वैश्विक दृष्टि राख्ने कुनै पनि मानिसलाई देखिन्छ कि मानवको
अस्तित्व खतरामा छ । वैज्ञानिक मान्छन कि मानव जैविक विकासको प्रक्रियाबाट उत्पन्न
भएको हो । वैज्ञानिक दृष्टि बाट हेरीयोभने मानवको अस्तित्व न अनादि छ, न अनन्त नै । हाम्रो सूर्यको ऊष्मा कम हुँदैछ
र केहि वर्षहरुपछि यो यति चीसिन्छ कि कुनै पनि प्राणी बाँच्न योग्य ऊष्मा त्यसबाट
पाईंदैन ।
तब मानव मात्रै होईन, कुनै पनि प्राणी जिंउँदो रहँदैन, यद्यपि संकटको समय अझै धेरै टाढाछ । यस बिचमा मानवको मूर्खता को कारण दुई तरिकाबाट मानवको अस्तित्व संकटमाछ । यस संकटको समयमा बुद्ध या बुद्धको धम्म हाम्रो कसरी सहयोग गर्न सक्छ ? यद्यपि त्यो सहयोग कोहि होईन, बरु केवल धम्म नै कसरी गर्न सक्छ ? भन्ने प्रश्नछ
'धम्म' यो बुद्ध व्दारा प्रस्तावित बुद्धिवादी नैतिकता हो। त्यो नयाँ धर्म
होईन । धम्म यो शब्द धर्म शब्दको अपभ्रंश होईन । बुद्धले हामीलाई नयाँ
प्रकारको धम्म नामको एक नयाँ नैतिकता दिएकोछ, नयाँ धर्म दिएकोछैन। दुर्भाग्यले
बुद्धको परिनिर्वाण पश्चात बुद्धका शिष्यहरुले
बुद्धलाई पनि भगवान बनाईदिए र धम्मलाई पनि धर्म बनाईदिए । अन्य धर्महरुको जस्तो नै
बुद्धको मूर्तिहरु पूजीन्छ, संकट निवारण हेतु कामना गरिन्छ आदि, परंतु यि सबै बुद्धको मूल शिक्षाको विपरीत नै देखिन्छ ।
बुद्ध व्दारा प्रणीत धम्मको स्वरूप नै यस्तो छ
कि हाम्रो हरेक संकटमा सहयोग गर्छ यो कुनै औलोकिक होईन । धम्म यस नैतिकताको विषयमा
बुद्ध स्वयं भन्नुहुन्छ कि वहाँले भन्नुभएको नैतिकता अन्तिम शब्द होईन। समाज तथा
परिस्थिति बदल्नुको साथै मान्छेहरु आफ्नो बुद्धिको आधारमा त्यसमा आवश्यक
परिवर्तन गर्न सकिन्छ । वहाँले यो पनि भन्नुहुन्थ्यो- मान्छेहरुले वहाँले भन्नुभएको नैतिकताको हरेक तरिकाले परीक्षा गरेपछि उ समाज को लागि हितकारक छ, यो देखेपछि नै त्यसकव कार्यान्वयन
गर्नुपर्छ । यि कारणहरुले बुद्धको धम्म कहिल्यैपनि कालबाह्य
हुँदैन, न उस्को नामा,
धर्मको नाममा न झगडा हुन्छ यस्तो
झगड़ा पनि हुनुपर्छ । एक अरु महत्वको कुरा जो धम्मलाई कालजयी बनाउँछ, त्यो यो होकि तथ्यहरुमा
आधारित छ ।
बुद्धको अनुसार सबै अस्तित्व क्षणिक मात्र हुन्छ । अतः प्राणिहरुमा
तथामान्छेहरुमा अजन्म, अचल, अपरिवर्तनशील,
अमर आत्मा हुँदैन । हरैक अस्तित्वमा
कुनै स्वाभाविक शक्ति हुन्छ,
जो आफ्नो जस्तै एक अस्तित्वलाई
जन्म दिन्छ । यस प्रकार कुनै पनि अस्तित्व क्षणिक हुँदा पनि आफ्नो
परिणामको रूपमा बनिरहन्छ । पूरै स्थायी र पूरी तरै उच्छेद को बीचको यो मध्यम मार्ग हो। हरेक अस्तित्व, कारणको रूपमा क्षणभर टिकेपछि
परिणामको रूपमा बनिरहन्छ । कारण-परिणामको यो श्रृंखला अनादि छ र अनंत पनि छ।
त्यसैले अनिच्चावत संखारा उपदवयो धम्मिनो भन्नुहुन्छ ।
हरेक अस्तित्वको कुनै न कुनै कारण
अवश्य हुन्छ बरु कहिले काहिं त्यो अज्ञात होस, तर कारण-परिणामको श्रृंखलाको अनादि हुनु विश्वनिर्माता ईश्वरलाई निरस्त
गर्छ । यस प्रकारको वैज्ञानिक सोंचको कारण बुद्ध ईश्वर, आत्मा
आदिलाई अमान्य गरिदिन्छ तथा शुद्ध रूपले लौकिकवादी बन्छ । आत्माको अभावमा
पुनर्जन्म पनि निरस्त हुन्छ । हामीलाई जिउनको लागि बुद्धको अनुसार केवल वर्तमान एक
मात्रै जन्म उपलब्ध छ ।
के हामी यस एक जन्मलाई खाने-पीउन र मौज मस्ति गर्नमा बिताउने !
बुद्ध स्तो गरन प्रत्साहित गर्नुहुँदैन।वहाँ भन्नुहुन्छ कि यस्तो गर्नाले अस्तित्व
कै अन्य पक्ष तर्फ दुर्लक्ष तथा अन्याय हुन्छ। विश्वमा केवल कुनै एक मात्र
अस्तित्व त छैन । यसो यता उति वरिपरिमा अनेक अस्तित्व पनि हुन्छ। हरेक
अस्तित्व को संबंध जसरी आफ्नो आफ्नो कारण-परिणामबाट आउँछ, त्यसै प्रकार छिमेकको जतिनै अस्तित्वबाट पनि आउँछ, कहिले त्यो मित्रताको, कहिले शत्रुताको
त कहिले तटस्थताको पनि हुन सक्छ । कुनैपनि अस्तित्व एक एक्लै हुँदैन ।
मनुष्य कै उदाहरण हामी लिउँ । उ आफ्नो अस्तित्वको तथा विकासको लागि
कति अन्य अस्तित्वहरुमा निर्भर हुन्छ । जति मान्छेलाई तपाई दुखि बनाउनुहुन्छ, उति नै तपाईलाई
दुःखी बनाउन अवसर खोज्छ र जति मान्छेको दुख तपाईले नष्ट गर्नुहुन्छ, त्यति नै धेरै मान्छेले तपाईंको सहयोग गर्छ । स्वार्थी र दुष्ट व्यक्ति हरेक समय आशंकित हुन्छ।
स्वार्थ र लोभ दुःखको जड़ हो । प्रबुद्ध व्यक्तिलाई प्रज्ञा, उपेक्षा, करुणा तथा
मुदिता को संवर्द्धन गर्नुपर्छ । बुद्ध भन्नुहुन्थ्यो कि जन्म-विकास-क्षण र मृत्यु
यि जैविक प्रक्रियाको वैश्विक तथा अनिवार्य अंग हों। बुढ़्यौली र
मृत्यु को लागि तैयार हुनुपर्छ तथा लोभलाई रोक्यो भने दुःख पनि निरस्त हुन्छ
। यही बुद्धप्रणीत धम्म हो।
यो बुद्धप्रणीत धम्म हामीलाई अस्तित्व संकटबाट कसरी बचाउँछ? स्पष्ट छ कि प्रबुद्धता आउँदा 'हामी रति' वाला दृष्टिकोण
जान्छ र 'हामी-सबै' वाला
दृष्टिकोण आउँछ । अणुयुद्धको
संभावना निरस्त हुन्छ । मस्तीभरीएको जीवनको ठाउँमा यदिर हामीले प्रबुद्ध र
आत्मसंयमभरीएको जीवन जीउन शुरू गर्यो भने प्रदूषण, जनसंख्या विस्फोट र
तत्संबद्ध खराबीहरु कम हुन्छ । बुद्धको समय छिमेकि निकटस्थ व्यक्ति हुन्थे
तथा सद्गुण-दुर्गुण पनि व्यक्ति निष्ठ थिए, परंतु अब दुर्गुण-सद्गुणहरुले
सामाजिक पक्ष पनि जोडीएकोछ । यही वास्तविकता हो। भारत चीन, जापान, इंग्लैंड, अमेरिका पनि
हाम्रा छिमेकि हुन। या त सबै हुन्छौं या सबै नष्ट हुंन्छौं ।
धम्म, त्यसलाई चाहे जे नाम हामी दिउँ, प्रबुद्धतामा आधारित जिन्दगी जीउन एक बाटो छ । जिंउँदो रहनु छ भने हामीले अपनाउनु नै पर्छ । मान्छेलाई
सरल सुख शान्ट्टिको जीवन कस्लाई मन पर्दैन । रोगबाट मुक्त हुन को चाहँदैन तर औषधी
सदुपयोग नगरि औषधी हेरेर मात्रै रोग बाट मुक्त हुन सकिंदैन । दुःखबाट मुक्त हुन
दुःख निवारण बाटोमा लाग्नु पनि पर्छ । दुःख भन्दै दुखि भएर दुःखको निवारण कसरी
हुन्छ । त्यसैले यि समस्याको पहिचान गर्न जीवन जिउने कला सिक्न विपश्यना साधना अति
महत्वपूर्णछ ।
भवतु सब्ब मङ्गलम्