Wednesday, February 12, 2014

बौद्ध दर्शन Boudh Philosophy




भगवान बुद्ध द्वारा प्रवर्तित हुँदा पनि बौद्ध दर्शन कुनै एक दर्शन होईन, यद्यपि दर्शनहरुको समूह हो। केहि कुराहरुमा विचार साम्य हुँदापनि परस्पर अत्यन्त मतभेद देखिन्छ। शब्द साम्य भएपनि अर्थ भेद धेरै छ। अनेक शाखा उपशाखाहरुमा विभक्त भएपनि दार्शनिक मान्यताहरुमा साम्यको दृष्टि बाट बौद्ध विचारहरुको चार विभागहरुमा वर्गीकरण गरिएकोछ, यथा-
  1. वैभाषिक,
  2. सौत्रान्तिक,
  3. योगाचार एवं
  4. माध्यमिक।
  • यद्यपि अठारह निकायहरुको वैभाषिक दर्शनमा संग्रह हुन्छ र अठारह निकायहरुमा स्थविरवाद पनि संगृहीत छन् ।, जागतिक विविध दु:खहरुको दर्शनबाट तथागत शाक्यमुनि भगवान बुद्धमा सर्वप्रथम महाकरुणाको उत्पाद भयो। तदन्तर त्यस महाकरुणाबाट प्रेरित हुनाले 'म यि दु:खी प्राणिहरुलाई दु:खबाट मुक्त गर्न र तिनलाई सुखले अन्वित गर्ने भार आफ्नो काँधमा लिन्छु र यस्को लागि बुद्धत्व प्राप्त गर्छु'- इ प्रकारको उनमा बोधिचित्त उत्पन्न भयो।
  • उहाँको देशनाहरु तीन पिटकहरु र तीन यानहरुमा विभक्त गरिन्छ ।
१ सुत्र,
२ विनय र
३ अभिधर्म- यि तीन पिटक हुन।
४ श्रावकयान,
५ प्रत्येक बुद्धयान र
६ बोधिसत्त्वयान- यि तीन यान हुन्।
  • श्रावकयान र प्रत्येकबुद्धयानलाई हीनयान र बोधिसत्त्वयानलाई महायान भनिन्छ ।

  • श्रावकयान
    जुन विनय जन दु:खमय संसार-सागरलाई देखेर तथा त्यसबाट उद्विग्न भएर तत्काल त्यसबाट मुक्तिको अभिलाषा त राख्छन्हैं, तर तात्कालिक रूपबाट सम्पूर्ण प्राणिहरुको हित र सुखको लागि सम्यक सम्बुद्धत्वको प्राप्तिको इच्छा राखैनन्- यस्तो विनय जन श्रावकयानी भनिन्छ । त्यसको लागि प्रथम धर्मचक्रको प्रवर्तन गर्दै भगवानले चार आर्यसत्य र त्यसको अनित्यता आदि सोह्र आकारको देशना गरे र यस्को भावना गर्नाले पुद्गलनैरात्म्यको साक्षात्कार गरेर क्लेशावरणको समूल प्रहाण गर्दै अर्हत्त्वको र निर्वाणको प्राप्तिको मार्ग उपदिष्ट गरे ।
    प्रत्येक बुद्धयान
    श्रावक र प्रत्येकबुद्धको लक्ष्यमा भेद हुँदैन । प्रत्येक बुद्ध पनि आफ्नै मुक्तिको अभिलाषी हुन्छन्हैं। श्रावक र प्रत्येक बुद्धकोम ज्ञानमां र पुण्य संचयमा अलिकति फरक अवश्य हुन्छ । प्रत्येकबुद्ध केवल ग्रह्यशून्यताको बोध हुन्छ, ग्राहकशून्यताको होईन । पुण्य पनि श्रावकको अपेक्षा त्यसमा धेरै हुन्छ । प्रत्येकबुद्ध त्यसकालमा उत्पन्न हुन्छन् जुन समय बुद्धको नाम पनि लोकमा प्रचलित हुँदैन । ति बिना आचार्य या गुरुको नै , पूर्वजन्महरुको स्मृतिको आधारमा आफ्नो साधना प्रारम्भ गर्छन र प्रत्येकबुद्ध-अर्हत्त्व र निर्वाण पद प्राप्त गर्छन् । यस्को यो पनि विशेषता छ कि यि वाणी  द्वारा धर्मोपदेश गर्दैनन् तथा संघ बनाएर गर्दैनन् अर्थात एकाकी विचरण गर्छन् ।

    बोधिसत्त्वयान
    जुन विनय जन सम्पूर्ण सत्त्वहरुको हित र सुखको लागि सम्यक सम्बुद्धत्व प्राप्त गर्न चाहन्छ, ऐसे विनय जन बोधिसत्त्वयानी भनिन्छ । ति व्यक्तिको लागि भगवानले बोधिचित्तको उत्पाद गरेर छः या दस पारमिताहरुको साधनाको उपदेश दिए तथा पुद्गलनैरात्म्यको साथ धर्मनैरात्म्यको पनि विभिन्न युक्तिहरुबाट प्रतिवेध गरेर क्लेशावरण र ज्ञेयावरण दुबैको प्रहाण द्वारा सम्यक सम्बुद्धत्व  प्राप्तिको मार्गको उपदेश दिए । यसलाई महायान पनि भनिन्छ ।
    महायानको व्युत्पत्ति
    'यायते अनेनेति यानम्' अर्थात जस्ले यात्रा गरिन्छ, यो 'यान' है। यस विग्रहको अनुसार मार्ग, जस्ले गन्तव्य स्थान सम्म गइन्छ त्यो, 'यान' हो । अर्थात यान-शब्द मार्गको वाचकहो । 'यायते अस्मिन्निति यानम्' अर्थात जस्मा यात्रा गरिन्छ, यो पनि 'यान' हो । यस दोश्रो विग्रहको अनुसार 'फल' पनि यान भनिन्छ । फल नै गन्तव्य स्थान हुन्छ । यस प्रकार यान-शब्द फलवाचक पनि हुन्छ। 'महच्च तद् यानं महायानम्' अर्थात त्यो यान पनि र ठूलो पनि छ, यसकारणमहायान भनिन्छ अर्को सरल अर्थमा भन्नेहो भने यात्रु एक स्थानबाट अर्को स्थान सम्म पुग्ने साधनलाई यान भनिन्छ । धेरै जना अटाएर यात्रा गरिने यान भएकोले महायान भनियो । ठूलो बिशाल भावना भएकोलाई महायानी भावना भन्ने पनि गरिएको पाईन्छ ।
    हीनयान र महायान
    वैभाषिक र सौत्रान्तिक दर्शन हीनयानी तथा योगाचार र माध्यमिक महायान दर्शन हो यस्मा केहि सत्यांश हुँदा पनि दर्शन-भेद यान-भेदको नियामक कहिं हुँदैन, अपितु उद्देश्य-भेद या जीवनलक्ष्य को भेद नै यानभेदको नियामक हुन्छ । उद्देश्यको धेरै व्यापकता र अल्प व्यापकता नै महायान र हीनयानको भेदको आधार हो । यहाँ 'हीन' शब्दको अर्थ 'अल्प' हो, न कि तुच्छ, नीच या अधम आदि, जस्तो कि आजभोली नेपाली तथा हिन्दीमा प्रचलित छ हीन भन्नाले तुच्छ छोटो भनिनन्छ तर यस्तो यहाँ होईन।समयको अन्तराल संगै भाषा पनि परिवर्तित हुँदै जाँदो रैछ । महायानको साधक समस्त प्राणिहरुलाई दु:खबाट मुक्त गरेर यस्लाई निर्वाण या बुद्धत्व प्राप्त गराउन चाहन्छ। त्यो केवल आफ्नो मात्रै दु:खबाट मुक्ति चाहँदैन, बरु सबैको मुक्तिको लागि व्यक्तिगत निर्वाणबाट निरपेक्ष रहँदै अप्रतिष्ठित निर्वाणमा स्थित हुन्छ । जुन व्यक्ति व्यक्तिगत निर्वाण प्राप्त गर्छ, त्यो पनि कुनै स्यानो होईन, अपितु महापुरुष हुन्छ । जस्ले पायो त्यस्ले सबैले कहाँ सक्छ। यति सौभाग्य पनि कमैलाई प्राप्त हुन्छ । ठूलो  पुण्यहरुको फल हो यो। प्राय: सबै बौद्धोत्तर दर्शनहरुको पनि अन्तिम लक्ष्य स्वमुक्ति नै हो । अत: यो लक्ष्य श्रेष्ठ होईन, तैपनि आफ्नो निर्वाणलाई स्थगित गरेर सबै प्राणि-मात्रलाई दु:खहरुबाट मुक्तिलाई लक्ष्य बनाउनु र त्यस्को लागि प्रयास र साधना गर्नु, अवश्य नै धेरै नै राम्रो हो । त्यस्को व्यवहारिक स्वनुभुति भनेको विपश्यनाहो ।
     
  • क्रमशः......... 

No comments:

Post a Comment