एकदिन आनन्दले भगवान सित प्रश्न गर्यो ।
भगवान! जल वायु अग्नी मध्य सबै भन्दा शक्तशाली तत्व कुन होला ?
भगवानले उत्तर दिनुभयो ढुङ्गा सबैभन्दा शक्तिशाली देखिन्छ त्यसैले फलाdको हथौडाले
ढुङ्गालाई टुक्रा टुक्रा गरिदिन्छ । त्यसैले ढुङ्गा भन्दा फलाम शक्तिशाली
देखिन्छ ।
तैपनि कामीले फलामलाई आगोमा पोलेर आफनो मनको आकारमा परिवर्तन गरिदिन्छ
त्यसैले ढुङ्गा भन्दा फलाम शक्तिशाली छ ।
तर आगो जतिसुकै बिकराल किन नहोस पानीले त्यसलाई निभाईदिन्छ शान्त गरिदिन्छ । त्यसैले पानी ढुङ्गा फलाम र आगो
भन्दा शक्तशाली छ । तैपनि पानीले भरिएको वादललाई हावाले उडाएर यता उता लैजान्छ
त्यसैले वायु पानी भन्दा बलशालीछ ।
तर हे आनन्द! ईच्छाशक्तिले वायु दिशालाई पनि मोड्न सक्छ त्यसैले
सबैभन्दा शक्तिशाली तत्वहो व्यक्तिको ईच्छाशक्ति भन्दा शक्तिशाली केहिछैन ।
No comments:
Post a Comment