शाक्यमुनी बुद्ध आफ्नो शिष्यहरुको साथमा बस्नुभएकोथियो । एक शिष्यले सोध्यो- भगवान “कर्म के हो ?”
बुद्धले भन्नुभयो- “मैले तिमीलाई एक कथा सुनाउँछु ।”
एक राजा हात्तीमा बसेर आफ्नो राज्यको भ्रमण गरिरहेकाथिए ।अचानक उ एक पसलकव अगाडी रोकीयो र आफ्नो मन्त्रिहरु सित भन्यो- “मलाई थाहा छैन किनहो, तर म यस पसलको मालीकलाई फाँसी दिन चाहान्छु ।”
यो सुनेर मन्त्रीलाई धेरै दु:ख लाग्यो । तर जबसम्म त्यो राजा सित कुनै कारण सोध्ला, तबसम्म राजा अघी बढ्यो।
अर्को दिन, मन्त्री त्यस पसल मालिक सित भेट्नको लागि एक साधारण नागरिकको भेषमा उस्को पसलमा पुग्यो । उस्ले पसल मालीक सित सोध्यो कि उस्को व्यापार कस्तो चलिरहेकोछ? पसलेले चन्दनको काठ बेच्थ्यो । उस्ले साह्रै दुखि भएर भन्यो कि साह्रै गाह्रोले कुनै ग्राहक पाईन्छ । मान्छेहरु उस्को पसलमा आउँछन, चन्दनलाई सूँघ्छन र जान्छन । ति चन्दन को गुणहरको प्रशम्सा पनि गर्छनतर केहि किन्दैनन् । अब उस्को आशा केवल यस कुरामा टिकेको छ कि राजा चाँडै मर्छ । उस्को अन्त्येष्टिको लागि ठूलो मात्रामा चन्दनको काठ किन्नेछन । उ यता उतीको एक्लो चन्दनको काठको पसले थियो, त्यसैले उस्लाई पक्का विश्वास थियो कि राजाको मृत्युमा उस्को दिन बदलिनेछ ।
अब मन्त्रीलाई कुरा थाहाभयो कि राजा उस्को पसलको अगाडी किन रोकिएको थियो र किन पसलेलाई मार्ने मन गरेको थियो । सायद पसलेको नकारात्मक विचारहरुको तरङ्गले राजामा त्यस्तो प्रभाव भएकोथियो, जस्ले त्यसको बदलामा पसले प्रति आफू भित्र त्यस्तै नकारात्मक विचारहरुको अनुभव गरेको थियो ।
बुद्धिमान मन्त्रीले यस विषयमा केहि समय सम्म विचार गर्यो । अनि उस्ले आफ्नो पहिचान र अघिल्लो दिनको घटना नभनि केहि चन्दनको काठ किन्ने विचार भन्यो । पसले धेरै खुशी भयो । उस्ले चन्दनलाई राम्ररी कागजमा पोको पारेर मन्त्रीलाई दियो ।
जब मन्त्री महलमा फर्क्यो उ सोझै दरबारमा गयो र जहाँ राजा बसेको थियो । सूचना दियोकि चन्दनको काठ पसलेले उपहार पठाएकोछ । राजालाई अचम्म लाग्यो । जब उस्ले कागजकझ पवको खोल्यो सुनौ रङ्गको श्रेष्ठ चन्दनको काठ र त्यस्को सुगन्ध पाएर खुशी भयो । खुशीले चंन्को व्यापारीलाई केहि सुनको सिक्का पठाईदियो । राजाले यो सोचेर आफूलाई हिनता बोध भयो उस्ले अनर्थ पसलेलाई मार्ने विचार गरेको थियो ।
जब पसलेलाई राजाबाट सुनको सिक्का पायो, तब उ पनि आश्चर्यचकित भयो । उ पनि राजाको गुण गाउन थाल्यो जस्ले सुनको सिक्का पठाएर उस्लाई ग़रीबीको अभिशापबाट बचाएकोथियो । केहि दिन पछि उस्लाई ति कलुषित विचारहरको सम्झना आयो जुन उ राजा प्रति सोँच्ने गर्थ्यो । उस्लाई आफ्नो व्यक्तिगत स्वार्थको लागि यस्तो नकारात्मक विचार गरेर धेरै नै पश्चात्ताप भयो ।
यदि हामी अरुप्रति असल र दयालु विचार राख्यौँ भने, तिनिहरुले सकारात्मक विचार हाम्रो अनुकूल रूपमा नै फर्कन्छ । तर यदि हामी खराब विचारहरु पाल्यौँभने ति विचार हामीलाई त्यहि रुपमा फर्किन्छ । असल विचारको असल परिणाम हुन्छ ।
कथा सुनाएर बुद्धले सोध्नुभयो “कर्म केहो ?” थुप्रै शिष्यहरुले उत्तर दियो- “हाम्रो शब्द, हाम्रो काम, हाम्रो भावनाहरु, हाम्रो गतिबिधिहरु…”
भगवान बुद्धले टाउको हल्लाउनुभयो र भन्नुभयो- *”तिम्रो विचार नै तिम्रो कर्म हो।
भवतु सब्ब मङ्गलम्
“ओशो”
No comments:
Post a Comment