Friday, December 15, 2017

चतुर बाँदर र गोही

बुद्धकालिन जातक कथा
एक पटक चारजना बौद्ध भिक्षुहरुमा दु:खको मूख्य कारणको विषयमा सत्संग भयो। चारैजनाको मत भिन्न-भिन्न थियो । त्यसैले तिनिहरु शंका निवारणको लागि शाक्यमुनी बुद्धकहाँ पुगे । बुद्धको पूर्व जन्मको एक घटनालाई भन्दै त्यसको समाधान गरे । तिनले भने कि एक जङ्गलमा बस्ने हरिण, कौवा, साँप तथा परेवामा पहिला एकपटक यस्तै नै कुरा उठेको थियो । परेवाको मत थियो कि प्रेम दु:खको उपादान हो, कौवाको मतानुसार दु:खको उपादान भोक थियो, साँपको मतानुसार दु:खको उपादान घृणा थियो र हरिण ले सोंचि रहेकोथियो कि भयको अतिरिक्त दु:खको अरु उपादान हुन सक्तैन । नजिकै बस्ने एक साधु सित यो प्रश्न सोधियो । उस्ले भन्यो कि तिमीहरु सबै  अंशत: सत्य भन्दैछौ तर दु:खको मूख्य उपादान सम्म पुग्न सकेका छैनौ । साधुले भन्यो कि शरीर धारण गर्नु नै सबै दु:खहरुको कारण हो ।

समीक्षा गर्दै भगवान बुद्धले भन्नुभयोकि त्यस जन्ममा साधुको रुपमा म स्वयं थिएं र विवाद गर्ने चार भिक्षुहरु चार जानवर थिए । यो जातक कथा आजको उपलब्ध पाली साहित्यमा पाईंदैन, यद्यपि बुद्ध जीवन सित सम्बन्धित एक चीनीया ग्रन्थमा यस्को वर्णन पाईन्छ ।

सिसुमार अथवा वानरिन्द जातक ( (मथुरा संग्रहालय मूर्ति संख्या-००.जे.४२, १२.१९५)२

कथा दुई वेदिका स्तम्भहरमा अंकित पाईन्छ यस्मा एक गोहीलाई र बाँदरलाई एक साथ देखाईएकोछ कथा यो छ कि एक समय बोधिसत्व बाँदरको रुपमा एक नदीको किनारामा बस्थ्यो त्यहि नदीमा गोहीको एक जोड़ा पनि बस्थ्यो एक पटक गोहीको पत्नीलेाँदरको कलेज खाने इच्छा लोग्ने सित व्यक्त गर्यो प्रियतमाको इच्छा पूरा गर्नको लागि गोहीलेाँदर सित मित्रता गर्यो र एक दिन सोँच्यो कि बाँदरलाई पारी नदीको किनारमा भएको फलको रुखमाीठो फल खावस  यस्को लागि गोहीले बाँदरलाई पिठ्यूमा बोकेर लैजाने विचार गर्छ ाँदर चलाक गोहीको चेपारे कुरामा पत्यायो र उस्को पीठ्यूमा बसेर नदीमा गयो नदीको बिचमा पुगेपछि गोहीलेाँदरलाई आफ्नो वास्तविक योजना भन्यो आफू पानीमा छिर्न थाल्यो चतुर बाँदर हाँस्योले भन्यो आश्चर्य कि तिमीलाई ज्ञान नै रहेनछ कि बाँदरले आफ्नो कलेजो कहिल्यै आफ्नो साथमा फल खानको लागि रुखबाट टिपेर आफ्नो हातबाट राख्दैन, अन्यथा उफ्रिँदा त कलेज टुकड़-टुकड़ा भैहाल्छ त्यसैले ाँदरले त आफ्नो कलेजो रुखको हाँगामा लुकाएर लट्काएर राख्छन मूर्ख गोहीले यस कुरामा विश्वास गर्छ र बाँदरको कलेजो पाउने लोभमा उस्लाई फेरि नदी किनारामा पुगाईदिन्छ अब बाँदर उफ्रेर जान्छ र गोहिको बुद्धिहीनतामा हाँस्न थाल्छ गोही अचम्म मान्छ र किन हाँसेको भनेर सोध्छ । बाँदरले हाँस्दै भन्छ तिमी बुद्धु नभएकोभए आज मेरो मृत्यु हुन्थ्यो । गोहीले फेरि सोध्छ किन ? बाँदरले हाँसेर भन्छ मूर्ख कलोजो जस्तो शरीर भित्रको चीज पनि रुखमा राखिन्छ ?
भवतु सब्ब मङ्गलम् ।


No comments:

Post a Comment