आज संसारमा हिंसा, धर्मिक उन्माद र
नस्लीय टकराव जस्तो गंभीर
समस्याहरु को बोलबाला छ. चारैतिर मानव
अस्तित्वलाई गंभीर खतरा देखिएकोछ । एकातिर मानवले विज्ञान, तकनीकि र यांत्रिकीमा विकास
एवं त्यस्को प्रयोग गरेर अपार समृद्धि प्राप्त गरेकोछ भनेमा अत्युक्ति नहोला, त्यहि मानवले स्वार्थ,
लोभ,
हिंसा आदि भावनाहरुको वशीभूत भएर आपसी
कलह, लूटपाट, अतिक्रमण आदिको अकल्याणकारी र विनाशकारी मार्ग पनि अपनाएकोछ ।
अतः आजको दुनिया
मान्छेको विनाशकारी
विचारहरु परिवर्तन र त्यसमा नियंत्रण
गर्नु
अत्यावश्यक छ । आज भन्दा लगभग २६०० वर्ष पहिला भगवान बुद्धले मानवीय प्रवृतिहरको विश्लेषण
गर्दै भन्नुभएकोथियो कि मनुष्यको मन नै सबै कर्महरको नियंता हो। अतः मानवको
गलत प्रवृतिहरुलाई नियंत्रित गर्नको लागि उसको मनमा सदविचारको प्रवाह गरेर उसलाई
सदमार्गमा लैजान आवश्यक छ । वहाँले यो
सदमार्ग बौद्ध धम्मको रूपमा दिनुभएकोथियो । अतः आज मानव-मात्रको कुप्रवृतिहरु जस्तै हिंसा,
शत्रुता,
व्देष, लोभ आदि बाट मुक्ति
पाउनको लागि बौद्ध धम्म र बौद्ध दर्शनलाई अपनाउन आवश्यकछ ।
आपसी शत्रुताको बारेमा
भगवान बुद्धले भन्नुभएको थियो कि ,”
वैर ले वैर शान्त हुँदैन अवैर ले नै वैर
शान्त हुन्छ ।” यो सुनौलो सूत्र जहिलेपनि सार्थक रह्यो। वैरलाई जन्म दिने कारकलाई
भगवान बुद्धले चिनेर त्यसलाई टाढागर्ने मार्ग धेरै पहिला नै प्रशस्त गर्नुभएको
थियो । वहाँले मानवमात्रको दुखहरु कम
गर्नको
लागि पंचशील र अष्टांगिक मार्गको नैतिक एवं
कल्याणकारी जीवन दर्शनको प्रतिपादन गर्नुभएकोथियो । जो धेरैले लाभ पाए यो
ऐतिहासिक प्रमाणितछ कि बौद्ध कालमा जब “बहुजन हिताय, बहुजन सुखाय” को बौद्ध मार्गको शासकहरु र आम जन व्दारा अनुसरण गरे तब काल सुख एवं समृधिको कारण “स्वर्ण युग” पनि
भनियो । त्यस बखत शान्ति र समृधि फैलीयो । बौद्ध धम्मको
पंचशील र अष्टांगिक मार्ग आज पनि विश्वमा
शांति र कल्याण हेतु साह्रै सार्थकछ ।
केवल
बौद्ध धम्म मात्रै यस्तो छ कि शस्त्र
अस्त्रको बलमा नभएर करुणा-मैत्री जस्तो
सद्गुणहरुको कण संसारको ठूलो भूभागमा
फैलीयो र आज पनि तिब्र गतिले फैलिरहेकोछ । बौद्ध धम्म आफ्नो नैतिकता एवं सर्व कल्याणकारी शिक्षाहरुको कारण स्वतः प्रसारित
भैरहेकोछ । शान्ति र सुख कस्लाई चाहिन्न दुखि नभएको मानिस बिरलैछ हरेक मान्छे कुनै
न कुनै कारणले दुखिछ शान्ति चाहन्छ ।
भगवान बुद्धले जाती
भेदको समाप्त गर्नुभएको थियो जस्को लागि भिक्षु संघमा सुरुवात गर्नुभयो वहाँले सुनीत भंङ्गी, उपाली नाउ देखि अन्य कैयौं तथाकथित स्यानो जातिहरको लागि संघमा
राजा र राजकुमारहरुलाई समान स्थान दिनुभयो जस्मा कैयौं अर्हत भए । भगवान बुद्धले नै महिलाहरुलाई भिक्षुणी संघमा स्थान दिएर नारी पुरुष
समानताको सिद्धान्त लाई बलीयो गर्नुभयो । यद्यपि दास प्रथा तथा जाति भेद पूर्ण रूपबाट
समाप्त भएन तैपनि भगवान बुद्धले वर्ण
व्यवस्था तथा त्यस्को धार्मिक आधारमा गरिएको प्रहार राम्रो सिद्ध भयो ।
आज सांस्कृतिक फासीवाद र हिंदुत्ववाद जस्तो विघटनकारी विचारधारालाई
रोक्नको लागि बौद्ध धम्मको मानवतावादी र समतावादी दर्शनलाई जन जन सम्म पुगाउनु
आवश्यकछ ।
आज
संसारमा विभिन्न
ईश्वरवादी धर्महरुको अनुयायिहरुको
संख्या कम हुँदैछ किनकि विज्ञानंको तर्क र परीक्षण कसौटीमा शुद्ध देखिएकोछ । शुद्ध सुन
हो भने आगोमा जति पोलेपनि पहेंलै हुन्छ झन चम्किन्छ । ति केहि यस्ताछन आफूलाई बचाई
राख्नको लागि बिभिन्न प्रलोभनहरु व्दारा,
चमत्कारहरुको प्रचार गरेर आफ्ना
अनुयायिहरुलाई बन्धनमा राख्न चाहन्छन् बौद्ध धम्म विज्ञानवादी, परिवर्तनशील तथा प्रकृतवादी
हुनाले विज्ञानंको साथै हुनुपर्छ । यिनै गुणहरुको कारण यदि भविष्यको संसारलाई धर्मको
आवश्यक भएमा यसलाई केवल बौद्ध धम्मले मात्रै पूरा गर्न सक्ने निर्विवादछ । अतः हामी
निस्संकोच भन्न सक्छौं कि वर्तमान
परिस्थितिहरुमा बौद्ध धम्म एवं बौद्ध
दर्शन पूर्णतया प्रासंगिक छ । भनेको भरमा विश्वास गर्ने होईन कि यसलाई व्यवहारमा
परिक्षण गर्नुपर्छ । फाईदा भए प्रयोग गर्ने र अरुलाई पनि प्रयोजन गर्न लाउने
आफूलाई भएन भने अरुलाई किन प्रयोजन गर्न लाउने । यहि हो बहुजन हिताय बहुजन सुखाय ।
भवतु सब्ब मङ्गलम ।
No comments:
Post a Comment