Thursday, April 27, 2017

भगवान बुद्धको भौतिक काया ३२ लक्षण




१ सुप्पतिट्ठितपादो ( सुप्रतिष्ठित पादो ) पैताला समतल हुन्छ । तिनमा खाल्टो हुँदैन त्यसैले पैतला समतल रुपमा पर्छन ।
२ पादलेसु चक्कानि सहस्सारानि सनेमिकानि सनाकाभिकानि सब्बाकारपरिपूरानि ( चक्रवरन्कित   ) दुबै पैतालामा चक्र अन्कित हुन्छ जो नाभि नेमि तथा सहस्रआराबाट सर्वाकार परिपूर्ण हुन्छ ।
३ आयातपण्हि ( आयत पार्ष्णि  )- पाउको कुर्कच्चो सामान्य जनको भन्दा अधिक लामो र चौडा हुन्छ ।
४ दीघङ्गुलि हात र पाउका औँलाहरु लामा हुन्छन ।
५ मुदुतलुनहत्थपादो (  मृदुतरुणहस्त पाद  )हात गोडा तथा रुखा होईन बरु मृदुल (कोमल)(भरिला) तरुण हुन्छन् ।
६ जाल हत्थोपादो (  जाल हस्त पाद  ) लाहरु बिच केहि फरकमा यस्तो जाल जस्तो त्वचा हुन्छ जस्तो कि हाँसको खुट्टामा हुन्छ जस्ले गर्दा दुई औँला बिचमा खालि भाग रहँदैन ।
७ उस्सङ्गपादो ( उस्सन्ख पाद ) पाउका घुँडँ सामान्य व्यक्तिको तुलनामा अलिकति माथितिर हुन्छन् ।
८ एणिजङ्ख  ( एणी जँघ) एणि जातिको मृगको जस्तो सुन्दर साँप्रा हुन्छन् ।
९ परिमसति परिमज्जति (  आजान बाहु ) यति लामा हातहरु कि सीधा उभिँदा न निहुरिकन हत्केलाले आफ्ना घुँडालाई थपथपाउन सक्ने मालिस गर्न सक्ने अर्थात घुँडा सम्मका लामा भुजाहरु ।
१० कोसोहितवत्थगुह्यो (  कोषाच्छादित वस्ति गुह्य  ) पुरुषेन्द्रिय त्वचा कोषमा गुप्त गुफित रहन्छ ।
११ सुवर्णवण्णो (  सुवर्ण वर्ण  ) त्वचा कन्चन वर्णको हुन्छ ।
१२ सुखुमच्छवि (  सुक्ष्मछवि )- शरीरको छालामा एक सुक्ष्म त्वचा मढीएकव हुन्छ जस्मा धुलो आदि टाँसिदैन ।
१३एकेकलोमो ( एक एक लोम   ) प्रत्येक रौँकूप (लोमकूप) मा एउटा मात्रै रौँ हुन्छ
१४ उद्धग्गलोमो (  उर्ध्वाग्रलोम  ) सबै लोम रौँ वायाँबाट दाहिनेतिर बटारिएको घुम्रिएको घुम्रेको हुन्छ र टुप्पो माथितिर फर्केको हुन्छ ।
१५ ब्रह्मुजुगतोझ ( ब्राह्मऋजु- गात्र  ) शरीर लामो र सोझो हुन्छ जस्का कारण मानिसहर उनलाई ब्रहा उजु भन्दछन् ।
१६ सत्तुस्सदो ( सप्त उद्सद   ) दुबै हात, दुबै पाउ अगाडी र पछाडीको शरीरको भाग अनुहार सहित मस्तिष्क शरीरका यी सातै अङ्ग विशाल एवम् पूर्ण आकारको हुन्छन् ।
१७ सीहपुब्बद्धकायो ( सिँहपूर्वाद्ध काया  ) छाती सहित कायाको माथिल्लो भाग सिँहको जस्तो हुन्छ ।
१८ चितन्तरसो  ( चिताँतराँस   ) दुबै काँधको बिचको भाग भरिएको टम्म हुन्छ ।
१९ निग्रोधपरिमण्डलो  ( न्यग्रोध परिमण्डल ) न्यग्रोध वृक्ष जति उचाईमा बढछ ठीक त्यति चौडाईमा पनि फैलन्छ बढछ । यसरी नै उभिएर दुबै लानमा हातलाई दुबैतिर फैलाउँदा जति शरीरको चौडाई बन्दछ त्यति नै शिरदेखि पाउसम्मको उचाईको नाप हुन्छ ।
२० समवट्टक्खन्धो ( समवर्त स्कन्ध  )- समान गथोलाकार काँध हुन्छन् ।
२१ रसग्गसग्गी  (रस रसाग्रि) सबैरसलाई पूर्णतः आस्वादन गर्ने जिभ्रो तथा त्यससँग जोडिएको घाँटि सम्म पुगेको एउटा नसो हुन्छ ।
२२ सीहहनु (सिँह हनु) सिँहको जस्तो सुन्दर चौँडा चिउँडो हुनु ।
२३ चत्तालिस दन्तो (चत्तालिस दन्त) चालीसवटा दाँतले भरिएको भव्य सुन्दर अनुहार हुन्छ ।
२४ समदन्तो (समदन्त) दाँत अगाडी पछाडी नभइकन समान पन्क्तिबद्ध हुन्छन् ।
२५ अविरलदन्तो (अविवर दन्त ) दाँतहरुका विचमा छिद्र हुँदैन ।
२६ सुसुक्कदाठो (सुशुक्लदाढ) दाँत अत्यन्त शुक्ल अर्थात सेता हुन्छन् ।
२७ पहूतजिव्हो (प्रभूतजिव्हा) लामो जिभ्रो हुन्छ ।
२८ ब्रह्मस्सरो (ब्रह्मस्वर) कोईलीको जस्तो निनादी ब्रह्म स्वर हुन्छ ।
२९ अभिनीलनेत् (अभिनील नेत्र) अलसी (आलस)को फूलजस्तो नीला आँखा हुन्छन् ।
३० गोपखुमो (गो पक्ष्म) गाईको जस्तो ठूलो ठूलो परेलाका रौँ हुन्छ ।
३१ ओदाता उण्णा (श्वेत उर्णा) दुबै आँखि भौका विचमा स्वेत,कोमल,सदृश वर्तुलाकार रौँहरु हुन्छन् ।
३२ उण्हीससीसो (उष्णीष शीर्ष) शीरको माथि ठिक्क वीचमा एक उपशीष हुन्छ लाग्छ शीरमा एक जटामुकुट पगडी बाँधिएको छ । यो एक चिन्हका कारणले गर्दा आज पनि कुनै बुद्ध मूर्ती अन्य ध्यानावस्थित मूर्तिहरु भन्दा स्पष्टतया भिन्न देखिन्छ ।
यि लक्षणहरु मध्य एकाध शरीर लक्षण स्पष्ट नै देखिन्थे, देख्न सकिन्थे अनि अत्यन्त भव्य तथा दर्शनीय हुने भएकोले कुनै पनि सामान्य व्यक्तिलाई अनायास आफूतिर आकर्षित गर्दथे ।

नास्तिकता अथवा नास्तिकवाद





नास्तिकता अथवा नास्तिकवाद या अनीश्वरवाद त्यो सिद्धान्त जुन जगत्को सृष्टि गर्ने, सको संचालन र नियन्त्रण गर्ने कुनै पनि ईश्वरको अस्तित्वलाइ सर्वमान्य प्रमाण हुने आधारमा स्विकार गर्दैनन् । (नास्ति = न + अस्ति = होइन , अर्थात ईश्वर छैन।) नास्तिकहरू ईश्वर (भगवान)को अस्तित्वको स्पष्ट प्रमाण नहुनाले झूठो हो भन्छन् ।अहिले सम्म कसैले पनि इश्वर भएको प्रमाण दिन सकेको देखिंदैन अधिकांश नास्तिकहरू कुनै पनि देवी देवता, परालौकिक शक्ति, धर्म र आत्मालाइ मान्दैनन् । हिन्दू दर्शनमा नास्तिक शब्द तिनको लागि पनि प्रयुक्त हुन्छ जो वेदलाइ मान्यता दिंदैनन् । नास्तिक मान्ने स्थानमा जान्नेमा विश्वास गर्छन्  । त्यहिं आस्तिक कुनै न कुनै ईश्वरको धारणा  धर्म, संप्रदाय, जाति, कुल या मत अनुसार बिना कुनै प्रमाणिकताको स्विकार गर्छ । नास्तिकता यसलाइ अन्रधविश्वास भन्छ किनकि कुनैपनि दुइ धर्महरू मतहरको ईश्वरको मान्यता एकै हुँदैन । नास्तिकता रूढ़िवादी धारणाहरूको आधार होइन बरू वास्तविकता र प्रमाणको आधारमा नै ईश्वरलाइ स्विकार गर्ने दर्शन हो । नास्तिकताको लागि ईश्वरको सत्तालाइ स्विकार गर्नको लागि अहिलेसम्मको सबै तर्क र प्रमाणहरू अपर्याप्त छन् ।
दर्शनको अनीश्वरवाद अनुसार जगत स्वयं संचालित र स्वयं शासित छ । ईश्वरवादी ईश्वरको अस्तित्वको लागि जुन प्रमाण दिन्छन्, अनीश्वरवादी ति सबैको आलोचना गरेर काट्छन र संसारगत दोषहरूलाइ भनेर निम्नलिखित प्रकारको तर्कहरू व्दारा यो सिद्ध गर्ने प्रयत्न गर्छन कि यस्तो संसारको रचनेवाला ईश्वर हुनसक्दैन ।
ईश्वरवादी भन्छन् कि मनुष्यको मना ईश्वरप्रत्यय जन्म देखि नै हुन्छ र त्यो स्वयंसिद्ध एवं अनिवार्य छ । यो ईश्वरको अस्तित्वको द्योतक हो। यसको उत्तरमा अनीश्वरवादी भन्छन् कि ईश्वरभावना सबै मनुष्यहरूमा अनिवार्य रूपले पाईंदैन र यदि पाए पनि केवल मनको भावनाबाट बाहिरी वस्तुहरूको अस्तित्व सिद्ध हादैन । मनको धेरै धारणाहरूलाइ विज्ञानले असिद्ध प्रमाणित गरेकोछ ।
जगतमा सबै वस्तुहरूको कारण हुन्छ । बिना कारणको कुनै कार्य हुँदैन । कारण दुइ प्रकारको हुन्छ-एक उपादान, जस व्दारा कुनै वस्तु बन्दछ, र अर्को निमित्त, जो त्यसलाइ बनाउँछ । ईश्वरवादी भन्छ कि घट, पट र घड़ी जस्तै समस्त जगत् पनि एक कार्य (कृत घटना) हो अतएव यसको पनि उपादान र निमित्त कारण हुनुपर्छ । केहि मान्छे ईश्वरलाइ जगतको निमित्त कारण र केहि मान्छे निमित्त र उपादान दुबै नै कारण मान्छन् । यस युक्तिको उत्तरमा अनीश्वरवादी भन्छन कि यस्को हामी सित कुनै प्रमाण छैन कि घट, पट र घड़ी जस्रतै समस्त जगत् पनि कुनै समय उत्पन्न र आरम्भ भएकव् थियो । यसको प्रवाह अनादि छ, अत: यस्रको स्रष्टा र उपादान कारणलाइ खोज्ने आवश्यकता छैन । यदि जगतको स्रष्टा कुनै ईश्वर मानलिउँ भने अनेक कठिनाइहरूको सामना गर्नुपर्छ; यथा, उसको सृष्टि गर्नमा के प्रयोजन थियो ? भौतिक सृष्टि केवल मानसिक अथवा आध्यात्मिक सत्ता कसरी गर्न सक्छ ? यदि इसका उपादान कोई भौतिक पदार्थ मान भी लिया जाय तो वह उसका नियंत्रण कैसे कर सकता है ? स्वयं भौतिक शरीर अथवा उपकरणहरूको सहायताले कार्य गर्छ अथवा बिना त्यस्को सहायताले ? सृष्टि नभइ ति उपकरण र ति भौतिक शरीर कहाँ बाट ? यस्तो सृष्टि रचना गर्रनाले ईश्वरको, जसलाइ तिनका भक्त सर्वशक्तिमान, सर्वज्ञ र कल्याणकारी मान्छ, के प्रयोजन छ, जस्मा जीवनको अंत मरणमा, सुखको अंत दु:खमा संयोगको वियोगा र उन्नतिको अवनतिमा होस ? स दु:खमय सृष्टिलाइ बनाएर, जहाँ जीवलाइ खाएर जीव जिउँछ र जहाँ सबै प्राणी एक अर्काको शत्रु छन् र एकआपसमा सबै प्राणिहरू मा संघर्ष हुन्छ, के लाभ भएकोछ ? स जगत्को दुर्दशाको वर्णन योगवासिष्ठको एक श्लोकमा राम्रो सित पायन्छ, जस्को आशय निम्निलिखितछ
कुन त्यस्तो ज्ञान छ जस्रमा त्रुटिहरू नहोस, कुन त्यस्तो दिशा छ जहाँ दु:खहरूको अग्नि प्रज्वलित न होस, कुन यस्तो वस्तु उत्पन्न हुन्छ जो नष्ट होने न होस, कुन त्यस्तो यस्रतो व्यवहार छ जो छलकपट बाट रहित होस ? यस्तो संसार का रचने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुनसक्छ ? भगवान बुद्ध भन्नुहुन्छ "अनिच्चावट संखारा उपादवयो धम्मिनो" संस्कार सबै अनित्यछ उत्पाद हुन्छ र अन्त्य हुन्छ । वास्तवमा यो संसारमा कुनै पनि स्थायी छैन सबै परिवर्तनशीलछ । अघि जे थियो त्यो अहिले अर्कै भएको हुन्छ । हरेक परिस्थिति ईश्वरको भूमिका कसरी हुन सक्छ । सिन्धुपाल्चोकमा सुनकोशी नदीमा पहीरो ले थुनिएको र मानिस पुरीएकर मर्नु र सवारी दुर्घटनाबाट मानिसहरूको मृत्यु हुनु ईश्वरको लिला हो ? २०७२ सालमा महाभूकम्प?
अतिवृष्टि, अनावृष्टि, अकाल, बाढ़ी , आगो लाग्नु, अकालमृत्यु, जरा, व्याधिहरू र धेरै हिंसक र दुष्ट प्राणीहरू ईश्वरको कस्तो रचना हो त ? संसारमा जे जति नियम र ऐक्य दृष्टिगोचर हुन्छ त्यति नै अनियमितता र विरोध पनि देखिन्छ । यस्को कारण खोज्नु त्यति नै आवश्यक छ जति नियमहरू र ऐक्यको । नास्तिक अर्थात् अनीश्वरवादीहरू सबै देशहरुमा र सबै समयमा पाइन्छन। स वैज्ञानिक र बौद्धिक युगमा नास्तिकहरुको कमी छैन। बिना कारण कुनै पनि वस्तुको उत्पत्ति असम्भव छ । यसको चालक र पालक मान्नुपर्ने कुनै आवश्यकता छैन किनकि जगत्मा यति मारकाट, यति नाश र बिध्वंस सामुहिक बलात्कार तथा जताततै अन्याय भ्रष्टाचार देखिनु यसको संचालक र पालक कुनै समझदार र सर्वशक्तिमान् र राम्रो भगवान् हुनसक्तैन । संसारमा भगवान बुद्धले भन्रनुभए अनुसार उत्पत्ती ह्रास दुबै संसंगै चलिरहेको छ । यसैले यो भन्नु व्यर्थ छ, कि कुनै दिन यस्को सबै संहार हुन्छ र त्यो गर्रनको लागि ईश्वरलाई मान्नु कुनै आवश्यकता छैन।राजदरबार बंशनाश हुनु त्यस्को कारण त अवश्य छ के यो इश्वरको लिला हो? जुन वस्तु वस्तु उत्पादन हुन्छ त्यस्को अन्त अवश्य हुन्छ यो त प्रकृतिको नियम नै हो । उत्पाद हुनु र व्यय हुनु । इश्वरवादी ले भन्लान् कि यहि नियम इश्वरले बनाएका हुन् तर म यसला इश्वरले यो नियम बनाएकाहुन भन्ने मान्न मैले प्रयाप्त प्रमाण फेला पारिन । राम्रो कर्म गरे राम्रै फल हुन्छ । नराम्रो कर्मको नराम्रै फल हुन्छ यो प्रकृतिको निर्धारित नियम मान्छु ।
भवतु सब्ब मंगलम् ।

==================================================