Tuesday, December 12, 2017

यो जिन्दगि


यो जिन्दगि

लघु कथा

हाम्रो थोरै दिनको प्रेममा उस्ले मलाई एक चिम्टि सिँदूर लगाई दिएको गठबन्धन पनि ४४बर्ष नाघ्नै आँट्यो । उ पनि बुढीयो म पनि बुढीएँ । म भन्दा उ ३ बर्षको जेठो हो । धेरै रहरहरु त्यत्तिकै विलाए । अब त आश्रित यो जिन्दगि आसमा भरपर्ने दिन भएकाछन । मैले कहिल्यै गहना र लुगाको माँग गरिन । एकपटक एकतोलाको सुनको सिक्रि र ४ आनाको एक औँठी उपहारमा दिएको थियो । त्यैपनि वेचेर काम चलाउनुपर्यो सोधभर्ना गरिदिम्ला भन्थ्यो अब त आसै छैन। वास्तवमा हाम्रो त औपचारिक रुपमा बिहे नै भएन भन्दा पनि हुन्छ । बिहे भनेको केवल एकचिम्टि सिन्दूर हो त्यैपनि मैले लाईदिनुपर्छ भनेकोले मात्रै । यो जिन्दगि सुख केहो भन्दा छोरा नाती नातीनिको उन्नति हेर्ने मात्रै भयो ।

मङ्गलहोस ।

No comments:

Post a Comment