हामी अलि नकारात्मक कुरा बढी गर्छौं कि
जस्तो लाग्यो । भारतीय केहि शासकहरुले हाम्रोदेशमा बक्र दृष्टि राखेको होईन भन्न
नमिल्ने ठाउं धेरै छ । चाहे त्यो दक्षिणी सिमाना मिच्ने सन्दर्भमा होस चाहे
बुद्धको जन्म स्थान सम्बन्धमा होस । भारतीय केहि विव्दानहरुले शाक्यषमुनी बुद्ध
भारतमा जन्मेकाहुन भनेर झुठो कुरा बोल्नु र भारतमा जन्मेकाहुन भनेर विश्वलाई
प्रमाणित गरेर देखाउन नक्कली लुम्बीनी निर्माणको बारेमा चर्चा होस । अब त्यसो
भन्ने होभने भारतका अशोक सम्राट शाक्यकूलका हुन भन्ने हो भने तिनिहरुको टाउको दुखाईको
कुरा हुन सक्छ तर टाउको दुखाएर सत्यकुरा असत्य त हुन सक्तैन । अशोक सम्राट
शाक्यकूलका हुन भन्ने धेरै आधार प्रमाणहरुछन् ।
यहाँ चर्चा गर्न खोजिएको कुरा
सकारात्मक सोंच र नकारात्मक सोंचको बारेमा हो । भारतले नेपाललाई धेरै नराम्रो
गरेको होला धेरै राम्रो पनि गरेको ईतिहाँसले स्पष्ट पारेकोछ । भारतका कतिपय
वेभसाईडहरुमा नेपालको बारेमा प्रशंसा गरेकोछ भने बुद्ध भारतमा होईन नेपालमा
जन्मेकाहुन भनेर उल्लख गरेको पनि पाईन्छ । भारतमा जन्मेको हो भनेर मात्रै पढने तर
नेपालमा जन्मेकाहुन भनेर लेखेको किन पढन नसकेको ।
ल हेर्नुस भारत कोश भन्ने वेभ साईडमा यसरी उल्लेख गरेकोछः
बौद्ध धर्म भारत की श्रमण परम्परा से
निकला धर्म और दर्शन है। इसके संस्थापक भगवान बुद्ध, शाक्यमुनि (गौतम
बुद्ध) थे। बुद्ध राजा शुद्धोदन के पुत्र थे और इनका जन्म लुंबिनी नामक ग्राम
(नेपाल) में हुआ था। वे छठवीं से पाँचवीं शताब्दी ईसा पूर्व तक जीवित थे। उनके गुज़रने
के बाद अगली पाँच शताब्दियों में, बौद्ध धर्म पूरे भारतीय उपमहाद्वीप में
फ़ैला, और अगले दो हज़ार सालों में मध्य, पूर्वी और
दक्षिण-पूर्वी जम्बू महाद्वीप में भी फ़ैल गया। आज, बौद्ध धर्म में
तीन मुख्य सम्प्रदाय हैं: थेरवाद, महायान और वज्रयान। बौद्ध धर्म को
पैंतीस करोड़ से अधिक लोग मानते हैं और यह दुनिया का चौथा सबसे बड़ा धर्म है। अब
शुद्धोधनको थिए त भन्दा आर्यमूलका शाक्यवंशकाहुन् । शाक्य गणराज्यका राजा शुद्धोधन
।
साँच्चै शाक्यमुनी बुद्ध भारतमै
जन्मेको भए भारतमा बौद्ध विश्व विद्यालय थुप्रै हुनेथिए र बौद्ध दर्शनमा
विद्यावारीधी तथा स्नातकोत्तरको पढाई हुनेथियो होला । धेरै जसो नामको बौद्ध विश्व
विद्यालय तर अन्य बिषयहरुमा प्राथमिकता दिएर पठनपाठन हुन्छ । नाम गौ.तम बुद्ध
कालेज तर बुद्धीज्ममा स्नातक पढन व्यवस्थाछैन । यो बुझन् धेरै टाढा जानुपर्दैन
नेपागंज संग जोडीएको भारतीय क्षेत्र रुपैडिहामा जानुस गौतम बुद्ध डिग्री कालेज छ
तर बुद्धीज्ममा B.A. वा बुद्ध फिलोसफीमाB.A. M.A पढने
व्यवस्था छैन । नेपालमा मात्रै बुद्धीज्ममा B.A. M.A. पढने व्यवस्था
भएकोछ ।
वेभसाईडमा यसरी पनि उल्लेख गरेको हेर्न
सकिन्छः
सम्राट अशोक को अपने विस्तृत साम्राज्य
के बेहतर कुशल प्रशासन तथा बौद्ध धर्म के प्रचार के लिए जाना जाता है। जीवन के
उत्तरार्ध में अशोक गौतम बुद्ध के भक्त हो गए और उन्हीं (महात्मा बुद्ध) की स्मृति
में उन्होंने एक स्तम्भ खड़ा कर दिया जो आज भी नेपाल में उनके जन्मस्थल-लुम्बिनी
में मायादेवी मन्दिर के पास अशोक स्त म्भ
के रूप में देखा जा सकता है। उसने बौद्ध धर्म का प्रचार भारत के अलावा
श्रीलंका, अफ़ग़ानिस्तान, पश्चिम एशिया, मिस्र तथा यूनान
में भी करवाया। अशोक के अभिलेखों में प्रजा के प्रति कल्याणकारी द्रष्टिकोण की
अभिव्यक्ति की गई है।
अब यो अशोक स्तम्भ हेर्न भारतमा नभएर
नेपालको लुम्बीनीमा गएर मात्रै हेर्न सकिन्छ । यदि यहाँ हमारे भारतके उत्तर
प्रदेशके ...जिलाके लुमीनी मे भनेको भए नकारात्मक सोंचेको पनि भन्न मिल्थ्यो ।
भारतमै प्रकाशित धेरै बौद्ध ग्रन्थका पुस्तकहरुमा बुद्ध भारतको ..... ठाउँमा भनेर
उल्लेख गरेकोछैन । केवल हाम्रो देशका ठूलो राजनैतिक दलका छोटा बुद्धी भएका
नेताहरुले भारतको बिरुद्धमा नबोलेर चाकरी मात्रै बजाएकाहुन भनेमा अत्युक्ति नहोला
। अध्ययन अनुसन्धान राम्रै गरेर बिरोध गर्नु जाती हुन्छ । होईन भने नेपालकै ठूला
विद्वानहरुले नै लेखेर पाठ्यपुस्तकहरुमा समावेश गरे हुन्छ नि ।
भवतु सब्ब मङ्गलम्
No comments:
Post a Comment