Thursday, May 16, 2013

बौद्ध तीर्थ स्थल श्रावस्ती एक परिचय


                        जीवनकुमार शाक्य
भारतवर्षको उत्तर प्रदेश प्रान्को गोंडा-बहराइच जिलाको सीमामा यो प्रसिद्ध बौद्ध तीर्थ स्थान होगोंडा-बलरामपुरबाट २४ किलोमीटर पश्चिममा आजको सहेत-महेत गांउ नै श्रावस्ती हो। प्राचीन कालमा यो कोशल देशको दोश्रो बलीयो राजधानी थियो। भगवान रामको पुत्र लवले यसलाई आफ्नो राजधानी बनाएकाथिए । श्रावस्ती बौद्ध जैन  दुबैको तीर्थ स्थान होभगवान बुद्ध दीर्घ सम्म श्रावस्तीमा बर्षा वास बस्नुभएको थियो । यहाँका श्रेष्ठी अनाथपिण्डिक असंख्य स्वर्ण मुद्राहरु खर्चेर भगवान बुद्धको लागि जेतवन बिहार बनाउनलगाएका । अब यहाँ बौद्ध धर्मशाला, मठ र मन्दिरहरुछन

यो बुद्धकालीन नगर थियो, जस्को भग्नावशेष उत्तर प्रदेश राज्यको, बहराइच एवं गोंडा जिलाको सीमामा, राप्ती नदीको दक्षिणी किनारामा  फैलिएकोछ
बौद्ध कालको साहित्यमा श्रावस्तिको वर्णन प्रशस्त छ र भगवान बुद्धले यहाँक जेतवनमा सबै भन्दा बढी बर्षा वास बिताउनुभएकोछ यहाँको 'गंधकुटी' जस्मा भगवान्‌ बुद्ध वर्षावास गर्नुहुन्थ्योयो अहिले महेतम भएकोछ र यहाँ धेरै पटक उत्खनन भएकोछ जस्ले श्रावस्ति नगर सिद्ध गर्छ
ो बुद्धकालिन कोसल-जनपदको एक प्रमुख नगर थियो। यहाँको अर्को चर्चित नगर अयोध्या थियो। श्रावस्ती नगर अचिरावती नदीको तटमा बसेको थियो, बौद्ध धर्म-ग्रन्थहरुको अनुसार स समृद्ध नगरमा दैनिक जीवनमा कामनी तिनो आयातमा धेरै सुबिधा हुन्थ्यो। प्राचीन श्रावस्तीको अवशेष आधुनिक सहेत’-‘महेतनामको स्थानहरु भेटीएकोछ । यो नगर २७°५१उत्तरी अक्षांश र ८२°०५पूर्वी देशांतरमा स्थिर थियोसहेत समीकरण जेतवनबाट तथा महेत प्राचीन 'श्रावस्ती नगर' बाट गरीएको हो नेपालगंजबाट रुपैडिहा हुँदै प्राचीन टीला एवं भग्नावशेष गोंडा एवं बहराइच ज़िलाको सीमामाछ, जहाँ बलरामपुर स्टेशनबाट पनि पुग्न सकिन्छ । बहराइच एवं बलरामपुरबाट यस्को दूरी क्रमश: ५२ किमी एवं २० किमी छ । आजभोली सहेतको भाग बहराइच ज़िलामा महेतगोंडा ज़िलामा पर्छ । प्राचीन श्रावस्ती नगर अचिरावती नदी,जस्को आधुनिक नाम राप्ती ह, को किनारमा स्थित थियो। य नदी नगर को निजकै बग्छ । बौद्ध युगमा यो नदी नगरलाई घेरेर बग्थ्यो। बौद्ध साहित्यमा श्रावस्तीको वर्णन कोशल जनपदको राजधानी र राजगृहबाट दक्षिण-पश्चिममा कालक र अस्सक सम्म जाने राजमार्गमार सावत्थी नामक दुई महत्त्वपूर्ण बस्तीको रूपमा पाईन्छ यो ठाउँ शाक्यहरुको राजधानी कपिलवस्तुबाट पनि नजिकै अथवा वारी पारी भएकोले कपीलवस्तुको शाक्य गणराज्य सित सम्बन्ध भएको देखिन्छ ।
 बुद्धकालीन भारतको ६ महानगरहरु, चंपा, राजगृह, श्रावस्ती, साकेत, कोशांबी र वाराणसी मध्य एक मानिन्थ्यो । सावत्थी, संस्कृत श्रावस्तीको पालि र अर्द्धमागधी रूपहो। बौद्ध ग्रन्थहरुमा यस नगरको नामको उत्पत्तिको विषयमा एक अन्य उल्लेख पनि पाईन्छ ।
महाभारतको अनुसार श्रावस्तीको नामको उत्पत्तिको कारण  अर्कै थियो रे । श्रावस्त नामक एक राजा थिए जो कि पृथुको छैठौं पीढ़ीमा उत्पन्न भएकाथिए त्यहि यस नगरको जन्मदाता मानिन्छ उन्कै नामले श्रावस्ती भयो भनिन्छ । पुराणहरुमा श्रावस्तक नामको स्थानमा श्रावस्त नाम पाईन्छ
एक बौद्ध ग्रन्थको अनुसार यहाँ ५७ हज़ार कुल रहन्थ्यो र कोसल-नरेशहरुको आमानी सबैभन्दा धेरै यसै नगरबाट हुन्थ्योभगवान बुद्धको समयमा भारतवर्षको ६ ठूला शहरहरु मा श्रावस्तीको नाम आउँथ्यो यहाको पुरा तात्वीक क्षेत्रमा बुद्धकालिन रुख जहाँ उपदेश गर्नुहुन्थ्यो र आनन्दले पानी पिएको कुवाँ पनि देख्न सकिन्छ र अंगुलीमालको गुफा पनि देख्न सकिन्छ । केहि प्राचीन ग्रन्थहरुको अनुसार कोसलकोो मुख्य नगर सर्वदा रमणीक, दर्शनीय, मनोरम र धनधान्यले  म्पन्न थियो
बौद्ध धर्मका अनुयायी
यहाँको नागरिकहरु भगवान बुद्धका साह्रै भक्त थिए 'मिलिन्दप्रश्न' नामक ग्रन्थमा भनिएकोछ कियसमा भिक्षुहरुको संख्या करोड़ थियो रेस नगरमा 'जेतवन' नामको एक उद्यान थियो जसलाई त्यहाँका जेत नामक राजकुमारले सथापना गरेका थिए स नगरको धनाड्य साहु अनाथपिण्डिक सेठ जो बुद्धको प्रिय शिष्य थियो, स उद्यानको शान्तिमय वातावरणबाट प्रभावित थिएउनले ८४ करोड असर्फिले किनेर बौद्ध संघलाई दान गरेका थिए । बौद्ध ग्रन्थहरुमा जेतवन लाई सुनको मुद्राहरु बिछाएर ढाकेर लिएका थिए । अनाथपिंडिकले जेतवनको भित्रर अरु बिहारहरु बनाईदिए जहाँ भिक्षुहरु रहन्थे।अहिले पनि नयाँ नयाँ बौद्ध बिहारहरु निर्माण भएकाछन । यिनमा प्रत्येकको निर्माणमा त्यसताका एक लाख स्वर्ण मुद्रा ख़र्च भएकोथियो यसका अतिरिक्त उनले कुवाँ, तलार चौतरा पनि बनाउन लगाएकाथिए बौद्ध धर्ममा आस्था राख्नेहरु र बौद्ध दर्शन पढने पढाउनेहरु यहाँ एकपटक जानु उचित हुन्छ ।
भवतु सब्ब मङ्गलम् ।

No comments:

Post a Comment