शाक्यमुनी
बुद्धले भन्नुभएकोछ: म वैद्य हूं, चिकित्सक
हूँ, म शिक्षक होईन,
मैले तिमीलाई सिद्धांत सिकाउन आएको होईन…….
स्वास्थ्य
के हो के हो यस्को परिभाषा । कोहि भन्छ स्वास्थ्य नै जीवन हो कोहि स्वास्थ्य नै धन
हो तर वास्तविक परिभाषा के हो ?औषधीले तिमीलाई स्वास्थ्य दिन सक्तैन,
केवल तिम्रो रोग मेटाउन सक्छ । र जब रोग
छैन भने त स्वास्थ्य घटित हुन्छ, तिमी
स्वास्थ्यको लागि उपलब्ध हुन्छौ । तर रोग हुँदै स्वास्थ्य हुन सक्तैन । यही कारण हो कि चिकित्सा
विज्ञान, चाहे पूर्वी होस चाहे
पश्चिमी, अहिले सम्म स्वास्थ्य को परिभाषा गर्न सकेकोछैन। त्यो एक—एक रोगको सही परिभाषा गर्न सक्छ । एक
बिश्लेषण चर्चा ओशोबाट
हजारौं रोगहरुको खोज गरेकोछ र त्यस्को परिभाषा गरेकोछ;
तर उ
यो भन्न सक्तैन कि स्वास्थ्य के हो । धेरै भन्दा धेरै चिकित्सा विज्ञान यही भन्न सक्छ कि जब
रोग लाग्दैन तब तिमी स्वस्थ हुन्छौ । तर स्वास्थ्य के हो ? अहिले
सम्म भन्न सकेकोछ ?
स्वास्थ्य केहि कुरा हो जुन मन धन्दा अलि पर छ । यो
केहि यस्तो हुन्छ, त्यसलाई तिमी अनुभव पनि गर्न सक्छौ; तर
तिमी त्यस्को परिभाषा गर्न सक्तैनौ । तिमीले स्वास्थ्य जानेकाछौ,
तर के तिमी परिभाषा गर्न सक्छौ कि त्यो के हो ? जस्तै तिमी त्यस्को परिभाषा गर्न थाल्छौ,
तिमीलाई
रोगलाई बीचमा ल्याउनपर्छ, तिमीलाई
रोगको बारेमा केहि भन्नुपर्छ कि रोगको अनुपस्थिति नै स्वास्थ्य हो
स्वास्थ्यका
पनि आफ्नै गुण छन तर ति त्यति निश्चित छैन, किन
कि ति असीम छन । तिमी
त्यस्लाई अनुभव गर्न सक्छौ । जब तिमी स्वस्थ हुन्छौ तब तिमी जान्दछौ
कि म स्वस्थ छु। तर स्वास्थ्य कहाँ छ ? मान्छेको उमेर जति जति
छिप्पिँदै जान्छ शरीरका अङ्गहरु शिथिल हुँदै काम गर्न छाड्दै जान्छ अनि ऐया ऐया
गर्न थाल्छ । रोगहरुको त उपचार हुन सक्छत्यसलाई मेटाउन त सकिन्छ र जब अवरोध हट्छ , स्वास्थ्यको प्रकाश भित्र आउँछ ।
ज्ञान—को घटना पनि यस्तैछ । ज्ञान आध्यात्मिक
स्वास्थ्य हो । मन आध्यात्मिक रोग हो र ध्यान एक औषधि हो ।
शाक्यमुनी
बुद्धले भन्नुभएकोछ : म वैद्य हूँ, चिकित्सक
हूँ, म शिक्षक होईन,
मैंले तिमीलाई कुनै सिद्धांत सिकाउन
आएको होईन । मैंले केहि औषधि जान्दछु जुन तिम्रो रोगको उपचार गर्न सक्छ । औषधि ले ,
रोगलाई मेटाउ र तिमीलाई स्वास्थ्य उपलब्ध
हुन्छ । स्वास्थ्यको बारेमा नसोध । शाक्यमुनी बुद्ध भन्नुहन्छ कि म दार्शनिक होईन
र म सैद्धांतिक होईन मेरो यस्मा रुचि छैन
कि ईश्वर के हो । मोक्ष र निर्वाण के हो। म त केवल यस्मा उत्सुक छु कि रोग केहो र त्यस्को
उपचार केहो । म वैद्य हूँ । त्यसैले शाक्यमुनी बुद्धले मान्छेको मूख्य रोग दुःख
भनेर पत्ता लगाउनुभयो । दुःख किन भयो कहाँबाट आयो दुःखको कारण केहो पत्ता
लगाउनुभयो र जब कारण पत्ता लाग्छ तब उपचार सरल हुन्छ । जब सम्म रोगको कारण पत्ता
लाग्दैन जे गरेपनि रोग निको हुँदैन । त्यसैले त चिकित्सकहरु कहाँ रोग लिएर गयो भने
सबै विवरण सुन्छ बिभिन्न परिक्षणको सल्लाह दिन्छ अनि बल्ल रोग निको पार्ने औषधी
लेख्छ । अब लेखिएकव औषधी पढेर मात्रै त रोग निको हुँदैन नि औषधी किन्नु पर्यो
चिकित्सकको सल्लाह अनुसार खानु पर्यो अनि बल्ल रोग निको हुन्छ । र रोगीको जब रोग
निको हुन्छ तब उस्ले थाहा पाउँछ कि उ स्वस्थ भयो ।
शाक्यमुनी
बुद्धको दृष्टि बिलकुल वैज्ञानिक छ । उहाँले मान्छेको समस्याको, उस्को बीमारीको ठीक निदान गर्नुभयो
रोगको कारण पत्ता लगाउनुभयो । उहाँको दृष्टि सर्वथा सम्यक छ । शाक्यमुनी बुद्धले
मान्छेको महारोगको कारण पत्ता लगाउनुभयो र भन्नुभयो रोग निको हुन सक्छ रोग निको
हुने औषधीछ । त्यो औषधी हो आर्य अष्टाङ्गिक माग । अर्थात मान्छे सुखी हुने मार्ग ।
सन्दर्भ सामग्रि ओशोको प्रवचनबाट
No comments:
Post a Comment