एक पटक चारजना बौद्ध भिक्षुहरुमा दु:खको
मूख्य कारणको विषयमा सत्संग भयो। चारैजनाको मत भिन्न-भिन्न थियो । त्यसैले
तिनिहरु शंका निवारणको
लागि शाक्यमुनी बुद्धकहाँ पुगे । बुद्धको पूर्व जन्मको एक घटनालाई भन्दै त्यसको समाधान गरे । तिनले भने कि एक जङ्गलमा बस्ने हरिण, कौवा, साँप तथा परेवामा पहिला एकपटक यस्तै नै कुरा उठेको
थियो । परेवाको मत थियो कि प्रेम दु:खको उपादान हो, कौवाको मतानुसार दु:खको उपादान भोक थियो, साँपको मतानुसार दु:खको उपादान घृणा
थियो र हरिण ले सोंचि रहेकोथियो कि भयको अतिरिक्त दु:खको अरु उपादान हुन सक्तैन । नजिकै बस्ने एक साधु सित यो प्रश्न सोधियो । उस्ले भन्यो कि तिमीहरु सबै अंशत: सत्य भन्दैछौ तर दु:खको मूख्य उपादान सम्म पुग्न सकेका
छैनौ । साधुले भन्यो
कि शरीर धारण गर्नु नै सबै दु:खहरुको कारण हो ।
समीक्षा
गर्दै भगवान बुद्धले भन्नुभयोकि त्यस जन्ममा साधुको रुपमा म स्वयं थिएं र विवाद गर्ने चार भिक्षुहरु चार
जानवर थिए । यो जातक कथा
आजको उपलब्ध पाली साहित्यमा
पाईंदैन, यद्यपि बुद्ध जीवन
सित सम्बन्धित एक चीनीया ग्रन्थमा यस्को वर्णन पाईन्छ ।
सिसुमार अथवा
वानरिन्द जातक ( (मथुरा संग्रहालय मूर्ति संख्या-००.जे.४२, १२.१९५)२
यो कथा दुई वेदिका स्तम्भहरमा अंकित पाईन्छ । यस्मा एक गोहीलाई र बाँदरलाई एक साथ देखाईएकोछ। कथा यो छ कि एक समय बोधिसत्व बाँदरको रुपमा एक नदीको किनारामा
बस्थ्यो । त्यहि नदीमा गोहीको एक जोड़ा पनि बस्थ्यो । एक पटक गोहीको पत्नीले बाँदरको कलेजो खाने इच्छा लोग्ने सित
व्यक्त गर्यो । प्रियतमाको इच्छा पूरा गर्नको
लागि गोहीले बाँदर सित
मित्रता गर्यो र एक दिन सोँच्यो कि बाँदरलाई पारी
नदीको किनारमा भएको फलको रुखमा मीठो फल खावस
यस्को लागि गोहीले बाँदरलाई पिठ्यूमा बोकेर लैजाने विचार गर्छ । बाँदर चलाक गोहीको चेपारे
कुरामा पत्यायो र उस्को पीठ्यूमा बसेर
नदीमा गयो । नदीको बिचमा पुगेपछि गोहीले बाँदरलाई आफ्नो वास्तविक योजना भन्यो र आफू पानीमा छिर्न
थाल्यो । चतुर बाँदर
हाँस्योले भन्यो आश्चर्य छ कि तिमीलाई यो ज्ञान नै रहेनछ कि बाँदरले आफ्नो
कलेजो कहिल्यै आफ्नो साथमा फल खानको लागि
रुखबाट टिपेर आफ्नो हातबाट राख्दैन, अन्यथा उफ्रिँदा त कलेजो टुकड़ा-टुकड़ा भैहाल्छ । त्यसैले बाँदरले त
आफ्नो कलेजो रुखको हाँगामा लुकाएर लट्काएर राख्छन। मूर्ख गोहीले यस
कुरामा विश्वास गर्छ र बाँदरको कलेजो पाउने लोभमा
उस्लाई फेरि नदी किनारामा पुगाईदिन्छ । अब बाँदर उफ्रेर
जान्छ र गोहिको बुद्धिहीनतामा हाँस्न
थाल्छ ।गोही अचम्म
मान्छ र किन हाँसेको भनेर सोध्छ । बाँदरले हाँस्दै भन्छ तिमी बुद्धु नभएकोभए आज
मेरो मृत्यु हुन्थ्यो । गोहीले फेरि सोध्छ किन ? बाँदरले हाँसेर भन्छ मूर्ख कलोजो जस्तो
शरीर भित्रको चीज पनि रुखमा राखिन्छ ?
जातकहरुको अतिरिक्त यो कथा अलि अन्तर परिवर्तनहरुको साथ पंचतन्त्रमा पनि पाईन्छ ।
महासुतसोम जातक (मथुरा संग्रहालय मूर्ति संख्या-१४.४३१, ००.जे.२३)३ (चित्र-१५)
यस कथाको सबै
भन्दा राम्रो उदाहरण एक प्रस्तर खण्डमा प्राप्त हुन्छ । यहाँ
एक पुरुष काँधमा बहेंगी लिएर जाँदैछ जस्को दुबै तिरबाट एक-एक मानव आकृति
झुण्डिएकोछ।
यस जातकको कथानुसार एक समय वाराणसीको कुनै एक राजालाई मानव मासु खाने रुचि उत्पन्न भयो । आफ्नो दुष्ट इच्छा पूर्ण गर्नको लागि
उस्ले कति नै निरीह मान्छेहरुलाई मार्यो । जब यस रहस्य
उदाङ्ग भयो तब जनताले उस्लाई राज्यबाट राजच्युत गरेर
निकालीदियो । यसपछि उ जंगलमा पुगेर
त्यहाँ पनि आउने जाने यात्रुहरुलाई मारेर खान थाल्यो । एक पटक उस्को खुट्टामा चोट लाग्यो । अनि उस्ले वृक्ष देवतालाई पुकार
गरेर भाकल गर्यो कि उस्का व्रण एक हप्तामा ठिक भएमा उ एक सय एक कुमारहरुको बलि चढ़ाउनेछु । संयोगले उस्को खुट्टा
सन्चो भयो । अब आफ्नो भाकलको पूर्तिको लागि उस्ले एकसय एक कुमारहरुलाई समातेर एक रुखमा लटकाईदियो। अन्तिम कुमार बोधिसत्व 'सुतसोम' थियो जस्लाई यस नरभक्षकले समातेको
थियो, तर बोधिसत्वको अदम्य साहस, निर्भीकता आदि गुणहरुले त्यो अत्याधिक प्रभावित भयो र अन्ततोगत्वा उस्को सम्पूर्ण जीवन-धारालाई
उल्टाईदिनमा 'बोधिसत्व
सुतसोम' पूरै सफल भयो ।
रोमक अथवा परावत जातक
(म.स.मू.स. ००.आईप,
चित्र-२४)४
यो जातक आफ्नो मूल स्थानमा केहि भागहरुमा अंकित थियो। यस समय अवशिष्ट शिला-खण्डमा केवल दुई भाग देख्न सकिन्छ । कथा दृश्यको
माथि मालचारी यक्षहरुको पंक्ति बनेको
थियो । यहाँ हामी केहि साधु र
परेवाहरु देख्छौँ । यि साधुहरुमा एक अरुको अपेक्षा अवस्थामा वृद्ध छ ।
यो अनुमान उको दाढ़ीले गर्न सकिन्छ। इय जातक को कथाको संक्षिप्त रुप यस प्रकारछ-
एक समय
बोधिसत्त्वले परेवाको राजाको रुपमा जन्म लिएको थियो । परेवाको यो झुण्ड जंगलमा निवास गर्ने एक साधुको यहाँ नियमित रुपले आउने जाने
गरिरह्यो । यो साधु एक गुफाको नजिकै
बस्थ्यो । वृद्धावस्थाको कारण पछि गएर त्यो साधु त्यो ठाउँ छोड़ेर अन्यत्र
गयो र त्यस ठाउँमा
अर्को एक तन्नेरी साधु निवास गर्न थाल्यो । परेवाहरुको झुण्ड पहिले जस्तै आउँदै
गर्यो। एक दिन यस नयाँ साधुलाई परेवाको मासु खान पायो जो उस्लाई स्वादिष्ट लाग्यो । यस विषयमा उसको लोभ बढ़्यो र उस्ले यि परेवाहरुको झुण्डमा शिकार गर्ने सोँच्यो
। अर्को दिन त्यो आफ्नो
कपडामा लौरो लुकाएर परेवा आउने बाटो हेर्यो । उस्को घिनलाग्दो
सोँचले बोधिसत्त्वलाई उस्को कपट व्यवहार थाहा भयो र उन्ले आफ्नो परेवा अनुयायिहरुलाई त्यहाँ
जान रवकिदियो । अब यस तरुणो साधुको कपट खुल्यो र अन्ततोगत्त्वा छिमेकिहरुकोले
त्यो ठाउँ छोड्नुपर्यो ।
वेस्सन्तर जातक
(म.स.मू.स. ००.जे ४ पृष्ठ भाग)५
यस जातक कथाको अंकन कलाकारहरुको प्रिय विषय रहेकवछ। भरहुत र सांचीको कलाकृतिहरुमा
पनि यो प्रचुर रुपबाट अंकित छ।
मथुरामा यो धेरै भागहरमा देखाईएको
थियो । संग्रहालयमा प्रदर्शित वेदिकास्तम्भको पछिल्लो भागमा यस्का केहि दृश्य मुख्यत: कुमार वेस्सन्तर र याचक ब्राह्मण, कुमार द्वारा ब्राह्मणलाई आफ्नो दुबै छोराहरुलाई का दान तथा एकाकिनी श्रीमूर्ति कदाचित् वेस्सन्तरको पत्नी अंकितछ। त्यस समय बोधिसत्त्वले आदर्श दानीको रुपमा कुमार वेस्सन्तरको नामले जन्म
लिएकोथियो । उन्ले
आफ्नो श्वेत वर्णको मंगल-हात्ती, ब्राह्मणहरुलाई दान दियो।
फलस्वरुप उस्लाई श्रीमती र छोराहरु साथ देशत्याग गर्नुपर्यो ।बाटोमा उस्ले ब्राह्मण ले माँग्नाले
आफ्नो रथ र घोड़ा पनि दिए ए। अब
उ कुटुम्ब एक पर्वतमा बस्न थाल्यो, यहाँ पनि 'पूजक' नामको एक
ब्राह्मण आईपुग्यो जस्ले कुमार
सित
दुबै छोराहरुलाई दानमा माग्यो ।
श्रीमतीको अनुपस्थितिमा पनि कुमारले ब्राह्मणको प्रार्थना स्विकार गर्यो।
वस्तुत: यो ब्राह्मण कुमार वेस्सन्तरको परीक्षा लिन आएको थियो ।
पछि शुक्र देवताको प्रभावले कुमारको सारा कुटुम्ब र उस्को पुरानो ऐश्वर्य सबै उस्लाई फेरि प्राप्त भयो ।
पाद-कुशल माणव जातक
(म.स.मू.सं. १२.१९१)६
(चित्र-१६)
एक वेदिका स्तम्भको मध्यमा यो कथा दृश्य अंकित छ। यहाँ एक अश्वमुखी यक्षीलाई एक तरुण पुरुषको काँधलाई
छोएको देखिन्छ।
जातक कथामा हामीलाई भनेकोछ कि कुनै समय वाराणसीको एक रानीले झूठो शपथ लियो, जस्को पापको कारण उनि घोड़मुखी यक्षी बनिन्। उस्ले तब तीन वर्ष सम्म वैश्रवण कुबेरको सेवा
गर्यो र यो वर प्राप्त गर्यो कि एक निश्चित परिशरको भित्र प्रवेश गर्नेलाई
उ खान सक्नेछ।
एक दिन एक सुन्दर र
धनवान ब्राह्मण
युवक उस्को क्षेत्रमा
फँस्यो । तर यक्षी उस्को सौन्दर्यमा मुग्ध भईन र उस्ले आफ्नो पति बनायो
।तर उ कतै भागि नजावस
भनेर यसडरले उस्ले सँधै एक
गुफामा
बन्दि बनाएर बसेकि थिई। त्यसबाट यस यक्षीलाई एक छोरा जन्म्यो जो बोधिसत्त्व थियो ।
बोधिसत्त्वले खुट्टाको चापलाई सुनेर मान्छे चिन्ने कलामा कुशलता प्राप्त गरेको थियो र यस विद्याको सहायताले आफ्नो बाउलाई घोड़मुखी यक्षीको
बन्दिबाट मुक्त गरिदियो ।
कच्छप जातक (मथुरा
संग्रहालय मूर्ति संख्या-००.जे.३६)७ (चित्र-२३)
माथिको जातकको समान यो
पनि एक वेदिका स्तम्भको पछाडीको भागमार अंकित
छ । यहाँ एक कछुवालाई दुई पुरुष लाई
केटीहरुले पिटिरहेको देखिन्छ ।
एक कुरौटे कछुवा र दुई हाँसको
बिचमा मित्रता भयो । हाँसहरु आफ्नो
हिमालपारी देशमा जाने वेलामा कछुवालाई पनि जान मन लाग्यो र भन्यो मलाई पनि लैजाउ
तिम्रो देशमा । हाँसहरुले भन्यो कि हामी सित जाने भए धेरै वोल्ने बानीलाई बन्द
गर्नुपर्छ । कछुवाले भन्यो हुन्छ म मान्छु । हाँसहरुले एक डण्डाको
व्यवस्था गर्यो र कछुवालाई डण्डाको
बिचमा आफ्नो मुखले च्याप्न भन्यो ।हाँसहरुले दुबै छेउमा आफ्नो चुच्चोले समातेर
उड्यो । गाँउ अनौठो मानेर
तिनिहरुले कछुवालाई
गिज्यायो ए मरेको कछुवालाई हाँसले कता लग्न थाल्यो । कुरौटे कछुवालाई
असह्यभयो । जसै वोल्न थाल्न
मुख खोल्यो कछुवाले त्यो
माथिबाट भूमिमा खसेर मर्यो ।
उलूक
जातक (सं.
सं. ००. जे ४११ चित्र
२२)८
यस्को
अंकन पनि एक वेदिका स्तम्भको पृष्ठभागमा गरिएकोछ। यहां मैले एक उल्लू लाई आसनमा बसेको देख्छु
। दुई बाँदर
यता उति दायाँ बाँया उभिएर अभिषेक गरिरहेकोछ।
कथा अनुसार चराहरुले एक समय उल्लूलाई आफ्नो राजा चुने। उस्को अभिषेक हुन
गैरहेकोथियो कि कौवाले यसकुराको विरोध गर्यो
र उ स्वयं आकासमा उड़्यो।
उल्लूले पनि त्यस्को पीछा गर्नको
लागि आकाशमा उड़्यो ।
यता
चराहरुले एक सुनौलो हाँसलाई
आफ्नो
राजा चुने ।
दीपंकर जातक (स. सं.
००. एच १०,
लखनऊ संग्रहालय संख्या बी २२)९
यस जातक सम्पूर्ण अंकन अहिले सम्म माथुरीकलामा
भेटिएकोछैन, तर महत्त्वपूर्ण कुराको अंकन अवश्य छ । जस्तै दीपंकर
बुद्धलाई
फूल चढ़ाउनु तथा उहाँ सम्मुख सुमतिको भूमिमा
आफ्नो केश फैलाउनु।
जातकको पाली तथा संस्कृत कथाहरुमा केहि अन्तर छ।
कथाको साधारण रुप यस प्रकारछ ।
सुमति
नामको एक वेदज्ञ ब्राह्मणलाई एक राजाबाट दानमा धेरै वस्तुहरु
प्राप्त भयो । यस्मा एक कन्या पनि थियो। सुमतिले कन्यालाई ग्रहण स्विकार
गरेन किनकि क्योंकि
उ आजन्म ब्रह्मचारी रहन चाहन्थ्यो । कन्या सुमतिमा मुग्ध भैसकेकि
थिई,
तर उबाट अस्वीकार हुनाले उनि दीपावती नामको नगरीमा गएर ईश्वर सेवामा समय बिताउन थालिन । यता सुमतिलाई केहि विचित्र सपना भयो
जस्को अर्थ बुझ्नको
लागि उ दीपावती
नगरीमा गएर त्यहाँ पाल्नुहुने दीपंकर बुद्ध सित
भेट्ने आदेश भयो । सुमति लाई
मनपराउने त्यो कन्या पनि दीपंकर बुद्धको पूजा गर्न
चाहन्थी । यता दीपावतीको राजाले
आफूकहाँ पाल्न लाग्नुभएको दिपँकर बुद्धको पूजाको लागि नगरको सम्पूर्ण फूलहरुमा अधिकार लिईसकेकोथियो। फलत: कन्यालाई पूजाको लागि फूल पाउन
सकेन। त्यसैले उस्ले आफ्नो तपस्याको प्रभावले सात कमललाई विकसित गर्यो । यही कठिनाई सुमतिको अगाडी
पनि थियो । एकाएक उस्ले यस कन्यालाई फूल लैजान
लागेको देख्यो । उस्लै फूलको लागि
अनुरोध गर्यो । पहिला त कन्याले उस्को
अनुरोध
अस्वीकार गरिदियो, तर एक शर्तमा उस्ले पांच फूल दिना स्विकार गरिन। शर्त यो थियो कि दीपंकर बुद्धलाई
फूल समर्पंण गर्दा समय सुमति आफ्नो
मनमा त्यस कन्या लाई आर्को जन्ममा पत्नी रुपमा पाउने कामना राखोस । सुमतिले यसलाई स्विकार गर्यो र
दुबै दीपंकर बुद्धको दर्शनलाई गए। सुमतिले दीपंकर बुद्धलाई जुन पांच फूल चढ़ाये त्यो भूमिमा खसेन
बरु बुद्धको मस्तकको माथि एक मालाको रुपमा स्थिर भयो। उसी प्रकार कन्या के द्वारा समर्पित पुष्प भी दीपंकर के कानों
पर स्थित हो गये। वर्षा को कारण यस समय बाटोमा
हिलो भएकोथियो । दीपंकर बुद्धलाई
हिँडन गाह्रो भएकोथियो यो देखे सुमतिले आफ्नो मस्तक पृथ्वीमा झुकाईदियो र आफ्नो कपाल बिछाएर बुद्धलाई
हिँडने बाटो बनाईदियो । दिपँकर बुद्धलेले उस्को कपालमा पाईला राखेर भविष्यवाणी गरे कि
अर्को जन्ममा सुमति
शाक्य मुनिको रुपमा उत्पन्न हुनेछ।
शिबि जातक १०
मथुराबाट प्राप्त एक वेदिका स्तंभको पृष्ठभागमार यो जातक कथा अंकित छ।
यसलाई शिबि जातकको नामले पुकारीएकोछ
तर यहां देखाईएको दृश्य पाली जातक कथाबाट मेल खाँदैन
। सम्भवत: यो ब्राह्मण सम्प्रदायमा प्रचलित
राजा शिबिको कथा हो जस्ले एक परेवालाई बचाउनको
लागि आफ्नो शरीरको मासु दिन स्विकार
गरेको थियो ।
मङ्गल होस ।
ईन्टरनेटबाट हिन्दबाट साभार गरि नेपालीमा अनुवाद