Saturday, March 23, 2013

भगवान बुद्ध र भगवान शंकर एकै त होईनन् ?



                                                      जीवनकुमार शाक्य
यस्तो प्रश्नलाई कति साथीहरुलाई टाउको दुखाई हुन सक्छ महादेवलाई सर्बोपरि मान्नेहरु बुद्ध पनि शंकर नै हुन कि भन्दा झोंक चल्न सक्छ लौ न त केहि मन्थन गरौः
भगवान शंकरलाई  हिन्दु प्रथम, मध्‍य र अन्तिम, सबै मानिन्छ। शिव नै हिन् समप्रदायको मूल र त्यहिनै सम्प्रदायको अन्तिम सत्य हो। शिव बाटै हिन्दु र जैनको नाथ र विदेहिहरुको परम्पराको शुरुआत मानिन्छ । शिव बाट नै ध्यान परम्पराको आरम्भ हुन्छ ।
२७ बुद्ध पुरुषहरुमा पहिला बुद्ध त भगवान शिव थिए र अन्तिम सिद्धार्थ? या पहिला पनि शिव नै थिए र अन्तिम पनि उनै ?
शिव र बौद्ध परम्परामा के समानताहरु छन ? यसबारेमा प्रोफेसर सीएस उपासकबाट विस्तृत चर्चा भएकोछ। प्रोफेसर उपासक नवनालन्दा महाविहारको निर्देशक पनि भैसकेका हुन ।
पालि ग्ररुमा वर्णन २७ बुद्धहरुको उल्लेख गर्दै उनले बुद्धको तीन नाम अति प्राचीन छ- तणंकर, शणंकर र मेघंकर भनेकाछन । अन्य २४बुद्धहरुको सम्बन्धमा बिस्तृत व्याख्या गरेकाछन् ।
२४औं बुद्ध सिद्धार्थ गौतमको वर्णन सै भन्दा बढी नै पाईन्छ । मनुष्य दश गुणहरुले सम्पन्न हुन्छन, जो अन्य मा विद्यमान हुन्न। यि गुण हुन्हैं- दान, शील, वीर्य, नैष्क्रम्य, अधिष्ठान, ध्यान, सत्य, मैत्री, समता भाव र प्रज्ञा।
जो यि गुणहरुको पराकाष्ठालाई पार गर्छ, यस्ता व्यक्तित्वलाई शास्त्रीय शैलीमा 'बुद्ध' भनिन्छ। प्रत्येक मनुष्यमा 'बुद्ध बीज' हो, तर जस्ले दस पारमिताहरुलाई प्राप्त गरेकाछन्, उहि 'बुद्धत्व'लाई प्राप्त गर्नसक्छ ।
प्रोफेसर शंकर पनि बौद्ध परम्परामा एक 'बुद्ध' थि,भनेर उपासक प्रोफेसर भन्दछन । शणंकर अर्थात जस्ले दशै पारमिताहरु प्राप्त गरेकाथिए र शंकर सिद्धार्थ गौतमको अतिरिक्त यस्तै बुद्ध हुन, जस्को ज्ञान र प्रभाव आधुनिक भारत य र नेपाली समाजमा स्पष्ट देख्न सकिन्छ । एक उदाहरण अहिले सम्म चलन चल्तिमा देख्न सकिन्छ त्यो हो पशुपतीमा बुद्ध मुकुट मुखाष्टमीमा पहिराउनु । शंकरको अन्य नामहरु पनि छन् , ति पनि उनको 'बुद्ध' भएको संकेत देखिन्छ । शंकरलाई मृत्युंजय देवादी देव महादेव भनिन्छ । अर्थात जस्ले मृत्युलाई 'जीतेर' 'अर्हत्व' प्राप्त गरेकाछन, त्यसैले उनलाई जो हर-हर महादेव भनिन्छ , त्यो वास्तवमा अर्हत्वको नै द्योतक हो भनेर प्रोफेसर ठोकुवा गर्छन्।
बौद्ध ग्रन्थमा यस्तो परम्परा छ कि 'मार विजय' भएपछि नै सम्बोधि प्राप्त हुन्छ भन्ने कुरालाई कसरी नकार्ने। सिद्धार्थ गौतमले बोधगयामा पीपलको रुखको तल वैशाख पूर्णिमामा 'मार विजय' प्राप्त गरेर 'बुद्ध' भनीए के यो सत्य होईन र
यसै प्रकार शंकरलाई मारकण्डेय महादेव पनि भनिन्छ। अर्थात जस्को जीवनमा 'मारकाण्ड' संबद्ध छ। शंकरलाई स्वयंभू नाथ (शम्भुनाथ) पनि भनिन्छ ।
यस्तो शास्त्रीय मान्यता छ कि बुद्ध कसैको शिष्यत्व ग्रहण नगरि स्वयं बुद्ध हुन्छ आफ्नै प्रयास आफ्नै अनुभुतिबाट, यसैकारण उनलाई 'स्वयंभू' अर्थात स्वयं बुद्ध भएको शब्दबाट अलंकृत गरिन्छ ।
जब कहिल्यै शंकरको कुरा गरिन्छ, तब मान्छेहरु परम्परा बाटै 'बम-बम बोल'को  उच्चारण गरेको सुनिन्छ। अर्थात 'बम-बम बोल' को तात्पर्य 'धम-धम बोल'बाट हो
भगवान शंकरलाई परम ध्यानी भनिन्छ । उनि हरेकपल ध्यान मै मग्न भएको देखिन्छ हिमालयमा उन्ले तपस्या गरेकाथिए,उन्को शक्तिलाई 'पार्वती'भनिन्छ सर्बबिदितैछ। शंकरलाई तीन नेत्रधारी पनि भनिन्छ। तेश्रो नेत्र उन्को 'बोधिनेत्र' हो,जस्को माध्यमबाट उन्ले संसारको अनित्यताको साक्षात अनुभव गरे ।
यो  पनि भनिन्छ नि उन्ले आफ्नो तेश्रो नेत्रबाट कामदेवलाई भष्म गरेकाथिए। स्पष्टतः परम योगीमा कामतृष्णा भन्ने नै हुंदैन, यही उपरोक्त कुरालाई प्रमाण हो। शंकरलाई 'त्रिशूलधारी' पनि भनिन्छ।अब बुद्धको 'तिरत्न' अर्थात बुद्ध, धर्म-संघको प्रतीक हो, जस्लाई शंकर सदैव आफ्नो साथमा राख्थे ।यो सांकेतिक स्थितिले पनि स्पष्ट पारेकोछ। भगवान शंकरको बाहन साँढे हुन । स्पष्टतः यो कुराले पनि सांकेतिक रुपमता देखाएकोछ शंकर जस्तो व्यक्तित्वमा जो पाशविक प्रवृत्तिहरु थियो, त्यसमा उन्ले पूर्णरूपमा अधिकार प्राप्त गरेकाथिए । साँढेमा सावारको अर्थ यहि हो कि उनि पूर्ण रूपमा मनुष्य थिए,जस्ले दशै पारमिताहरुलाई प्राप्त गरेका थिए ।
अर्को प्रमाण शंकरले समुन्द्र मन्थनबाट निस्केको विष पिएका थिए अर्थान संसारको बिष ग्रहण गरेर अरुलाई शितलता प्दान गरेकाथिए । यस्को अर्थ यो स्पष्ट हुन्छकि जतिनै पनि सांसारिक दुष्प्रवृत्तिहरुछन्, भगवान शंकरले कहिल्यै ग्रहण गरेनन। उनि परम शुद्ध थिए। सबैका लागि कल्याणकारी थिए ।
भगवान शंकरको घाँटीमा सँधै सर्प बरिएको हुन्छ तैपनि उन्को कुनै हानी गर्न सक्तैन । यहां सर्प पनि संसारको दुष्प्रवृत्तिहरुको प्रतीक हो कालको प्रतिकहो,जे बाट शंकर विचलित भएकाथिएन त्यसैगरि भगवान बुद्ध पनि बिचलित भएकाथिएन जस्तै आपत बिपतलाई पनि स्विकार गरेका थिए। यो पनि भनिन्छ नि शंकर नरमुण्डको माला लगाउंथे । वास्तवा यो बुद्धको नै अनित्यवादको प्रतीक हो । भगवान शंकरको विषयमा यस्तो पनि परिकल्पना छ कि उन्को शीरमा चंद्रमा विराजमान हुन्छ र शीरबाट शीतल गंगा बग्दछ । यो शंकरको शान्त र शीतल हृदयको प्रतीक नै हो। यो पनि उन्को 'बुद्ध' भएको प्रमाण हो । काशीलाई 'शिव धाम'भनिन्छ यो सर्बबिदित कुरा हो। संभवतः जुन प्रकार सिद्धार्थ गौतम बुद्धले काशी आएर सारनाथबाट आफ्नो धर्मको प्रवर्तन गरेकाथिए,त्यसै प्रकार शंकरले पनि 'धर्म चक्र प्रवर्तन' काशीबाट गरेका होईनन र,यसैले काशीलाई शंकर नगरी भनिन्छ ।
शिवको प्रतीक लिंङ्ग रूपमा मानिन्छ सबैले पुज्दछन, जो संभवतः उनको 'वीर्य' पारमिताको द्योतक हो। यस पारमिता लाई शायद सबैभन्दा पहिला उन्ले प्राप्त गरेका होलान । शंकरको साथमा भूत-प्रेत पनि रहन्छ। यस्ले यो संकेत गर्छ कि उन्का धर्म प्रचार यति व्यापक थियो कि अमानवीय तत्व पनि उनिबाट प्रभावित भएका हुन् ।
प्रोफेसर उपासकको भनाई छकि शंकर र बुद्धमाथि  अध्ययन अनुसन्धानाको आवश्यकता छ । शताब्दियौ देखि अवधारणाहरु, विवेचनाहरु तथा शैव मतान्तहरुको अनेकौं दृष्टिकोण मिल्दछ।त्यसैले पनि मेरो विचारमा भगवान बुद्ध र भगवान शंकरएकै हुन भन्ने प्रमाणहरु मिल्दछ ।
 भवतु सब्ब मङ्गलम्

No comments:

Post a Comment