बुद्धको शासनकालमा तत्कालिन मगध राज्यमा
राजवंशीय शासनको शासक महाराज भाती थिए । उन्को महारानी बिंम्बिबाट छोरा जन्म भयो ।
बिंम्बि पुत्र भएकोले छोराको नाम पनि बिम्बिसार राखियो । राजकुमार बिंम्बिसार चतुर
र तेज बुद्धिभएको किशोर
भएर महत्वाकांक्षी निस्के । राजा भातीलाई आफ्नो छोरा प्रति साह्रै मायां गर्थे । बिंबिंसारलाई
१५ बर्षै उमेरमा राजा हुने अभिलाषा जाग्यो महाराज भातीले तिन्लाई राज्याभिषेक गरि दिएर
राजपाठ सुम्पे । शास्त्र बिद्या लगाएत सैन्य संचालनमा पनि
पारंगत भए । आफ्ना सेनाहरुलाई बिधि शस्त्रहरुले सुसज्जित गरिदिए । आफ्नो सैन्य शक्तिले
अंग जनपदलाई आफ्नो अधिनमा पारे । अंग र मगध मिसिए पछि झन शक्तिशाली भए बिंबिसार । बिशाल
सेनाको नायक भएकाले सेनानी बिंबिसार भनेर चर्चित हुन थाले ।
मगधको
पश्चिमोत्तर कोशल पनि बिशाल जनपद थियो जस्को शासक महाराज महाकोशल थियो र उन्को छोरा
प्रसेनजित थियो र छोरी कोशल देवी थिईन् । र प्रसेनजितको बहिनी कोशल देवीको बिहे मगधका राजा बिंबिसार
सित गरिदिए दाईजोमा काशी राज्य पनि दिए । अब बिंम्बिसारको साम्राज्य शक्ति पनि बढ्यो
। त्यसपछि अंग मगध र
काशी समेत मिसाएर तिन महा जनपदको सम्राट भए । सम्राट बिंम्बिसार सुन्दरी युवतीहरु साह्रै
मन पथ्यों जति देखे पनि सुन्दरीहरु नपुग्ने सौन्दर्य लिप्सा बढदै पाकिस्तानको स्यालकोटकी
राजकुमारी सम्म दृष्टी पुग्यो र तिनि सित पनि बिहे गरे । कुनै जनपदमा सुन्दरी छन भन्ने
थाहा पाएपछि त्यो सून्दरी प्राप्त गर्न भर मग्दुर प्रयत्न गरि हाल्थे ।
त्यस्तै
एक सौर्न्दर्य साम्राज्ञी थिईन नगरबधु आम्रपाली यिनि वज्जि गणाराज्यको जनपद कल्यणी
थिईन् । तत्कालिन समयमा सुन्दरीहरुलाई मुल्यांकन गरेर तिन्को शरीरको मूल्य बढाएर जनपद
कल्याणी नामले अलंकृत गर्ने चलन थियो । आम्रपालीको सौन्दर्यको चर्चा सुनेर तिन्लाई
प्राप्त गर्ने तिब्र इच्छा पलायो । वज्जि गणराज्य र मगधको सम्बन्ध राम्रो थिएन तैपनि
भेष बदलेर वज्जिको राजधानी बैशाली पुगेर आम्रपाली सित सम्बन्ध गरेरै छाडे । उज्जेनकि
जनपद कल्याणीको सौर्न्दर्य चर्चा सुनेर त्यहां पनि पुगे । जति गोप्य गरे पनि आम्रपाली
र उज्जेनकि जनपद कल्याणी पद्मावती सितको सम्बन्ध सबैलाई थाहा भयो किनकि दुबै बाट एक
एक छोराको जन्म भएको थियो । आम्रपालीको तर्फबाट जन्मेको छोराको नाम बिमल कौडण्य र पद्मावतीबाट
जन्मेको छोराको नाम अभय राखियो । जति सोर्न्दर्यमा भगदौड गरे पनि बैधानिक र अबैधानिक
बिहेहरु गरे तापनि सबै सन्तानलाई समान अधिकार प्रदान गरेर मानवी मूल्य प्रदर्शन गरेका
थिए । सबैको पालन पोषणको लागि बिंबिसारले खर्चको व्यवस्था गरेका थिए।
। पद्मावतीलले आफ्नो छोरा अभयलाई सात
बर्ष भएपछि आफ्नो बुवा कहां पठाईदिए तर तिनले कसै सित तुलनामा नराम्रो व्यवहार नगरेर
समान व्यवहार गरेका थिए । अभयलाई सात दिन सम्म राजगद्दीमा पनि राखे । बिंबिसारको थुप्रै
राजमहषी थिए । छोराहरु राजकुमार अजातशत्रु, राजकुमार शिलव,राजकुमार चुंद र राजकुमारी चुंदी पनि थिईन् । बिंबिसार धार्मिक विचारको पनि
थिए उन्को राजधानी राजगिरीमा जो जति संत,संन्यासीहरु आउंथे सबैको
यथोचित सम्मान गर्थे आवश्यकतानुसार दान दक्षिणा दिन्थे ।
एक
दिन बिंबिसारले शाक्यपुत्र गृहत्याग गरेर भिक्षाटनको लागि आफनो राजधानी आएको देखेर
भने - के तपाई शाक्यपुत्र सिद्धार्थ हुनुहुन्छ - अवश्य महाराज ! बिबिंसार भन्दा सिद्धार्थ उमेरले धेरै कान्छा थिए तसर्थ सिद्धार्थको
चर्चा सुनेकोले रोमान्चित भएर भने तिम्रो जीवन राज्य संचालनको लागि योग्य छ ।तिमीले
शाक्य वंशीय राज्य छोडेर आयौ त के भयो आउ मैले आफ्नो राजशी ऐर्श्वर्यको सहभागि
बनाउन प्रस्तुत छु । यद्यपि शाक्यहरुको गणतन्त्रीय राज्यको तुलनामा मगधको एक तन्त्रीय
साम्राज्य त्यतिबेला बिशाल र प्रभु सम्पन्न थियो तैपनि सिद्धार्थले अस्विकार गरे ।
जुन राज वैभवलाई मलमुत्र जस्तै त्यागेर आएका थिए । सिद्धार्थको दृढता देखेर बिंबिसारले
हात जोडेर अभिवादन गर्दै भने - तपाईलाई चाडै संबोधि लाभ होस यहि
मेरो मंगल कामना छ र मेरो पूर्ण कामनाछ बोधि प्राप्त भएपछि मेरो यस नगरमा पाल्नुभए
कृतज्ञ हुनेछु र मुक्ति मार्गको उद्पदेश दिन पाल्नुहोस । सिर्द्धार्थले मुस्कुराउंदै
स्विकृति दिएका थिए । ६ बर्षपछि सिद्धार्थले सम्यक सम्बोधि प्राप्त गरे । प्रथम धर्म
चक्र प्रवर्तन मृगदावनमा पंच भद्दीयलाई उपदेश दिएपछि बिंबिसारलाई दिएको वचन सम्झना
आएर राजगृह आईपुगे ।
सम्राट
बिंम्बिसारले यो समाचार सुनेपछि हर्षबिभोर भएर आफ्ना मन्त्रीहरु,ब्राम्हणहरु तथा श्रेष्ठीहरुको साथमा भगवान बुद्ध हुनु भएको ठाउंमा पुगे ।
त्यतिबेला
उरुवेल काश्यप मगध देशको परम पुज्य धर्माचार्य थिए । थुप्रै संख्यामा उस्का अनुयायीहरु
थिए र भक्तहरु पनि तैपनि सबैको अगाडी भगवानलाई वन्दना गरेर घोषणा गरे यिनि भगवान हनुहुन्छ् ,अरहन्त हुन्, सम्यक सम्बुद्ध हुन् ,विद्या र आचरण दुबैमा सम्पन्न छन्,सुगत हुन् । सबै लोकको
जानकार हुन् सर्बज्ञ हुन् । यिनि देव र मनुष्यका शास्ता हुन् । यस्तो घोषणा धर्माचार्यबाट
सुनेर राजा बिंम्बिसार सहित सबै श्रोता मण्डली श्रद्धाले झुक्छन् अभिवादन गर्छन् ।
अर्कोदिन राजमहलमा निमन्त्रणा गर्दछन् । राजमहलमा श्रद्धा र सम्मानपुर्वक भोजन गराउंछन्
। आफ्नो सबै जनतालाई आफ्नो सन्तानको रुपमा सम्झेर सबैलाई बिशुद्ध मुक्तिमार्गको लागि
निवेदन गर्दछन् । त्यस पश्चात भिक्षुहरुको लागि आरामदायी स्थल बेणुवन दान दिने इच्छा
प्रकट गरे । भगवानले स्विकृति दिनुभयो ।
बिंम्बिसारले
भने- भगवान म राजकुमार छंदा मेरो पांच ठूलो अभिलाषा थियो ।जो
सबै पूरा भयो ।
प्रथम
अभिलाषा थियो मेरो राज्याभिषेक होस त्यो भयो ।
दोश्रो
मेरो शासनकालमा कोहि सम्यक सम्बुद्ध होस र मेरो राज्यमा पदार्पण होस त्यो पनि भयो ।
तेश्रो
अभिलाषा थियो कि उस्को अभिनन्दन- अभिवादन गर्न सकुं त्यो
भयो ।
चौथो
अभिलाषा थियो भगवान बुद्धबाट मलाई धर्मोपदेश होस त्यो पनि भयो ।
अनि
पांचौ अभिलाषा थियो कि भगवान बुद्धको उपदेशहरु हृदयंगम गर्नसकुं र त्यो पनि भयो भन्ते
भगवान ।
मेरो
पांचै अभिलाषा पूरा भयो सांच्चै म ठूलो भाग्यमानी हुं ।
वास्तवमा त्यस्ता भाग्यमानी
मानिस दुर्लभ हुन्छन् जस्ले यस्ता अभिलाषाहरु सबै प्राप्त गर्दछन् ।
भवतु सब्ब मङ्गलम् । सबैको जयहोस ।सबैको मङ्गलहोस ।
No comments:
Post a Comment