भारत बिहारको
ऐतिहासिक नाम मगध हो, बिहारको नाम ‘बौद्ध विहारहरु’को शब्दको
अपभ्रंश रूप मानिन्छ,यसको
राजधानी पटना हो जस्को पुरानो नाम पाटलीपुत्र थियो.!विहार मतलब घूम्नु हो,जुन
धर्तिमा बुद्ध घूम्नुभयो वा वहाँ विहार
गर्नुभयो त्यो नै बौद्ध विहार हो यहि विहार बाट बिहार भएको हो । बिहारको
अर्थ नै भगवानहरुको रमण गर्ने वा बौद्ध भिक्षुहरु वास वस्ने स्थानलाई बिहार भनिन्छ
।
बिहारमा एक जिला छ नालंदा…संस्कृतमा
नालंदाको अर्थ हुन्छ “ज्ञान दिने वाला” (नालम = कमल, जो ज्ञान को
प्रतीक हो; दा = दिनु) भनिनन्छ कि यसको स्थापना ४७० ई./४५० ई. [?]मा गुप्त साम्राज्यको राजा
कुमारगुप्त ले गरेकाथिए । यो विश्वको प्रथम पूर्णतः आवासीय विश्वविद्यालयहरुमा एक
थियो जहां १०,००० छात्र र २,००० शिक्षक बस्थे ।
भारतमा दुनियाको सबै भन्दा पहिला
विश्वविद्यालय तक्षशिला विश्वविद्यालयको स्थापना सातौं शताब्दी
ईसापूर्व अर्थात नालंदा विश्वविद्यालयको स्थापना भन्दा करीब १२०० बर्ष पहिला
भएको थियो। यो नालंदा भारतको दोश्रो प्राचीन विश्वविद्यालय हो,जस्को पुननिर्मान गरिंदैछ ।
विश्वविद्यालयको स्थापना बाट धेरै पहिला करीब १००० बर्ष पहिले भगवान बुद्धको समय (५०० ईसापूर्व )बाट नै नालंदा प्रमुख गतिविधिहरु केंद्र थियो ।
धेरै बौद्ध ग्रन्थहरुमा उल्लेखछ कि भगवान बुद्ध
नालन्दा आउनुभएकोथियो । केवत्तसुत्तमा वर्णित छ कि भगवान बुद्धको समयमा नालंदा धेरै प्रभावशाली र संपन्न शहर थियो । बौद्ध ग्रंथ संयुक्त निकायमा
यहां अकाल परेको पनि उल्लेखछ । बुद्धको
शिष्य सारिपुत्त नालंदा मैं जन्मेका हुन र
निर्वाण पनि यहिं भएकोथियो ।
बौद्ध अनुयायी सम्राट
अशोक (२५०ईसापूर्व)ले सारिपुत्तको सम्झनामा यहां बौद्ध स्तूप बनाएकाथिए
। सातौ सताव्दिमा जब
ह्वेनसांग आएकाथिए त्यस समय १००००
विद्यार्थी र १५१० आचार्य नालंदा विश्वविद्यालयमा थिए ।
यहाँको तीन ठूलाठूला पुस्तकालयको
नाम थियो-:
१. रत्न सागर २. विढ्ध्यासागर ३. ग्रंथागार
१. रत्न सागर २. विढ्ध्यासागर ३. ग्रंथागार
मौर्या साम्राज्यको पतन पछि बौद्ध
धर्मको कोहि संरक्षक बचेन र तब ब्राह्मणहरुले राजपूत मुगलहरुकोसहयोगले
सबै बौद्ध विहार, बौद्ध मूर्ती,
विश्विद्यालय, साहित्य एव
ईतिहासलाई नष्ट गरे। नालंदा विश्वविद्यालयलाई महास्वार्थीहरुले तहस नहस गरे र पुस्तकालयमा आगो लगाएकाथिए । आगोह ६ महिना सम्म लागेकोथियो भनिन्छकि की बौद्ध भिक्षुहरु व्दारा गरेको
शोध यि पुस्तकालयहरुमा
सुरक्षित थियो । बुद्ध धर्म
दर्शनको बिरोधको एक नमुनाहो बुद्धको विचारले बिशेष गरि ब्राम्हणहरको कुकृत्यको
भणडाफोर गरेको र कर्मकाण्डको बिरोधले तिनिहरुको धर्मको व्यापारमा आघात परेकोले
यस्तो दुष्ट्याइ गरेकाहुन ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment