भो कसैले धक्कु नलगाए हुन्छ ।
हरेक परिस्थिती क्षणभङ्गुर हुन्छ ।
अहिले भएको अहिले हुँदैन ।
क्षणभङ्गुर शाश्वत सत्य हो ।
म मेरो कहिले सम्म टिक्छ र ।
सबै वस्तु क्षणभङ्गुर छ ।
तिमी मान या नमान यहि सत्यछ ।
विहान फूलेको फूल साँझ ओईलाउँछ ।
बिना सित्तिको धक्कुले के पाउँछ ।
के रह्यो र यहाँ स्थीर को पो रह्यो
र ।
सबै क्षणभङ्गुर छ धक्कु नलाए हुन्छ
।
धन जति आर्जन गर छोडेर जानैपर्छ ।
पढेर विव्दान जति होउ एकदिन त
जानैपर्छ ।
ठूला न्महल पनि भत्केर विलिन हुन्छ
।
के वस्तु स्थीर भयो र सबै त विलिन
हुन्छ ।
सबै क्षणभङ्गुर छ धक्कु नलाए हुन्छ
।
विश्वको अग्लो सगरमाथा चुम्ने कहाँ
छ ।
विश्व विजेता महान सिकन्दर कहाँछ ।
अशोक सम्राट राजा प्रशेनजित कहाँछ ।
खतरनाक डाईनासोर कहाँछ ।
सबै क्षणभङ्गुर छ धक्कु नलाए हुन्छ
।
९ असोज २०७४
No comments:
Post a Comment