कोही
भन्छ छाउ घर हटाउ
देउता भन्छ छाउ घर बनाउ ।
छाउ हुन्छ नानी छुन हुन्न पानी ।
टाढै बस छाउ नगर आनाकानी ।
देउता भन्छ छाउ घर बनाउ ।
छाउ हुन्छ नानी छुन हुन्न पानी ।
टाढै बस छाउ नगर आनाकानी ।
अशुद्ध
हुन्छ घर टाढै बस ढिप्पी नगर ।
अरु बिसन्चो हुन्छ नाई हुन्न नभन ।
पाप हुन्छ नानी छुई छाई गर्नु हुँदैन ।
घरबाट टाढै बस अटेढ गर्नुहुँदैन ।
अरु बिसन्चो हुन्छ नाई हुन्न नभन ।
पाप हुन्छ नानी छुई छाई गर्नु हुँदैन ।
घरबाट टाढै बस अटेढ गर्नुहुँदैन ।
म
कहाँ बसुँ घर पसे देउता रिसाउने ।
स्वच्छ र सफा हुन्न घाम पनि नआउने ।
छाउ नभए गर्भवती नहुने बिहेे गर्न नपाउने ।
दैवले नै भनिदेउ म मर्ने कि बाँच्ने ।
स्वच्छ र सफा हुन्न घाम पनि नआउने ।
छाउ नभए गर्भवती नहुने बिहेे गर्न नपाउने ।
दैवले नै भनिदेउ म मर्ने कि बाँच्ने ।
११
साउन २०७४
No comments:
Post a Comment