Thursday, October 18, 2018

बुद्धका नौ गुण



१ अरहँ
) अरहँ देव ब्रम्ह मनुष्यहरुको पूजा सत्कार ग्रहण गर्न योग्य हुनुभएको वहाँ भगवान बुद्ध हुनुहुन्छ ।
) अर+हँ पन्ध्र सय क्लेशहरुलाई निर्मल पारिसक्नुभएको ।
)+रहँ कुनै गुप्त स्थानमा अकुशल कर्महरु नगर्नु हुने वहाँ तथागत  भगवान बुद्ध हुनुहुन्छ ।
२ सम्मा सम्बुद्धोः सम्पूर्ण धर्मलाई गुरुविना स्वयम् आफैले भावित गरि जानी बुझिसक्नुभएको वहाँ तथागत भगवान बुद्ध हुनुहुन्छ ।
३ विज्जाचरण सम्पन्नोः तीन विद्या आठ विद्या पन्ध्र प्रकारका आचरणहरुले परिपूर्ण हुनुभएको वहाँ भगवान बुद्ध हुनुहुन्छ ।
क)  तीन विद्याः
i)                   पुब्बेनिवासानुसतिञाण- पूर्व जन्मलाई देख्न सक्ने ज्ञान ।
ii)                दिव्यचक्षुञाण टाढा नजिकमा भएको अति सुक्ष्म छोपिएकोलाई पनि देवताहरुको आँखाले जस्तै बसी बसी ध्यान व्दारा देख्न सक्नु हुने वहाँ भगवान बुद्ध हुनुहुन्छ ।
iii)               आसवक्खयञाण- आस्रव कामक आस्रव भव आस्रव दिट्ठि आस्रव चार क्लेश आस्रवलाई क्षय गर्न सक्ने अरहन्त मार्ग ज्ञान युक्त हुनुभएको वहाँ भगवान बुद्ध हुनुहुन्छ ।


चतुरब्रम्हविहार


  (चार टाउको भएको) ब्रम्हाको मैले जानेको अर्थ

१ मैत्री ब्रम्ह विहार (सबै सित समान व्यवहार गर्नु  ) मेत्ता भावना
२ करूणा ब्रम्ह विहार (  दुखिहरु उपर दयाभाव राख्नु  ) करुणा भावना
३ मुदिता ब्रम्ह विहार ( इर्ष्या नगर्नु चित्त प्रसन्न पार्नु   ) मुदिता भावना
४ उपेक्षा ब्रम्ह विहार ( प्रिय अप्रियमा भेद नराखि समान भाव राख्नु )उपेक्खा भावना

बौद्ध दर्शनमा चार आर्य सत्य भन्ने सुनेकै होला सुनेर मात्रै हुँदैन
के हो चार आर्य सत्य ?
यहाँ आर्यको अर्थ नाक चुच्चे होईन । सत्य त सत्य सत्यको कुनै व्याख्या नै हुँदैन । सत्पुरुषहरुले आफैले भाविता गरी बिश्लेषण पनि गरि आफू मै टाएर साक्षात्कार गर्न सकिने हुनाले आर्य भनिएको हो र कहिल्यै नबदलिने सदा उस्तै र त्यत्तिकै प्रभावकारी रहने हुनाले सत्य भनिएको हो । बौद्ध दरशनमा भनिएकोछ कि चतुसच्च विनिमुत्तो धम्मो नाम नत्थि अर्थात जुन धर्ममा चार आर्य सत्यको प्रविष्ट छैन त्यो धर्म नै होईन अर्थात त्यस्तो धर्ममा निर्वाण तिर लैजाने ज्ञान हुँदैन ।
१ दुःख आर्य सत्य -जहाँ सम्म प्राणधारी जीवको बास छ त्यहाँ सम्म दुखःको उपस्थिति छ जो पहिलो आर्य सत्य हो ।
२ दुःख समुदय आर्य सत्य-ति दुःखका कारणहरु विद्यमान छन् भन्ने दोस्रो आर्य सत्य हो । अर्थात हरेक दुःखको कुनै न कुनै कारण हुन्छ अकारण दुःखको उत्पत्ती हुँदैन ।
३ दुःख निरोध आर्य सत्य -ति दुःखहरुलाई निमित्यान्नै पारी सम्पूर्ण दुःखको भारी बिसाउने चौतारीछ । अर्थात दुःखको निवारण गर्ने बाटो छ जो सत्य छ त्यहि तेस्रो आर्य सत्य हो .
४ दुःख निरोधमार्ग आर्य सत्य- जो दुःख अजरता अमरताको स्थितिलाई साक्षात्कार गर्ने उपाय अर्थात दुःखलाई निमित्यान्न गर्ने बाटो छ त्यो सत्य 
दुःख कसैलाई मन पर्दैन सुख सबैलाई मन पर्छ यो एक आर्य सत्य होईन र ? बिना कारण दुःख र सुख पनि प्राप्त हुँदैन यो पनि त्यत्तिकै सत्य छ नि । डाकटर कहाँ कुनै रोगको पिडा लिएर जानुस यस्ले सबै इतिहाँस सोध्छ । रोगको कारण पत्ता लगाउने कोशिश गर्छ जस्लाई डाईग्नोशिश भनिन्छ । रगत पिसाब चेक गर्न इत्यादि अनि बल्ल रोगलाई निर्मूल गर्ने औषधी लेखि दिन्छ तर औषधी लेखिदिंदैमा रोग निको कहाँ हुन्छ । लेखे अनुसार भने अनुसार औषधी खाएमा रोग निको हुन्छ ।
 सन्दर्भ सामग्रिः सद्धर्म के किन कसरीबाट

मैत्रीको बारेमा बोल्नुहुँदै भगवान बुद्ध



मैत्रीको बारेमा  भगवान बुद्धले भन्नुभयो ।
मान कि एकजनाले पृथ्वी खन्न थाल्यो भने, के पृथ्वीले विरोध गर्छ?
भिक्षुहरूले उत्तर दिए भगवान ! गर्दैन।
मान एकजनाले लाख र रंग लिएर आकाशमा चित्र बनाउन चाहन्छ । के तिमीलाइए थाहा छ कि उस्रले बनाउन सक्छ ?”
भगवान ! सक्तैन। किन ?” भिक्षुले भने किनकि आकाशा कालो छैन।
यसै प्रकार तिम्रो मनमा कुनै कालो हुनुहुँदैन , जो की तिम्रो राग व्देष को परिणाम हो।
मान मान्छेले जल्दै गरेको मशाल लिएर नदीमा  आगो लगाउन आउँछ , त के उस्ले आगो लगाउन सक्छ ?
” ” भगवान ! सक्तैन ।
 किन सक्तैन ?”
भिक्षुहरूले उत्तर दिए – ” किनकि नदीको पानीमा जल्ने गुण छैन ।
आफ्नो प्रवचन समाप्त गर्दै तथागतले भन्नुभयो भिक्षुहरू ! जसरी पृथ्वी आघात अनुभव गर्छ र विरोध गर्दैन, जसरी हावाको प्रतिक्रिया हुँदैन, जसरी नदीको पानी आगोबाट अप्रभावित भएर बगिरहन्छ ; त्यसै प्रकार हे भिक्षुहरू ! यदि तिम्रो कोहि अपमान गरोस, यदि तिमी सित कोहि अन्याय गरोस तब पनि तिमी आफ्नो विरोधिहरू प्रति मैत्रिको भावना अपनाई राख ।
भिक्षुहरू मैत्रिको धारा सँधै प्रवाहित हुनुपर्छ । तिम्रो मन पृथ्वी जस्तै दृढ़ होस , हावा जस्तै स्वच्छ होस र गंगा नदी जस्तै गम्भीर होस । यदि तिमी मैत्रीको अभ्यास राखे तिम्रो साथ जस्तो सुकै अप्रीतिकर व्यवहार गरोस, तिम्रो चित्त विचलित हुँदैन । किनकि विरोधी चाँडै थाकिहाल्छ । तिम्रो मैत्री विश्व जस्तै व्यापक हुनुपर्छ र तिम्रो भावनाहरू असीम हुनुपर्छ , जस्मा कतै व्देष एक रत्ति पनि नहोस
भवतु सब्ब मङ्गलम् ।



भगवान बुद्ध सात दिन चुपलाग्नुभयो



यो एक ठूलै विरोधाभास हो,ज्ञान प्राप्त गरिसकेपछि शाक्यमुनी बुद्ध सात दिन चुपलागेर चुपलागेर ध्यानमा मात्रै व्यस्त हुनुभयो । वहाँ चुप यति मधूरो थियो कि रसपूर्ण थियो ।

देवलोकमा हलचल मच्चीयो। भनिन्छ ब्रह्मा स्वयम् आत्तिए । किनकि कल्पौ कल्प बित्छ, हजारौ-हजार वर्ष बित्छ तब मात्रै व्यक्ति बुद्धत्व उपलब्ध हुन्छ । शाक्यमुनी बुद्धको निर्वाण भएको २५०० बर्ष बित्यो कति अशान्ति छाएको छ कति हाहाकार भैरहेकोछ । जब कि यो बुद्धको क्षेत्र हो ।
अहँ यो त भएन बुद्धलाई बोल्न मनाउनै पर्यो। भगवान त मौनको मालिक हुनुभयो बोल्न त बाध्य नृ गर्नुपर्यो । भनिन्छ कि ब्रह्माजी सबै देवताहरुको साथमा बुद्ध समक्ष उपस्थित भए र चरणमा दडवट गरे किनकि बुद्धत्व भनेको देवत्व भन्दा माथि नै हुन्छ ।
 देवता पनि बुद्ध हुन चाहन्छन । देवता पनि सुखी हुन चाहन्छन् । अझै देवताहरुको मोह लोभ  समाप्त भैसकेकोछैन। अझै तृष्णा मेटीएको छैन् । भनिन्छ ब्रह्मा झुकेर बिन्ति गरे भगवान तपाई त बोल्नै पर्छ यसरी चुप लागेर कहाँ हुन्छ वोल्नुभएनभने त ठूलै दुर्घटना हुन्छ । र एक पटक यो सिलसिला बस्यो भने परम्परा नै बिग्रन्छ । बुद्ध त  सदा बोल्दै आएकाछन । तपाई नबोली हुँदैन तपाईले जुन बोल्ने  क्षमता पाउनुभएकोछ । तपाईको वोल्नाले अँध्यारोमा हराएकाले उज्यालो पाउनेछन। बाटो बिराएकाहरुले बाटो भेट्टाउनेछन् वोलिदिनुहोस। बल्ल भगवानमा करुणा जाग्यो मान्नुभयो बोल्नलाई । साधारण मान्छे वासनाले बोल्छ, बुद्ध पुरुष करुणाले वोल्छन । साधारण मान्छे यसकारण वोल्छन कि केहि पाईएला, बुद्ध पुरुष यसैले बोल्छन कि शायद बोल्नाले केहि बाँडिएला त्यसैले बोल्छन । त्यहि त भनिन्छ कि भगवान यति चुपलाग्नुभयो कि सन्सारमा यति कोहि चुप लागेनन् । अनि भगवान गाउँ गाउँ वस्ति चाहारेर यति बोल्नुभयो कि सन्सारमा त्यति कसैले बोलेनन् ।
बुद्धको धर्ममा दर्शनमा जे जति छ सुत्त पिटक ति सबै बुद्धका वचनहरु नै हुन । विनय पिटक सबै बुद्धले बोल्नु भएको विनयहरु हुन् ।

भवतु सब्ब मङ्गलम् ।

चित्त के हो?




मन, कुनै चीजको त्यो व्यक्तिगत, आत्मपरक अनुभव हो जुन प्रतिपल परिवर्तित भैरहन्छ। 
मनको संकल्पना जटिल छ र यो विभिन्न भाषाहरुमा फरक फरक छ । बौद्ध मतमा मनको लागि संस्कृत को चित्त  शब्दको उपयोग हुन्छ र यस्को अर्थ अत्यन्त व्यापक छ । यस्मा संज्ञान, धारणा, अनुभव, मूर्त एवं अमूर्त विचार, भावनाहरु, सुख-दुःखको अनुभूति, ध्यान, एकाग्रता र बुद्धि इत्यादि अर्थ समाविष्ट छ। जब बौद्ध मत मनको उल्लेख गर्छ तब यस्मा सबै प्रकारको मानसिक गतिविधिहरु निर्दिष्ट छ ।

यहाँ भौतिक आधार केंद्रमा होईन   मस्तिष्क, तंत्रिका तंत्र, हर्मोन्स, र न  रासायनिक या विद्युतीय क्रियाहरु सम्बद्ध छ। बौद्ध मत यसमध्य कुनै पनि चीजलाई अस्वीकार गर्दैन  किनकि निश्चित रूपले यि उपस्थित र अभिन्न रूपले अन्तर्निहित छ । मन कुनै यस्तो महत्वहीन चीजलाई अभिव्यक्त गर्दैन जुन मस्तिष्कमा रहेर यस्को गतिविधिहरुलाई उत्पन्न गर्छ। यस्को अतिरिक्त, बौद्ध मत सामूहिक अवचेतन अथवा सार्वभौमिक मनको ठोकुवा गर्दैन । 
मानसिक गतिविधि के हो ?  
उदाहरणको लागि यदि मन र मानसिक गतिविधि कुनै चीजको व्यक्तिगत, आत्मपरक अनुभव गर्नु छ भने क्रोधित हुनेको सटीक अर्थ के होला । यो क्रोध आउनु  र यस्को अनुभूति हुनुहो, जुनकि एकै समयमा घटित हुन्छ । कुनै वस्तुको अनुभव गर्ने सतत धारामा ति एक साथ कुनै घटनाको व्याख्या गर्छ । यदि म क्रोधित छु भने यो मेरो अनुभव छ तिम्रो। तर म भिन्नै मन रुपी मशीनको क्रोधको बटन दबाएकोछैन म बस अनुभव गरिएको घटनाको भाग हो ।
यो कुनै चीजलाई हेर्नु जस्तै हो, जस्तै कि कुनै स्याउ वा सुन्तला हेर्नु। वैज्ञानिक दृष्टिमा, प्रकाशको किरणहरु कार्नियाबाट हुँदै हाम्रो आँखामा प्रवेश गरेर दृष्टिपटल ( रेटीना )को फोटोग्राही कोशिकाहरुमा मिल्छ । यो वैद्धुत सम्वेगहरुलाई प्रकाशीय सूचना मस्तिष्कलाई सम्प्रेषित गर्नको लागि प्रेरित गर्छ, जहाँ यस्मा काम हुन्छ । यस्को आत्मपरक अनुभव कुनै स्याउको तीन आयामी  मानसिक चित्र ( मेंटल होलोग्राम )को उद्भव छ र यहि यस्लाई हेर्ने अर्थ हो । यद्यपि मन, एक रिक्त स्थान होईन, मस्तिष्कमा कुनै न कुनैं स्थानमा स्याउको यो तीन आयामी चित्र उठ्छ, जस्को अभिव्यक्ति मनमा केहि छको रूप मा हुन्छ । 
यो तीन आयामी मानसिक चित्र (होलोग्राम )ध्वनि, गंध, स्वाद, र शारीरिक सम्वेदनको प्रतिरूप हुनसक्छ , यहाँ सम्मकि हाम्रो कल्पना र सपनामा पनि। तीन आयामी मानसिक चित्रको बिम्ब देख्नु उत्पन्न भैरहेको भावना र सुख या दुःखको स्तरको पनि व्याख्या गर्छ, जुन कि मस्तिष्कको विभिन्न अन्य भागहरुबाट हर्मोन्सको स्रावमा निर्भर गर्छ । कुनै पनि क्षण, हाम्रो मानसिक चित्रको विषय वस्तु कैयौँ कारकहरुको मिश्रण हो : मिश्रित भावनाहरु तथा केहि हद सम्म सुख या दुःखको साथ एक वस्तु जस्तै की एक दृश्य अथवा विचार। 
सुख के हो  ?
तंत्रिका-विज्ञान र बौद्ध मत
1987 मा दलाई लामा र चिलीका वैज्ञानिक फ्रांसिस्को वारेला द्वारा माइणड एण्ड लाइफ  संस्थानको उद्घाटन पछि, अन्तर्राष्ट्रीय वैज्ञानिकहरुको दल र सिद्ध बौद्ध गुरुहरुले मन र मस्तिष्कको मध्य अन्तर सम्बन्धि विभिन्न फलहरुको अन्वेषण गरेकोछ । तंत्रिका वैज्ञानिकहरुले नयाँ र अनुभवी दुबै साधकहरुको मानसिक गतिविधिहरुमा दृष्टि बनाई राखे ।  यो उद्घाटित गरे कि निरन्तर ध्यान दिमागको तंत्रीय अस्थिरता (न्युरोप्लास्टीसिटी)लाई प्रभावित गर्छ तथा जसबाट एकाग्रता र सहानुभूति जस्तो सकारात्मक भावनाहरु  उत्पन्न हुन्छ ।
अहिलेसम्म, पश्चिमी विज्ञान र बौद्ध मतको निष्कर्षहरुले एक-अर्कालाई पूर्ण एवं समृद्ध गरेकोछ तथा बौद्ध मतानुयायिहरु एवं प्रख्यात वैज्ञानिकहरुको मध्यभएको संयुक्त प्रयास पहिचान हो त्यस बौद्ध मतको जस्लाई दलाई लामा – २१औँ सताव्दीलाई बौद्ध मत भनिन्छ ।

जीवन अनुभव गर्ने मानसिक गतिविधि बौद्ध मतानुसार चित्तहो । यो क्रिया प्रतिक्षण परिवर्तित हुन्छ र विभिन्न मानसिक कारकहरुको साथ हुन्छ। बौद्ध मत हामीलाई सिकाउँछ कि जीवन द्वारा जे पनि प्रक्षेपित हुन्छ हामी त्यस्को शिकार हुँदैनौ यद्यपि हामी जीवनमा कसरी र के अनुभव गर्नुहुन्छ यस्मा  स्वयं अभिन्न भूमिका निभाउँछ। मनलाई प्रशिक्षित गरेर हामी व्यापक स्तरमा आफ्नो अनुभवहरुलाई राम्रो रूपमा रूपान्तरित गर्न सक्छौ र निरन्तर प्रयासबाट यो सकारात्मक परिवर्तन सरल हुन्छ ।
सन्दर्भ सामग्रि ःडा. अलेक्ज़ेंडर बर्ज़िनमैट लिंडेन
भवतु सब्ब मङ्गलम् !


भगवान सित आनन्दको प्रश्न




एकदिन आनन्दले भगवान सित प्रश्न गर्यो ।
भगवान! जल वायु अग्नी मध्य सबै भन्दा शक्तशाली तत्व कुन होला ?
भगवानले उत्तर दिनुभयो ढुङ्गा सबैभन्दा शक्तिशाली देखिन्छ त्यसैले फलाdको हथौडाले ढुङ्गालाई टुक्रा टुक्रा गरिदिन्छ । त्यसैले ढुङ्गा भन्दा फलाम शक्तिशाली देखिन्छ ।
तैपनि कामीले फलामलाई आगोमा पोलेर आफनो मनको आकारमा परिवर्तन गरिदिन्छ त्यसैले ढुङ्गा भन्दा फलाम शक्तिशाली छ ।
तर आगो जतिसुकै बिकराल किन नहोस पानीले त्यसलाई निभाईदिन्छ  शान्त गरिदिन्छ । त्यसैले पानी ढुङ्गा फलाम र आगो भन्दा शक्तशाली छ । तैपनि पानीले भरिएको वादललाई हावाले उडाएर यता उता लैजान्छ त्यसैले वायु पानी भन्दा बलशालीछ ।
तर हे आनन्द! ईच्छाशक्तिले वायु दिशालाई पनि मोड्न सक्छ त्यसैले सबैभन्दा शक्तिशाली तत्वहो व्यक्तिको ईच्छाशक्ति भन्दा शक्तिशाली केहिछैन ।

दशपारमिता



                                                                                                                        (जीवनकुमार शाक्य)
 बौद्ध दर्शनमा यस दश पारमिताको अती नै महत्वपूर्ण स्थान रहेकोछ । हरेक प्राणीले यसको अभ्यास नगरि हुंदैन भन्ने मेरो अध्ययन अनुसारको विचार रहेकोछ ।यसको बारेमा भरिसक्य स्पष्ट पार्ने प्रयास गरेकोछु । वास्तवमा दशपारिमिता जान्न वा यसको अभ्यास गर्न बौद्ध धर्मावलम्बी नै हुनेपर्ने कुनै आवश्यकताछैन ।
 पारमिको साधारण अर्थ पार गर्ने हो । बिभिन्न कठिन परिस्थितिलाई आफ्नै प्रयासद्वारा अरुको भर नपरि  पार गर्नुलाई पारमि भनिन्छ । शाक्यमुनी भगवान बुद्धले बिभिन्न पूर्व जन्महरुमा थुप्रै जन्महरुमा पार गरिसकेको परिस्थिति नै पारमिता हो । दश पारमितालाई बुझन् सबै भन्दा पहिला बुद्ध शव्दको बारेमा बुझ्नु आवश्यक छ । बुद्धको कुनै व्यक्तिको नाम होईन न त कुनै व्यक्ति हो । कुनै पनि व्यक्तिले स्यवं आफेनै प्रयास द्वारा आफ्नै अनुभुति द्वारा अभ्यास गरेर दुःख मुक्तिको उपाय लोकोत्तर ज्ञान हांसिल गर्ने बुद्ध हो । उन्नति गर्न नचाहने यो संसारमा मानिस विरलै होलान  । सबैको आ-आफ्नो योजना हुन्छ महान व्यक्ति अथवा महापुरुष हुनलाई उच्च गुणधर्म हुन अत्यावश्यक छ । उच्च गुणधर्म हुन उच्च कूलनै हुनुपर्छ भन्ने छैन पूर्ण धर्म बिना कुनैपनि व्यक्ति महान हुनै सक्तैन । राजाका छोरा वा पुंजिपतीको सन्तान भन्दैमा पनि हुंदैन अथवा महापण्डितको सन्तान भन्दैमा पनि  हुंदैन । न त महान महिलानै हुन सक्छ  । त्यसको लागि नैतिकता,त्याग,निष्कामता,समानता,परोपकार र अनवरत कार्यशिलता आदि गुणयुक्त व्यक्तिलेनै व्यक्ति महान हुन्छ । यस्तो गुण निर्माण गर्न तपश्याको र कठोर अभ्यासको आवश्यक्ता पर्दछ । बौद्ध ग्रन्थमा दश पारमिताको महत्वपूर्ण स्थान रहेकोछ । यसको जानकारी बिना मानिसले वास्तविकता ज्ञानलाई उच्च बनाउन सक्तैन । सिर्द्धार्थले दशपारमिता पूरा गरेपछि बुद्धत्व प्राप्त गर्नुभएको थियो । तत्कालिन अवस्थामा कपिलबस्तु  शाक्य गणराज्यका राजा शुद्धोधनका पुत्र राजकुमार शिर्द्धार्थले यहि दशपारमिताबाट पूर्ण भएर विश्व शान्तिका महानायकका रुपमा  संसार भरि चिनिए ।


धर्तिमा असंख्य बुद्धहरुको प्रादुर्भावभाव भएको थियो । हाम्रो नेपाल धर्तिमा तिन बुद्ध प्रादुर्भाव भएको थियो भनेर बौद्ध ग्रन्थमा उल्लेखछ । कोणागमन बुद्ध, क्रकुछन्द बुद्ध र गौतम बुद्ध । कल्पौं कल्पको अवधिमा बुद्धहरुको उत्पत्ति हुन्छन् । एक कल्पमा चारहजार बर्षहुन्छ र एक कल्पमा एकमात्र बुद्ध हुन सक्छन् भनिएकोछ । शाक्यमुनी बुद्धको प्रादुर्भाव भएको पनि अर्ढाई हजार बर्षभयो । शाक्यमुनी बुद्धले अग्रज बुद्धहरुको पदलाई ग्रहण गर्दै बुद्धत्व प्राप्त गरेको भनेर ग्रन्थमा पाईन्छ ।
बुद्ध वा प्रत्येक बुद्ध हुन वा अर्हत हुन वा बोधसत्व हुन पनि पारमिता पूरा गरेको हुनपर्छ । निर्वाणको प्रार्थना गरी कुशलचर्या गर्नुलाई नै पारमि वा पारमिता भनिन्छ । बुद्धत्व प्रार्थना पूर्ण गर्ने कुशलचर्या गर्नुलाई महाबोधियान अर्थात महायान  भनिएकोछ । यानको अर्थ सर्बबिदितैछ यात्राको साधनलाई यान भनिन्छ स्थलमार्गको साधन,आकाशमार्गको साधन पनि यान नै हो । यानको क्षमता अनुसारको यात्रुहरु सवार हुन्छन् । लामो यात्रा गर्न मोटरर्साईकलले सम्भव हुंदैन भएपनि कष्टपूर्वक बढी समय लाग्छ । त्यसो त र्साईकलबाट विश्वभ्रमणको यात्रा गर्नेहरु पनि छन् तर एक्लै मात्र ।  हिमाल,समुद्रपार   गरेर गरिने यात्रा हवाई जहाज हो यो पनि ट्वीनअटरले समुद्रपार गर्न गाह्रो हुन्छ । गङ्गा नदी वा समुद्र आदि पार तर्नुलाई पार भनिन्छ तर स्यानो डुङ्गाले सम्भव छैन । त्यस्को लागि ठूलो पानी जहाज वा जेटविमानको आवश्यक पर्छ । जेट विमान एक प्रकारको महायान हो । धेरैजनाको यात्रा हुनसक्छ धेरैजनाको कल्याण हुन सक्छ । यो संसार भवसागर हो महासागर हो तर्सथ स्यानो डुङ्गाबाट सम्भव छैन । डुङ्गाबाट स्यानोतिनो नदीमात्रै तर्न सकिन्छ । ठूला जहाजहरु पनि प्राबिधिक कमजोरी र अज्ञानताको कारणले दुर्घटनाग्रस्त भएर यात्रुहरुको मृत्यहुने गर्दछ ।
        बुद्ध दर्शन अनुसार प्रत्येक बुद्धत्व प्रार्थना पूरा गर्ने कुशलचर्या प्रत्येक बोधियान हो । अर्हत्व प्रार्थना गर्ने कुशलचर्या श्रावक-बोधियान हो । प्रत्येक बुद्धको अर्थ आफ्नो मात्रै कल्याण सुःखानुभुतिको बुद्धत्व हो । अर्हत्व पनि प्रत्येकबुद्ध पनि त्यस्तै हो श्रावक को अर्थ सकृय श्रवण हो । सांसारिक बन्धनबाट पारको अवस्थालाई निर्वाणको संज्ञा दिईएकोछ । संसाररुपी सागर पार निर्वाण भएकोले निर्वाण पुग्ने गुणधर्मको अर्थले पनि यसलाई    पारमि भनिएको हो । दानशील आदि गुणधर्म पूरा गरिलिनु नै पारमिता हो । स्वार्थगत भावनाले वा आशावादी भएर कुनै कुशलकृया गर्नु हुंदैन भनेर बौद्धग्रन्थमा उल्लेख गरेको पाईन्छ । र्स्वर्ग जाने प्रलोभन देखाएर दान गुण धर्ममा आकषिर्त गराउने अर्को जन्ममा आफूलेनै  सबै बस्तु प्राप्त गर्ने प्रलोभन देखाएर दानगर्न प्रेरित गर्ने वा दान गर्ने पारमि होईन । करुणापुर्वक गरिने दान गुण धर्मनै पारमिता हो । दानमा पनि प्रतिष्पर्धा गर्ने गराउने चलन हाम्रो समाजमा देखिन्छ । प्रतिष्पर्धामा गरिने दान गुणधर्म एउटा मिश्रति कुशलकर्म भएकोले पारमिता गुणधर्म भित्र पर्दैन । अरुले जस्तोसुकै अप्रीय बचन बोलेता पनि कुनै क्रोध र ईर्ष्या नगरि शीतल हृदयले गरिने कुशलकर्म प्रणीत स्तरको हुन्छ ।  पारमिता दश प्रकारको छ ।
) दान पारमिता ः दशवटा पारमितामा बोधिसत्वहरुको प्रथम चर्या हो । आफुमा भएको बस्तु लोभ नगरि दान दिने वा त्याग गर्ने ,दान पारमिता पनि बिभिन्न स्तरको पाईन्छ । द्रव्य,दान खाद्यान्न दान,परिवार,जमीन,शरीर दान हुन् । यसलाई ३ भागमा बिभाजन गरेकोछ ।
) अमिस दानः यो एक प्रकारको सामान्य दान हो । बाह्य प्रकारका द्रव्य,दान खाद्यान्न दान अमिस दान भनिन्छ । अनावश्यक नसुहाउंदो काम नलाग्ने दान दिनु उचित होईन । त्यसैले बोधिसत्वहरु अनावश्यक बस्तुको दान गर्दैनन् ।
) अभयदानः कसैलाई आफ्नो तर्फबाट भय मुक्त गरि दिनु नै अभय दान हो । शासक बर्गले जनातालाई सुरक्षाको अनुभुति प्रदान गर्नु अभयदान हो । अथवा कुनै व्यक्ति,परिवार समाजलाई भय रहित गराउनु अभयदान हो ।  तत्कालिन कोशलराजा प्रसेनजितले डांकु अंगुलिमालबाट  भयरहित गर्न सेना प्रयोग गरेका थिए तर बुद्धले ज्ञान प्रवेष गराएर  अभयदान गर्नुभएको थियो । मृत्य डण्डबाट मानवअधिकारको आवाज उठाउनु अभयदान हो।
दान उप पारमिताः आफ्नो अंगनै दान दिने । बौद्ध जातक कथामा  कठिन चर्या राजा विश्वन्तरले परिवार नै दान दिएको थियो । बाहिरी बस्तु दान गर्नु सरल छ तर आफ्नो शरीरको मासु काटेर बाघलाई खुवाउनु,हृदय,मुटु,मिर्गौला,रगत,आंखा दिनु सरल छैन । धर्म देशना गरेर प्राणि हित गर्नु,प्रज्ञा दान दिनु हो । दान बिधि र अनुकम्पा बिधिः लोकोपकारी महान व्यक्तिहरुको आदर सम्मान पूर्वक गरिने त्याग कार्य दया करुणा प्रयोग गरेर दिईने  अनुकम्पा,देशको लागि शहीद हुनेहरुको स्मृति गर्नु पूजा हो ।
)धम्मदानः बौद्ध ग्रन्थमा सर्बोत्तम दान  भनिएकोछ  । जस्ले क्लेश नाश गर्नलाई जुन अनुत्तर धर्मदेशना गर्दछ त्यसलाई धर्मदान भनिन्छ । अरुको हितार्थ उपदेश दिएर कुशलमार्गमा दोहोर्याउंछन् ।
) शील पारमिताः शीलको अर्थ सदाचार हो । सदाचार नियम शरीरले गरिने कायिक र वचनले गरिने -वाचिक) नैतिक गुणहरुको पालन गर्नु । प्रकृतिको धर्म अनुसार मनमा विकार नल्याई गरिने कार्य । जसरी टाउको नभएमा शरीरको अस्तित्व हुंदैन त्यस्तै शीलको अभाव भएको मानिसको अस्तित्व हुंदैन । भक्तिभावको समयमा अर्थ न बर्थको कुसमयमा अनावश्यक भुक्ने कुकूरको भुकाई जस्तै बोल्ने कुकूरशील भनिएकोछ भने कोट्याएर खोस्रेर खाने ब्रतलाई सकुणशील -चराशील) भनिएकोछ।
जस्तैःपंचशील- चोरी नगर्ने,झुठो नबोल्ने,परस्त्रि व्यभिचार नगर्ने,हिंसा नगर्ने र मदिरापान,धुम्रपान नगर्ने । यो सामान्य मानिसले गर्नुपर्ने सदाचार नियम अथवा शील हुन् । मानिसले अधिकाश वचनले शील भंग गरि रहेकोहुन्छ । र्सर्द्धमपुण्डरिक सुत्रमा पंचविध वाचिक पाप उत्पन्न हुने भनिएकोछ । मानिसबाट प्रायः बोलि वचन व्दारा शील भंग गरेका हुंन्छन् । अरुको कुरा काटेर,अरुलाई चित्तमा आघात पर्ने वचन बोलेर,यताको कुरा उता गरेर चुक्लि लाएर,झुठो बोलेर, अश्लिल शव्द प्रयोग गरेर यि मानिसका लागि हानिकारक वचन हुन् । बोधिसत्वहरु यो भन्दा पनि कठोर शील पालन गर्दछन् । प्रत्येक दिन कम्तिमा आठ वा दश शील पालन गर्दछन्। विकाल भोजन गर्दैनन् अर्थात १२ बजे पश्चात भोजन गर्दैनन् । सुगन्धित तेल लेपन गर्दैनन् ,ऐना हेर्दैनन्,आवश्यक भन्दा बढी धन संचय नगर्ने जस्तैःअप्रीय बचन बोल्नु । अरुको अनर्थको चर्चा गरेर कुरा काट्नु ,सत्य तर अप्रीय नबोल्नु, कपोकल्पित कुरा गरेर अरुलाई भ्रम पार्नु वा समस्या पार्नु बोधिसत्वहरु यस्तो बाट सचेत हुन्छन् । मानिस धार्मिक हुन धन खर्च गर्नु आवश्यक छैन ।आफैलाई संयमित राखेमा स्वतः धार्मिक हुन्छ शीललाई पालन गरेमा धार्मिक हुन सक्छ ।
 ) नैश्क्रम्य पारमिताःसंसारको भलाईको लागि ज्ञानको खोजीमा गृहत्याग गर्नु । बाधा अड्चन सित नहारेर बाधा पार गरेर जाने प्रकृया । सिर्द्धार्थले गृहत्याग गर्ने अवस्था  हो । सुन्दर प्यारो पुत्र ,सुन्दरी प्यारी श्रीमती,राजगद्दी,धन सम्पत्तीको मोह नगरि त्यागेर जाने परिस्थिति नैश्क्रम्य हो । अर्को अर्थमा अनाशक्ती वैराग । शिर्द्धार्थलाई संसारको स्थिति देखेर वैराग उत्पन्न भयो । राजा शुद्धोधनले आफ्नो छोरालाई वैराग्य नहोस भने मनोरन्जनको विलासिता बस्तुहरुको व्यवस्था गरेर सुन्दरीहरुको व्यवस्था नाचगानको व्यवस्था गर्दा पनि त्यसतर्फअनाशक्ती हुनु वा सुन्दरतामा मन नजानु ।
) प्रज्ञापारमिताः प्रज्ञा नाना प्रकारका हुन्छन् । प्रज्ञाको साधारण अर्थ राम्ररी जान्नु हो । राम्ररी भन्नुको अभ्रि्राय लोकुत्तर रुपमा हो । त्यसैले संज्ञा,विज्ञान र प्रज्ञाको काम थाहा पाउनु अर्थ उस्तै उस्तै भएता पनि यसको बीचमा ठूलो भेद छ । जस्तै संज्ञाले रातो हरियोलाई जान्न सक्छ । संज्ञा अनित्य दुःख र अनात्म लक्षण प्रतिवेध सम्म पुग्दैन । विज्ञानले  रातो हरियो सबै आलम्बन थाहा पाउंछ त्यसो भए पनिविज्ञान प्रयत्न गरेर मार्ग पाउन सक्तैन । प्राणीहरुको आंखाले बस्तु वा अरु प्राणीहरु देख्न सक्छ,कानले शव्द आवाज सुन्न सक्छ,नाकले गन्ध सुंघ्न सक्छ ज्रि्रोले रस स्वाद लिन सक्छ, शरीरले स्पर्षगरेर तातो चीसो नरम कडा थाहा पाउन सक्छ । कुनै पनि बस्तु वा प्राणी देखेपछि त्यस्को नाम थाहा पाउंछ । बस्तुको रङ्ग र परिस्थिति सबै थाहा पाउंछ । यि सबै ज्ञान नै हुन र यि ज्ञान पशु पंक्षीहरुमा पनि हुन्छ । तर ज्ञान हुंदैमा प्रज्ञा हुंदैन । ज्ञानलाई अंग्रेजीमा Knowledgeर भनिन्छ र प्रज्ञालाई Wisdom भनिन्छ । अल्पज्ञान भएको मान्छे सांढे जस्तै ठूलो र बलियो हुन सक्छ । तर ज्ञानको बृद्धि भएको हुंदैन । हाम्रो देशको अधिकांश नेताहरुमा ज्ञान प्रशस्त छ तर प्रज्ञाको अभाव छ । थाहा पाउने विज्ञानको काम हो,सम्यक रुपमा बुझनु प्रज्ञाको काम हो र जीव भनेको कुनै चिज नै छैन । संज्ञा पंहेलो रंङ्ग अनुसार आलम्बन्लाई जान्ने आकारलाई ग्रहण गर्नाले अन्जान् बच्चाको असर्फी देखे झैं हो । बिज्ञान पंहेलो आदि अनुसार आलम्बनको आकारलाई ग्रहण गर्ने र माथिको स्थिति सम्म पुग्ने एउटा अबुझ गाउंले ले असर्फी देखे जस्तै हो । अनुभवी स्वर्णकारले असर्फीलाई हातमा लिने बित्तिकै थाहा पाउंछ यो सक्कली हो वा नक्कली तैपनि निश्चित गर्न उस्ले ओगोमा पोलेर, कसी लगाएर,तेजाबमा हालेर परिक्षण गर्छ । यसरी राम्ररी जान्ने नै प्रज्ञा हो । जहां जुन चित्तमा,संज्ञा,बिज्ञान हुन्छ त्यहां प्रज्ञा हुंदैन र  प्रज्ञा सबै चित्तमा पनि हुंदैन । आयुष्मान सारपुत्रले शाक्यमुनि बुद्ध सित प्रश्न गर्छन् -"हे भगवान प्रज्ञापारमितालाई कसरी चिन्नु पर्छ -" भगवान भन्नुहुन्छ- "हे शारीपुत्र रुप वेदना,सज्ञा,संस्कार विज्ञान यी पन्च स्कन्धलाई मायोपम हुन् भनेर जान्नु नै प्रज्ञापारमीताको अभिनिर्हार हो ।" अर्को अर्थमा सरल तरिकाले  यथार्थ ज्ञान प्राप्तहुनु,राम्ररी बुझ्नु । आंखा चिम्लेर अन्धविश्वासमा नभई वास्तविकतामा बुझ्नु।
प्रज्ञापारमीतालाई  नव सुत्र अन्तरगत  ४५ वटा नामबाट बिश्लेषण गरिएकोछ । यो र्सब प्रथम राजगृह गृधकूर्टपर्बतमा आयुष्मान शारिपुत्र,आयुष्मान ,सुभूति तथा बोधिसत्व मैत्रेय,अवलोकितेश्वर बज्रपाणी,मन्जुश्री,सुबिक्रँन्त विक्रमि तथा शक्र देवराजहरुलाई धर्म देशनाको प्रसंगमा रहेकोछ भनेर नवसुत्र संग्रहमा उल्लेख   गरेको छ ।
 संक्षिप्तमा प्रज्ञा ३ किसमको हुन्छ -
)श्रुतमय प्रज्ञा -ज्ञानः अरुको कुरा सुनेर प्रवचन सुनेर,देखेर प्राप्तहुने ज्ञान । प्रश्नोत्तर गरेर प्राप्त गरेको ज्ञान अनि पुस्तक पढेर प्राप्त गरेको ज्ञान । यस प्रकार अरुसंग सोधेर ज्ञान प्राप्त गर्ने प्रज्ञामा अग्र हुनुहुने भगवान बुद्धका निकटम शिष्य सारिपुत्रले अस्सजित भन्तेको कुरा सुनेर श्रोतापत्तित्व प्राप्त गरेका थिए । महान प्रज्ञावान्लाई पनि प्रज्ञारुपी बत्ति बाल्नको निमित्त आवश्यक पर्दछ । अर्को कुरा ज्ञान प्राप्त हुन सक्छ । उदाहरणको लागि कुनै भोक लागेको धनी मान्छे होटलमा प्रवेष गर्छ  एक स्थानमा बसेपछि बेयराले मेनु दिन्छ मेनु हेरेर स्वादिष्ट भोजनको परिकार देख्छ अहा यो स्वादिष्ट होला भनेर निर्देश गर्छ । त्यही भोजन अरुले पनि स्वाद लिएर खाई      रहेको हुन्छ रमाई रहेको देख्छ । यो श्रुतमय प्रज्ञाहो ।
)चिन्तनमय प्रज्ञा -तार्किक ज्ञानः यो चिन्तनमय हुन्छ । उदाहरणको लागि  माथिको कथा पछि सांच्चै स्वादिष्ट होला कस्तो स्वाद लिएर खाई रहेकोछ भोक लागेकोछ चांडै ल्याएको भए हुन्थ्यो ।  देखेको अथवा सुनेको प्रचारित कुरा अरुबाट प्रमाणित परिस्थिति । अर्को अर्थमा सरलताको लागि दृष्यलाई भन्दा अदृष्यलाई नजिक ल्याउन सरल बनाई दिनुलाई चिन्तनमयी प्रज्ञा भनिन्छ । अरुसंग नसोधिकन तर्कानुकुल अथवा आफ्नो चिन्तनले आफैले प्राप्त गर्ने प्रज्ञा भएकोले यसलाई चिन्तनमय प्रज्ञा भनिएको हो ।
 ) भावनामय प्रज्ञाः चिन्तनमय,श्रुतमय र भावनामय प्रज्ञा मध्य भावनामय प्रज्ञा उत्तम हो । अनीत्य,राग व्देष मोह बुझ्ने । उदाहरणको लागि माथिको कथा फेरि जोडिन्छ सुनेको देखेको अरुले खाएर तृप्त भएको आफुले पनि खाई हेर्दा प्राप्त भएको सन्तुष्टि ।  अर्थात प्रज्ञा भनेको मानिसको रत्न हो प्रत्येक मानिसले यो  रत्न प्राप्त गर्नुपर्छ । यो रत्नलाई ग्रहण गर्न सक्नर्ुपर्छ । शासकको प्रज्ञा भएन भने क्रूर हुन्छन् जनताले दुःख पाउंछन् जनताको अनाहकमा मृत्यु हुन्छ ।
मानिस अल्छि भयो भने प्रगतिमा बाधा हुन्छ । मानिसलाई कुसमयमा न्रि्रालाग्यो भने प्रगतिमा बाधा हुन्छ । बढी समय सुत्ने मान्छेको बढी समय नष्टहुन्छ । पूर्ण प्रज्ञाले प्रमादी स्वभाव भएको मानिसलाई देख्न सक्छ । जसरी एउटा उच्च स्थानमा अर्थात पहाड पुगेपछि तल सबै देखिन्छ ।
प्रज्ञा प्राप्त गर्न कुनै उमेरको हदबन्दि भएको देखिंदैन । शाक्यमुनी बुद्धले ३५ बर्षको उमेरमा बोधिलाभ गरे । कोहि कोहि ६०बर्ष नाघेर पनि  बुद्धि परिपक्व नभएका हुन्छन् । शरीर शक्ति पनि ज्ञान शक्तिको कारण हुन सक्छ । किन कि बुद्धले दुष्कर चर्या गर्दा पनि बोधिलाभ गर्न सकेनन् । केहि नखाई शरीरलाई दुःख दिएर हाड छालामात्रै हुंदा सम्म ज्ञानको लाभ गर्न सकेनन् तर सुजाताले क्षीर-खीर) चढाएर भोजन गरे पछि सोहि दिनमा बोधिलाभ भयो । समष्टिमा प्रज्ञालाई धर्मको स्वभावले एक प्रकारको हुन्छ । लौकिक लोकोत्तरले दुई प्रकारको हुन्छ । त्यसरी नै आस्रव,अनास्रव आदिले,नामरुपको व्यवस्थापनले,सौमनस्यले उपेक्षायुक्त हुनाले र दर्शन भावनाभूमिले चिन्तनमय,श्रुतमय,भावनामयले तिन प्रकारको हुन्छ । र त्यसरी नै परित्र,महदगत,अप्रमाणले,आय,अपाय,उपाएकौशल्यले आध्यात्म अभिनिवेश आदिले चार सत्यहरुको ज्ञान चार प्रतिसम्भिदाले चार प्रकारको हुन्छ भनेर बिशुद्धिमार्गको चौधौं परिच्छेदमा उल्लेख गरेको छ ।
) वीर्य पारमिताः यसको साधारण अर्थ उत्साह,उद्योग शारिरिक एवं मानसिक साहसपूर्णा काम हो ।  अर्को अर्थमा वीरहरुको विशुद्ध स्वभावलाई पनि विर्य भनिन्छ। जस्तोसुकै बाधा अड्चन आईपर्दा पनि नडराएर हिम्मत गरेर साहसपूर्वक अघि बढने कार्य । वीर्यको शत्रुः अल्छी र निद्रा हो । मानिस अल्छि भयो भने प्रगतिमा बाधा हुन्छ । मानिसलाई कुसमयमा निद्रा लाग्यो भने प्रगतिमा बाधा हुन्छ । बढी समय सुत्ने मान्छेको बढी समय नष्टहुन्छ ।
बुद्धले महापरिनिर्वाण प्राप्त गर्ने समयमा भन्नु भएको थियो-" मैले स्वयम् जानेर,स्वयम् साक्षात्कार गरें,अभिज्ञान गरें भनि आज्ञा गरेका थिए त्यो नै बोधिपक्षीय धर्म हो । वीर्यको बाटोमा आउने बाधा अड्चनलाई मार भनिन्छ । यस्तो मारलाई जित्दै जानु वीर्यय पारमीता हो । वीर्य पारमिता भन्दैमा साहसपूर्वक अघि बढदै जानु भन्दैमा नर संहार गर्दै अघि बढनु वीर्य पारमिता होईन । महान सिकन्दरले संसार जित्ने अभिलाषा लिएर देशहरु जित्दै गए पनि वीर्य पारमिताको उपाधि प्राप्त गरेको होईन । उदाहरणःतक्षशीला गुरुकुलको एउटा अल्छि विद्यार्थी दाउराको खोजीमा जङ्गलमा जान्छ सुकेको रुख देखेर मक्ख परेर उ निदाउंछ तर व्युंझदा सांझ परिसकेकोले केहि देख्दैन । कोहि बुद्ध र भिक्षु संघको निन्दा गर्दै थिए । बिहारमा पुगे पछि भगवान बुद्धले आज्ञा भयो- तिमीहरुको पछि पछि आउंदै निन्दा गरेकोमा  तिमीहरुको मनमा के बिचार आयो - र उहांबाट आज्ञा भयो कसैले निन्दा गर्दैमा मन दुखाउनु हंदैन । पहिला त तिनिहरुले भनेको कुरा सही हो कि होईन बिचार गर्नु पर्छ यदि उनिहरुले भनेका सांच्चै हो भने तिमीहरुले बिचार गर्नुपर्छ कि उनीहरुले ठिकनै भने । यदि उनिहरुले गरेको निन्दा ठीक नभएमा बिचार गर्नुपर्छ कि उनिहरुलाई केहि थाहाछैन । नजान्ने व्यक्तिहरुको बारेमा व्देष राख्नु हुंदैन यसरी दुबै अवस्थामा व्देषमुक्त हुन सक्नुपर्छ ।
) क्षान्ति पारमिताः यस्को साधारण अर्थहो सहनशीलता धैर्य धारण गर्ने क्षमता । शीत उष्णको कष्ट,भोक प्यासको पीडा,मनुष्याअदि प्राणीहरुको तर्फाट दुःख सहन गर्नु नै क्षान्ति हो ।  जस्तै घामलाई सहने अथवा गर्मीको अवस्थामा गर्मीलाई सहन सक्ने जाडोलाई सहने शक्तिलाई क्षान्ति पारमिता भनिन्छ । भोक लागेको अवस्थालाई भोक सहन सक्नु  यद्यपि यो अतिनै गाह्रो कुरा हो । तर मूर्खताले,कमजोरीले रागादिको कारणले अथवा बाह्य आडम्बरले हनु क्षान्ति हुदैन । न त शील गुण धर्म पालन गर्ने अथवा पारमितापूर् गर्ने लक्ष्य नभएको सहनु क्षान्ति हुन्छ ।
क्षान्ति दुई प्रकारले हुन्छ - )एक धर्म निध्यान क्षान्ति र २)अधिवाशन क्षान्ति । स्वभाव धर्म जस्तो पाईयो त्यस्तै जानेर बुझेर लिनु र सहनशक्ति बनाउनु नै धर्म निध्यान क्षान्ति हो । अर्को क्रोधलाई बाहिर आएर कृयाशील हुन नदिनु र भित्र राख्नु तब त्यसलाई सहनशीलतामा परिणत गरि पठाउनुलाई नै अधिवाशन क्षान्ति भनिन्छ ।क्षान्तिको तिन क्षेत्र छन् १) संस्कार तर्फबाट आउनु दुःख सहनु २) आफ्नो कारण वा त्यसै आउने दुःख स्वभावलाई सहनु ।३) अरुको तर्फाट आउने दुःख सहनु । सामान्य मानिसले यो कुनै पनि दुःख सहन सक्तैन । उदाहरणको लागि बुद्धकालिन एउटा स्यानो कथा- एक दिन भगवान बुद्ध राजगृह नालन्दामा हिंडिरहनु भएको थियो । पछि पछि भिक्षुहरु-शिष्य) पनि आउंदै थिए र संगै आउंदै गरेका अन्य मानिसहरु पनि थिए । तिनिहरुले बुद्ध र भिक्षु संघको निन्दा गर्दै थिए । बिहारमा पुगे पछि भगवान बुद्धले आज्ञा भयो- तिमीहरुको पछि पछि आउंदै निन्दा गरेकोमा  तिमीहरुको मनमा के बिचार आयो - र उहांबाट आज्ञा भयो कसैले निन्द गर्दैमा मन दुखाउनु हंदैन । पहिला त तिनिहरुले भनेको कुरा सही हो कि होईन बिचार गर्नु पर्छ यदि उनिहरुले भनेका सांच्चै हो भने तिमीहरुले बिचार गर्नुपर्छ कि उनीहरुले ठिकनै भने ।
यदि उनिहरुले गरेका निन्दा ठीक नभएमा बिचार गर्नुपर्छकि उनिहरुलाई केहि थाहाछैन । नजान्ने व्यक्तिहरुको बारेमा व्देष राख्नु हुंदैन यसरी दुबै अवस्थामा व्देषमुक्त हुन सक्नुपर्छ । क्षान्ति पारमिताको एउटा बोध कथा- बोधिसत्व एक पल्ट ब्राम्हण कूलमा जन्मिएका थिए । छोरा, छोरी,बुहारी,दासी, श्रीमती र आफू सहित ६ जनाको परिवार किसानीकर्म व्दारा जिविकोपार्जन भैरहेको थियो । शील पालन गर्ने,दान गर्ने गर्थे । एकदिन बोधिसत्व छोराको साथमा खेति कार्यमा व्यस्त थिए । छोराले जमिन जोत्दै थिए । खेतमा आगो पनि बाल्नु परेको थियो । संयोगले खेतको एउटा प्वालमा बिषालु र्सप बसेको अवस्थामा धुवांले गर्दा बाधा भयो । र्सप प्वाल बाट बाहिर निस्केर रीसले चूर हुंदै छोरालाई डस्यो । केहि समयमै बिष चढेर मर्छ बोधिसत्वले दौडेर हेर्दा हेर्दै प्राण त्याग गरि सकेको थियो । बोधिसत्वको छोरा र्सपले डसेर मरेको थाहापाएर घरबाट एक जना मान्छे आई पुग्यो । घरमा सबैजना सेतो लुगा लगाएर धुप फूल बत्तीहरु लिएर आउनु छोराको अन्त्यष्टि गर्न भनेर खबर पठाए । घरबाट ब्राम्हणी र अरुपनि आए । बोधिसत्वको श्रीमती ब्रांम्हणी पनि सुसंयत चित्त भएकिले सबै सफा लुगा लगाएर धुप फुलबत्ती लिएर आउंछिन् ।त्यहां कोहि पनि रोई कर्राई गरेर शोक बिव्हल भएनन् ।सबैले मरणानुस्मृति भावना गर्दै धैर्य गर्दै बसे । दाहसंस्कार भयो । छोराको मृत शरीर जल्न थाल्यो तर कोहि रोएनन् सबैजना धैर्य गरेर बसेका थिए । उनीहरुको त्यस्तो व्यवहार देखेर शक्र देवता मानिसको रुपमा परिक्षा गर्न आईपुगे ।
शक्रले सोधे -"बाबु तिमीले के पोलि रहेका छौ-"
ब्राम्हण-मैले मानिसलाई पोलिरहेकोछु देखेनौ भने-
शक्र-"के यो कुनै शत्रुलाई जलाई रहेका छौ कि भनेर सोधे-"
 ब्राम्हण-"होईन यो मेरै छोरा हो । र्सपले डसेर मरेको "
शक्र-"त्यसो भए तिमीलाई मन नपर्ने खराब छोरा थियो कि -"
ब्राम्हण-होईन मेरो प्रिय पुत्र थियो ।
शक्र-"होईनहोला प्रिय पुत्र भएको भए किन शोकले रोएका छैनौ चुप चाप खुसिका साथ जलाई रहेकाछौ - त्यसपछि बोधिसत्व ब्राम्हणले स्पष्ट पार्दै भने- जसरी र्सपले आफ्नो कांचुली फेर्छ त्यसरी नै मानिसले देहरुपी कांचुलीलाई फेर्नुपर्छ ।
त्यसरी नै मैले भोगहीन शरीर मरेर जानासाथ आगोले पोली राखेकोछु । पोली राखेको यो छोराको मृत शरीरले रोएको कराएको केहि थाहा पाउंदैनन् । त्यसैले शोक गर्नु पर्ने आवश्यक नदेखेर नरोएको हुं । उस्को जुन गति हो उ त्यहां गयो । शक्रले त्यस पछि ब्राम्हणीलाई सोध्यो- ब्राम्हणीले उत्तर दिईन -उ नबोलाएरै यहां आयो र न सोधेरै गयो । जसरी आयो त्यसरीनै गयो त्यसैले शोकाकूल भएर रुनुपर्ने आवश्यक नदेखेर न रोएको । शक्रले सबै सित सोधे सबैले एउटै उत्तर दिए । यदि म रोएं शोकाकूल भएं भने म मात्रै दुव्लाउंछु र ज्ञाति मित्रहरुले मात्र मलाई मन नपराउने हुन्छ । जलिरहेकोले म रोएको शोक बिव्हल भएको थाहा पाउंदैनन् । त्यसैले म रोईन उ जहां बाट जसरी आएको थियो त्यसरी गयो । बुहारीले पनि त्यस्तै जवाफ दियो ।- जसरी चन्द्रमा देखेर एउटा अबोध बच्चाले चन्द्रमा पाउन रुन्छ त्यस्तै मर्ुखले मात्रै मरेर गएको लागि रुन्छ । रोएर र्फकने होईन 
त्यसैले शोक नगरेकि । दासीले पनि उत्तर दिईन्- "मेरो मालिक क्षमा,मैत्री र करुणाले युक्त हुनुहुन्थ्यो । त्यसैले मैले रुनुपर्ने देखिन त्यसैले म न रोएकि । जसरी फुटेको गाग्रो जोडिन असम्भव छ त्यसरी मरेको गएको मान्छे जिवित हुंदैन , न त मैले रोएको थाहा पाउनु हुन्छ । शोकमा भोकै बसेको पनि थाहा पाउनु हुन्न । त्यसैले रुनुको र्सार्थकता नभएर नरोएकी । शक्र देवता प्रशन्न भएर फर्कियो । यो बोध कथा उरक जातक - ३५४)मा उल्लेख गरेकोछ ।
कसैको घरमा कोहि पनि अप्रिय व्यक्ति मर्दा देखावटी शोक बिव्हल भएका हुन्छन् । लोकोचारको लागि रुन्छन् । बांचुन्जेल घृणा गर्छन,झगडा गर्छन,अप्रिय चित्तमा ठेस लाग्ने शव्द बोल्छन् । तर त्यहि व्यक्तिको मृत्युमा शोक बिव्हल जस्तै देखाउंछन् । रुनुको सार्थकता नभए पनि प्रिय व्यक्ति मरेको जस्तै देखाउंछन् । हामी अज्ञानी भएकोले मरणानुस्मृति भावना नगरेकोले मृत्युमा अनावश्यक शोक बिव्हल हुन्छौ । छाती पिटी पिटी रुन्छौं मानो मृतक फेरि फर्केर आउंछ ।
मानिसले हरेक  परिस्थितिलाई जस्ताको तस्तै लिन सक्तैन । हो आफ्नो आफन्त भाई होस वा बुवा मर्दा रुन मन लाग्दो रहेछ । म पनि भाई बुवा र आमा दिवंगत हुंदा रोएको थिएं धेरै समय सम्म रोएको थिएं । प्रायश्चित भयो आत्मग्लानी भयो । संगै बस्न पुगेको थिएन, सेवा गर्न पाएको थिएन,वचन पूरा गर्न पाएको थिएन त्यसैले सम्झि सम्झि रोएको थिएं । बुवाको अन्त्यष्टिमा श्रावस्तिका भिक्षुबाट माथिको बोध कथा ग्रहण गर्ने मौका पाएंर पछि रोईन । तैपनि अज्ञानी समाजमा बसेकोले अज्ञानताको परिस्थिति नरुनेलाई अरुले देख्दा आफ्नो आमा मर्दा पनि नरुने कस्तो रहेछ भनेर कुरा काट्नेहरुको कमी हुंदैन । जे जस्तो भए पनि बाँचुन्जेल बुहारीले सासुलाई रुवाए पनि बुहारी भक्कानो छुटाएर रुने चलनछ । आमालाई छोराले बेस्सरी चित्त दुखाएर रुवाए पनि छोरा रुन्छन सायद प्रायश्चित गरेर होकि अब यत्ति नै त हो नि भनेर सन्तोष मानेर थाहाछैन । मेरो पनि रुनुको र्सार्थकता केहि भएन । न त मेरो भाईले नत बुवाले न त आमाले रोएको छ भनेर बुझे थाहा पाए । दाउराको बिछौना मा आरामका साथ सुते आगोले पनि पोलेन दाउराले पनि बिझाएन । हेर्दा हेर्दै मृत शरीर खरानी भयो हाम्रो रुनुमा कसैलाई कुनै असर परेन न त भाईलाई असर परेको थियो नत बुवालाई नत आमालाई । - लेखकको व्यक्तिगत अनुभव)
) सत्य पारमिताःयस्को साधारण अर्थ हो जस्तो छ त्यस्तै कुरा गर्नु सत्य वचन वा यथार्थ वचन जे छ त्यस्को शक्ति । तर सत्य तर अप्रीय सत्य होईन । धेरै गुण भएको व्यक्ति भएता पनि सत्यमा बस्दैन भने उस्लाई गुणवान भनिदैन । जिस्केर ख्यालख्यालमा पनि झूठो नबोल्ने ।अप्रीय सत्य नबोल्ने प्रिय तर असत्य नबोल्ने ।
राजनेताहरुले प्रीय असत्य बोलेर जनताको मत पाई रहेकोहुन्छ बहुमत पाईरहेको हुन्छ । झूठो आश्वासन दिएर मत प्राप्त गरेर सत्तामा पुगेको हुन्छ । सत्यमा शक्ति हुन्छ । सत्यपारमिताको बुद्धकालिन डांकु अंगुलीमालको बोध कथा- थुप्रै मान्छेहरुलाई मारेर औंला काटेर माला लगाएका खुंखार व्यक्ति बुद्धशासनमा दिक्षित भए पछि करुणा हृदययुक्त व्यक्तिमा परिणत भएका थिए । भिक्षाटनको अवसरमा एकजना प्रसव वेदनामा पिडित महिलालाई देखे । तब उन्ले भने-"जहिले देखि म उत्तम कूलमा जन्म भए,तब देखि कुनै प्राणीको जीवितेन्द्रियमा नै मार्ने चेतनाले प्रहार गरेको भनेको मलाई थाहा छैन । हे बहिनी यो सत्य वचनको प्रभावले तिमीलाई गर्भ कल्याण होस । त्रि्रो गर्भस्थित सन्तानको पनि कल्याण होस यस सत्य कृयाले प्रसव वेदनाले पिडित महिलालाई तुरुन्त पिडा मुक्त भएको थियो । प्रिय शव्दहरु बोलेर लोभयुक्त भाषण गरेर लोकप्रिय भएता पनि असत्य वचनले गर्दा अविश्वास बढदै जान्छ  र दुर्गतिमा पर्छ ।
)अधिष्ठान पारमिताः यसको सरल अर्थ हो दृढ प्रतिज्ञा । बज्रासनमा बसेर दृढ संकल्प गर्नु दृढ निश्चय गरेर प्राप्त गरेको बुद्धत्व । शाक्यमुनी बुद्धले गयाको पिपलको रुखमुनी बैशाख पूणिर्माको दिनमा बुद्धत्व प्राप्त नगरे सम्म जस्तोसुकै आपत आईपरे पनि म यहां बाट उठ्नेछैन । चाहे मेरो शरीरको हाड छाला गलेर जावस जस्तोसुकै आपत आई   परेपनि यहां बाट उठ्ने छैन भन्ने दृढ निश्चय गरेर बज्रासनमा बसेका थिए । जस बखत मारले यो मेरो स्थानहो यो ठाउ छोडिदेउ भन्दा बुद्धले यो मेरै स्थानहो मैले दशपारमिता पार गरेकोछु भनेका थिए । मानिसले आफ्नो उद्देश्य पूरा नहुन्जेल हार नमानेर प्रतिज्ञा पूरा गर्न सक्नुपर्छ । तर अधिकांश मान्छे आत्तिएर आत्म समर्पण गर्दछन् । कार्यलाई अधुरै बिचैमा छाडि दिन्छन् ।
)मैत्री पारमिताःयस्को सरल अर्थ हो मित्रता अथवा मित्रभाव हो । सबै प्राणी प्रति स्नेह राख्नु मैत्री हो । तर स्नेह राख्नु भनेको रागमा टांसिनु होईन । मित्रता सद्भाव राख्ने मान्छे हरेक परिस्थितिलाई मैत्रिभावले सरल सहज रुपमा लिने महान व्यक्ति हुन् ।मैत्रिभावना भएको व्यक्ति सफा लुगा लगाएको देख्दैमा प्रफुल्ल हुने स्नेह बढने र मैलो लुगा लगाएको देखेमा घृण उत्पन्न भएर वैराग्य हुनै मैत्रिभावको स्वभाव होईन । मैत्रि भावनाले अशान्ति सिर्जना हुंदैन मैत्रि भावनाले बदलाको भावना सिर्जना हुंदैन। मैत्रि भावनाले देशको विकास हुन्छ । मलाई पिडा भए जस्तै अरुलाई पनि पिडा हुन्छ मलाई सुखानुभुति भए जस्तै अरुलाई पनि हुन्छ । मिलेर बांचौ अरुलाई पनि बचाऔं भावना हुन सकेन भने कलह हुन्छ । साम्प्रदायिक झगडा हुन्छ । मैत्रिभावना को एउटा बोध कथा यस प्रकार छःएउटा शहरको कुनामा फकीर र फकीरको श्रीमती स्यानो झोपडीमा जीवनयापन गर्थे । सांझको समय थियो रिमझीम बर्ष हुन थाल्यो । ढोका सामान्य टीनले बारेको थियो । ठाउं स्यानो दुईुजनाको लागि मात्रै थियो । बाहिर कसैले ढोका घच्याघच्याउंछ । फकीरले ढोका खोलि दिन भन्छ , फकीरनीले ठाउं छैन कहां बस्छ भन्दा फकीरले हामी उठेर बस्यौ भने पुगिहाल्छ । आगन्तुक भित्र पसेर पानीको रुझाईबाट बच्छ । अर्को मान्छेले फेरि ढोका घच्घच्याउंछ । ढोका खोल्न भन्छ , तर ठाउं छैन त भन्दा ढोका खोली देउ ठाउं भैहाल्छ भन्यो ।  मान्छे पसेर चारैजना उभिएर टांसिएर बस्यो । फेरि ढोका कसैले घच्घच्यायो यस पटक गधाले टाउको ओत लाग्न रहेछ । यस बोध कथालाई विचार गरौ मानिसमा मैत्रि भावना आयो भने आफ्नो दुःखलाई महसुस नगरेर अरुको क्षणिक भए पनि सहयोग गर्न तयार हुन्छन् ।सबै जीवको मङ्गल होस । सबैको कल्याण होस । सबै निरोगी होउन । सबै सुखि होउन् ।सबै शत्रु बिहिन होउन्  । सबैको दुःख अन्य होस ।सबैले सुख भोग गरुन् । जल थल र आकाशका समस्त प्राणीको मङ्गल होस । यदि यस्तो कामनाको भचहाना सबैमा भएमा सबैको हृदयमा भएमा विश्वमा शान्ति अवश्य हुन्छ ।
१०)उपेक्षा पारमिताःयस्को साधारण अर्थ हो विरक्ति उदासिनता,घृणा,अनादर र त्याग । बौद्ध दृष्टिकोणमा उपेक्षाको अर्थ स्नेही प्रति पक्षपाती हुनु र वैरी प्रति आफ्नो चित्तमा शुभ वा अशुभ प्रकारको बिकार नल्याउनु नै उपेक्षाको अर्थ र उद्देश्य हो । आफुलाई कसैले दुःखकष्ट पुगाए पनि आघात पुगाए पनि उ प्रति बदलाको भावना नलिनु असन्तोषी भई नबस्नु र कसैले हितोपकार गरे पनि उस प्रति बिशेष अनुरुक्त भएर नबस्नु । उपर् इक्ख शंषलेषणबाट भएको शव्द हो । उपेक्षाको लक्षण स्वभाव नै मध्य स्थरुपले बस्नु हो । शत्रु भनेर बिरुद्धमा बस्नु र मित्र भनेर पक्षमा बस्ने बोधिसत्वहरुको चरित्र भित्र पर्दैन । शाक्यमुनी बुद्धले आफुलाई ढुङ्गाले थिचेर मार्न खोज्ने देवदत्त र आफ्नो छोरा राहुल प्रति समान भाव राख्दछन् । आफुलाई कसैले हानी गरेको भनेर उस्को क्षय हुने कार्य गर्ने र आफुलाई धेरै मान सम्मान र हितकारी कार्य गरेको भनेर लाभ हुने कार्य गर्ने बोधिसत्वहरु गर्दैनन् । न्यायाधिशमा उपेक्षा गुण हुन सकेमा सही न्याय गर्न सक्तछन् ।
उपेक्षा ११प्रकारको भएको बोद्ध दर्शनको बिशुद्धिमार्गमा उल्लेख गरेको पाईएकोछ ।  क्षीणाश्रव भिक्षु आंखाले रुप देखेर प्रशन्न हुंदैनन् र कुरुप देखेर उदास पनि हुंदैनन् र घृणा पनि गर्दैनन् । यस दशपारमिताको आंशिक अभ्यास गर्न दश दिवशीय विपश्यना ध्यान भावनाको अभ्यास गर्ने मौकाको अनुकुल मिलाउन सके हरेक मानिसको सुखमय जीवनको बाटो खुल्छ ।              भवतु सब्ब मङ्गलं सबैको मङ्गल होस सबैको जय होस ।
                        दशपारमिता अन्त
सन्दर्भ सामग्रीहरुःललितबिस्तर दीघ निकाय र दशदीवशीय विपश्यना ध्यान शिविरको अनुभव