संस्कार-स्कन्ध
रूप, वेदना, संज्ञा र विज्ञानबाट भिन्न शेष संस्कार संस्कार-स्कन्धमा संगृहीत छ। संस्कार-स्कन्ध को अन्तर्गत चित्त सम्प्रयुक्त (४६) र चित्त विप्रयुक्त (१४) संस्कारहरुको गणना गरिन्छ । पांच स्कन्ध
क्षणिक र नित्य परिवर्तनशील छ । यि मनुष्यको व्यक्तित्वको निर्माण गर्छ र वस्तु, इन्द्रिय र
विज्ञान, यस त्रिक सन्निपात रूप प्रत्ययबाट उत्पन्न हुन्छ । यसबाट भिन्न आत्मा कुनै
अर्को नित्य नामको पदार्थ छैन
। त्यसकारण भगवानले भन्नुभएकोछ, कर्म छ, कर्मफल छ, तैपनि कुनै कारक छैन, जुन धर्महरुको संकेत अर्थात् हेतुफल सम्बन्धको व्यवस्थाबाट पृथक स्कन्धहरुको
परित्याग या ग्रहण
गरोस ।
प्रतीत्यसमुत्पादको नियमको अनुसार यि पांच स्कन्ध नै सन्तान रूपमा मरणभवबाट उपपत्तिभव पर्यन्त विस्तारलाई प्राप्त गर्छ । यि नै आमाको कोखमा प्रवेश गरेर पुनर्जन्मका भागी हुन्छन्।
भगवान बुद्धले जुन सापेक्षताको इदम्प्रत्ययतारूप, कारणतावादको सिद्धान्त प्रतीत्यसमुत्पादको प्रतिपादन गरिएको थियो, त्यसको बाह्र अंक छन्,जसलाई भवाङग पनि भनिन्छ । यि हुन- अविद्या, संस्कार, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान भव, जाति र जरामरण, दु:ख, दौर्मनस्य, उपायास र उपक्लेश, जुन एक अर्का प्रतीति गरेर सम्भूत हुन्छ । एकको हुनाले अर्को अङ्ग अभिनिवृत्त हुन्छ । एकको विरुद्ध हुँदा अपर अंङ्गको पनि निरोध हुन्छ ।
पंचस्कन्ध
पूर्वजन्मको क्लेशदशा नै अविद्या हो र कर्मदशा संस्कार। यस जन्मको लागि रूप, वेदना, संज्ञा, संस्कार, विज्ञानको बीजरोपण नै विज्ञान हो। यसलाई प्रतिसंधि विज्ञान पनि भनिन्छ । जन्म देखि पूर्व गर्भित दशामा पंचस्कन्धहरुको संवृति नामरूप हो, मन एवं इन्द्रियहरु वाला स्थूल शरीर षडायतन, सुखदु:खात्मक अनुभव वेदनाको पूर्वरूप स्पर्श, सुख-दु:खको अनुभूति (मैथुनरागको पूर्वको अवस्था)को नाम वेदना, रूपादि कामगुण, मैथुन को प्रति राग र भोगको कामना तृष्णा, भोग सम्प्राप्ति हेतु को यत्न उपादान, यस प्रकार प्रभावित भएर अनागत भव हेतु गरिएको कर्म भव, भरणको अनन्तर प्रतिसंधि, कालमा पाचै स्कन्धहरुको अवस्था जाति, स्कन्धपरिपाक जरा र स्कन्ध नाश भरण् भनिन्छ
। यसमाबाट प्रथम दुई भवांग अतीत अध्वाबाट, अन्तिम दुई भवांग अनागत अध्वाबाट र शेष आठ भवांग प्रत्युत्पन्न अध्वाबाट सम्बद्ध छ ।
विज्ञानको विधिहरु
विज्ञान त्रिविध हुन्छ । आलयविज्ञान, प्रवृतिविज्ञान र मननात्मक मनोविज्ञान।
आलयविज्ञान नै समस्त विज्ञानहरुको मूल स्रोत हो । यो जगतको समग्र वस्तुहरुको बीजलाई धारण गर्ने अपरिछिन्न प्रवाह रूपमा नित्य समस्त कर्महरु
र साङक्लेशिक धर्महरुको बीजको आलय हो । यो क्षणिक र प्रवाह रूपमा नित्य हो । हेतुफलभावबाट समस्त पदार्थ त्यसैमा संलीन रहन्छ । आलयविज्ञान
अनादिकालिक सर्वधर्मसमाश्रय र निर्वाण को प्रायक पनि मानिएकोछ । यो व्यक्तिगत हुन्छ । प्रवृतिविज्ञान सबै बाह्य अर्थहरुको विज्ञप्तिको नै अर्को नाम हो । पांच ईन्द्रीयहरु (चक्षु, श्रौत्र, घ्राण, जिह्वा सम्म) र मनको ग्राह्य विषयहरुको भेदबाट यो प्रकारको हुन्छ । प्रवृतिविज्ञान परिच्छिन्न स्वभाव, क्षणिक र अनित्य हुन्छ तथा चक्षुरादि यसको आलम्बन हुन्छ । मननात्मक क्लिष्ट मनोविज्ञानको कार्य पांच ईन्दरीयहरुको विज्ञानहरु द्वारा प्रस्तुत विचारहरु प्रत्ययहरुको परिच्छेद (अलग-अलग) गर्नु हो। यो आफ्नो विषयभूत आलयविज्ञानलाई उसको् स्वरूप स्वभावको विपरीत बीजरूपमाम कल्पित गर्दछ ।
भवतु सब्ब मङ्गलम्
No comments:
Post a Comment