Sunday, March 17, 2013

केहि भ्रम र निवारण



भगवान विष्णुको मैल विकार स्वरुपि माया मोहको बुद्धावतारको यस कथा अन्य पुराणहरुमा पनि दोहोर्याउंदै रहे ताकि जनतामा बुद्ध र वहाँको शिक्षा धर्म प्रति हीनभाव पुष्ट होओस् ।

अग्निमहापुराणम्
वक्षे बुद्धावतारं च,पठतः शृण्वतोर्थदम् ।
पुरा देवासुरा युद्धेऽ दैत्यैर्देवाः पराजिता।।
अब म बुद्धावतारको वणन गर्दछु,जो पढने र सुन्नेहरुको मनोरथ सिद्ध गर्ने हुन् । पूर्वकालमा सुर र असुरहरुमा युद्ध भए,जसमा दैत्यहरुले देवताहरुलाई पराजित गरे ।
मायामोहस्वरुपोसौ,शुद्धोदनसुतोभवत् ।
भगवान मायामोहको रुपमा आएर शुद्धौदनको पुत्र भए ।

 हिन्दू धर्मग्रन्थ भनी मानिने पुराणहरुमा बुद्धलाई असुर ( राक्षस) भनी बताईएको छ । भविष्यपुराणमा भनिएको छ
बलिना प्रेषितो भूमै,मयः प्राप्तो महासुरः ।
शाक्यसिंह गुरुर्गेयो,बहुमाया प्रवर्तक।।३०।।
स नाम्ना गोतमाचार्या, दैत्य पक्ष विवर्धकः ।
सर्व तीर्थेषु तेनेव,यंत्राणि स्थापितानि वै ।।३१।।
त्षामधोगता येतु बौद्धाश्चासंसमन्ततः ।
शिखा सूत्र विहिनाश्च,बभूवूर्वर्णसंकरा ।।३२।।
दशक कोट्या स्मृता आर्या,बुभबुबौद्ध मार्गिणः ।।३३।।
(भविष्यपुराण,प्रतिसर्ग पर्व -,अं.२०)
बाल्मीकी रामायणमा भनिएको छः
यथा हि चोरः तथा हिबुद्धस्तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्धि यः शक्यतमः प्रजानां स नास्तिके नाभिमुखा बुधः स्यात ।।
( बाल्मीकी रामायण, गिता प्रेस गोरखपुर,अयोध्याकाण्ड, सर्ग -१०९,श्लोक-३४)
अर्थ
जसरी चोर (डाँकु) दण्डनीय हुन्छन्। त्यसै प्रकार (वेदविरोधी) बुद्ध ( बौद्धमतावलंबी) पनि दण्डनीय छन् । तथागत(नास्तिक विशेष   ) र नास्तिक ( चार्वाक  ) लाई पनि यहाँ त्यसै दर्जामा सम्झिनुपर्छ । त्यसैले प्रजाउपर अनुग्रह गर्नलाई त चोर समान् दण्ड दिलाओस्,परन्तु जो वशको बाहिर छन् ,उस नास्तिकउपर विव्दान ब्राम्हण कहिल्यै उनुमुख नहोउन,उसंग वार्तालाप नगरोस ।

यहि आधारमा पनि राणाशासन कालमा बौद्धमत मान्नेहरु बौद्ध भिक्षुहरुलाई देश निकाला गरीयो । पंचायतकालमा पनि बौद्ध गुम्बा तथा बौद्ध बिहार बनाउनेहरुलाई कारवाही गरीयो डोजर लगाएर भत्काईयो । आज भोली पनि बौद्ध बिहारहरु निर्माण गर्न रोक लगाईन्छ । बौद्ध बिहारहरु भताभुङ्ग अवस्थामा राखिन्छ उदाहरणको रुपमा सुर्खेतमा रहेको नेपालकै सबै भन्दा ठूलो बौद्ध भग्नावशेष बिहार ।
भन्न त बुद्ध बिष्णुको नवौं अवतार हुन भनेर बुद्ध धर्मलाई हिन्दू धर्मकै अन्तरगत हो भनेर भ्रममा नपारेको त होईन ।
यद्यपि वैदीक परम्परा हाम्रो यस जम्बुव्दीप क्षेत्रको प्राचीन मान्य परम्परामध्य हो । दुवैको आआफ्नै गौरवपूर्ण स्वतन्त्र अस्तित्व ई । कुनै एक परम्पराव्दारा आफैले आफूलाई उच्च र दोश्रोलाई निचा देखाउने कार्य परस्पर व्देष,वैमन्स्य बढाउनेको कारण बन्दछ ।
भवतु सब्ब मङ्गलम् ।

No comments:

Post a Comment