तीन प्रकारका अग्निहरु
अहिंसक यज्ञ पनि केवल अग्नि परिचर्चारुपी
कर्मकाण्ड हो भने त त्यो के काम भयो र ? यस बिषयमा भगवानले उद्गत शरीर ब्राह्मणलाई स्पष्टतया सम्झाउनुभयो । उहाँले तीन
प्रकारका अग्निलाई निभाउने र तीन प्रकारका अग्निहरुलाई सतत प्रज्वलित राख्ने उपदेश
दिनु भयो ।
तयोमे,ब्राह्मण,अग्गी पहातब्ब न
सेवितब्बा .
- ब्राह्मण, यी तीन प्रकारका अग्निहरुलाई त्यग गरिदिनुपर्छ तिनिहरुलाई
दूर गरी दिनुपर्दछ तिनको सेवन गर्न हुन्न ।
कतमे तयो- कुन कुन तीन ?
रागग्गि,दोसग्गि,मोहग्गि-राग अग्नि,व्देष अग्नि ,मोह अग्नि ।
फेरि भगवानले भन्नुभयो-
तयो खो ब्राह्मण,अग्गि सक्कत्वा गरुं कत्वा मानेत्वा पुजेत्वा सम्मा सुखं
परिहातब्बा ।
- ब्राह्मण,तीन अग्निहरु यस्ताछन् जस्को सत्कार गर्नुपर्दछ,जस्को गौरब गर्नुपर्दछ,जस्लाई मान दिनुपर्दछ,जस्लाई पुज्नुपर्दछ तथा जसलाई राम्ररी सुखपुर्वक वहन
गर्नुपर्दछ ।
कतमे तयो-कुन कुन तीन?
आहुनेय्यग्गि,गहपतग्गि,दक्खिणेय्यगि ।
-आह्वानयोग्य अग्नि गृहपति अग्नि दक्षिणार्ह
अग्नि । फेरि भगवानले यो तीन वटैको यसरी व्यख्या गर्नुभयो -
१ आह्वानयोग्य अग्नि कुन हो ?
जो माता पिता छन् ति सत्कार भाजन हुन आह्वान
योग्य अग्नि हुन् ।मातापिता रुपी अग्नि बाट नै
सबैको जन्म भयो सबै आइयो । त्यसकारण यो आहुनेय्य अग्निलाई प्रदिप्तमान राख्नु पर्छ,अर्थात माता पिताको सतत सत्कार गर्दै रहनुपर्छ। यिनिहरुको
गौरव सम्मान पूजन गर्दै रहनुपर्छ । तथा यिनिहरलाई राम्ररी सुखपुर्वक राख्दै,यिनको वहन गरिरहनु पर्दछ यिनको भरणपोषण गरिरहनु पर्दछ ।
२ गृहपति अग्नि कुन हो ?
जो पुत्र-कलत्र,दास नोकरछन् ती गृहपति अग्नि हुन । यस अग्निलाई सतत
देदीप्यमान राख्नुपर्दछ । यिनकव सदा गौरव,सत्कार,सम्मान पूजन गरिरहनु पर्दछ । यिनलाई राम्रो तरिकाले
सूखपुर्वक राख्दै यिनिहरुको वहन गरिरहनुपर्दछ यिनिहरुको भरणपोषण गरिरहनुपर्दछ ।
३ दक्षिणार्ह अग्नि कुन हो ?
जो श्रमण,ब्राह्मण विग्रह
विवाद देखि विरत रहन्छन् क्षमा अनि विनम्रतामा निरत रहन्छन् आफूले आफूलाई दमन अनि
शमन गर्नेवाला हुन्छन्,आफ्नो राग व्देष
अनि मोहको अग्निलाई निभाएर परिनिर्वाणलाई प्राप्तगर्नेवाला हुन्छन्,यि दक्षिणार्ह अग्नि हुन,यिनलाई सदा
देदीप्यमान राख्नुपर्दछ । यिनको सदा सत्कार गौरव,पूजन, सम्मान गरिरहनुपर्दछ । यिनलाई राम्ररी सुखपुर्वक राखिकन
यिनको वहन गर्नुपर्दछ । यिनकव दैनिक जीवनको आवश्यकताहरुलाई पूर्ति गरिरहनुपर्दछ ।
गृहस्थहरुकालागि यि नै तीनै अग्निलाई सतत्
प्दिप्त राख्नु कति कल्याणप्रद छ । भगवानका
उपदेशहरुबाट प्रभावित भएर अनेक मानिसहरुले यो नै गरे ।
त्रिपिटकमा सम्यक सम्बुद्धबाट
No comments:
Post a Comment