१ अरहँ
क) अरहँ देव ब्रम्ह मनुष्यहरुको पूजा सत्कार ग्रहण गर्न योग्य हुनुभएको
वहाँ भगवान बुद्ध हुनुहुन्छ ।
ख) अर+हँ – पन्ध्र सय क्लेशहरुलाई निर्मल पारिसक्नुभएको ।
ग) अ+रहँ – कुनै गुप्त स्थानमा अकुशल कर्महरु नगर्नु हुने वहाँ तथागत भगवान बुद्ध हुनुहुन्छ ।
२ सम्मा सम्बुद्धोः सम्पूर्ण धर्मलाई गुरुविना स्वयम् आफैले भावित गरि
जानी बुझिसक्नुभएको वहाँ तथागत भगवान बुद्ध हुनुहुन्छ ।
३ विज्जाचरण सम्पन्नोः तीन विद्या आठ विद्या पन्ध्र प्रकारका
आचरणहरुले परिपूर्ण हुनुभएको वहाँ भगवान बुद्ध हुनुहुन्छ ।
क) तीन विद्याः
i)
पुब्बेनिवासानुसतिञाण- पूर्व जन्मलाई
देख्न सक्ने ज्ञान ।
ii)
दिव्यचक्षुञाण – टाढा नजिकमा भएको अति सुक्ष्म छोपिएकोलाई
पनि देवताहरुको आँखाले जस्तै बसी बसी ध्यान व्दारा देख्न सक्नु हुने वहाँ भगवान
बुद्ध हुनुहुन्छ ।
iii)
आसवक्खयञाण- आस्रव कामक आस्रव भव आस्रव दिट्ठि आस्रव
चार क्लेश आस्रवलाई क्षय गर्न सक्ने अरहन्त मार्ग ज्ञान युक्त हुनुभएको वहाँ भगवान
बुद्ध हुनुहुन्छ ।
No comments:
Post a Comment