जीवनकुमार शाक्य
कपिलवस्तुको शाक्य देशको महारानी महामायालाई एकरात सुन्दर
अनौठो सपना देखियो । उन्ले आफु सुतिरहेको पलङ्ग शैयाको चारैतिर सेतो हात्तीले
सुँडमा सेतो कमलको फूल लिएर कराएर शैयाको तीनपटक परिक्रमा गरेर कोखमा प्रवेश गर्छ
। बिउँझेपछि अचम्म लाग्छ यो कुरा राजा शुद्धोधनलाई सुनाउंछन । राजाले पनि अचम्म
मानेर सपनाको बारेमा अर्थ जान्न त्यसताकका ६४ लक्षण शास्त्रीय वेदज्ञ ब्राम्हणहरु
आमन्त्रित गरीयो तिमध्य आठले महारानीको गर्भमा महापुरुषले गर्भ धारण गरेको घोषणा
गरे । आठ मध्य एक कान्छा ब्राम्हण कोडण्य थिए तर मेधावी थिए उनि स्वप्नलक्षण र
शरीर लक्षण विद्यामा पारंगत थिए ।
दश महिना पछि जब महारानीले लुम्बिनी
वनको सुन्दर बगैचामा बोधिसत्व बालकलाई जन्म दिए तब १०८ वेदज्ञ ब्राम्हणलाई
आमन्त्रण गरेकाथिए । बालकको भबिष्य बारेमा जानकारी पाउन उत्सुक थिए । त्यहि पुराना
आठ ब्राम्हणहरुले आफ्नो विद्याको बलमा भवियष्यवाणी गरे तिनमा सातजनाले यदि यो बालक
गृहस्थ भएमा चक्रवर्ती राजा हुनेछ गृहत्याग गरेर गएमा सम्यक सम्बुद्ध हुनेछ । तर
कान्छो युवा कौडण्यले औंला उठाएर दृढ निश्चयका साथमा एक कुरा मात्रै घोषणा गरे यो
बालक गृहस्थ हुंदैन गृहत्याग गरेरै निस्कन्छ र सम्यक सम्बुद्ध नै हुन्छ अरु कुनै
विकल्प नै छैन ।
कौडण्य अब प्रौढ भयो । आफ्नो
भविष्वाणी सिद्ध हुन २९ बर्ष प्रतिक्षा गरेका थिए । जब उस्ले सुने कि राजकुमार
सिद्धार्थले राजमहलको सुखवैभव त्यागेर सन्यासी भयो तब उस्को मनमा तिब्ररुपमा धर्म
सम्बेग जाग्यो । राजकुमार सिद्धार्थ बत्तिस शरीर लक्षणहरुका धनीछन् समय पाएर अवश्य
मुक्त्तिको मार्ग पत्ता लगाएर सम्यक सम्बुद्ध बन्नेछन । किन मैले पनि आफ्नो जीवन
सार्थक नबनाउं । यस महापुरुषको साथमा तप गर्छु जुन विद्याबाट उ मुक्त हुन्छ त्यसैलाई
अपनाएर आफ्नीवन पनि सफल गर्छु भनेर गृह त्याग गर्ने निश्चय गरे । त्यस समयमा अन्य
ब्राम्हणहरुको सम्झना भयो जस्ले बालक राजकुमार सिद्धार्थ गर्भमा छंदा भविष्यवाणी
गरेकाथिए । तिनिहरु त्यस समयमा पनि आफु भन्दा बृद्ध नै थिए जो अहिले सम्म दिवंगत
भैसकेका थिए तर तिनहरुका छोराहरु थिए जो कि ति सातका एक एक छोरा थिए । प्रत्येकलाई
तिनका बुवाले गरेको भविष्यवाणी सम्झना गराए किन हामीले पनि त्यसको लाभ नलिउं भनेर
उत्साहित बनाए । ति सात मध्य चार जनादे मै कौडण्यको साथ दिन तयार भएर गृहत्याग गरि
राजकुमार को खोजमा निस्के । केहि दिनपछि उरुवेला क्षेत्रमा सिद्धार्थ सित भेट भयो
। कौडण्य र उस्को साथी वप्प भद्दीय महानाम र अश्वजित पाँचैमा बुद्ध अंकुरका साथ
दिन थाले ठुलै मनयोगले सिद्धार्थको सेवा गरे ।
यस भन्दा पूर्व त्यसताकाका प्रशिद्ध
ध्यान योगी आलारकालाम तथा उद्दकरामपुत्त सित आठै ध्यान पद्दति सिकिसकेकाथिए ।
गहीरो समाधिहरु त्यस समयमा साधनाको उच्चतम उपलव्धीहरु थिए । यस बाट सिद्धार्थले
उपलव्धी पाउन सकेन ।अन्तरमनको गहीरोमा अहिले सम्म अनेक जन्मको संचित जडा संग्रहित
छन् । भवंग चित्तमा विकारहरको यि सुषुप्त
जडाहरु यि अनुशय क्लेश अनुकूल समय र पर्यावरण पाएर फेरि अंकुरित हुन सक्छ । यस आलय चित्तको निरालय नबनि भव मुक्त
छैन । चित्तकव तलश्पर्शी गहीराईसम्म विकार मुक्त नभई भवन्त्री कटदैन । यि आठै
ध्यानको साधना बाट मरदा भवाग्र अरुप ब्म्हलोकमा जन्म हुन्छ जहां असंख्य कल्पको
सुदीर्घ आयुष्य प्राप्तहुन्छ तर अन्ततः त्यसिको पनि पूरा हुंदा कुनै न कुनै सुषुप्त
विकारको उदीर्ण हुंदा कुनै न कुनै लोकमा फेरि जन्म लिनुपर्ने हुन्छ र यो भवचक्र नै
चलिरहन्छ । सुषुप्त चित्तमा विकारहरु रहंदै जन्म मरणको चक्रबाट छुटकारा हुनसक्तैन
अतल यस्तो कुनै अरु बाटोलाई हेर्नुपर्छ यस्तो कुनै अरु उपाय खोज्नु पर्छ जस्ले
जन्म मरणको चक्रबाट मुक्त हुन सकीयोस । त्यसताका शरीरलाई कष्ट दिएर ब्रत बसेर
विकारको विमुक्ति हुन्छ भन्ने सोंचको व्यापक चलन थियो । त्यो अहिले पनि यदा कदा
देखिन्छ शरीरलाई कष्ट दिएर निराहार बसेर देवतालाई खुशि बनाएर मनोकामना पूरा गर्ने
। बोधिसत्व सिद्धार्थले अभ्यास गरेर हेरे । उनि शरीरलाई कष्ट दिएर दुष्कर चर्या
गरे शरीरलाई हाडा र छाला हुने गरि गलाईदिए । साथीहरुले ६ बर्ष सम्म हरेक अवस्थामा
साथ दिए बोधिसत्वले शरीर लाई यति सम्म कष्ट दिए कि पराकाष्टा नै नाघ्यो । शरीर
जिर्ण भयो केवल हाड र छाला कंकाल मात्रै बांकि रह्यो तर आध्यात्म लाभ केहि भएन ।
अनुशय चित्त विकार कायमै रह्यो ।त्यस्को निर्जरा भएन त्यस्को क्षय भएन सबै मेहनत
खेर गयो निरर्थक भयो ।
अब के गर्ने । कुनै अर्को बाटो खोज्नु
पर्छ । बोधिसत्वलाई वचपनको कुरा अवस्था समझ्ना आयो त्यो दिन खेतमा जोत्ने र बिउ
छर्ने महोत्सव थियो । जुन दिन राजाले जनताको साथमा खेत जोत्थे । राजा शुद्धोधनले हलो
जोतेर उद्घाटन गरे हर्षोल्लासमय भयो खेतको वातावरण । सबैजना हर्षोल्लास उमङ्गमा
समावेश भएकाथिए उतै बालक सिद्धार्थको सेवा भएका सेविकाहरु पनि बालकलाई एक रुखको
फेंदमा सुताएर रमाईलो तिर लागे । बालक बिउंझेपछि वरिपर कोहि नदेखेर उठेर पलैंटी
कसेर ध्यानमा लिनभएका थिए । बोधिस्त्वलाई सम्झनाभयो त्यतिबेला सरल स्वभावले साँस
आएको गएको जसरी आएको छ गएकोछ हेर्न लागे त्यसैको जानकारी मनमा भैरह्यो । साँसको
कुनै व्यायाम छैन कुनै नियन्त्रण छैन । आउंदै जाँदै गरेको साँसलाई तठस्थ भावले
हेर्दा हेर्दै कुन प्रकारले स्वतः कुम्भक लाग्यो अलिकतिपनि अप्ठेरो छैन धेरै बेर
सम्म यसैप्रकार ध्यानमा बसेकाथिए ।
उता खेतको उत्सव रमाईलो गरिरहेकै थिए
। बालक राजकुमार सिद्धार्थ एक्लै । मध्यान्नको सूर्य ढल्केर पश्चिमतिर गए पछि
सम्झे कि राजकुमार एक्लै सुतिरहेकोछ । यो अवस्थामा घामले बालकलाई पोल्नुपर्ने
अवस्था थियो तर अचम्म रुखका हाँगाहरुले झुकेर छायाँ दिरहेकैथियो । राजा शुद्धोधन
आश्चर्य चकितभयो र दोश्रो पटक आफ्नो छोरालाई अभिवादन गरे । यद्यपि बालकलाई यो बेला
कुनै महत्व थिएन । अनि सम्झेर यो साधना बिधिलाई अभ्यास गरेर हेर्नुपर्छ भनेर
आनापान अथवा साँसको यथा स्थितिलाई हेर्न थाले । यहि अवसरमा सम्झे कि अहँ आहार बिना
ज्ञान लाभ हुंदैन अन्य सबै अति साधनालाई छोड्नुपर्छ भनेर भिक्षाटन गरेर प्राप्त
भएको आहार ग्रहण गरे । यो देखेर पाँचै साथीहरु विचलित भए राजकुमार त तप भ्रष्टभयो
अब यिनको साथ गर्नु व्यर्थ छ भनेर उनलाई छोडेर गए । साथीहरुले छोडेर गएपनि
बोधिसत्व निष्ठापूर्वक साधनामा लागिरहे । सम्यक आहारले शरीर सबल भयो सम्यक
साधानाको अनुकुल भएपछि बैशाख पूर्णिमाको रातमा बोधिबृक्षको तल पलैटी कसेर बसे र
दृढतापुर्वक आनापान साँस आएको गएकोलाई यथाभुत दर्शन गर्न थाले । शुद्ध साँस प्रत
जागरुक हुंदा हुंदै चित्त एकाग्र हुनथाल्यो । रातीको प्रथम प्रहरमा नै असंख्य
पूर्व जन्महरुको समृतिहरु जाग्यो र देखे कि अनगिन्ति पटक विपश्यना साधना गरेकाथिए
। सम्यक सम्बुद्ध हुने संकल्पको कारण सबै पारमिताहरुको परिपूर्णता नहुनाले
ईन्द्रीयातित अवस्थाको साक्षात्कार हुन सकेन । अब त समय त पाक्यो सबै पारमिताहरु पूर्णता
भएर पाक्यो । सम्यक सम्बोधि जाग्यो आलय चित्त निरालय भयो विकार मुक्त भयो आस्रव
बिहिन वीतराग सम्यक सम्बुद्ध बन्यो ।
भवतु सब्ब मङ्गलम् ।
सन्दर्भ सामग्रिः १ जागे अन्तरबोधः
आचार्य सत्यनारायण गोयन्का
२ लिलतबिस्तर ।
३ दीघनिकाय ।