Saturday, November 16, 2013

केहि मुक्तकहरु





म जिन्दगिको रखेल भएकोछु ।
न गोप्य नै भएकोछु ।
न खुलस्त नै भएकोछु ।

बाँच्ने रहर त पटक्कै छैन ।
मर्न पनि सक्तिन ।
आत्महत्या गर्न डर लाग्छ ।
कसै कसैको मायाँ लाग्छ ।
त्यसैले त बाँच्नै पर्ने कर लाग्छ ।
चीया पिउने पैसाले
तिम्रो मायाँ कहाँ पाउँछु र ।
कुरै पिच्छे तिम्रो व्यङ्ग
कहाँ थाहा पाउँछु र ।
भाग्यमा कुनै भरोसा मान्दीन
मरिगए तिमी बाहेक अरु छान्दीन ।

हरेक घटना हुनुभन्दा अगावै
पशुहरु चाल पाउँछन रे ।
म पनि पशु भैदिएको भए
तिमीले धोका दिनु भन्दा अगावै चाल पाउँथें ।

भोट माग्ने बहानामा
तिमीलाई भेट्न पाएँ ।
अब तिमीलाई भेट्न
अर्को निर्वाचन कुर्नुपर्ने होला ।
हिजो सम्म पो तिम्रो रखेल थिएँ ।
आज म तिमीबाट स्तन्त्र भएँ ।
तिम्रो मायाँमा खोंट लाग्यो
अर्कै सित पोईल गएँ ।

तिम्रो गर्भहरु तुहाउँदा पनि
मलाई स्विकार्ने आँट गरेनो ।
मलाई जिउँदै मारी आफू किन मरेनौ ।
यतिकादिन घर दैलो गर्यौं
 कुनै बहानामा मेरो सामु परेनौ ।
अरु त के कुरा एक कल फोन पनि गरेनौ ।

स्काईप र च्याटीङ्गमा पर्खि बसें
कुनै दिन पनि आफूलाई अनलाईन गरेनौ ।
अनलाईनै भएपनि कुनै भलाकुसारी गरेनौ।
जिन्दगिमा प्रेमको के भरोसा भयो र
प्रियतम भनि एकछिन मायाँ गरेनौ ।

No comments:

Post a Comment