(चार टाउको भएको) ब्रम्हाको मैले जानेको अर्थ
१ मैत्री ब्रम्ह विहार (सबै सित समान व्यवहार
गर्नु ) मेत्ता भावना
२ करूणा ब्रम्ह विहार ( दुखिहरु उपर दयाभाव राख्नु ) करुणा भावना
३ मुदिता ब्रम्ह विहार ( इर्ष्या नगर्नु चित्त
प्रसन्न पार्नु ) मुदिता भावना
४ उपेक्षा ब्रम्ह विहार ( प्रिय अप्रियमा भेद
नराखि समान भाव राख्नु )उपेक्खा भावना
बौद्ध दर्शनमा चार आर्य
सत्य भन्ने सुनेकै होला सुनेर मात्रै हुँदैन
के हो चार आर्य सत्य ?
यहाँ आर्यको अर्थ नाक
चुच्चे होईन । सत्य त सत्य सत्यको कुनै व्याख्या नै हुँदैन । सत्पुरुषहरुले आफैले भाविता गरी बिश्लेषण पनि गरि आफू मै घटाएर साक्षात्कार
गर्न सकिने हुनाले आर्य भनिएको हो र कहिल्यै नबदलिने सदा उस्तै र त्यत्तिकै
प्रभावकारी रहने हुनाले सत्य भनिएको हो । बौद्ध दर्शनमा भनिएकोछ कि चतुसच्च
विनिमुत्तो धम्मो नाम नत्थि अर्थात जुन धर्ममा चार आर्य सत्यको प्रविष्ट
छैन त्यो धर्म नै होईन अर्थात त्यस्तो धर्ममा निर्वाण तिर लैजाने ज्ञान हुँदैन ।
१ दुःख आर्य सत्य -जहाँ
सम्म प्राणधारी जीवको बास छ त्यहाँ सम्म दुखःको उपस्थिति छ जो पहिलो आर्य सत्य हो
।
२ दुःख समुदय आर्य
सत्य-ति दुःखका कारणहरु विद्यमान छन् भन्ने दोस्रो आर्य सत्य हो । अर्थात हरेक
दुःखको कुनै न कुनै कारण हुन्छ अकारण दुःखको उत्पत्ती हुँदैन ।
३ दुःख निरोध आर्य सत्य
-ति दुःखहरुलाई निमित्यान्नै पारी सम्पूर्ण दुःखको भारी बिसाउने चौतारीछ । अर्थात
दुःखको निवारण गर्ने बाटो छ जो सत्य छ त्यहि तेस्रो आर्य सत्य हो .
४ दुःख निरोधमार्ग आर्य
सत्य- जो दुःख अजरता अमरताको स्थितिलाई साक्षात्कार गर्ने उपाय अर्थात दुःखलाई
निमित्यान्न गर्ने बाटो छ त्यो सत्य ।
दुःख कसैलाई मन पर्दैन
सुख सबैलाई मन पर्छ यो एक आर्य सत्य होईन र ? बिना कारण दुःख र सुख पनि
प्राप्त हुँदैन यो पनि त्यत्तिकै सत्य छ नि । डाक्टर कहाँ कुनै
रोगको पिडा लिएर जानुस यस्ले सबै इतिहाँस सोध्छ । रोगको कारण पत्ता लगाउने कोशिश
गर्छ जस्लाई डाईग्नोशिश भनिन्छ । रगत पिसाब चेक गर्न इत्यादि अनि बल्ल रोगलाई
निर्मूल गर्ने औषधी लेखि दिन्छ तर औषधी लेखिदिंदैमा रोग निको कहाँ हुन्छ । लेखे
अनुसार भने अनुसार औषधी खाएमा रोग निको हुन्छ ।
सन्दर्भ सामग्रिः सद्धर्म के किन कसरीबाट
No comments:
Post a Comment