भगवान बुद्धको समयमा कुनै पनि प्रकारको पंथ या सम्प्रदाय थिएन तर बुद्धको निर्वाण पछि द्वितीय बौद्ध संगतिमा भिक्षुहरुमा मतभेद भएका कारण दुई भाग भयो। पहिलो हिनयान र दोश्रोलाई महायान भनिन्छ। महायान अर्थात ठूलो यातायातको साधन वा ठूलो जहाज र हिनयान अर्थात स्यानो सवारी साधन या नाउ । हिनयानलाई थेरवाद पनि भनिन्छ । महायान अन्तर्गत बौद्ध धर्मको एक तेश्रो शाखा थियो वज्रयान। झेन, ताओ, शिंतो आदि अनेकौं बौद्ध सम्प्रदाय पनि उक्त दुई सम्प्रदायको अन्तर्गत नै मानिन्छ।
सिद्धार्थको गुरु र शिष्य : सिद्धार्थ बोधिस्त्वको प्रथम गुरु विश्वामित्र, अलाराकाम, उद्दक रामपुत्त थिए र प्रमुख शिष्य - आनन्द, अनिरुद्ध, महाकश्यप, रानी खेमा (महिला), महाप्रजापति (सानीआमा), भद्रिका, भृगु, किम्बाल, देवदत्त, उपाली आदि थिए। प्रमुख प्रचारक- अँगुलिमाल, मिलिन्द (यूनानी सम्राट), सम्राट अशोक, ह्वेन त्सांग, फा श्येन, ई जिंग, हे चो आदि थिए।
बौद्ध धर्मग्रंथ : बौद्ध धर्म केको मूल तत्व हो- चार आर्य सत्य, आष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद, अव्याकृत प्रश्नहरुमा बुद्धको मौन, बौद्ध कथाहरु, अनात्मवाद र निर्वाण।भगवान बुद्धले आफ्नो उपदेश पालि भाषामा दिए, जो त्रिपिटकमा संकलित छन्। त्रिपिटकको तीन भाग छ- विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक। उक्त पिटकहरुको अन्तर्गत उप-ग्रंथहरु विशाल श्रृंखलाहरुछन। सुत्तपिटक को पाँच भाग मध्य एक खुद्दक निकायको मात्रै पन्ह रचनाहरु मध्य एक हो धम्मपद। धम्मपद साह्रै प्रचलित छ। बौद्ध तीर्थ : लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर यि चार प्रमुख बौद्ध तीर्थ स्थल हुन, जहाँ विश्वभर को बौद्ध अनुयायीहरु बिशेषा पर्बहरुमा उपस्थित हुन्छन ।शाक्यमुनी बुद्धको जन्म स्थल लुम्बिनी तीर्थ नेपाल मा छ। बोधगया भारतको बिहारमा प्रदेशमा छ जहां बुद्धत्व प्राप्त गर्नुभएकोथियो । सारनाथ भारत के उत्तरप्रदेशको काशी नजिक छ जहां भगवानले प्रथम धर्म चक्र प्रवर्तन गर्नुभएको थियो। कुशीनगर उत्तरप्रदेश को गोरखपुर नजिक एक जिल्लाछ जहां भगवानले निर्वाण प्राप्त गर्नुभएकोथियो। |
भगवान बुद्धको निर्वाणको एकसय बर्षमा बौद्धहरुमा मतभेद भएर वैशालीमा द्वितीय बौद्ध संगीतिमां थेर भिक्षुहरुले मतभेद राख्नेहरु भिक्षुहरुलाई संघबाट बाहिर निकालि दियो। अलग भएका यि भिक्षुहरुले त्यहि समयमा आफ्नो अलग संघ बनाएर स्वयम्लाई 'महासांघिक' र जस्ले निकालेका थिए त्यसलाई 'हीनसांघिक' नाम दियो जस्ले कालान्तर मा महायान र हीनयानको रूप धारण गर्यो ।
सम्राट अशोकले २५९ ई.पू. मा पाटलिपुत्र मैं तृतीय बौद्ध संगीतिको आयोजन गरे जस्मा भगवान बुद्धको वचनहरु संकलित गरियो। यस बौद्ध संगीतिमा पालि तिपिटक (त्रिपिटक) को संकलन भयो । श्रीलंका मां प्रथम शती ई.पू.मा पालि तिपिटकलाई सर्वप्रथम लिपिबद्ध गरिएकोथियो। यही पालि तिपिटक अब सर्वाधिक प्राचीन तिपिटकको रूपमा उपलब्ध छन्। महायानको भिक्षु मान्थेकि हीनयानको दोषहरु र अन्तर्विरोधोंलाई मेटाउन बुद्ध द्वारा उपदेशित अद्वैतवादको पुन: स्थापना गर्नुपर्छ । अद्वैतवादको सम्बंन्ध वेद र उपनिषदहरु सितछ। महायानको सर्वाधिक प्राचीन उपलब्ध ग्रन्थ 'महायान वैपुल्य सूत्र' हो जस्मा प्रज्ञापारमिता र सद्धर्मपुण्डरीक आदि अत्यन्त प्राचीनहो । यसमा 'शून्यवाद' को विस्तृत प्रतिपादन छन ।
हीनयान लाई थेरवाद, स्थवीरवाद पनि भनिन्छ । तृतीय संगीतिको पछि नै भारतमा यस सम्प्रदायको लोप हुन लागेकोथियो । थेरवादको ठाउंमा सर्वास्तित्ववाद या वैभाषिक सम्प्रदायले ठाउं समात्यो जस्को ग्रनथ मूल संस्कृतमा थियो तर ति अब लुप्त भैसक्यो तैपनि चीनीयाँ भाषामा उक्त दर्शनको ग्रंथ सुरक्षित छ। वैभाषिकहरुमा केहि मतभेद निस्केकोले एक नयाँ शाखा भयो जस्लाई सौत्रान्तिक मत कहा भनिन थालियो।
हीनयान दर्शनःहीनयान को आधार मार्ग आष्टाङ्गिक हो।ति जीवनलाई कष्टमय र क्षणभंगूर मान्छन।यि कष्टहरुबाट छुटकारा पाउनको लागि व्यक्तिलाई स्वयम् नै प्रयास गर्नुपर्छ किनकि तपाईंको सहयोगको लागि कुनै ईश्वर छैन, न देवी कुनै देवता नै छ। बुद्धको उपासना गर्नु पनि हीनयान विरुद्ध कर्म हो। आफै नमरी स्वर्ग पाईंदैन त्यसैले जंगलमा तपस्या गर । जीवनको हरेक पथमा पराक्रम गर। पूजा, पाठ, ज्योतिष र प्रार्थना सबै व्यर्थ हुन, यो केवल सुखलाई भ्रम उत्पन्न गर्छ र दिमागलाई दोधारमा पार्छ । शाश्वत सुखको प्राप्तीको लागि स्वयम्ले नै प्रयास गर्नु पर्छ भजन किर्तन गरेर ब्तबसेर भोकै भएर शरीरलाई कष्ट दिएर कुनै ईश्वर खुसि बनाउने भनेको केवल भ्रम मात्रैहो यस्ले मानिसलाई परनिर्भर बनाईदिन्छ । हीनयान को जम्मा अठार मत भनिन्छ जस्मा प्रमुख तीन छन- थेरवाद (स्थविरवाद), सर्वास्तित्ववाद (वैभाषिक) र सौतांत्रिक। | ||||||||
बौद्ध दर्शन तीन मूल सिद्धांतमार आधारित मानिन्छ- १.अनीश्वरवाद २.अनात्मवाद ३.क्षणिकवाद। यो दर्शन पूर्ण रुपमा यथार्थमा जिउने शिक्षा प्रदान गर्छ । बौद्ध दर्शनले भगवानमा निर्भर गराउंदैन कर्मकाण्ड गरेर पापबाट मुक्त्ती दिलाउछ भन्नेमा विश्वास गर्दैन ।
१. के हो अनिश्वरवाद
बुद्ध ईश्वरको सत्ता मान्दैनन् त्यसैले त बुद्धलाई नास्तिक पनि भनिन्छ किन कि संसार प्रतीत्यसमुत्पादको नियममा चल्छ । प्रतीत्यसमुत्पाद अर्थात कारण-कार्यको श्रृंखला हो। यस श्रृंखलाको केहि चक्र छन जसस्लाई बाह्र अंगमा बिभाजन गरेकोछ । अत: यस ब्रह्माण्लाई कोहि चलाउने छैन। यस संसारको न कोहि निर्माता छ, किनकि उत्पत्ति भन्नाले ह्रासको पनि आभास हुन्छ नि। तब न कुनै प्रारम्भ छ न अन्त ।
२ अनात्मवाद
अनात्मवाद को यो मतलव होईन कि साँच्चै 'आत्मा'नै छैन।जस्लाई मान्छे आत्मा भनेर बुझेकाछन् ,त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । यो प्रवाह जहिले पनि भताभुङ्ग हुन सक्छ र जहिले पनि अन्धकारमा लीन हुनसक्छ ।
स्वयम् छु भनेर नजानि आत्मवान हुन सकिंदैन । निर्वाणको अवस्थामा नै स्वयमलाई जान्न सकिन्छ । मरेपछि आत्मा महा सुसुप्तिमा बिलाउंछ । त्यो अनंतकाल सम्म अंधकारमा रहिरहन सक्छ या तक्षण नै अर्को जन्म लिएर संसारको चक्रमा फेरि समावेश हुन सक्छ । अत: आत्मा तब सम्म आत्मा होईन जब सम्म कि बुद्धत्व घटित न होस। अत: जो जानकार छन् ति नै स्वयम् हुने प्रमाणित गर्नें प्रति चिन्तित छ ।
३ क्षणिकवाद
यस ब्रह्माण्डमा सबै क्षणिक र नश्वर छन ।केहि पजि स्थायी छैन सबै परिवर्तनशीलछ । पल पल परिवर्तन भैरहन्छ । ज् पनि उत्पत्ती हुन्छ क्षय हुन्छ । यो शरीर र ब्रह्माणड त्यस्तै हो, जस्तै रथ भनेको त घोडा चक्का लगाम भएर संगठित रूपमा रथ भनिन्छ यस्लाई अलग अलग गरेर हेरियो भने कुनै अस्तित्व रहन्न । शरीरलाई हेरौ न हात टाउको नाक कान खुट्टा सबै अङ्ग मिलेर बल्ल शरीर भनिन्छ ।
उक्त तीन सिद्धान्तमा आधारित नै बौद्ध दर्शनको रचना भयो । यि तीन सिद्धान्तमा पछि गएर थेरवाद, वैभाषिक, सौत्रान्त्रिक, माध्यमिक (शून्यवाद), योगाचार (विज्ञानवाद) र स्वतंत्र योगाचारको दर्शन भनियो। यस प्रकार बौद्ध धर्मको दुई प्रमुख सम्प्रदायहरुको जम्मा छ उपसम्प्रदाय बने। यि सबैको केंद्रीय दर्शन नै प्रतीत्यसमुत्पाद हो ।
सन्दर्भ सामग्रि ईन्टरनेट बाट
No comments:
Post a Comment