विपश्यना शिविरमा सहभागि हुनेबेलामा आर्यमौन
पालना गर्नु पर्छ भनेर सुनाईन्छ आचार संहितामा पनि उल्लेख हुन्छ । तैपनि अकतिपय
साधक साधिकाहरु नियम र संकल्प बिर्सेर नियम भङ्ग गर्छन् र शील भङ्ग गर्छन् । आर्य
मौन विपश्यनामा साह्रै महत्वपूर्ण नियम हो । प्रस्तुत छ यसपटक मैले लुम्बीनीमा १५
फरवरी देखि सहभागि भएर पाएको अनुभव ।
एक समयमा एउटा तलाउको नजिक दुई हाँस र एक कछुवा
बस्थ्यो । हाँस बुझ्ने थियो र प्रायः शान्त भएर चुप हुन्थ्यो जब आवश्यक हुन्थ्यो
तब मात्रै बोल्थ्यो तर कछुवा दिनभरी तात्तो न छारोको कुरा गरेर बोलिरहन्थ्यो । ए
कदिन हाँस आफ्नो घर हिमाल तिर जान तयारी गर्दै थियो । कछुवाले भन्यो ओहो लौन मलाई
पनि लैजाउ न तिमीहरुको हिमालको घरमा । हाँसले भन्यो हेर कछुवा तिमीलाई लैजान्न
हाम्रो उता तिरका हाँसहरु शान्त प्रियछन वार वार बोलिरहेको मन पराउंदैनन तिमी
दिनभरी वाईहातका कुराहरु बोली रहने त्यहाँ बस्न सक्दैनौ । कछुवाले भन्योः होईन
मैले तिमीहरुले भने जस्तै मौन ब्रत नै बस्छु पटक्कै बोल्दीन । हांसहरुले कछुवाको
कुरा माने । कछुवालाई भन्यो ल त त्यसोभए एउटा लट्ठीमा दुई किनारमा हामीले मुखले
समात्छौं तिमीले बीचमा मुखले समात ।
कछुवाले हुन्छ भनेर त्यसै गर्यो । कछुवालाई लिएर हाँसहरु उड्यो । आकासमा उडदा
कछुवालाई खुबै रमाईलो र आनन्द लाग्यो यो कुरा हाँसहरुलाई भन्न चाहान्थ्यो अहा! कति रमाईलोछ
बादलहरु, पहाड, बतास भनेर तर कुरा
गर्न त मुख खोल्न गाह्रै थियो मौन ब्रतलाई सम्झ्यो र चुप लाग्यो ।
तिनैजना हाँसहरु उडदै उडदै अघी बढदै गएर एउटा
गाउंको माथिबाट उडदै थियो । गाउंलेले आकाशमा यो विचित्रको देखेर अचम्म
मान्दै कुरा गरे हेर ! त दुई हाँसले एक
मरेको मुर्दा कछुवालाई उडाएर लग्दैछ । कछुवालाई यो कुरा सुनेर साह्रै झोंक चल्यो र
नबोली बस्न सकेन र चिच्याएर ए मूला हो म मरेको होईन जिउंदै हो भन्न मुख के मात्रै
खोलेका थिए लट्ठीबाट मुख फुस्केर माथीबाट भुईंमा धडाम्म खस्यो र उस्को साह्रो हाड
जस्तो खोल फुटेर साँच्चै जिउंदो बाट मुर्दा भयो ।
यो रोचक बोध कथा विपश्यनामा चकचके बोलीरहनेहरुको लागि
हो । जस्ले मौनको अर्थ बुझ्न सकोस । हरेक विपश्यनाको शिविर संचालन हुनु भन्दा अघि
आर्य मौन बस्नु पर्ने नियम बताईन्छ । आर्य मौनले समाधी बलियो हुन्छ ईशारा अथवा
कुनै पनि सांकेतिक भाषामा बोल्नुहुंदैन भनिएको हुन्छ तर विपश्यना शिविरमा
आउनेहरुले नियमको ख्याल नगरेर आ! जाबो अलिकति बोलेर के हुन्छ र भनेर खासखुस्स गरेर
बोली हाल्छन् अर्थात शील भङ्ग गर्छन र आफैलाई हानी गर्छन् । नियमको
ईमान्दारीपुर्वक पालना गरेर अनावश्यक कुरामा लाग्नुहुंदैन । भगवान बुद्धले
मान्छेहरुलाई सचेत गराउंदै वाणीले कम्तीमा पाँच पाप गर्नुहुंदैन भनेर उपदेश दिंदै
आउनुभएको थियो । चाहिने बेलामा मात्रै चाहिने कुरा गर्ने धेरै बोल्न थाले धेरै
गल्तीहरु हुन्छन् । भगवान बुद्ध अनमोल समयलाई सदुपयोगका पक्षधर हुनुहुन्थ्यो
अनावश्यक कुरामा समय खेरो फाल्नेमा बिरोध गर्नुहुन्थ्यो ।
एक पटक एकजना भगवानको अगाडी आएर भन्यो भगवन ! हजूरले पटक पटक
दुःख र दुःख बिमुक्तिको बारेमा उपदेश गर्नुहुन्छ कृपया यो भनिदिनुहोस कि यो दुःख
कस्लाई हुन्छ र दुःखबाट बिमुक्ति कस्को हुन्छ ?
समाजमा कोहि कोहि मान्छेहरु बोल्न जानेकोछु
बुद्धीमानछु भन्ने भ्रममा परेर गलत तरिकाको प्रश्न गर्छन त्यस्तै यो मान्छेले पनि
गर्यो । तर भगवान यस्ता वाईहात कुरामा अल्झिरहनुहुँदैन र सम्झाउँदै भन्नुभयोः
तिमीले प्रश्न नै ठीक तरिकाले गरेनौ । दुःख कस्लाई हुन्छ भनेर प्रश्न गर्ने नै
होईन बरु दुःख किन हुन्छ भनेर पो सोध्नुपर्छ । अनि दुःखबाट बिमुक्ती कस्लाई हुन्छ
भनेर सोध्ने होईन कसरी हुन्छ भनेर पो सोध्ने हो ।
सार्थक कुरा, मतलबको कुरा यो हो कि दुःखबाट मुक्ती
पाउने र यो जान्नु आवश्यकछ कि दुःखको कारण के हो र कसरी दुःख निवारण हुन्छ । यो
बाहेक सबै चर्चा अनावश्यक वाईहात हो । फेरि कोहि यसरी पनि सोध्छन् भगवान यो
संसारलाई कस्ले बनायो ? अनि भगवानले पनि राम्ररी सम्झाएर भन्नुहुन्छः कुनै बिषालु तीरले
घाईतेलाई कस्ले तीर बनायो भनेर सोध्नु भन्दा त्यो घाईतेलाई चाँडै चाँडै घाउको
उपचार गर्नु हो ताकि उस्को पिडा मुक्त होस दुःख मुक्त होस चाँडो भन्दा चाँडो ।
विपश्यना शिविरमा आएपछि यहि महत्वपूर्ण कुरा सिक्ने हो न कि वाईहातको कुरा गरेर
समय खेर फाल्ने । एउटा शिविरमा मसित एउटाले सुटुक्क सोध्यो हैन "यो साँसलाई नै किन
हेर्ने मुटुको ढुकढुकि हेरे हुन्न र"? मैले स्यानो स्वरमा भने म केवल धम्म सेवकहो
आचार्य होईन पछि उहाँ संग सोध्नु होला । आर्य मौनको अर्थ बाणीले मात्रै मौन होईन
शरीर र मनलाई पनि मौन राख्नु पर्छ । बाणीको मौन त नित्तान्तै आवश्यकछ । त्यसैले
शिविरको सुरुमा नियम पालन गर्छु भनेर आत्म समर्पण गरिन्छ पञ्चशीललाई ग्रहण गरिन्छ
। मनको मौन त भनियो तर मनले हुने नहुने कल्पनाहरु गर्न थाल्छ योजनाहरु बुन्छ अनि
आफ्नो मनको कुरा अरु सित बोल्न मन लाग्छ । नगर्ने नबोल्ने भनिएको कुरालाई नियम
उलंघन गरेर खुसुक्क लाएर साथीहरु सित कुरा गरि हाल्छन् । सुटुक्क खैनी गुट्का सेवन
गरि हाल्छन् र शील भङ्ग गर्छन अनि समाधी बलीयो हुंदैन समाधी बलीयो नभए पछि प्रज्ञा
प्राप्त हुने त कुरै भएन । पाँच बर्ष अघि अर्थात २०६५ साल मंसीर महिनामा मैले
नेपालगंजमा सहभागि हुंदा अज्ञानमा शील भङ्ग गरेको सम्झना छ । अहिले शिविर
व्यवस्थापनको सेवामाछु अरुले शील भङ्ग गरेको देख्दा दया लाग्छ । दोश्रो पटक
लुम्बीनीमा सहभागि हुने मौका पाएं एक्लै कोठामा बस्ने मौका पाएपनि शीललाई पक्का
रुपमा जोगाएँ । आर्य मौन भने पछि लेखपढ गर्न पनि वर्जित हुन्छ कसैले नदेख्ने
लेखेपनि हुन्थ्यो तर संकल्प गरिसकेपछि आफ्नै लागि गरिने आफै ईमान्दारी हो । शरीरको
मौन भनेको अधिष्ठानमा बस्ने बेला शरीर नहल्लाएर शीर ठाडो गरेर बस्ने हो पटक पटक
खुट्टा चलाउने यताउति गर्ने आर्यमौनको अर्थै रहेन । जस्ले वाणीले मौन बस्न सक्दैन
आर्य मौनको पहिलो पाईला नै भएन उ अघिल्लो पाईला कसरी चाल्छ । आर्य मौन बस्न सकेन
भने मन स्थीर हुन सक्दैन मन चंचल त छँदैछ । बोल्ने बित्तिकै विवाद भैहाल्छ । नियम
उलंघन भैहाल्यो आत्मसमर्पण गर्नुको कुनै अर्थ नै भएन । हुन सक्छ पहिलो चोटी
बिभिन्न अज्ञानताले शील भङ्ग गरीयो अर्को पटक शिविरमा सहभागि भएर आफूले अभ्यास
गरेको कामलाई पुष्टी गर्न साँजको गुरुजीको प्रवचनलाई राम्ररी ध्यान दिएर ग्रहण
गरेमा फाईदा नै हुन्छ बेफाईदा होईन । विपश्यना शिविर बाणी विलास बुद्धी विलास
मनोरन्जनको लागि १० दिन घर व्यवहार छोडेर गएको
होईन अन्तरमुखी भएर आफैलाई हेर्न सम्यक दर्शन गर्न हो ।
भवतु सब्ब मङ्गलम् ! सबैको कल्याण होस !
सबै सुखी होउन !
सन्दर्भ सामग्रिः जागे अन्तरबोधः विश्व विपश्यना आचार्य सत्यनारायण गोयन्का
No comments:
Post a Comment