१. मृत्यु सित
डर छैन ।
एक युवक सन्यासी थियो। उस्मा एक राजकुमारी मोहित भईन। राजालाई थाहा भयो तब राजाले सन्यासीलाई राजकुमारी सित बिहे गर्न भन्यो। सन्यासीले भन्यो, "म छँदै छैन। विवाह बिहे कस्ले गर्छ?"
संन्यासी युवकको कुरा सुनेर राजाले आफूलाई अपमानित अनुभव गर्यो । राजाले मन्त्रीहरुलाई आदेश दियो कि उस्लाई मारीदेउ ।
संन्यासी युवकले राजाको आदेशलाई भन्यो "शरीरको साथ मेरो सुरु देखि नै कुनै सम्बन्ध छैन। जुन अलग्गै छ, तपाईको तलवारले त्यस्लाई अरु के गर्ला ? म तयार छु र तपाई जस्लाई मेरो टाउको भन्नुहुन्छ , त्यसलाई काट्नको लागि त्यस्तै प्रकारले निमन्त्रण गर्छु, जसरी वसन्तको यो हावा रुखबाट त्यसको फूलहरु खसालिएकोछ।"
त्यो मौसम मौसम साँच्चै वसन्त थियो र रुखबाट फूलहरु खसिरहेकोथियो। राजाले ति फूलहरुलाई हेर्यो, र देख्यो मृत्युको अगाडी भएको थाहा पाउँदा पनि त्यो संन्यासी युवक आनन्दित आँखालाई। उस्ले एकछिन सोच्यो, "जो मृत्यु सित डराएको छैन र जो मृत्युलाई जीवनलाई स्विकार गर्छ, त्यस्तोलाई मार्नु त व्यर्थैछ । उस्लाई त मृत्युले पनि मार्न सक्दैन।"
राजाले आफ्नो आदेश तुरन्त फर्काएर लियो। भैगो यो निडरलाई नमार । जो मृत्यु सित डराउँदैन त्यस्लाई के मार्नु ।
२. अमृतत्वको किरण
एक राजा थियो । उ एकदिन आफ्नो मन्त्रि सित रिसायो र उस्लाई एक ठूलो मीनार माथि कैद गरिदियो । एक प्रकारले यो अत्यन्त कष्टप्रद मृत्युदण्ड नै थियो । न त उस्लाई कसैले भोजन पुगाउन सक्थ्यो र न त्यस गगनचुम्बी मीनारबाट फालहालेर उस्को भाग्ने कुनै सम्भावना थियो।
जतिवेला उस्लाई समातेर मीनारमा लगिरहेकोथियो, मान्छेहरुले देख्यो कि उ एक रत्ति पनि चिन्तित छैन बरु सँधै झैँ आनन्दित र प्रसन्न छ । उस्को श्रीमती रुँदै उस्लाई विदा दियो र सोधिन, "तिमी यति प्रसन्न किन छौ ?"
उस्ले भन्यो, "यदि रेशमको एक धेरै पातलो सूत भएपनि मैले पाएँभने म स्वतन्त्र हुन्छु । के यति काम पनि तिमी गर्न सक्तैनौ ?"
उस्को श्रीमतीले धेरै सोँच्यो तर यति अग्लो मीनारमार रेशम को पातलो धागो पुगाउने कुनै उपाय थाहा पाउन सकेन । तब उस्ले एक फकीर सित सोध्यो। फकीर ले भन्यो "भृंग नामको कीड़ालाई समात । उस्को खुट्टामा रेशमको धागो बाँधिदेउ र उस्को जुङ्गाको रौँमा महको एक थोपा राखेरर त्यस्को मुख माथि टुप्पातिर गरेर मीनारमा छोडीदेउ ।"
त्यहि राती यस्तै गरिन। त्यो कीराको अघि महको गन्ध पाएर, त्यसलाई पाउने लोभमा, बिस्तारै बिस्तारै माथि चढन थाल्यो र आखिरमा त्यो माथि पुगिहाल्यो । रेशमको धागोको एक किनार कैदी को हातमा पुग्यो । रेशमको यो पातलो धागो उस्को मुक्ति र जीवन बन्यो । त्यसबाट सूतको धागो बांधेर माथि पुग्यो अनि सूतको धागोबाट डोरी बाट मोटो रस्सी । त्यही रस्सी सहाराबाट उ कैदबाट बाही आयो ।
सूर्य सम्म पुग्नको लागिए प्रकाशको एक किरण नै धेरै हो । त्यो किरण कसैलाई पुगाउनु पनि छैन । त्यो त सबै सित छँदैछ ।
३. 'म' को ताला
एक साधु एक गांउँबाट गैरहेको थियो । उस्को एक मित्र साधु त्यस गाउँमा बस्थ्यो । उस्ले सोच्यो उ सित भेटेर जाउँ । रात धेरै भैसकेको थियो । त्यैपनि उसित भेट्न गयो । एक झ्यालबाट उज्यालो देखेर ढोका खटखटायो । भित्रबाट आवाज आयो, "को हो?"
उस्ले यो सोचेर कि त्यो आवाज थाहा पायो भन्यो म हुँ ।"
त्यसपछि भित्रबाट कुनै उत्तर आएन । उस्ले फेरि खटखटायो तर भित्रबाट कोहि वोलेन। उस्लाई यस्तो लाग्यो त्यो घर एकदम सुनसानछ । उस्ले भन्यो , "मेरो लागि तिमीले ढोका किन नखोलेको ? किन चुप लागेको "
भित्रबाट आवाज आयो, "तिमी को अनाडी हो आफूलाई म भन्छौ ? 'म भन्ने अधिकार सिवाय परमात्मा लाई बाहेक अरुलाई छैन ।"
प्रभुको द्वारमा 'म को नै ताला छ । जो उस्लाई तोड़्छ, उस्ले पाउँछ कि ढोका त सँधैको लागि खुला थियो ।
४. वलीयो किल्ला
एक साधु सित उस्को साथीहरुले सोध्यो, "यदि दुष्टहरुले तपाईलाई र हमला गरे तपाईले के गर्नुहन्छ ?"
साधुले भन्यो, "म आफ्नो वलीयो किल्लामा गएर बस्छु।"
यो कुरा साधुको शत्रुहरु सम्म पुग्यो । तिनिहरले एक दिन एकांतमा साधुलाई घेरे र भने, "यो बभन कि तिम्रो वलीयो किल्ला कहां छ ?"
साधु बेस्सरी हाँस्न थाल्यो । अनि छातीमा हात राखेर भन्यो, "यो मेरो किल्ला। यस्माथि कसैले पनि हमला गर्न सक्तैन । शरीर त नष्टगर्न सकिन्छ, तर भित्र जुन छ त्यस्को बाटो जान्नु नै मेरो सुरक्षा हो ।"
जस्ले यस वलीयो किल्लालाई जान्दैन, उस्को पूरा जीवन असुरक्षित छ । प्रतिक्षण शत्रुहरुबाट घेरिरहन्छ ।
५. भित्री र बाहीरी सम्पदा
एक महर्षि थिए । उनको नाम कणाद थियो । किसान जब आफ्नो उव्जनी काटेर लैजान्थे पछि जुन बच्थ्यो अन्न-कण त्यसलाई बिनेर आफ्नो काम चलाउँथ्यो । यसैले उन्को नाम कणाद भएको थियो ।
उ जस्तो दरिद्र को होला र ! देशका राजालाई उस्को कष्ट थाहा पायो । राजाले धेरै धन-सामग्री लिएर आफ्नो मन्त्रीलाई दिन पठायो । मन्त्री पुग्यो त महर्षिले भन्यो,
"म सकुशल छु। यस धनलाई तिमीले तिनलाई बाँडिदेउ जस्लाई आवश्यकछ ।"
यस प्रकार राजाले तीन पटक मन्त्री लाई पठाए र तीनै प६क महर्षिले केहि पनि लिन नमानेर पठाईदियो ।
अन्तमा राजा आफै महर्षीकहाँ पुगे । उन्ले आफू सित धेरै धन ल्याएकोथियो ।राजाले महर्षि सित प्रार्थना गर्यो कि यसलाई स्विकार गर्नुहोस तैपनि महर्षीले स्विकार नगरि भने कि जो सित केहि छैन उस्लाई दिनु मसित सबै छ।"
राजालाई अचम्म लाग्यो ! जो सित शरिरमा एक लंगोटी मात्रै छ, उस्ले भनिरहेको छ कि म सित सबै छ । उ फर्केर सबै कुरा आफ्नो रानी सित भन्यो । उन्ले भनिन, "तपाईले भूल गर्नुभयो । यस्तो साधु सित केहि दिन होईन लिनलाई जानुपर्छ ।"
राजा त्यसै राती महर्षिकोमा पुग्यो र माफी माग्यो ।
कणाद ले भन्यो, "गरीब कोहो ? मलाई हेर्नु अनि आफूलाई । बाहिर होईन, भित्र । म केहि होईन र केहि पन माग्दिन र , केहि पनि चाहन्न । त्यसैले अनायासै सम्राट भएकोछु ।"
एक सम्पदा बाहिर छ, एक भित्रछ । जो बाहिर छ, त्यो आज या भोली छिनेरै लैजान्छ । यसैले जो जान्दछ, ति त्यसलाई सम्पदा होईन, विपदा मान्छन । जो भित्र छ, त्यो पाईन्छ हराउँदैन । त्यसलाई पाउनाले केहि पनि पाउनुपर्ने रहँदैन ।
६. यो कस्तो धर्म-साधना?
एक व्यक्तिले कुनै साधु सित भन्यो, "मेरी श्रीमती धर्म-साधनामा श्रद्धा राख्दैन। यदि हजूरले सम्झाईदिएमा राम्रो हुन्थ्यो कि ?"
साधुले भन्यो, "ठीक छ।"
भोलीपल्ट बिहानै साधु उस्को घर गयो ।श्रीमान थिएन । साधुले उस्को बारे तिनि महिला सित सोध्यो । महिलाले भनिन , "जहाँ सम्म मैले बुझ्छु उ यस समय सार्कीको पसलमा झगड़ा गरिरहेकोछ ।"
श्रीमान नजिकैको पूजाघरमा माला जपिरहेको थियो । उस्ले श्रीमतीको कुरा सुन्यो । उस्लाई यो झूठो सहन सकेन । बाहिर आएर भन्यो, "यो बिल्कुल गलत हो। म पूजाघरमा थिएँ ।"
साधु अचम्म भयो । श्रीमतीले यो देखेर सोध्यो, "साँच्चै भन कि के तिमी पूजाघरमा थियौ ? के तिम्रो शरीर पूजाघरमा, माला हातमा र मन अन्त कतै थिएन ।"
श्रीमानको होश आयो ।श्रीमतीले ठीक भनिरहेकि थिईन । माला जप्दा उ साँच्चै सार्कीको पसलमा नै गएको थियो । उस्लाई जूत्ता किन्नुथियो र राती नै उस्ले आफ्नो श्रीमती सित भनेको थियो कि बिहान हुने बित्तिकै किन्न जान्छु । माला जप्दैते वास्तवमा उस्को मन सार्कीको पसलमा पुगेको थियो र सार्की जूत्ताको मोल-तोलमा कुरा नमिलेर झगड़ा भैरहेको थियो ।
विचारलाई छोड़ र निर्विचार होउ त तिमी जहाँ छौ, त्यहिँ प्रभुको आगमन भैहाल्छ ।
७. स्यानो भन्दा स्यानोमा विराटको सन्देश
मक्काको को कुरा हो। एक नाउ एकजनाको कपाल काटीरहेकोथियो । त्यहिवेला फकीर जुन्नैद त्यहाँ आईपुग्यो । उस्ले भन्यो, "खुदाको लागि मेरो पनि हजामत गरिदेउ ।"
नाउले खुदाको नाम सुन्नेबित्तिकै गृहस्थ-ग्राहक सित भन्यो, "साथी, अब मैले केहि समयको लागि तपाईको हजामत गर्न सक्तिन है । खुदाको लागि त्यस फकीरको सेवा गर्नुपर्ला। खुदाको काम सबैभन्दा अगाडी ।"
यसपछि उस्ले फकीरको हजामत बड़ो प्रेम र श्रद्धा-भक्तिले गर्यो र नमस्कार गरेर विदा गर्यो ।
केहि दिन बित्यो । एकदिन जुन्नैदलाई कुनै नेकुदले पैसा दियो त त्यो नाउलाई दिन आयो। तर नाउले पैसा लिन मानेन । उस्ले भन्यो, "तपाईलाई लाज लाग्दैन? तपाईले त खुदाको लागि हजामत बनाउने भनेको थियो पैसाको लागि होईन।"
अनि त जीवन-भरी फकीर जुन्नैदलाई त्यो कुरा सम्झना भैरह्यो र उ आफ्नो मण्डलीमा भन्ने गर्थ्यो, "निष्काम ईश्वर-भक्ति मैले एक हज्जामबाट सिकेकोथिए।"
स्यानो भन्दा स्यानो पनि विराटको सन्देश लुकेको हुन्छ । जुन त्यसलाई खोल्न जान्दछ त्यो ज्ञान प्राप्त गर्दछ जीवनमा सचेत भएर हिँडन प्रत्येक अनुभव प्रज्ञा बन्छ । जो मूर्च्छित बनिरहन्छ, त्यो ढोकामा आएको आलोकलाई पनि फर्काई दिन्छ ।
८. आफैलाई छोड़
एक राजा थियो। उस्ले परमात्मालाई खोज्न चाह्यो। उ कुनै एक आश्रममा गयो । त्यस आश्रमको प्रधान साधु ले भन्यो, " तिमी सित जे छ त्यो मलाई छोडी देउ । परमात्मा लाई पाउन बडो सरलछ ।
राजाले त्यसै गर्यो । उस्ले राज्य छोड़ीदियो र आफ्नो सारा सम्पत्ति गरीबहरमा बाँडीदियो ।उ बिल्कुल भिखारी भयो, तर साधुले उस्लाई देख्ने बित्तिकै भन्यो, "अरे, तिमीले त सबै साथै ल्याएकाछौ !"
राजाले कुरा केहि बुझेन । साधुले आश्रमको सबै फोहोर फ्याँक्ने काम दियो । आश्रमवासिहरको लागि यो बड़ो कठोर लाग्यो, तैपनि साधुले भन्यो, "सत्यलाई पाउन राजा अझै तयार छैन र यो तयार हुनु त अत्यन्त जरुरी छ।"
केहि दिन अरु बित्यो । आश्रमवासिहरुले साधु सित भन्यो कि अब त्यस राजालाई त्यस कठोर कामबाट छुट्टी दिनकोलागि उस्को परीक्षा लिउ। साधुले भन्यो, "राम्रो"
अर्को दिन राजा अब फोहोरको टोकरी टाउकोमा राखेर गाउँ बाहिर फ्याक्न गैरहेको थियो । एकजनाम मान्छ बाटोमा ठोक्कियो । राजा ले भन्यो, "आज भन्दा पन्द्रह दिन पहिला त यति नदेख्ने त थिएनौ।"
साधुलाई जब यस्को बारे थाहा भयो तब, "मैले भनेको थिएँ नि अहिले समय आएको छैन। उ अहिले पनि त्यहिँ छ ।"
केहि दिन पछि फेरि एक जना बाटोमा हिँडने ठोक्कियो । यस पटक राजाले यसो हेर्यो मात्रै केहि भनेन। तैपनि आंखाले जे भन्नु थियो भनेकै थियो ।
साधुलाई जब यो थाहा भयो तब भन्यो, "सम्पत्तिलाई छोड़नु अति सरल छ तर आफूलाई छोड़नु कति कठिन छ।"
तेश्रो पटक फैरि यस्तै घटना भयो। यस पटक राजाले बाटोमा छित्रिएको सबै फोहोर उठायो र अघि बढ्यो, केहि अघि बढ्योकेहिनै नभए जस्तै । त्यस दिन साधुले भन्यो, "अब यो तयार छ । जस्लै आफैलाई छोड़ि दिन्छ, त्यहिले प्रभुलाई पाउने अधिकारी हुन्छ।"सत्यलाई पानाउन त स्वयंम्लाई को छोड़ी देउ ।'म भन्दा ठूलो असत्य केहि छैन ।

भवतु सब्ब मङ्गलम् !
चाख लाग्दो कथाहरु रैछ।
ReplyDelete