Wednesday, December 14, 2011

प्रेम (लघु उपन्यास)

 साउन भदौको महिना मौसम झरी पर्ला जस्तो थियो । कति बेला पानी पर्नेहो ठेगानै थिएन । काम विशेषले काठमाण्डौको काम सिध्याएर म रात्री बसबाट घर जान प्रस्थान गरें । ए र्साईडको ११ नं.को सिट परेको रहेछ तर मलाई थाहा थिएन बसमा चढेपछि बल्ल टिकट हेरेर पत्तो लाग्यो ४ बजेपछि गोंगबु बसपार्कबाट गाडी प्रस्थान ग-यो । निदाउने बेहोसी औषधी खाएको मान्छे जस्तोपो भएकि रहेछु । रात धेरै बेर भएको रहेछ बस भित्रका मान्छेहरु कराएको हल्ला मेर।े कानमा सपनामै ....पैरो ले बाटो बन्द छ । अब रात बस भित्रै हुनेभो कस्तो उम्सो भन्दै कराएको सुने पछि बिउंझें फेरि म उस्तै त्यो अपरिचित मान्छेको कांधमा आराम सित टाउको बिसाएकि रहेछु । यता उति हेरे अनि केभो कहां पुग्यौं हामी - भनेर सोधें कहां पो हो कुन्नी कस्तो सुत्न सकेको हो यस्तो हल्लाखोर हुंदा पनि पहिरोे गएको छरे ,हिंडेर जानु पर्छ रे ,गाडी जान सक्तैन भनेर एउटा मान्छे अलि कड्केर बोल्यो । के गर्ने मौसमको कुरा हो कतिबेला कहां के हुन्छ कस्लाई के थाहा जेपर्छ सामना गर्नै पर्छ अब रात काट्नै पर्छ भोली बिहान भएपछि थाहा होला कहां के भएको छ भनेर संगैको सिटको मान्छेले सान्त्वना दिएर भन्यो । म आत्तिएकि थिए पानी बिदो भए पछि बिहान ५ बजे पछि सबैजनाले आ-आफ्नो सामान निकालेर बाहिर निस्के ।
म चुप चाप बसमै बसेर अगाडीको योजना सोंच्दै थिएं अब के गर्ने होला भनेर झोला पनि अलि गह्रुंगो छ त्यो संगैको सिटको मान्छे आनन्दसित यता उति हर्ेर्दै थियो केहि वास्ता छैन । मान्छेलाई कस्तो आपत परिसक्यो निर्धक्क भएर पो बसभित्रै बसि राखेकोछ । उस्ले आफ्नो झोला निकालेर मलाई सोध्छ केगर्नुहुन्छ मेम जाने कि बस्ने - ओके जाने भए जाउं मैले केहि हेल्प गर्नुछ भने म गर्छर्ुु । भन्यो उस्ले मैले झोला गह्रु््रंगो भएको संकेत गरें उस्ले झोलाको एउटा किनार समातेर अघि बढयो हामी हिंडे्यौ मान्छेहरु सामान बोकेर आफ्नो गन्तव्य स्थान तिर बढदै थिए हाम्रो पाईला अलि ढिलो थियो । हामी मानो श्रीमान श्रीमती जस्तै गरेर हिंडदै थियोै ,अरु यात्रुहरुले हामीलाई नियालेर हेर्दै जांदै थिए । बाटोमा चिया पिउने एउटा स्यानो होटल देखेपछि त्यो अपरिचित मान्छेले सोध्यो चिया पिउनुहुन्छ - मैले हुन्छको टाउको हल्लाए । म त केटी मान्छे, उ त केटा मान्छे होनि एक पटक परिचय मागेको भएपनि त हुन्थ्यो कस्तो स्वांठ रहेछ..... भनेर सोंच्दै चिया पिउंदै थिएं रित्तिने बेला उस्ले भन्यो हेलो मेम जाउं अनि झल्यां्रस्स भए झोला समातेर अघि बढें धेरै ठाउंमा पहिरो गएको रहेछ बस निस्कन सक्ने त कुरै थिएन । फेरि बादल गज्र्यो पानी प-यो पानी परेपनि ओत लाग्ने कुनै उपाए थिएन मान्छेहरु बडो हतारमा अघि बढदै थिए म नभएको भए सायद त्यो अपरिचित मान्छे अघि बढ्थ्यो होला । केटीमान्छेको साथ पाएर पछि परेकोछ बाटो चिप्लो थियो धेरै ठाउंमा म चिप्लिंदा उस्ले मेरो पाखुरा समातेर बचायो । मैले मन मनै सोंच्दै थिएं । पहाड माथिबाट एउटा ठूलो ढुङ्गुंङ्गा हाम्रो अगाडी खस्यो झन्नै हाम्रो एक चिहान हुन्थ्यो कस्सो बच्यौं । फेरि अघि बढनै प-यो पानी रिमझिम पर्दैछ एउट स्यानो टहराको ओत लाग्यौं । लुगा नित्थ्रुक्कै भिजेर मेरो भित्रि लुगा पनि छ्यांगै भएको चालै पाईन उस्ले देखेपनि नदेखे जस्तै गरेको चालपाएं मलाई एक तमासले लाज पनि लाग्यो अब कसरी छोप्ने कुनै उपाए थिएन उस्को अगाडी कसरी लुगा फेर्ने । उस्ले कुरा बुझेछ अनि भन्यो हेर्नुस मेम यहां लाज मानेर केहि साध्यछैन बरु पछ्रयौरी निकालेर ओढदा राम्रो होला भन्यो । उस्को कुरा ठिकलाग्यो मैले पनि त्यसै गरें । बल्ल तल्ल मनकामना कुरिनटारपो आईपुगेछौं । बिहानको ११ बजिसकेको थियो ।खानेकुराको बारेमा मैले सोध्न आवश्यक पनि ठानिन चुपचाप खाना खाएं खानाको रकम भुक्तानी गर्नेबेलामा उस्ले मेरो समेत भुक्तानी गरिसकेको रहेछ । मैले शिर झुकाएर धन्यवाद भनें उस्ले भन्यो मैले मौका पाएं । भनेर उ झोला समात्यो मैलेपनि आफ्नो झोला समातें कुनै यात्राको साधन थिएन । बल्ल तल्ल स्थानीय ट्याक्सीहरुले कमाउने मौका पाएछ मुगलिङ्गबाट अलि पर २ कलिोमिटर बाटोहोला २०रुपैयामा लगि दियो । त्यहांबाट फेरि हामी हिंड्यौं सिमलटार भन्ने ठाउंसम्म पुग्दा मेरो हालत गम्भीर भै सकेको थियो म हिंड्न अर्समर्थ भैसकेकि थिएं ।। सायद यो बयस्क अधबैंसे भएर ब्रम्हचारीको ढोंग गरिरहेको होला भलादमी मान्छेको स्वांग पारेको होला .... । एउटा होटलको नजिक पुगेर उस्ले होटेलको साहुजि सित भन्यो । ए साहुजी †आज यहां बास दिनुहोस न हेर्नुस न पटक्कै हिंड्न सकिएन जोरो पनि आउन थालेछ कि क्याहो । साहुजीले भन्यो - बास दिने थियौं भाई हामीपनि अलि पछि यो होटेलै छोडेर माथी घर तिर लाग्छौ कति बेला पहिरो आउंछ थाहै छैन हिजो मात्रै उ पर पहिरो आएर पूरै परिवार बगाएर लग्यो बरु भात खाने भए भनि हाल्नुस अलि पछि पाईंदैन हामी जान्छौं उ पर बासको लागि ठूलो ठाउं होला कि भनेर देखाए । तर मेरो सामर्थ्य पटक्कै थिएन अनि मैले अनुरोध गरें हेर्नुस † साहुजी म पटक्कै हिंडन नसक्ने भैसकें जोरो आयो पहिरोले लगे लग्ला बरु आज बास दिनुहोस । साहुजी दया गर्नुस बास दिनुहोस अनि हामीलाई खाना पनि दिनुस । लगभग आधा घण्टा पछि हामीले भात खायौं खान त के मन थियो र नखाए बास पाईन्न भनेर खायौं । मलाई जोरो चढेछ क्यारे उस्ले आफ्नो झोलामा के खोजेछ झेालाबाट सिटामोल निकालेर भन्यो मेम । यो सिटामोल खाए अलि बेस हुन्छ कि - मैले पनि केहि नभनेर सिटामोल खाएं अनि धन्यवाद भने पछ्यौरी ओढेर म सुतें न्रि्रा कति बेला लाग्यो थाहै भएन । राती अरु मान्छेहरु पनि बास बस्न आएका रहेछन कता कता कराएको जस्तो लागेको थियो अनि त्रिशुली नदी पनि बेस्सरी सुसाएको कानैमा हुनुन् बगेको जस्तो लागेको थियो । म अवला नारी हुं र - आफै सित प्रश्न गर्दै हिंड्दै आ ˜˜ ...म पनि एक्लै जान सक्छु कस्ले के गर्छ र सोंच्दै झोला बोकेर जाउं पनि नभनेर र्सर्ुइ र्सर्ुइंति लागें । उ पछि पछि आउंदै ग-यो मलाई उछिनेर अघि गयो धेरै टाढा हुंदै गयो आंखाबाट ओझेल पनि भयो मलाई रिस पनि लाग्यो कस्तो मान्छेको पछि लागेछु पर्खंदा पनि नपर्खेर अघि पो लागेछ निष्ठुरी पो रहेछ । तपाईंलाई साह्रै गाह्रो भए जस्तोछ हगि बोल्दा पनि साह्रो परे जस्तो छ जाउं बाटो धेरै छ पर गाडी आएकोछ रे नारायणघाट सम्म लग्छ रे । उस्ले मेरो झोला समातेर बोक्यो आफ्नो झोला पनि बोक्यो । मैले औपचारिकता पूरा गर्दै भनें - ठिकै छ मैले आफ्नो झोला बोकिहाल्छु सहयोगको लागि धन्यवाद । उस्ले ठिकै छ धन्यवाद पछि दिंदै गर्नुहोला भन्दै अघि बढ्यो म पनि पछि पछि लागें । एउटा रहर लाग्दो झरना नजिकै देखेपछि मलाई नुहाउन मनलाग्यो हिलोमैलो पखाल्न भईहाल्छ मैले भनें - सुन्नुस त सर मलाई झोला दिनुस न † उ फरक्क फर्केर हे-यो अनि कुरा बुझेछ सायद , झोला दिएर भन्यो तपाई नुहाएर आउनुस म उ- पर गएर कर्ुर्छर्ुु एक हिसाबले मेरो लागि अपरिचित भए पनि ठूलै सहयोगि भएको छ नारायणगढ पुगेपछि बुटवल जाने बसमा चढ्यौं । उ कहां जानेहो घर कहां हो अझै सोधेकि छैन कस्तो मान्छे रहेछ म त केटी मान्छे लाज लाग्यो रे उस्ले त सोधे हुन्थ्यो नि कहां सम्म जाने हो भनेर । जे होस त्यो मान्छेको बानीे मलाई ठिक लाग्यो सहयोगि भावना रहेछ जान त जहां पो जाओस । मान्छे धार्मिक सामाजिक कार्यकर्ता जस्तो छ । कपाल अलि फुलेको जस्तो पनि छ । ..................गाडी गुड्दै गर्दा कपाल उडेर उस्को अनुहारमा लागेको मैले चनलै पाईन । जिन्दगिको हिसाब किताब गर्न थालें ......... साथीहरु सबैले बिहे गरिसके नानी खेलाएर सःुखको जिवनयापन गरिरहेका छन् । म कतिबेला निदाएं थाहै भएन म बिउंझिंदा अस्पतालमा पो रहेछु । मलाई रगत चर्ढाईंदै थियो यता उति हेर्छ दुबै अपरिचित मान्छेहरु कहांको अस्पताल हों .....। तपाईं चढेको बस दुर्घटनाग्रस्त भएर टाउकोमा चोट लागेर व्लिडिङ्ग भएको थियो खासै चिन्ता गर्नुपर्ने स्थिति छैन । दुइ पिन्ट रगत चर्ढाई सक्यौं । स्टाफ नर्सले सान्त्वना दिंदै भनिन् । म अलमल्लमा परें चक्कर लागेजस्तै भयो कति बेला के भयो मलाई केहि होस नै छैन । पछि बुझ्दा थाहा पाएं हामी चढेको बस दुर्घटनाग्रस्त भएर बसका यात्रुहरु मध्य हामी दुइ जना मात्रै बांचेका रहेछौ त्यसमा पनि त्यो अपरिचित मान्छेलाई केहि भएको रहेनछ कस्तो अचम्म । मैले बुझ्न सकिन तपाइं नभएको भए बरु म बांच्ने थिईन । तपाईं जस्तो महान मान्छेको साथ पाएर म धन्य भएकिछु तर कस्तो मतलवी तपाई । उ अचम्म मानेर भन्यो - सायद त्यसै हुनर्ुपर्छ भन्दै हांस्यो । उ म केहि समय पछि आउंछु है भनेर बाहिर निस्क्यो । उ धेरै बेर सम्म पनि आएन । म लगभग निको भईसकेकि थिएं टाउकोमा ६ टांका लागेको रहेछ। काठमाण्डौ बाट निस्केको ठ्याक्कै एघार दिन पो भएको रहेछ । कति पर्खने भोलिपल्ट पनि आएन अनि मैले आफ्नो सबै बृत्तान्त स्टाफ नर्सलाई दिएर सर्ुर्खेत आएं । म अस्पतालमा छंदा साहै्र परिश्रमीर्,र् इमान्दार, कर्तव्यनिष्ट, सेवाको भावना स्वास्थ्यकर्मीहरुको सेवा पाएर चांडै स्वस्थ हुने मौका पाएंकि थिएं । आज भोली फोनको घण्टी बज्यो कि कतै उसैको फोन आयो कि भनेर झस्कीन्छु । पहिलो फोनको घण्टी मै मैले उर्ठाई हाल्छु तर खिस्स् । मेरो अफिसको हाकिम एकदम बर्ेइमान छ । मलाई आज भोली फोन किलर पो भन्छ । जे होस मैले बिगतलाई भुलेर एउटा नया जीवन सुरुवात गर्न चाहें । दिन जान केहि बेर नलाग्दो रहेछ । मेरो कुरा सुनेर हाकिम खित्का छोडेर हांसेको थियो । अनि मैले पनि रिसाएर भनेथें यस्मा हांस्नु पर्ने कुरा के छ र बहुला जस्तै हांस्नु पर्ने । अनि हाकिमले भनेथे हेलो म्याम † सम्झना छ कि नयां जागिर पाउने उमेरले डांडो काटीसक्यो । सरकारी जागिर अब केहि पाउंदिनौ । प्रोजेक्टको जागिर त कुरै छैन यस्ता अधबैंसेको भाउ नै छैन । त्यस्मा पनि अंग्रेजीमा एक्र्सपर्ट भए त कुन्नि । मैले पनि रिसै उठेर भनेथें -भो भो धाकलाउनु पर्दैन के सर । यत्तिकैमा फोन घण्टीले मलाई खोजेको रहेछ । हाकिम ले भने - त्रि्रो फोन । म हुर्रिएर अर्को कोठामा फोन सुन्न गएंं तर साथीको रहेछ खास्सै कुरा रहेनछ । मैले पनि बिगतलाई बिर्सन धेरै प्रयत्नहरु गरें तर त्यहि पटक पटक बाधक भएर काम ग-यो । एउटाले मायां गरेजस्तै गर्छ बिच्छेद हुन्छ । मेरो जिन्दगिको एउटा नियति भईसक्यो । हाकिम साहेबबाट टाढिन पनि धेरै प्रयत्न गरें शरीरको छायांले पिछा गरेजस्तै पो छ त । फोनको घण्टीको आसा गर्दागर्दे आस मरिसकेको अवस्था थियो । फेरि फेानको घण्टी रातीमै बज्यो । यस पटकको घण्टी काठमाण्डौको एउटा साथीले मलाई त्रधाई दिन गरेको रहेछ हाई गर्दै फोन उठाएं साथीले मायांको गाली गरेर भनिन् ए मोरी बधाई छ तंलाई । म झसंग भएं र सोधें कोहो तपाई चिनिन नि उता बाट धेरै गालि पाएं बल्ल थाहा पाएं जापान जान पो म छनौट भएकि रहेछु । जानकारीको लागि धन्यवाद व्यक्त गरें । त्यस पछि त रात भरि कहां न्रि्रा लाग्ने । जापान प्रस्थानको सपनाको जाल बुन्दै रातहरु बिताए । जापान जान सबै बन्दोवस्त मिलाएं । मैले कल्पनै नगरेको भाग्यको सिर्जना भएको महसुस गरें । गुरुले भन्नुहुन्थ्यो भाग्य भन्ने कुरा कतिबेला उदय हुन्छ अभागिले थाहा पाउन सक्दैन । भाग्यलाई ग्रहण गर्न सुकर्महरु गर्नुपर्छ धैर्यको पछिपछि आउंछ जस्तै गोरुको पछि पछि चक्का गुडि रहेकोहुन्छ । काठमाण्डौबाट बिहान ११ बजे नेपाल वायुसेवा निगमको जहाजले उडायो राती ७ बजे तिर बैंकक विमान स्थलमा पुगेर ट्रान्जिट यात्रुले विमानस्थल मै समय बिताउनु पर्ने रहेछ ४ घण्टा एताउति डुलेर समय बिताए पछि जाल -जापान एयरलाईन्सले ) राती ११ उडायो जहाज भित्र जापानी एयर होस्टेसहरुले नम्रतापर्ुवक स्वागत गरेकि थिईन । समूहमा धेरै साथीहरु थिए केटा साथीहरुले मनग्गे रक्सी पिए । जहाज भित्र एउटा ठूलो परिवारको घरको कोठा जस्तो पो हुने रहेछ ।नेापलको समय भन्दा जापानको समय दुई घण्टा पैतालिस मिनेट छिटो हुंदो रहेछ । मेरो घडी मा भरखर पौने ५ बज्दै थियो । जापानको समय अनुसार बिहान ७ बजेको समयमा सुर्योदयले टोकियोको नारिता विमान स्थलमा स्वागत ग-यो । यो विमान स्थल त एक प्रकारको समुद्रमै छ भन्दा पनि फरक पर्दैन । चारैतिर समुद्रहरु अग्लाअग्ला गगनचुम्बि सुन्दर शान्त महलहरु देखेर म औधि रमाएं यति रमाएं बयान गर्नै सक्तिन । व्यस्त सवारी साधनहरु तर कतैपनि ध्वनी बजेको सुनिन । सबै व्यस्त हांसि खुसि अनुहारहरु कहिं कतै कसैको अनुहारमा दुःखको चिन्ह छैन । सभ्य सौम्य सबैमा अभिवादन कृतज्ञताको र माफिको भावना । म जापान जाने बेलामा केहि साथीहरुले त्यहांबाट र्फकंदै नर्फकनु लुक्नु भनेका थिए तर आफ्नो देशकोर् इज्जत गुमाउन म कतै तयार थिईन । ठाउंठाउंमा समुद्रको किनारमा थुप्रै फोटोहरु खिचाएं फेरि आउन पाईन्छ कि पाईंदैन भनेर । नेपाल वायु सेवा निगमको जहाज बाट काठमाण्डौ आई पुगें । सबै सपना जस्तै भयो । अहिले जापानबाट फकेर्को पनि १०बर्ष भईसकेछ । कोठैभरि जापानको चिनारीहरु सजाएकिछु ।मलाई फूलहरु साह्रै मनपर्छ त्यसैले घरको अगाडी केहि फूलका बिरुवाहरु लगाकि छु । यि फूलहरु साह्रै धैर्यवान छन् मपनि फूल जस्तै हुन सकेकि भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । मलाई कहिले देखि उच्च रक्तचापको रोगले समातेछ ख्यालै भएन । धेरै पल्ट बेहोस भएर अस्पताल धाउनु परेकोछ । किन कसरी भयो थाहै छैन । जापानका घटनाहरुको सम्झना गर्दै कति बेला निदाए थाहै भएन । एक शनिवारको दिन दिउंसो सुतिरहेको बेलामा त्यो आएछ अनि ..............................- त्यस पछि ...........................छि कति घीन लाग्दो जिन्दगि मेरो । मैले झ्यालतिरबाट चम्कीलो तारा हेरेर सोंचि रहेकि थिए रोशनीले आएर झस्क्याई दिई अनि भनि ए मोरी † कस्लाई सम्झेर बसि रहेकि - मैले भनें के गर्ने सम्झने बाहेक अरु केछ र जिन्दगिमा मेरो निरासाजनक कुरा सुनेर त्यस्ले एक धाप लगाएर भनि थुइया हुत्तिहारा समाजले भन्ने कुरामा केहि चिन्ता गर्नु पर्दैन ।समाजत एक नम्बरको धोकेबाज छ यस्तालाई तबल मिचेरै जित्नु पर्छ । मलाई हेर न लोग्ने लठेउरो घरमा छ अर्को अबैध लोग्नेको मस्ति पाएकैछु कस्ले केगर्छ के भन्न सक्छ हेरुं न । अनि मैले भनें छि त्यति साह्रो त गर्नु हुंदैन अं सांच्चै त्रि्रै बारेमा साथीहरुले कुरा गर्दै थिए । बरु त्यहि सित बैधानिक भएर बसे हुन्न र - म त्यसै दिमाग नभएकि होईन के मैले उता छोडें भने त एकलोटी सम्पत्ती गुमाउनु पर्दैन । एकदुई दिन त्यो लठ्यौरो सित बस्छु खुसिले गदगद हुन्छ फकाई वकाई गरि फेरि आफ्नो प्रिय सित आईहाल्छु । अनि त्यहां तेरो परिवारका मान्छेले केहि अवरोध गर्दैनन् मैले सोधें । रोशनीले व्यंङ्ग मुस्कान गरेर भन्छिन् - तिनिहरुले मलाई एउटाको फोटो देखाएर स्वयम्बर गराएर लठ्यौरो लोग्ने भिडाएको त कहां बिर्सन्छु र । त्यो लठ्यौरोले मेरो जवानीको चाहनानै के मेटाउन सकेकोछ र लठ्यौरो लोग्ने भएपनि कहिलेकाहीं त मेरो नग्न शरीर देखेर उत्तेजित भएर कायलै पारीदिन्छ । नत्र त उ भुसुक्क सुतिहाल्छ । घरका मान्छेले मलाई धोका दिएकाले मैले गरेको यि व्यवहार प्रति कुनै गुनासो गर्दैनन् । सन्तानको आवश्यक थियो एक छोरा एक छोरी जन्माई दिएंं बाईदिवे लठ्यौरो कै अनुहार मिल्छ त्यसैले कसैले केहि भन्न सक्तैन । अं होत्तनी कस्तो अचम्मको समाज लोग्ने मान्छेले दुई तिनवटा स्वास्नी राखेपनि केहि नभन्ने तर स्वास्नी मान्छेले अलिकति दायां बायां भयोकि चर्चाको बिषय भईहाल्छ । ल मैले चिया बनाउंदै गफ गरुलां नि हुन्न जाउं भान्छामा भनेर भान्छामा दुःख सुःखका कुराहरु गरेर समय बिताईयो । रोशनीले मेरो बारेमा कुरा खोतली ए मोरी † तैले पनि कम मजा लुटेकि होस र अनि तेरो हाकिम संगको चक्कर के हो नि - ..............कुरा गर्दा गर्दै सांझ परेको हेक्का नै भएन रोशनीले भनि ल त भैगो जान्छु है यस्तै हो जिन्दगि हार खानु हुंदैन सामना गर्नु पर्छ जे होस भाई बहिनीलाई हुर्काएर घर बनाएकै छस् नराम्रो स्थिति छैन यसैमा सन्तोष गर ।सबैले तिम्रो प्रशंसानै गर्छन केटी मान्छे भए पछि तं जस्तो हिम्मती हुनपर्छ भनेर उदाहरण दिन्छन् । बिहे गर्नुनै सबै थोक होईन क्या भन्दै रोशनी बाहिर निस्किन् । आजै काठमाण्डौ २दिने गोष्ठिमा जानु पर्ने रे । दिनको ३ बज्न बिस मिनेट बांकि छंदा बस पार्क पुग्दा त हाकिम सर पनि जाने रैछन् ए र्साईडको ५ नं मेरो सिट रहेछ टिकट हेरेर थाहा पाएं ६ नं को सरको रहेछ यात्रा रोचक हुने भयो भित्र भित्रै खुसि लाग्यो । बस साढे तिन बजे प्रस्थान ग-यो । मैले बिस्तारै भनें सर मसितको यात्रा नमज्जा लाग्यो कि - सरले झस्केर भने - किन - तिमी सित यात्रा गरेर नमज्जा लाग्नु पर्ने कुनै कुरै छैन बरु तिमीलाई अप्ठेरो लाग्योकि भनेर सरले सोधे । मैले भनें होईन सर मेरो लागि यो यात्रा अविष्मणीय हुनेछ । त्यसोभए ठिकैछ धन्यवाद । अनि सर हाम्रो कार्यक्रम कहां हुने रहेछ नि - एकदम रमणीय स्थल नगरकोट । जहांबाट हामीलाई हिमालले स्वागत गर्नेछ सरले भने। म ठाउंको नाम सुनेर रोमान्चित भएं वा उ क्या मज्जा हुने भो । बिहानै ७ बजे काठमाण्डौ पुगीयो अफिसको मिनिबस कलंकीमै पर्खि रहेको थियो अरु ठाउंबाट आउने सहभागिहरु पनि त्यसै गाडीमा चढे हामी पनि चढ्यौं सबै गरेर २५ जना सहभागि रहेछौं । नगरकोट पुग्दा थाहा भयो दर्ुइ बसको गरेर पचासजना रहेछौं । हिमाल तिर फक....................... कुराहरु सोंचिरहेको बेला सर पछाडी आएको चालै पाईन । म झस्किएं । ए सर पो - कस्तो चेवा गर्दै चालमारेर आउनु भएको होलानि अरु कोहि केटाहरु सित बसेको छ कि भनेर होलानि । सरले पनि भन्ने के बांकि राख्थे एकदम ठिक भन्यौ तिमीलाई कसैले हेरेपनि मलाई साह्रै डाहा लाग्छ कुन्नी किन हो । केको डाहा मान्नुपर्ने नि - मैले बस्ने संकेत गर्दै भनें । तर उता बसको हर्न बजिहाल्यो लौ लौ जाउं ढिलो हुन्छ सबै जना मिनिबस तिर लागे हामी पनि उठ्यौं आ-आफ्नो सामान बोकेर बसमा चढ्यौं । २ घण्टाको यात्रा पछि गोंगबु बसपार्क आयौं । एउटा होटलमा कोठा लिएर बस्यौं अनि स्वयम्भु र बौद्धको दर्शन गर्न गयौं । बिहारमा लामाभिक्षु सित मैले सोधें -गुरुज्यु एउटा प्रश्न सोध्न मन लाग्यो । भिक्षुले भने- सोध्नुस के प्रश्न हाद्ध। मैले प्रश्न गरें -गुरुज्यू † मैले कसैको अहित नगरे पनि किन दुःखहरु पछि लागि रहन्छ अनि जिवन सुखमय बनाउन के गर्नु पर्छ - गुरुज्यू भन्नुभयो- नानी † जीवन सुखमय बनाउन अरु केहि गर्नु पर्दैन केवल बर्तमान परिस्थीतिको महसुस गर्ने चतुयार्य सत्य र आर्य आष्टाङ्गकि मार्गलाई बुझ्ने । सुखमय जीवन जिउन सजिलो पनि छैन र अर्को कुरा बर्तमान परिस्थिति भूत सित जटील कर्मको सम्बन्ध रहेको हुन्छ त्यसैले भविष्यलाई असल र सरल बनाउन बर्तमानमा सचेत भएर पुण्यफल संचित गर्न सक्नुपर्छ । हामी काठमाण्डौ फक्यौर्ं । विप्पललाई -हाकीम) एउटा मोबाईल किन्नु पर्ने थियो अस्ति भरखर मोबाईलको सिम लिएको अनि सरलाको लागि पनि आवश्यक थियो । मोबाईलको पसलमा दुबै जना गएर नोकिया मोबाईल ९ हजार पर्ने विप्पलले लिन्छ सरलाले श्याम स्वेत चारहजारको मार्वाईल सेट खरिद गरेर मोबाईलमा सिम हालेर संचालन गर्छ । होटलको फरक फरक कोठामा बस्छ । बिहान ५ बजेको हाईस गाडी सुर्खेतको लागि प्रस्थान गर्छ । बाटो केहि ठाउंमा दुर्घटनाग्रस्त भएका गाडीले गर्दा ३ घण्टा यातायातमा अवरोध भयो । गाडी तलबाट आउनेले र्साईड च्यापेर आएकोले दुर्घटना भएको रहेछ । तर दुबैले आफ्नो गल्ति स्विकारेको थिएन । एकले अर्कालाई दोषरोपण गरिरहेका थिए । तलबाट आउनेले बांया च्यापेर आउनुपर्नेमा दाहिने च्यापेर आएको रहेछ काठमाण्डौ बाट पूर्व जान लागेको गाडिले पनि अलिकति दाहिने च्यापेको रहेछ तर दुबैले गल्ति स्विकारेको थिएन ।उस्ले उस्लाई क्षतिपुर्ति मागि रहेको थियो । विप्पलले के भएको रहेछ स्थिति हेरुन त भने घटना भएको ठाउंमा पुग्यो , घटनाको परिस्थिति हेरि सके पछि विप्पलले सुझाव दिने हिसाबले भन्यो हेर्नुस गूरुजीहरु मैले एउटा सुझाव दिन्छु मान्नुहुन्छ भने । तल बाट आउने गाडीको चालकले चर्केर भन्छ कसैको सुझाव चाहिया छैन हाम्रो क्षेतिपूर्ति दिने । काठमाण्डौ बाट जाने चालकले भन्छ जो चोर उसैको ठूलो स्वर - विप्पलले भन्छ हेर्नुस मेरो कुरा सुन्न चाहनुहुन्न भने ट्राफिक आए पछि परिस्थिति हेरेर तल बाट आउने चालकको गल्ति ठहर गर्नेछन् नपत्याए सबैले हेर्नुस भनेर बुझाई दिएपछि अरु यात्रुहरुले पनि विप्पलको कुरालाई स्विकार्छन् । अनि सुझाव माग्दै भन्छ त्यसो भए कस्ले कति क्षेतिपुरर्ति दिने त यात्रुहरुले अलि कड्केर सोध्छन् । हेर्नुस सम्झौता गर्नुहुन्छ भने दुबै जनाको गल्तिछ एउटाको अलि बढी गल्ति छ तर संयोगले भएको हो जानाजान कसैले गल्ति गरेको होईन तपाईंहरु दुबैजनाले हात मिलाउनुस अंकमाल गर्नुस चालकहरुमा एकता ल्याउनुस भाईफुटे गंवार लुटे । हो † हो † भन्दै सबैले सही थापे । दुबैजना ले हात मिलाएर अंकमाल गरेर समस्या समाधान भयो । गाडीहरु अ- आफ्नो गन्तव्य स्थान तिर लागे । यात्रुहरुले विप्पललाई धन्यवाद प्रकट गरे । बुटवल १२ बजे आई पुग्नुपर्ने गाडी ढिलो भएर ३ बजे आईपुगे । धेरै बेर नअडिएर सामान्य चिया नास्ता खाएर गाडी प्रस्थान गर्छ । सुर्खेत पुग्दा रात परिसकेको थियो । सरलालाई घर पुगाए पछि विप्पल पनि आफ्नो घर लाग्छन् । ः ए चिया त सेलाएछ धत्तेरीका कस्तो मोरी रैछै म पो एक्लै फतफताएकि हेर सबै सुति सकेका भनेर सरलाले भित्तामा टांगेको घडी हेरिन् रातीको एक बजिसकेको थियो । धेरै दिन पछि पाहुना आएकि सृजना सरलाको कुरा सुन्दै निदाई सकेकि थिईन् । अनि चीसो भएको चिया भए पनि सरलाले पिई अनि बुवाको फोटो तिर हेरेर अभिवादन गरेर निदाईन् । संाच्चै सरलाको जीवन कांक्रेबिहारको ऐतिहांसिक छरपरस्त छरिका ढुङ्गाका प्रस्तर मूर्तिहरु जस्तै थियो । सरला जति सरल छिन् त्यत्तिकै कठोर पनि छिन् प्रगतिशील बिचारधाराकि भएकिले महिला नेतृत्व पनि गर्छिन । आन्दोलनको बखत मशाल लिएर पनि दौडिन जुलुशहरुमा सहभागि पनि भईन् । आफ्नो हाकिमलाई आन्दोलनका बखत जुलुशमा नलाग्ने हुत्तिहारा भन्न पनि छोडेनिन् । रातीको २ बजेतिर उन्लाई झाडा पखाला लागेछ अनि बान्ता पनि भएछ । भरिसक्य ठिक भईजाला भनेर कसैलाई दुःख दिएन भाई पवनले थाहा पाएर नुन चीनी पानी बनाएर दिन्छ तैपनि निको भएन । पखालाले निरन्तरता लिएपछि पवनले सरलाको हाकिमलाई फोन गर्छ । हाकिम विप्पल मोटर र्साईकलबाट आईपुग्छन् । सरलालाई तुरुन्तै हस्पिटल लगिन्छ । अस्पतालको आपतकालिन कक्षमा सि..अ..हे..व..मिस बिना शर्मा थिईन् । सरलाको साथी बिनाले तुरुन्तै स्लाईन चर्ढाई दिईन् । सरला निदाईन् । विप्पल र बिनाको चिनाजानी थिएन तर उनि सरलाको साथि थिईन् । सरलाले कानूनमा प्रमाण-पत्र तह सम्म पढेर छाडेकि थिईन् । बिनाले सि.एम.ए. पढेर जागिरको सिलसिलामा बिभिन्न जिल्लाको सेवा गर्दै सि.अ.हे.ब.मा बढुवा भएर धनगढीबाट आफ्नै घर पाएक जिल्लामा आएकि थिईन् । बिनाको जागीर पनि १० बर्षभईसकेको थियो । उनि पनि जीवन साथीको खोजाईमा ३१ नाघेको चालै पाईनन् । विप्पलले बिनाको कार्यको मुल्यांकन गरि रहेको थियो । यस्ती सरल स्वास्थ्यकर्मी बिरलै हुन्छन् जस्तो लाग्यो । विप्पल ले बिनासित परिचयको क्रममा सोधे हेल्लो मेम । नमस्ते † म विप्पल श्रेष्ठ म र सरला एउटै कार्यालयमा काम गर्छु तपाईको परिचय पाउने सौभाग्य पाउंछुकि । बिनाले मुस्कुराउंदै भनिन् मेरो नाम बिना शर्मा हो । विप्पल र बिना कुरा गर्दा अरु स्टाफहरुले चाख लिएर सुनि रहेका थिए । बिनाले थर्मसको चिया कपमा हालेर सबैलाई दिएर आफु पनि चिया पिउंछिन् । अनि भन्छिन् यस पाली पोहोर भन्दा अलि बढी जाडो छ अनि पेसेन्टहरु पनि निकै बढेकोछ । बिनालाई अरु जुनियर स्टाफले दिदी भनेर सम्मान गर्छन् उनिहरु संधै चाहन्छन् बिनाको संधै नाईट ड्युटी होओस भन्ने चाहान्छन् । बिनालाई पनि अधिकांश नाईट ड्युटी नै मन पर्छ । सरला बिउंझन्छिन् बिनाले सरलालाई नमस्ते † सरु भन्दै सोध्छीन् सरु एनि प्रोव्लम - सरलाले भन्छिन्- ठिकैछु एक्कासी झाडा पखाला लागेर अचम्मै भयो । आंखीर खानामा त्यस्तो केहि गडबडी पनि होईन । सरलाले विप्पललाई देखेर ओहो नमस्ते सर † भन्छिन् सर न आईपुग्नु भएकोभए सायद म मर्थे होला । विप्पलले भन्छ त्यति सरल तरिकाले मर्न कहां पाईन्छ सरला मेम । नमस्ते † ल अव घर जाउं । सरलाले बिना तिर हेरेर भन्न्छिन्-बिना हाम्रो सर सित चिना जानी छैन कि क्याहो - बिनाले पनि मुसुक्क हांस्दै विप्पल तिर हेदै भनिन्- आजै चिना जानी भयो यस्तो लाग्यो धेरै बर्षअघिको हाम्रो चिनारी हो । तिमीलाई त क्या हो सरले अचाक्कली मायां गर्नुहुने रहेछ यार । भन्दै सरलाको गालामा बिनाले मुसारीन् र आंखा चम्काईन । एक हप्ता भित्र स्वास्थ्य शिविर संचालन गर्नु पर्ने बजेट जम्मा सातहजार । तत्कालै कार्य समितिको बैठक बस्न निर्देशन विप्पलले दियो । विप्पल श्रेष्ठ संस्थाको कार्यकारी निर्देशक थियो । सरला कार्यक्रम संयोजक थिईन । अरु कर्मचारीहरु बरिष्ठ कार्यालय भिमसेन थापा ,कार्यालय सहायक नम्रता पुन थिईन । सबै पदाधिकारीहरु १ बजे आईपुगे बैठक आरम्भ भयो । विप्पलले केन्द्र बाट आएको पत्र पढेर सुनाई दिए र आफ्नो योजना सुनाए पछि पदाधिकारीहरुको सुझाव पनि मागे । पदाधिकारीहरुले विचार व्यक्त गरे जाबो ७हजारले स्वास्थ्य शिविर सरला † ल के गर्ने कसरी गर्ने - सरलाले पनि भन्यो खोई के भन्ने पदाधिकारीहरुले ठिकै भनेकाहुन् । विप्पलले भन्यो - धेरैपैसा खर्च गरेर त सबैले सामाज सेवा गर्न सक्छन् तर हामीले थोरै पैसाको लागानीमा गरेर देखाउं न । सरलाले अलि रिसिएर भनिन् देखाउं न त । लौ ठिक छ म नेपालगंज जानु पर्ने काम छ त्यहांबाट फर्केपछि गरुंला कि कसो भनेर व्यागबाट किताब झिकेर पढन थाले । किताब पढदा पढदै विप्पलले सरलालाई बोलाएर भन्यो सरला ए † सांच्चै त्रि्रो साथी बिना छिन नि तिनि सित एक पटक सल्लाह गरौं न कुनै समाधान त होला नि । सरलाले पनि सम्झेर भनिन हो सांच्ची ल तपाईंले पनि तपाइंका साथीहरु मेडिकल पर्सन सित सल्लाह गर्नुस म पनि गर्छु विप्पलले को को साथीरहेछ भनेर विचार गरे बल्ल सम्झना आयो ए ल साथी एकजना हेल्थअसिस्टेण्ट छ नि हरीश शाह फोनमा नम्बर घुमाए । फोनमा स्वास्थ्य शिविरमा निशुल्क सेवा प्रदान गर्ने सहमती भयो । बिनाले पनि सेवा गर्ने मौका पाएमा आभारी हुनेछु भन्ने विचार प्रकट गरिन् । फोनमा एता उती सरसल्लाह गर्दा गर्दै उत्कृष्ट कार्यक्रम हुने ठहर भयो । सरलाको प्रयासमा अन्तराष्ट्रिय स्वास्थ्य सहयोग समितिबाट एक जना डाक्टर र निःशुल्क औषधी,महिला कल्याण समिति बाट स्टाफ नर्स एक जना,र अ.न.मि. एक रेडक्रशबाट एक जना नेत्र सहाएक, स्वयम सेवक अ.हे.व. एक जना । कार्यक्रम एक हप्ता भित्रै गर्ने पक्का पक्की भयो । शनिबार बिहान स्वास्थ्य टोली सर्ुर्खेतको पश्चिम क्षेत्र प्रस्थान ग-यो । उक्त टोलीमा डा.दयाप्रसाद शर्मा ,स्वास्थ्य सहायक हरीश शाह,स्वास्थ्य सहायक सुश्री बिना शर्मा , नेत्र सहायक सुमन थापा,अ.हे.व. अशोक क्षेत्री,स्टाफ नर्स सुश्री पवित्रा शर्मा,अ.न.मी. सुश्री दिलकुमारी थापा साथमा हामी सरला र भिमसेन थापा समेत ३ जना । दुई गाडीमा स्वास्थ्य टोली ९ः३० बजे सम्झना चौर पुगे । चिया पिउने बेला सबै सित एक आपसमा परिचय भयो स्थानीय संयोजक विमल थापाको संयोजकत्वमा २५ जना स्वयमसेवकहरु परिचालित थियो । एक घण्टाको चांजो पांजो पछि सबै व्यवस्था भयो । आंखा परिक्षण एउटा कोठामा , स्वास्थ्य सहायक हरीश शाह बालकहरुको परिक्षणमा , सि.अ.हे.व. बिना शर्मा र अशोक थापा एक बिभाग र डा.दयाप्रसाद शर्मा र स्टाफ नर्सले सम्हाले । नाम दर्त्ता काम एक दिन अगाडीनै भई सकेको थियो । स्वास्थ्य परिक्षण गराउनेहरुको भिड हुनथाल्यो । स्वास्थ्य टोलीमा औषधीको प्रयाप्त मात्रा थिएन । आंखा परिक्षण गराउनेहरुको संख्या र बढी भन्दा बढी महिलाहरुको समस्या थियो । औषधी नपाउनेहरुले औषधी नदिने भए केका लागि आउनुप-यो त भनेर आक्रोश व्यक्त गरेका थिए । भिमसेन थापाले छायांकन सम्हाले,विप्पलले कहिले औषधी वितरण गर्ने कहिले यताउति सम्झाउने गरे । पालैपालो खाना खाने काम भयो । संयोगले कति मिलेको सौहाद्रको टोली कुनै गुनासो छैन । ४ बजे सम्म लगभग ६२५जनाको स्वास्थ्य परिक्षण भएपछि स्वास्थ्य टोली स्थानीय कार्यकर्ताहरु बाट बिदा बाजी भएर हिंडे । विप्पलले त्यो भन्दा अगावै सबै सित औपचारिकता पूर्वक धन्यवादज्ञापन गरेर हात मिलाएर वीरेन्द्रनगर फिर्ता भयो । ......................बाटोभरी बिप्पलले आफ्नै मन सित कुराहरु खेलाउन थाल्यो.......................कस्तो अचम्म कायक्रममा सहभागि हुंदा हुंदै अचानक बिप्पललाई दाहिने मिर्गौलामा पिडा भयो सहन नसकेर तत्कालै हस्पिटल लगियो । आपत्कालिन अवस्थामा एउटा नदुख्ने र्सर्ुइ दिएर पनि दुखाई कम भएन उ छटपर्टाईनै रह्यो फेरि र्सई दिए पछि उ निदाउंछ । मिर्गौला बिशेषज्ञ सित सर्म्पर्क गर्ने सल्लाह पाए अनुसार एपोलो हस्पिटलमा परिक्षण हुन्छ । मिगौलाको स्थिति परिक्षण गर्न दिनभरी लाग्यो उ छटपटाई रहेको थियो अब के हुन्छहोला भनेर अन्तमा चिकित्सकले फेरि सल्लाह दियो मिगौलामा ढुङ्गा अप्ठेरो अवस्थामा बसेकोछ तत्कालै शल्यकृया गर्नु पर्छ डा.असफिर् शाह एभरेष्ट नरसिंह होममा सिफारीस गरिन्छ । भोली पल्ट ल्याप्रसकोपी तरिका बाट लेजर पठाएर ढुङ्गा फोडेर पानी बनाएर निकाल्नु पर्छ भनिएको थियो । अर्को उपाए थियो मासु चिरेर घाउ बनाएर शल्यकृया गर्ने जस्को शुल्क कम थियो तर घटीमा २ महिना आराम गर्नु पर्ने कष्ट पनि उत्तिकै हुने रे । जे होस ल्याप्रस्कोपी तरिकाबाट गर्ने निर्णयभए पछि । भोली पल्ट बिप्पलको शल्यकृया गर्ने २ बजे पालो आयो । बिप्पलको सांझपख होस फिर्छ अनि बेहोसमा भएका कुरा भन्दा उ अचम्म मान्छ अनि आफ्नो श्रीमतीको शल्यकृया गर्दाको घटना सम्झन्छ यस्तै गरेर बेहोसीका कुरा गरेकि थिईन्। ...............सिर्जनाको पोठेघरको घाउको लागि दिएकोर् इन्जेक्सनर् इन्फेक्सन भएर घाउको रुपमा परिवर्तन भएको थियो । दुइ पटक सम्म नेपालगंज अस्पतालमा अप्रेशन भएको थियो । तर बाहिर पुरीए पनि भित्र भित्र घाउले उत्पात मच्चाई रहेको थियो ।अन्तमा लखनउ लैजानुपर्ने डाक्टरले सल्लाह दिए पछि बिप्पल एक पटक झनक्क रिसाएको थियो । सबैले विवेकानन्द हस्पिटलमा उपचार गराउन सल्लाह दिए अनुसार खोजबिन गर्दै निर्धारित स्थानमा पुग्छ । नेपालका थुप्रै नेपालीहरु यहां उपचारका लागि आउने रहेछन् । डाक्टरहरुले घाउको परिक्षण गरेपछि रिसाएर गाली गर्रे तुमलोग कैसा लापरवाही आदमि हो - अपना औरतको प्यार नहिं करते हो - जो भि आता है तो लास्ट आवर मे। पेसेन्टको एडमिट करना परेगा घाव गहरा होगया है । थोरा दिनमै आते तो बोन क्यानसर हो जाता ।" विप्पल बोन क्यान्सर सुनेर तर्सियो । डाक्टरहरुले -फ्ज्यादा नहिं लगेगा तोभि तो अप्रेशनतो करानाहि होगा" भनेका थिए । सिर्जनालाई अप्रेशनको लागि तयार गरेर स्ट्रेचरमा राखेर अप्रेशन कोठामा लगियो । अरुहरुको पनि बिभिन्न किसिमका अप्रेशनहरु हुंदै थिए । बिप्पल आत्ति रहेका थिए, चिन्तित अवस्थामा थिए । त्यहां आफन्त भनेको कोहि थिएन। कोही बिरामीहरु अप्रेशन गर्दा गर्दे लास भएर पनि फर्कि रहेको थियो । सांझपख ६ बजे अप्रेशन गरिएको स्ट्रेचर ल्याएर बेडमा सुताएपछि बल्ल बिप्पलको मन शान्त हुन्छ । उ धेरैबेर रोएर बसेको थियो हुन । सोंच्नै नहुने धेरै कुरा सोंच्यो । होस आउने बेलामा कहिल्यै हिन्दि भाषा नबोल्ने सिर्जनाले हिन्दि भाषामा नानाथरिका कुराहरु गरेर बिप्पलको मनस्थिति नै खलबल पारि दिएको थियो ।अनि आत्तिएर अप्रेशन गरेको एक हप्ता पुगेपछि डाक्टरहरु सित अनुनय विनय गरेर छुट्टी लिएर एक महिना पछि पुनः परिक्षण गराउन आउने प्रतिबद्ध भएर सिर्जनालाई डिस्चार्ज गराएर नेपालगंज फर्केको थियो । लखनउबाट फर्केर घाउ पुरिन बांकिनै थियो । उस्को सरुवा सुर्खेत भएको चिठी कार्यालय सहायकले दियो । बिप्पल संर्ष गर्ने एउटा प्रगतिशील कर्मचारी भएकोले कुनै पनि धुपौरे हाकिमको लागि सहृ्य हुन सकेको थिएन । उस्ले आफ्नो श्रीमतीलाई औधि मायां गर्छ । हुन त उस्को १८ बर्षो उमेरमा पहिलो आफ्नै जात सितको केटी सित मागेर बिहे भई सकेको थियो । श्रीमान श्रीमतीको मायां केहो भन्ने अवस्थामा उस्को भएको थियो । उस्ले शिक्षकको जागीर पाएर आई..एड.गर्ने बेलामा सिर्जना सित प्रेम भएको थियो । सिर्जना पनि एउटा मध्यम परिवारकि सांवली हिसि परेकि आठ कक्षामा पढदै थिईन । जात नमिले पनि तिनिहरुको मन मिलेको थियो ।  टेलिफोनको घण्टी बजे पछि विप्पल व्युंझ्यो । निदाएको बेला मुखबाट -याल पनि चुहिएको थियो । टेलिफोनको रिसिभर समाएर नमस्ते  भनेर सम्बोधन गरेपछि उताबाट आवाज आउंछ न्रि्रा पुग्यो सर - विप्पल झुक्किन्छ त तपाई ....... हा हा हा सरलाको हांसो चिन्छ । एकदिन सरलाको बुवालाई निस्लोट जोरो आएर फत् फताएर डरले बोलाएको रहेछ । सरला बिदा मागेर घर गईन् । ५बजे पछि विप्पल पनि घर जान्छ । सांझ ८ बजे विप्पललाई सरलाले फोन गर्छिन लौ न सर बुवालाई के भयो तुरुन्त आउनुस भन्छिन् । विप्पल हतार हतार सरलाको घर पुग्छ । सरलाको बुवालाई निस्लोट जोरो आएको थियो खौक्न लाग्दा झन आत्तिने रहेछ ३ दिन देखि पानी पनि पिउन सकेको रहेनछ । ५ सात दिन देखि सामान्य जोरो भन्ने सोंचेर औषधी नखाएर सुतेका रहेछन् । विप्पलले तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल लैजान्छ । अस्पतालमा आपतकालिन कक्षमा लगे पछि डाक्टर शोभाकर ले परिक्षण गरे पछि स्लाईन चढाउने आदेश दिन्छ र भन्छ केश अलि सिरियस जस्तो लाग्छ कोशिश गछौं नआत्तिनुस । ल तुरुन्त यो रगत र पिसाब परिक्षण गराउनुस आज त यत्तिकै भयो भोली फस्टआवरमा गराउनु होला । ............सरलाको बुवाको अलि होस आएछ आंखा भरि आंसु थियो सायद आफ्ना छोरीहरुलाई खोज्दै थियो । विप्पलले सान्त्वना दिंदै भन्छ सबै जना यहिं छन् दाई केहि चिन्ता लिनु पर्दैन केभयो तपाईंलाई केहि कष्ट भयो - पश्चातापको आंसु जस्तै केहि सम्झंदै रुंदै थियो । किन रुनु हुन्छ दाई डाक्टरले भन्नु भएकोछ चांडै निको हुन्छ रे आराम गर्नुस । सरलाको बुवाले व्यंग हां्रसो जस्तो मुसुक्क हांस्छ निभ्न लागेको बत्ति जस्तै अनुहार थियो । सांझ सम्म सरलाको बुवाको अलि होस आएको जस्तै गरेर आंखा खोलेर एता उति हेर्छ इसारा गरेर केहि सोध्दै थियो । सरलाले बुझेन के सोध्नु भएको बुवा - तर उस्को स्वर निस्केको थिएन । सरलाको अनुहार हेर्दै आंखाबाट आंसु बगाउंदै थियो । मर्ने बेलामा एक गिलास रक्सी पिउने उस्को चाहना छोरीले बुझेन । सरला शौचालय गएको बेला उस्को बुवाले सदाको लागि आंखा चिम्लीयो । सरला फर्केर आउंदा स्वास फेर्न बन्द भै सकेको थियो । सरला चिच्याएर रुन थालिन् सबै जना भेला भयो ।सबैको जस्तै भेरीमा लगियो भाईको कर्म नचलेको हुंदा सरलाले दागबत्ती दिईन् । १३ दिन सम्म नुन नखाएर बस्दा सरला अलि दुव्लाए जस्तो देखिन । विप्पल १३ दिनमा पटक पटक गरेर ५ दिन किरीयापुत्रीलाई साथ दिन बिभिन्न बोध कथाहरु सुनाएर बसे । अब सरला र भाई बहिनीहरु वास्तविक रुपमा टुहुरा भए । एउटा सहारा थियो बुवाको जे जस्तो भए पनि जन्म दिने बुवा थियो अब कोहि भएनन् । विप्पलले भने- सरला  तिम्रो कांधमा जिम्मेवारी त थियो नै अब जिम्मेवारी थपीयो अब देखि तिमीले बुवाको सट्टामा पनि भाई बहिनीलाई मायां दिनु पर्छ, मनलाई बलियो बनाउनु पर्छ । भन्न त अर्कालाई सम्झाउन सजिलो छ । आफैलाई सम्झाउन सकिन्न । हेर न ति बोट विरुवाहरु पनि टोलाएर झोक्राएको छ सेवागर्ने मालिकको अभावमा । मैले तिमीलाई भनेको थिए नि बोट विरुवाहरु पनि सम्बेदनशील हुन्छन् उनिहरुको पनि आत्मा हुन्छ । हेर नपत्याए । वास्तवमै अचम्मैको दृष्य थियो सबै फूलहरु फक्रिएर ठाडिनु पर्ने समयमा लुख्रुक्क झुकेको थियो सुनसान मौन थियो कतै एउटा पात हल्लिएको थिएन । सान्त्वना दिन आउनेहरु पनि अचम्म मानेका थिए । छोरी मान्छे भएर बुवालाई दागबत्ती दिएर क्रिया बसेर संस्कृतिलाई चुनौति दिएकि थिईन् सरलाले । सरलाको बुवाले हरेक दिन बिहानै उठेर विरुवाको गोडमेल गर्ने पानी चाहर्ने गर्ने गर्थे । घर सुनसान भयो । जाडोको पारीलो घाममा सरला बरण्डामा घामतिर ढाड.पारेर सुतेकि थिईन् । बुवा बितेको पनि ३ बर्षभएछ । ................विप्पल सरलाको अंगालोबाट टाढीएर बस्छ । सरला मरी मरी हांस्छ यस्तो डर छेरुवा सर कोहि छैन के घरमा आज । तपाईले जे गर्न मनलाग्छ स्वतन्त्र छ डराउनु पर्दैन । नम्रता हतार हतार आफ्नो काममा जान तरखर गर्छिन् । उ लौ हेर आखिर तिमीलाई हतार भयो कि भएन विप्पलले नम्रतालाई भन्यो । सरी सर । भन्दै नम्रता आफ्नो कोठा तिर लागिन् । विप्पलले आजको सपनाको कुरा सम्झेर भावुक भएर आंखा रसायो । सरलाले देखि हालिन् । कस्तो आईमाई जस्तो पिन्चे मान्छे रुन पो थाल्नु भयो हामीले त्यस्तो चित्त दुख्ने कुरा नै के गरेकाछौं र - विप्पल लाजमान्दै रुमालले आंसु पुच्छ्दै भन्छ आज सपनानै त्यस्तै देखें । खुसि पनि लाग्छ अनि दुःख पनि लाग्छ । सरलाले उत्सुक हुंदै सोधिन् कस्तो सपना देख्नु भयो - भन्नुस न  भैगो बेकारमा तिमीलाई पनि बोर लाग्ला । मलाई त्यस्तो केहि बोर लाग्दैन अब भुक्त भोगी भै सकें । भन्नुस न । विप्पलले सरलालाई सोध्यो सरला न ढांटी भन बिनोद भन्ने कोहि केटाले तिमी सित बिहे गर्ने प्रस्ताव राखेकोछ - सरलाले मुसुक्क हांस्दै भनिन् एकदम सही कुरा हो मेरो उमेर कै केटा रहेछ मलाई मोबाईलमा एसएमएस गरेर प्रस्ताव राखेकोछ । अस्तिनै एउटा कार्यक्रममा भेट भएको थियो । उस्को बारेमा मलाई केहि थाहा छैन । कहां घर हो ,के गर्छ केहि सोधेकोछैन । जिन्दगी बिताउने कुरामा धेरै पटक धोखा पाईसकेकिले उस्लाई केहि जवाफ दिएकोछैन । तपाईसित सल्लाह गर्ने बिचार थियो तर समयको अनुकुल मिलाउन सकेकि थिएन । अं अनि सपनाको कुरा पुरा भन्नुस न । विप्पलले भन्यो - अनि त्यो केटा सित त्रि्रो प्रेम भएछ रे अनि गर्भवती भए पछि बिहे गरिछौ रे तिमीले सिउंदामा सिंदूर लगाएर अफिस आउंदा मैले देखेर चित्त दुखाएर रोएछु रे अनि शुभकामना र बधाई भन्दै सारीहरुको एक खात दाईजो दिएछु रे सपनामा पनि खुसि र दुःख समावेस भएथ्यो । उ अफिसमा एक्लै बसिरहेको बेलामा सरलाको निवेदन र निमन्त्रणा पत्र एकजना केटाले दिएर गयो । विप्पलले पत्र खोलेर हर्ेछ मन थाम्न नसकेर उ रुन्छ अनि निमन्त्रणा पनि हर्ेछ सांच्चै सपनाकै केटा सित सरलाको बिहे हुने भएछ । पत्रमा बिशेष सहयोगको अनुरोध गरेको थियो ।.............सोंच्दा सोंच्दै मोबाईलको धुनकोघण्टी बज्यो "फैलियो माया दुबो सरी कहिले छुटेन........" विप्पलले मोबाईलमा कुरा गर्छ नमस्ते  बधाई छ सरला  हुन्छ , हुन्छ । कुनै चिन्ता लिनु पर्दैन मैले सबै व्यवस्था मिलाउंछु वके  वके  बिनोदको बरात पनि सरलाको आंगनमा आईपुग्यो । बरातमा ११ जना थिए । सरलाको घर पनि सामान्य रुपले सजिएको थियो । सरलाको बिदाई हुने भन्दा पनि अनौठो कुरा श्रीमानलाई घर भित्राउने स्थिति थियो । सरलाको बिहे भए पछि सरला ३ दिन बिनोदको डेरार् इत्राममा बस्नेछन् । अनि बिनोद सरलाको घर श्रीमान हुने शर्तमा बिहे हुने भएको थियो । बिनोदको पनि कोहि छैन घरमा बुवा बितेको २० बर्षभैसकेको थियो आमाको अनुहार कस्तोथियो थाहा छैन । सरला दुलहीको रुपमा सजिएकि थिईन् । साथीहरु सबै छन् । बिनोद दौरा सुरुवालमा सजिएर आएकोछ । सरलाकै आंगनमा सामान्य तरिकाले स्वयम्बर हुन्छ । योपनि बिनोदकै शर्त थियो । बरातीलाई खानाको व्यवस्था थियो । विप्पल र विप्पलको परिवार काममा व्यस्त थिए । सिर्जना सरला भन्दा कम थिईनन् यद्यपि सरलाको आमाको उमेर ५२ बर्षकि थिईन् तैपनि ४० भन्दा बढी देखिएकि थिईनन् । विप्पल बरातीलाई हृदय देखि स्वागत गर्दै दुलही सरलालाई बिनोदको हातमा सुम्पंदै प्रतिज्ञा गराए दुबैले एक अर्का प्रतिर् इमान्दारीपुर्वक जीवनयापन गर्नेछौं । सबैले ताली बजाएर बधाई दिए । बिनोदले दिदीको खुट्टा ढोगेर दिदीलाई बर्दिया पठाउंछ भाई सरोज पनि जान्छ । अब बिनोद र सिर्जनाको नया जीवन सुरु भयो । बिनोदले सरलासित सम्झोता गरेअनुसार डेरालाई यथावत कायम गरेर कहिलेकाही आएर बस्ने बनाएर बिनोद सरलाको घरमा जान्छ । सरलाको भाई बहिनी भिनाजु पाएर गद्गद् भएकोछ । बिहान बिनोदले फूलवारीको स्याहार गरिरहेको बेलामा सरलाकि बहिनीले चिया ल्याएर दिन्छिन् । बिनोद आराम कुर्सीमा बसेर चिया पिउंछ । सरला पनि आईपुग्छन् भन्छिन् भैगो अब फूलहरुमा चलि रहनुपदैन आजलाई पुग्यो । बिनोदले हांस्दै भन्छ -लो ठिक छ फूलहरु सित धेरै चल्दिन । .......झल्यास्स बिउंझन्छु ओ कस्तो सपनाहरु कति धेरै दृष्यहरु मानो मैले कुनै चलचित्रको छायांकनमा अभिनेत्रीको भूमिका गरिरहेकि जस्तै पो .... । अस्तु

No comments:

Post a Comment