Wednesday, November 20, 2013

ईतिहास जहिले पनि तीतो नै हुन्छ किन




ईतिहास जहिले पनि तीतो नै किन हुन्छ । किन एक धर्मसम्प्रदायकाहरु अर्को धर्म सम्प्रदाय सित यति धेरै नकारात्मक हुन्छन् । धम्मपदको गाथामा शाक्यमुनी  बुद्ध भन्नुहुन्छ
 न हि वेरेन वेरानि, सम्मन्तीध कुदाचनं।
अवेरेन च सम्मन्ति, एस धम्मो सनन्तनो॥
यसलोकमा कहिलै पनि वैरले वैर शांत हुंदैन , बरु अवैरले मात्र वैर शान्त हुन्छ । यहि नै सनातन देखि चलिआएको धर्म हो । 
 धम्मपद : यमकवग्गो- गाथा ५
परे च न विजानन्ति, मयमेत्थ यमामसे।
ये च तत्थ विजानन्ति, ततो सम्मन्ति मेधगा॥
अनाडीहरु जान्दैनन् कि हामी यस संसारबाट जान्छौं ।
जस्ले जान्दछ उनिहरुको झगडा शान्त हुन्छ ।
 धम्मपद: यमकवग्गो- गाथा ६
भलोहोस यस तथ्यलाई सबै धर्मालम्बी सम्झोंस र परस्पर प्रेमपुर्वक रहोस । तर के यो सम्भव छ इतिहासयति धेरै क्रूर र भयावह छ कि यस्को परिकल्पना पनि गर्न सकिंदैन ।
 । नेपाल भारतमा अनेक मन्दिर र बौद्ध शिक्षा केन्द्र इसलामी विचारहरुको वली चढे
 हिन्दूहरुले यति सम्म गरे बुद्धको बुद्धत्व प्राप्त गरेको पिपललाई समेत आगो लगाईदिए । बुद्ध बिहार डोजर लगाएर भत्काई दिए ।   वर्तमानमा पाकिस्तानमा स्वातमा तालिबानको बौद्ध धर्मस्थलहरु नष्ट गर्ने धम्की दियो । के गरेको थियो बौद्ध बिहारहरुले । केहि बर्ष वर्ष पूर्व अफ़गानिस्तानमा बामियानमा बुद्ध प्रतिमालाई नष्ट गरेर रीस फेरे यहि सोंचको परिणाम हो ।
नालन्दा विश्वविधालयको वर्तमान स्थिति पनि यहि कट्टरवादी सोचको परिणाम हो  संस्कृतमा नालंदाको अर्थ हुन्छ ज्ञान दिने वाला (नालम = कमल, जो ज्ञानको प्रतीक हो; दा = दिनु)। बुद्ध आफ्नो जीवनकालमा धेरै पटक नालंदा आएका थिए धेरै समय सम बसेका थिए । जैन धर्मका तीर्थंकर भगवान महावीरको निर्वाण पनि नालंदामा नै पावापुरी नामक स्थानमा भएको थियो । भनिन्छ खिलजी जब नालंदा पुगे, तब उस्ले सोधे कि यहां पवित्र कुरान छ कि ? उत्तर छैन यत्तर पाएपछि आगो लगाए, सबै तहस-नहस गरिदिए क्रुद्ध भएर । इरानी विद्वान मिन्हाज को अनुसार कैयौं विद्वान शिक्षकहरुलाई ज़िउंदै जलाइदिए र कैयोको टाउको काटीयो । यस घटनालाई कैयौं विव्दानहरु व्दारा बौद्ध धर्मको पतनको एक कारणको रूपमा देखिन्छ । नालन्दा विश्वविद्यालयको अवशेषहरुको खोज अलेक्जेंडर कनिंघमले गरेकाथिए । मानिन्छ कि यस विश्वविद्यालयको स्थापना ४५०-४७० ई.मा गुप्त शासक कुमारगुप्त प्रथम ले गरेकाथिए ।  महान सम्राट हर्षवर्द्धन र पाल शासकहरुले संरक्षण गरेकाथिए । सन्दर्भ सामग्रिविकीपीडिया

No comments:

Post a Comment