तथागत बुद्ध हिंसाको बिरोधी थिए , तर न्यायको
पक्षमा थिए | जब क़हिल्यै न्यायको लागि, हिंसा आवश्यक हुन्छ वहाँ तथागत
बुद्धले अनुमति दिनुभएकोथियो ।
तथागत बुद्ध र सिंह सेनापति
(वैशाली कमाण्डर)को कुराकानी सम्बाद
सिंह सेनापतिले तथागत बुद्ध सित
सोधे
"भगवन, अहिंसाको
विचारको प्रचार र प्रसार गर्छन,यस्को मतलब भगवन यो चाहन्छ कि
अपराधिहरुलाई दण्डित नगर्ने ?
हाम्रो बच्चाहरुको रक्षा, पत्नीको सम्मान
, प्रतिष्ठाको
रक्षा र संपत्तिको रक्षाको लागि हामी युद्धमा नजाने ?
अहिंसाको नाममा हामी अपराधीबाट
हानि र नोक्सान सहने ? यदि युद्ध सत्य र न्यायको लागि
होभने पनि भगवन सबै प्रकारको युद्धलाई मनाही गर्छन् ?
तथागत बुद्धले सिंह सेनापतिलाई
उत्तर दिनुभयो "
तिमिले मेरो सल्लाहको गलत अर्थ
लगाएकाछौ ,अपराधीलाई
दण्डित गर्नुपर्छ तर निर्दोषलाई मुक्त गर्नुपर्छ ।न्यायाधीश एक आपराधिक सज़ाए दिनु
हिंसा गर्नु होईन,सज़ाए कारणको लागि अपराधीको अपराध
जिम्मेदार हो । न्यायाधीश हिंसाको लागि जिम्मेदार होईन ,केवल न्यायाधीश
कानून कार्यन्वयन गर्छ ।
जो मनुष्य न्याय , नैतिकता , सुरक्षा र
स्वतन्त्रताको लागि संघर्ष गर्छ त्यो हिंसाको लागि जिम्मेवार होईन,शान्तिको सबै
तरीका जब असफल हुन्छ तब
जो युद्ध शुरू गरिन्छ, त्यो हिंसाको
लागि जिम्मेवार हो ,कुनैपनि स्थितिमा दुष्ट
विचारहरुको अरको अगाडि आत्मसमर्पण गर्ने होईन.कुनैपनि स्थितिमा दुष्ट विचारहरुको
अरको अगाडी घुँडा टेक्ने होईन ।
समयबुद्धाको यस विषयमा भनाई छ की
"बौद्ध संस्कृति मा हामी 'हात्तीलाई
कैयौं प्रकारको राजनैतिक एव धार्मिक चिन्हको रूपमा यसकारण प्रयोग यसकारण गरिन्छ
किनकि हाम्रो हिंसा जङ्गलमा हात्तीको
हिंसाको सामान हो|जसरी हात्ती मासाहारी जनावर जस्तै
पहल गरेर हिंसा गर्दैन तर जब उसलाई जिस्क्यायो भने उ यति हिंसात्मक हुन्छ की सबै
तहस नहस गर्छ| त्यस्तै यस क्षेत्रको
बहुजन या बौद्ध पनि पहल नगरि बिना कारण हिंसा गर्दैन |हात्तीको
हिंसामा ध्यान दिनुपर्ने कुरा यो छ कि उस्लाई हिंसाको आवश्यक यसकारण पर्दैन किनकि
उस्को ताकतको सबैलाई थाहाछ,यि कुरा हरीणमा लागू हुनसक्तैन ।
यसकारण कसैले भनेकोछ ठीक भनेकोछ कि यदि शान्ति चाहिए युद्धको लागि तयार होउ |"
के यस्तै भएकोछैन त यो देश र यस
क्षेत्रमा ?बौद्धहरु शान्त
प्रबृत्तिका हुन्छन् भनेर बौद्ध बिरोधीहरु बौद्धहरु माथि अन्याय गरिरहेकाछन् ।
बुद्ध जयन्ति मनाईरहेका सुर्खेतका बौद्ध महिला बच्चा युवाहरुमाथि लट्ठी बर्षाउँछन
अश्रुग्यास प्रहार गर्छन् आस्थाको केन्द्र बुद्धको मुर्तीलाई प्रहरीले लगेर प्रहरी
परिसरमा अपमानित तरिकाले राख्छन् ।
सन्दर्भ सामग्री समयबुद्धाबाट
No comments:
Post a Comment