१, बोधि बृक्ष
केलाई भनिन्छ ?
जुन रुखमुनि बसेर सिद्धार्थ बवधिस्त्वले
बोधिज्ञान प्राप्त गर्नुभइ बुद्ध हुनुभयो त्यस रुखलाई बोधिबृक्ष भनिन्छ ।
बोधिबृक्ष भनेको पीपलको रुख हो तर सबै सबै पीपलको रुखलाई बोधिबृक्ष भनिंदैन । केवल
बुद्धले ज्ञान प्राप्त गर्नुभएको पीपलको रुखलाई मात्रै बोधिबृक्ष भनिन्छ । पीपलको
आयु सामान्यतःनिकै धेरै हुने गर्दछ । २२, २३ सय बर्ष अघिसम्मको बोधिबृक्ष अद्यावधिसम्म
जीवितै रहेको बौद्ध देश श्रीलंकाको अनुराधपुरमा जीवन्तछ । सम्भवतः श्रावस्तीमा
बुद्धकालिन पीपलको रुख जहां बसेर बुद्धले उपदेश दिनु भएको थियो अहिले सम्म जीवन्त
रहेकोछ ।
२, पञ्चभद्वर्गीय कसलाई भनिन्छ ?
भगवान बुद्धलाई नामाकरण गर्ने समयमा अवश्य यिनि
भविष्यमा बुद्ध हुनेछ भनेर ठोकुवा गर्ने कान्छो ब्राम्हण कोण्डन्यको न्तृत्वमा
प्रवज्जित भएका ५ जना ब्राम्हणहरुलाई नै पञ्चभद्रवर्गीय भनिन्छ । सिद्धार्थ
बोधिसत्वले बुद्ध हुनु अघि ६ बर्षसम्म दुष्करचर्या गरी तपश्या गरिरहनुहुंदा
तिनिहरुले नै उहाँलाई आवश्यक सेवा गरिरहेका थिए । पछि सिद्धार्थले दुष्कर चर्या
त्यागेर मध्यममार्ग लाग्दा "सिद्धार्थको तप भ्रष्त भयो"भनी ती
पञ्चभद्रवर्गीयहरुले सिद्धार्थलाई छोडेर सारनाथमा अलग्गै बस्न गएका थिए । उनिहरुका
ना हुन् _ कोण्डन्य, वप्प, महानाम, भद्दीय र अस्सजित।
३ गौतम बुद्धलाई किन भगवान भनिएको ?
गौतम बुद्धलाई भगवान भनिन्छ । उनलाई कुनै
देवता भएर भगवान भनिएको होईन । भाग्यगुणले
सम्पन्न भएको कारणले गर्दा नै उहाँलाई भगवान भनिएको हो । ति भाग्यगुण यस प्रकारछन्
- १, इस्सरीय आफ्नो मन
आफूले भनेसरी हुने भाग्य २, धम्म राम्रो धर्मले परिपूर्ण हुने भाग्य ३, यस परिवार तथा
यशकीर्ति सम्पन्न हुने भाग्य ४, सिरि श्रीशोभाले सम्पन्न हुने भाग्य ५, काम आफूले चिताएसरि
पूरा गर्नसक्ने भाग्य र ६, पयत्त ठूलो उत्साह र पराक्रम हुने भाग्य ।
४,दशबल तथागत भनेको के हो ?
भगवान बुद्धलाई यी गुण बिशेषताहरु भएकोले कारणले
उहाँलाई दशबल तथागत भनिन्छ १, स्थान अस्थानको ठीक ज्ञान हुने २, कर्म र कर्मफलाई
राम्ररी जान्ने ३, सम्यकज्ञान हुने ४, ब्रम्हाण्डलाई जान्ने ५, बिभिन्न प्राणीहरुको ज्ञान हुने ६, अरुहरुको इन्द्रीय
शक्त्तीलाई जान्ने ७, क्लेश निर्मूल पार्न सक्ने ८, पूर्वजन्म थाहा हुने ९, सबैको सुगति दुर्गति
जान्ने र १०, निर्वाणलाई साक्षात्कार गर्ने ।
५ स्रोतापत्तिफल भनेको के हो ?
दुःखमुक्त्त निर्वाणको स्रोतमा पुगेको फेरि
कुनैपनि हालतमा दुर्गति पतन नहुने र बढीमा ७ जन्म भित्रमा निर्वाणमा पुग्ने आर्य
मार्गफलमा प्रतिष्ठित हुनुलाई स्रोतापत्तिफल भनिन्छ । यो फल प्राप्त गरेका
व्यक्त्तीमा बुद्ध धर्म र संघ प्रति अटल श्रद्धा हुन्छ भने शील कहिल्यै बिगार्दैन
। साथै मनभित्रका ३ क्लेशहरु पनि नाश गरिसकेको हुन्छ -
१, सत्कायदृष्टि (म, मेरो भन्ने अहंभाव)
२,
विचिकिच्छा ( अनावश्यक शंका
उपशंका) र
३, शीलब्रत परामर्श (
अन्धविश्वास)
६ बुद्ध
कति प्रकारका हुन्छन् ?
तीन प्रकारका हुन्छन् ।
१
श्रावक बुद्धःअरुको उपदेश सुनेर बोधिज्ञान प्राप्त गर्ने श्रावक बुद्ध हुनको लागि
बुद्धको उपस्थिति जरुरीछ जस्तो सारीपुत्र महास्थवीर मोद्गल्यान महास्थवीर कोण्डन्य
महास्थवीर आदि भिक्षुहरु श्रावक बुद्ध हुन् ।
२
प्रत्येक बुद्धःस्वयम्ले बोधिज्ञान अवबोध गरी बुद्ध हुने तर अरुलाई नबुझाउने ।
३ सम्यक
सम्बुद्धःस्वयमले बोधिज्ञान प्राप्त गर्ने र अरुलाई पनि बहुजन हिताय बहुजन सुखायको
निमित्त प्रचार गर्दै बुझाउने सर्बज्ञ बुद्ध जस्तो शाक्यमुनी भगवान बुद्ध सम्यक
सम्बुद्ध हुनुहुन्छ
No comments:
Post a Comment