएर २५ मिली मात्रै दिनुपर्छ
. शक्तिशाली चुम्बकहरु विरोधी ध्रुवहरुको एक-अर्काको नजिक आउन दिनुहंदैनआयोभने झ्याप्प औंला च्याप्पिन्छ र टासीएको चुम्बक छुटाउन पनि गाह्रो हुन्छ
. उपचार क समयमा शरीरबाट घडी गहना निकाल्नु पर्छ किनकि चुम्बकत्वको शोषण हुन्छ र घडी बिग्रन सक्छ चुम्बको निजक घडी तथा गहनाहरु पनि राख्नु हुंदैन ।
. जब चुम्बक प्रयोग गरींदैन तब चुम्बलाई धारक राखेर काठको माथि राख्नुपर्छ भुईंमा राख्नाले वा खसाल्नाले चुम्बकको शक्ती खेर जान्छ तथा शक्ति कम हुंदै जान्छ
9. चुम्बकलाई फलामको डब्बा दराजमा नराख्ने, काठको डब्बामा राख्नुपर्छ
१०. चुम्बकमा पानी पर्नुहुंदैन यदि परेमा खिया लागेर खराब हुन्छ, त्यसै गरी शरीरमा चुम्बक गाउंदा पसीना हुनुहुंदैन वा हात पानीले भिजेको हुनुहुंदैन ।
११. चर्मरोगहरको उपचार गर्दा चुम्बकलाई सोझै सम्पर्क नगरेर बिचमा पातलो कपडा लगाउनु पर्छ।
उपचारको लागि चुम्बको बिशेष व्यवस्था गरीएको हुन्छ । तैपनि आफैले चाहे पनि निर्माण गर्न सकिन्छ । साउण्डमा लाग्ने चुम्बकलाई पनि प्रयोग गर्न सकिन्छ । चुम्बकीय उपचार सम्बन्धमा मैले अध्ययन तथा अनुभव हांसिल गरेको हुंदा निशुल्क सल्लाह प्रदान गर्न सकिन्छ ।
भवतु सब्ब मङ्गलम ।

No comments:

Post a Comment